Washington DC, US : September 13, 2026, Sunday 07:01 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|एआईले मानव सभ्यताकै अन्त्य गर्न सक्छ ?|भोटेकोशी त्रासदीपछि नेपाल ‘सेल ब्रोडकास्ट’तर्फ|पुरानो सर्वोच्च जलेको एक वर्षमै नयाँ भवनको अभिलेख कक्षमा आगो|कलात्मक मन्दिरहरु जहाँ मान्छेको शान्ति लुकेको हुन्छ !|‘म्युजिक खबर तीज म्युजिक अवार्ड’ को पाँचौं संस्करण भव्यरुपमा सम्पन्न|केही बर्ष देखिको खानेपानीको समस्या समाधान भएपछि जनतामा छायो खुशी|१,३८४ शव फेला परिसक्दा पनि हजारौँ मानिस अझै खोजीको सूचीमा|Cartoon|ब्रिक्सको नयाँ दिल्ली घोषणापत्र : विश्व व्यापार र आपूर्ति शृङ्खला खुला राख्ने प्रतिबद्धता, युद्ध र एकतर्फी प्रतिबन्धप्रति चिन्ता|सेप्टेम्बर ११ को २५ वर्ष : अमेरिकाभर भावपूर्ण स्मरण

“विदेशमा बसेर नेपालको चिन्ता किन गर्नुहुन्छ?” भन्नेहरुलाई यतै भेट्दा - रामप्रसाद खनाल

  NepalMother.com | ३० श्रावण २०८२, बिहीबार ०७:३६

नेपालमा ‘ब्रेन ड्रेन’ अर्थात् पेशागत तथा प्रतिभाशाली जनशक्तिको पलायन पछिल्ला वर्षहरूमा चर्को रूपमा बढिरहेको छ। म धेरै वर्षदेखि यस विषयमा लेख्दै, बोल्दै र विभिन्न अन्तरवार्तामा अभिव्यक्ति दिँदै आएको छु। यस्ता प्रसङ्गमा प्रायः कतिपयले मलाई उल्टै व्यङ्ग्य गर्दै सोध्छन् “विदेशमा बसेर नेपालको चिन्ता किन गर्नुहुन्छ? हाम्रो देशको चिन्ता हामी स्वदेशमै बसेर लिन्छौँ, हामी आफैं बनाउँछौँ, तपाईँ जस्तो देश छोडेर हामी विदेशिँदैनौं।”

उनीहरू आफैलाई चर्को राष्ट्रवादी, लोकतन्त्रवादी, गणतन्त्रवादी वा सङ्घीयतावादीका रूपमा प्रस्तुत गर्छन्। तर विडम्बना के छ भने, केही समयपछि ती मध्ये धेरैलाई म यहाँ अमेरिकामा, वा युरोप, अस्ट्रेलिया, क्यानडा, अनि कम्तीमा खाडी मुलुकहरूमा भेट्छु।

यो देख्दा मनमा गहिरो पीडा उम्लिन्छ, तर व्यक्तिगत रूपमा मैले के गर्न सक्छु र ? यसमा चासो दिनुपर्ने मुख्य जिम्मेवारी त सरकार र राज्य सञ्चालन गर्ने निकायको हो। दुर्भाग्यवश, सत्तामा बसेकाहरूलाई यसको समाधानमा खासै चासो छैन। बरु उनीहरूलाई जनशक्ति पलायन हुनुमा प्रत्यक्ष फाइदा छ। ब्रेन ड्रेन बढ्दा सचेत मतदाता घट्छन्, र “झोले” तथा “अन्धभक्त” जनसमूह बढ्छ। कुशासन, भ्रष्टाचार र अन्यायको जरा यस्तै वातावरणमा अझ गहिरिन्छ।

यथार्थ के हो भने, यदि अहिलेको गति यस्तै रह्यो भने, केही वर्षमै नेपालमा उत्पादनशील, दक्ष र शिक्षित जनशक्ति निकै घट्नेछ। १२ कक्षा सकेका मात्र विद्यार्थीमध्ये जो विदेश जान सक्दैनन्, उनीहरू मात्रै देशमा रहनेछन्। त्यसबाहेक, गाउँघरमा बुढाबुढी हजुरबा–हजुरआमा, आमा–बा मात्र बाँकी हुनेछन्। बाँकी युवापुस्ताको ठुलो भाग रोजगारी, शिक्षा र अवसरको खोजीमा सीमा पार गरिसकेको हुनेछ।

ब्रेन ड्रेनको यो लहरले मुलुकको अर्थतन्त्र, प्रशासन, शिक्षा, स्वास्थ्य र अनुसन्धान सबै क्षेत्रमा गम्भीर सङ्कट ल्याउनेछ। तत्कालीन समयमा यो प्रवृत्तिको रोकथामका लागि ठोस नीति, रोजगारी सिर्जना, पारदर्शी शासन र अवसरको समान वितरण हुन जरुरी छ। तर अहिलेका शासकहरू उल्टै यो परिस्थितिलाई आफ्नो राजनीतिक फाइदामा प्रयोग गरिरहेका छन्। उनीहरूलाई सजग बनाउने, प्रश्न गर्ने र परिवर्तनको माग गर्ने नागरिकभन्दा अन्ध समर्थन गर्ने, आरती उतार्ने जनसमूह चाहिएको छ।

यसरी हेर्दा, आगामी केही वर्षमा नेपाल “झोले”, “खोले”, “नबोले” र “भक्त” हरूको मात्र देश बन्दै जाने खतरा देखिन्छ। राष्ट्रको मेरुदण्ड बन्ने नयाँ पुस्ता विदेशमा स्थापित भइसकेको, र बाँकी बस्न नसक्ने अवस्था आएको अवस्थामा, मुलुकको स्वाभिमान र भविष्य गम्भीर सङ्कटमा पर्न सक्छ। यसका लागि आजैबाट राज्यका हरेक तहमा सचेत नेतृत्व, दीर्घकालीन योजना र सच्चा राष्ट्र प्रेमी दृष्टिकोण आवश्यक छ, नत्र इतिहासले क्षमा गर्ने छैन चेतना भया !

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor