काठमाण्डौं, श्रावण २७ गते / विगत ३ वर्षको अध्यन तथा अनुसन्धान गरी नेपाली टेक कम्पनी भर्चुअल टेक्नोलोजी प्रा ली ले बजारमा अफलाईन फस्ट नेपाली क्यालेन्डर एप भर्चुअल पात्रो संचालनमा ल्याएको छ । सुर्य सिद्धान्तका आधारमा डेभलप भएको पात्रो विश्व बजारमा छरिएर रहेका नेपाली तथा विदेशी माझ अफलाईन फस्ट पात्रो iOS , Android र Web को माध्यम बाट प्रयोगकर्ताले प्रयोग गर्न सक्नुहुने कम्पनिका संस्थापक/संचालक श्री प्रकाश पौडेलले बताउनुभयो । यस भर्चुअल पात्रोमा प्रयोगकर्ताको सहजता र अन्य पात्रोहरुको तुलनामा एप साईज कम, बेटर UI/UX,तिथिमिति,चाडपर्व विदा,नेपाल संवत बेला,मुर्हुत पञ्चाङ्ग कर्मकाण्ड, मिति रुपान्तरण, विदेशी विनिमय दर,पात्रो विइगेट तथा पंडित सेवा उपलब्ध भएको र आगामी दिनहरुमा प्रयोगकर्ताको सल्लाह र सुझाबलाई लिएर अगाडी बढ्ने कुरा कम्पनीले जनाएको छ ।
Android Play Store Link: https://play.google.com/store/
Web Link: https://virtualpatro.com/
प्रतिक्रिया