ट्रम्पद्वारा टेक्सासको केर काउन्टीलाई ‘प्रमुख विपद् क्षेत्र’ घोषणा, ८५० जनाभन्दा बढीको उद्धार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सास राज्यको केर काउन्टीलाई ‘प्रमुख विपद् क्षेत्र’ घोषणा गरेका छन्। अचानक आएको बाढीले ठुलो जनधनको क्षति पुर्याएपछि उक्त घोषणा गरिएको हो।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, “हाम्रा बहादुर उद्धारकर्मीहरूलाई तुरुन्तै आवश्यक स्रोत–साधन उपलब्ध गराउने उद्देश्यले मैले यो घोषणा गरेको हुँ।”
बाढीका कारण धेरैको ज्यान गएको छ भने अझै कैयौँ व्यक्ति हराइरहेका छन्। राष्ट्रपति ट्रम्पका अनुसार संघीय प्रशासन राज्य र स्थानीय सरकारसँग मिलेर राहत तथा उद्धार कार्यमा जुटिरहेको छ।
गृह सुरक्षा सचिव क्रिस्टि नोएम सोमबार गभर्नर ग्रेग एबटसँगै प्रभावित क्षेत्र पुगेकी थिइन्। गभर्नर एबटले राज्यको तर्फबाट पीडित जनताको सहयोगका लागि निरन्तर पहल गरिरहेका छन्।
अमेरिकी तट रक्षक (U.S. Coast Guard) र राज्यका उद्धारकर्मीहरू मिलेर हालसम्म ८५० जनाभन्दा बढी मानिसको ज्यान जोगाउन सफल भएका छन्।
राष्ट्रपति ट्रम्पले सन्देशको अन्त्यमा भनेका छन्, “ईश्वर ती पीडित परिवारहरूलाई शक्ति दिऊन्, र ईश्वरले टेक्सास राज्यलाई रक्षा गरून्!”


टेक्सास राज्यको केन्द्रीय क्षेत्रहरूमा आएको विनाशकारी आकस्मिक बाढीका कारण कम्तीमा ६९ जनाको ज्यान गएको छ।
केरभिल काउन्टीका शेरिफ लेरी लाइथाका अनुसार काउन्टीभित्र मात्र ५९ जनाको मृत्यु पुष्टि भएको छ, जसमा २१ जना बालबालिका रहेका छन्। राज्यका अन्य भागहरूमा पनि थप मृतकको विवरण सार्वजनिक भएका छन्।
शेरिफ लाइथाका अनुसार ‘क्याम्प मिस्टिक’ का ११ जना बालक्याम्पर र एक जना सल्लाहकार अझै हराइरहेका छन्, र उनीहरूको खोजी जारी छ।
टेक्सासका गभर्नर ग्रेग एबटले राज्यका उद्धार टोलीहरूले हराइरहेका सबैलाई फेला पार्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै बाढी प्रभावित परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्। उनले लेखेका छन्, “यी परिवारहरू अकल्पनीय त्रासदीको सामना गरिरहेका छन्।”
बीबीसीकी पत्रकार एन्जेलिका कासासका अनुसार एक स्थानीय बासिन्दा एन्थोनीले बाढीका कारण घरभित्र हिलो र मलमूत्रले भरिएपछि आफ्नो सबै सम्पत्ति गुमाएको बताएका छन्।
Hundreds of people have been rescued or evacuated so far, many by helicopter, authorities said. The Trump administration will honor a federal disaster declaration signed by Texas Gov. Greg Abbott to help direct relief to the state, according to Homeland Security Secretary Kristi Noem.
प्रतिक्रिया