Washington DC, US : March 12, 2026, Thursday 07:00 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Breaking News : ट्रम्प प्रशासनलाई अदालतबाट अस्थायी राहत, मिसाइल र ड्रोन आक्रमण घटे पनि युद्ध झन् फैलिने संकेत|Breaking News : ५७ मध्ये ६ दल मात्रै संसद प्रवेशको अवस्थामा, ५१ दल थ्रेसहोल्डभन्दा तल, राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अगाडि|च्याप्टरको छैटौँ वार्षिकोत्सव र अन्तर्राष्ट्रिय महिला दिवस न्यूयोर्कमा सम्पन्न|“ब्यालिस्टिक मिसाइल आक्रमण करिब ९० प्रतिशतले घटेको र एकतर्फी आक्रमण गर्ने ड्रोन करिब ८३ प्रतिशतले कम”|ट्रम्पले इरानसँग भइरहेको युद्ध धेरै लामो समय नचल्ने दाबी गरे|निर्वाचन आयोगद्वारा १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक|युद्ध लम्बिँदै जाँदा त्यसको असर विश्व अर्थतन्त्रमा गम्भीर हुन सक्ने|Even if the Rastriya Swatantra Party (RSP) secures a two-thirds majority, all of these institutions will become “bones stuck in its throat.”|दुई तिहाइनै ल्याएपनि रास्वपालाई यी सबै घाँटीमा अड्केका हड्डी बन्नेछन|भारतले क्रिकेट इतिहासमा नयाँ सफलता हासिल

साइबर अपराधसम्बन्धी नयाँ विधेयक ल्याउने तयारी ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ मा १८ प्रकारका साइबर अपराधको छुट्टाछुट्टै व्याख्या र त्यसअनुसारको सजायको व्यवस्था

  NepalMother.com | ८ असार २०८२, आईतवार २१:२५

साइबर अपराधसम्बन्धी विभिन्न प्रकारका अपराधलाई समेट्ने गरी सरकारले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी नयाँ विधेयक ल्याउने तयारी गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले २०८२ जेठ २७ गते प्रतिनिधिसभामा दर्ता गर्नुभएको ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ मा १८ प्रकारका साइबर अपराधको छुट्टाछुट्टै व्याख्या र त्यसअनुसारको सजायको व्यवस्था गरिएको छ।

विधेयकको परिच्छेद १४ मा कसुर तथा सजायसम्बन्धी व्यवस्था राखिएको छ भने दफा ८० देखि ९८ सम्म विभिन्न प्रकृतिका साइबर अपराधलाई परिभाषित गरिएको छ। विधेयकअनुसार राज्यको साइबर सुरक्षामा अवरोध गर्ने, विद्युतीय प्रणालीको कार्य सञ्चालनमा हस्तक्षेप गर्ने, अरूको सूचना चोरी गर्ने वा अनधिकृत रूपमा कम्प्युटर प्रणालीमा पहुँच पुर्‍याउने जस्ता कार्य अपराध ठहरिनेछ। यस्ता कार्यका लागि कैद सजाय र जरिवाना वा दुवैको व्यवस्था गरिएको छ।

उक्त विधेयकमा अनधिकृत पहुँचमार्फत अरूको युजर एकाउन्ट वा प्रणालीमा प्रविष्ट भई डाटा हेरफेर गर्ने वा मेटाउने कार्यलाई पनि अपराध मानिने उल्लेख छ। त्यस्तै, कसैले लुकिछिपी वा दुर्भावनायुक्त मनसायले विद्युतीय प्रणालीको कार्य सञ्चालनमा हस्तक्षेप गरेमा तीन वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ। विद्युतीय प्रणाली प्रयोगकर्तालाई अवरोध पुर्‍याउने, गोप्य सूचना वा डाटा मेटाउने, गोपनीयता भङ्ग गर्ने, झूटो प्रमाणपत्र प्रकाशित गर्ने, अश्लील सामग्री प्रसारण गर्ने, पासवर्ड वा कोड चोरी गर्ने, अरूको पहिचान दुरुपयोग गर्ने, वा डिनायल अफ सर्भिस (DOS) आक्रमण गर्ने कार्यलाई पनि सजाययोग्य अपराधका रूपमा समेटिएको छ।

विधेयकमा फिसिङ र स्पुफिङजस्ता प्रविधिमार्फत गोप्य जानकारी चोरी गर्ने कार्य पनि प्रतिबन्धित गरिएको छ। स्निफिङमार्फत नेटवर्कमा प्रसारित डाटा चोरी गर्नु, अवाञ्छित एप्लिकेसन वा मालवेयर फैलाउनु, इन्टरनेट अफ थिङ्समा अनुमति बिना हस्तक्षेप गर्नु, र कृत्रिम बौद्धिकता (AI) को प्रयोग गरी कसुर गर्नु समेत साइबर अपराधमा समावेश गरिएको छ। यी कसुरहरूको आधारमा दुईदेखि पाँच वर्षसम्म कैद सजाय र लाखौँ रुपैयाँसम्मको जरिवाना तोकिएको छ।

विधेयकले कसुर गर्न उक्साउने व्यक्ति र मतियारलाई पनि दोषी ठहर गर्दै, मुख्य कसुरदार सरह वा आधा सजाय दिने व्यवस्था राखेको छ। कुनै संस्था, कम्पनी वा फर्ममार्फत अपराध गरिएमा त्यसको कार्यकारी प्रमुख वा जिम्मेवार पदाधिकारीलाई जिम्मेवार ठहर गरिने छ।

यस ऐन अन्तर्गत कुनै कार्य अन्य कानुनअनुसार पनि कसुर भएमा अलग्गै कारबाही गर्न पाइने स्पष्ट व्यवस्था विधेयकको अन्त्यमा गरिएको छ। साथै, साइबर अपराधका कारण पीडितलाई भएको नोक्सानीको क्षतिपूर्ति कसुरदारबाट भराइने व्यवस्था पनि विधेयकमा समावेश गरिएको छ।

कसैले साइबर अपराधसम्बन्धी कसुर गरेमा त्यसबारे थाहा पाएको मितिले ६ महिनाभित्र सूचना प्रविधि विभाग वा राष्ट्रिय साइबर सुरक्षा केन्द्रमा उजुरी दिनुपर्नेछ। विभाग वा केन्द्रको निर्णयप्रति असन्तुष्टि भएमा ३५ दिनभित्र जिल्ला अदालतमा पुनरावेदन गर्न सकिने व्यवस्था विधेयकको अन्तिम धारामा समावेश गरिएको छ।

यो विधेयकले नेपालमा डिजिटल सुरक्षा, गोपनीयता संरक्षण, र विद्युतीय माध्यमको दुरुपयोग नियन्त्रण गर्ने कानुनी आधार तयार पार्ने उद्देश्य राखेको छ।

साइबर अपराधसम्बन्धी १८ प्रकारका कसुर र सजाय

विधेयक : सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२
प्रस्तावक : संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ
दर्ता मिति : २०७८ जेठ २७, प्रतिनिधिसभा
सम्बन्धित धारा : दफा ८० देखि ९८ सम्म


१. मुलुकको साइबर सुरक्षामा अवरोध

  • राज्यको प्रणालीमा अवरोध गरिएमा अपराध मानिने

  • सजाय : ५ वर्षसम्म कैद वा १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै


२. विद्युतीय प्रणालीमा हस्तक्षेप

  • डेटा हेरफेर, प्रविष्टि वा मेटाउने कार्य

  • सजाय : ३ वर्षसम्म कैद वा ५ लाखसम्म जरिवाना वा दुवै


३. सूचनाको चोरी

  • स्रोत सङ्केत वा कम्प्युटर डाटा चोरी/परिवर्तन

  • सजाय : ३ वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै


४. कम्प्युटरमा अनधिकृत पहुँच

  • युजर अकाउन्ट वा प्रणालीमा बिना अनुमति प्रविष्ट

  • सजाय : २ वर्षसम्म कैद वा २ लाख रुपैयाँसम्म जरिवाना वा दुवै


५. प्रयोगकर्तालाई बाधा पुर्‍याउने कार्य

  • प्रणाली प्रयोगमा रोक लगाउने वा बाधा गर्ने कार्य

  • सजाय : ३ वर्षसम्म कैद वा ३ लाखसम्म जरिवाना वा दुवै


६. अर्को व्यक्तिको सूचना मेटाउनु/बिगार्नु

  • अन्यको डिजिटल डाटा मेटाउने वा निष्क्रिय पार्ने

  • सजाय : ३ वर्षसम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै


७. गोपनीयता भङ्ग गर्ने कार्य

  • निजी संवाद, विवरण वा व्यक्तिगत डाटा रेकर्ड वा लिक गर्ने

  • सजाय : २ वर्षसम्म कैद वा ३ लाखसम्म जरिवाना वा दुवै


८. झूटो प्रमाणपत्र प्रकाशन

  • नक्कली डिजिटल प्रमाणपत्र वितरण वा प्रकाशित

  • सजाय : २ वर्षसम्म कैद वा २ लाखसम्म जरिवाना वा दुवै


९. अश्लील सामग्री वितरण/सञ्चय

  • विद्युतीय माध्यमबाट अश्लीलता प्रसारण

  • सजाय : २ वर्षसम्म कैद वा २ लाख रुपैयाँसम्म जरिवाना वा दुवै


१०. गोप्य कोड चोरी (फिसिङ/स्पुफिङ)

  • पासवर्ड, टोकन, पिन आदिको अनधिकृत प्राप्ति

  • सजाय : २ वर्षसम्म कैद वा २ लाखसम्म जरिवाना वा दुवै


११. स्निफिङ

  • नेटवर्कमा प्रसारण भइरहेको डाटा लुकिचोरी पढ्ने

  • सजाय : २ वर्षसम्म कैद वा २ लाखसम्म जरिवाना वा दुवै


१२. अवाञ्छित एप्लिकेसन फैलाउने

  • मालवेयर वा अनधिकृत सफ्टवेयर चलाउने

  • सजाय : २ वर्षसम्म कैद वा २ लाख रुपैयाँसम्म जरिवाना वा दुवै


१३. डिनायल अफ सर्भिस (DOS) आक्रमण

  • सर्भर वा सार्वजनिक सेवा प्रणाली बन्द गराउने

  • सजाय : २ वर्षसम्म कैद वा २ लाखसम्म जरिवाना वा दुवै


१४. इन्टरनेट अफ थिङ्स (IoT) मा आक्रमण

  • जडान गरिएका स्मार्ट उपकरणमा अनुमति बिना हस्तक्षेप

  • सजाय : २ वर्षसम्म कैद वा २ लाखसम्म जरिवाना वा दुवै


१५. पासवर्ड वा पहिचानको दुरुपयोग

  • अरुको डिजिटल पहिचान प्रयोग गरी अपराध गर्नु

  • सजाय : १ वर्षसम्म कैद वा १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै


१६. एआईबाट अपराध गर्नु

  • कृत्रिम बौद्धिकता (AI) प्रयोग गरेर अपराध गरेमा पनि दण्ड


१७. अपराध गर्न उक्साउने वा सघाउने

  • षड्यन्त्र/उक्साहट/मतिको सहयोग गरे सजाय :

    • मुख्य कसुरदार बराबर सजाय

    • मतियारलाई आधा सजाय


१८. संस्थागत जिम्मेवारी

  • कम्पनी, फर्म वा संस्थाले अपराध गरेमा जिम्मेवार व्यक्ति वा कार्यकारी प्रमुख दण्डित


थप व्यवस्था

  • प्रचलित कानुनअनुसार अन्य सजायसमेत गर्न सकिने

  • पीडितले भएको क्षतिपूर्तिको दाबी गर्न सक्ने

  • उजुरी ६ महिनाभित्र सूचना प्रविधि विभाग वा साइबर सुरक्षा केन्द्रमा दिनुपर्ने

  • जरिवानासम्बन्धी पुनरावेदन ३५ दिनभित्र जिल्ला अदालतमा गर्न सकिने

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।