शान्ति र सद्भभाव
– उषा शेरचन
बोधिबृक्ष मुनि अचेल
भेटिन्नन्बोधिसत्वहरू
बरु उल्टैभेटिन्छन्
थुप्रैबोधो मस्तिष्कहरू;
जसले
बुद्धलाई पाताल नगरी
पुर्याएको खुशियालीमा
मनाउँछन्उत्सवहरू—
गाउँछन्अरूको सुरमा,
नाच्छन्अरूको इसारामा,
र उफ्रिन्छन्बेपत्तासँग
अरूलेबजाएको डम्फूको तालमा;
जतिखेर सारा दर्शकहरू हिँडिसके का हुन्छन् !
शान्तिलाई कुल्चेर
अशान्तिलेसाम्राज्य फै लाइरहेको
यो घडीमा
उदास छन्लुम्बिनी मनहरू;
जहाँकसैको आँ खामा
विश्वासलेऐना हेर्नसकिन्न !
उज्यालोमा कालो पर्दालगाएर
अँध्यारोलेमनपरी दमन गरिरहेको
यो घडीमा
थकित छन्
स्वयम्भूआँ खाहरू
जहाँकसैको मनमा
प्रेमको बास मिल्दैन !
अझैपनि
सोच्नेगर्छन्एकथरी, यहाँ
जाडोमा निर्विघ्न न्यानो घाम
गर्मीमा स्वच्छ शीतल छायाँ
या भनौँ—
खडेरीमा रिमझिम बर्षा
र बर्सात्मा ओत लाग्नेछत;
जसमा बिनानिगाह मात्र प्रेम होस्…!
अफसोच !
बदलामा मिल्नेगर्छयहाँ
कहिल्यैनसकिने
जालझेलको डरलाग्दो खेल,
काटाकाट र मारमारको
अन्तहीन सिलसिला
र कहिल्यैनसुक्ने
रगतआँसुको भेल…!
फेरि पनि
दृश्य पहाडलेछेकिएका
एकहुल शान्तिकामीहरू
यो सुदूरमा गुन्जिरहेको
तिम्रो मौन आवाज पछ्याउँदै
सद्भभावका पाईला चालिरहेछौँ
नमोबुद्ध ! तिमीलाई नैसाक्षी राखेर
आज प्रेमका कविता सुनाइरहेछौँ…
जहाँतिमी कोलाहलभरि पनि
आफू लाई भेट्न सक्छौ !
पुनः संस्करित बोधिसत्व प्राप्त गर्नसक्छौ !!
****

गीत
– उषा शेरचन
हरेक दिन फेरिइरहन्छ बादलजस्तो मन
हरेक दिन बद्लि रहन्छ पागलजस्तो मन
घाम पनि त उस्तैनैछ जून पनि छ उस्तै
दिन पनि त उस्तैनैछ रात पनि छ उस्तै
हरेक क्षण तड्पि रहन्छ घायलजस्तो मन
हरेक दिन बद्लि रहन्छ पागलजस्तो मन
आशाभन्दा निरासा नैहात लाग्दोछ बढी
हाँसोभन्दा उदासी नैसाथ माग्दोछ बढी
हरेक दिन गहिरिरहन्छ खाडलजस्तो मन
हरेक दिन बद्लि रहन्छ पागलजस्तो मन
****

लघुकथा: लोप
– उषा शेरचन
म हेरिरहेको छु एकटक, भर्खरैउ हिँडेको बाटो । अब त उसका पैतलाका चालसँगसँगैक्रमशः उसको आकृति पनि पातलिन
थालेको छ ।
ऊ लुकामारी खेलिरहेझैँटाढा…टाढा देखा पर्छ ः आक्कल झुक्कल । अझैम हेरिरहेको छु कहिलेकाहीँ देखिनेउसको
आकृतिलाई । उ देखा पर्छ। उ हराउँछ । पुनः उ देखा पर्छ। पुनः हराउँछ । हुन सक्छ, म बादल सहितको आकाश र अकाश
सहितको बादलमा निर्निमेष हेरिरहेछु एक बस्तु। चन्द्रमा होईन, मात्र एक बस्तु।
ऊ क्रमशः लोप हुँदैछ सधैँको लागि एउटा फन्दाबाट । मेरो मन व्याप्त हुँदैछ एकतमाशको पीडालेअथवा के लेके ले…….! हुन
सक्छ मनको पीडा दिर्घनिश्वासमा पोखिदैछ । हो मसँग अबशेष बाँकि छ एउटा दिर्घनिश्वासको । यस्तो लाग्छ म सुन्दर रुख हुँ
जो भित्रभित्र खोक्रो छ अथवा मुटु हराएको मान्छेहुँ।
अब ऊ क्षितिज झर्नलागेको छ । म एउटा पातलो किरमिर रेखामात्र देख्दैछु उसको । उफ ! कति एक्लो अनुभव हुन थालेको छ
अहिलेनै। एउटा भयानक एकान्तलेचिल्नमात्र बाँकि छ । डस्नमात्र बाँकि छ ।
नियन्त्रित हुन खोज्छु कि आँ खाबाट सस्तो पानी नझरोस्। तर अविरल पानी झर्नथालेको छ आँ खाबाट । भन्न सक्तिन म, यो
सहानुभूतिको परिणाम हो वा अनुराग को !

प्रतिक्रिया