प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा सत्ता साझेदार शीर्ष नेताहरूको बैठक सम्पन्न भयो।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसद अवरोध, समसामयिक राजनीतिक अवस्था, सरकार सञ्चालनको प्रभावकारिता, मन्त्रीहरूको कार्यसम्पादन मूल्यांकन, बजेट कार्यान्वयन र सहकार्यको संस्कृतिमा छलफल भएको थियो।
सहभागीहरू: गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा, उपसभापति पूर्णबहादुर खड्का, ऊर्जामन्त्री दीपक खड्का र महामन्त्री गगन थापा।
गण्डकी प्रदेशका सांसद दीपक मनाङे (राजीव गुरुङ) सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाबाट सांसद पदबाट पदमुक्त।
उनी फौजदारी अभियोगमा दोषी ठहर भई अन्तिम फैसला भइसकेको आधारमा पदबाट हटाइएका हुन्।
निर्णय गर्ने इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँच न्यायाधीश सामेल थिए।
उच्च अदालत पाटनले राजुनाथ पाण्डेको निलम्बनविरुद्ध अन्तरिम आदेश जारी गर्दै उनलाई तत्काल पदमा बहाली गर्यो।
जेठ २० गते उनले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा अवरोध गरेको आरोपमा ६ महिनाको निलम्बन पाएका थिए।
अदालतको ठहर: पाण्डेले आफ्नो सुरक्षा जिम्मेवारीअनुसार काम गरेका, आदेश उल्लंघन देखिएको छैन।
महेन्द्रनगर नगर विकास समितिका तत्कालीन अध्यक्ष पल्टु रानाविरुद्ध सरकारी जग्गा व्यक्तिका नाममा अवैध दर्ता गरेको आरोपमा अख्तियारले पुनरावेदन दायर।
विशेष अदालतले आंशिक सफाइ दिएपछि आयोगले करिब १ करोड ९३ लाख बिगो कायम गर्दै सर्वोच्चमा पुनरावेदन गरेको हो।

परराष्ट्र मन्त्रालयले इजरायल र इरानको परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ।
इजरायलमा रहेका नेपालीहरू हालसम्म सुरक्षित रहेको पुष्टि, तर आवश्यक्ताअनुसार कदम चालिने जनाएको छ।
नेपालीलाई घर वा बंकरबाहेक बाहिर ननिस्कन, इजरायली सुरक्षा निर्देशन पालना गर्न र राजदूतावाससँग सम्पर्कमा रहन आग्रह गरिएको छ।
इजरायल, इरान तथा अन्य मध्यपूर्व मुलुक जान तयारी गरिरहेका नेपालीहरूलाई यात्रा हाललाई स्थगित गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया