Washington DC, US : October 14, 2026, Wednesday 07:32 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|दिल्लीमा बिमस्टेक गृहमन्त्रीहरूको ऐतिहासिक बैठक, ‘दिल्ली घोषणापत्र’ पारित, क्षेत्रीय सुरक्षामा साझा प्रतिबद्धता|अमेरिकामा महँगी फेरि उकालो, मुद्रास्फीति ३.७ प्रतिशत पुग्यो|अमेरिकाको सिक्स फ्ल्याग्समा भयानक दुर्घटना|सातै प्रदेशका मुख्यमन्त्रीको साझा घोषणा|घिनलाग्दो अडियो काण्ड|साउदी अरबमा हुथी विद्रोहीको व्यापक मिसाइल आक्रमण|एकै छिनमा मान्छे भगवान र एकै छिनमा राक्षस बनाउने प्रबृत्ति !|राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको नेतृत्वमा पशुपति शर्मा, बधाई सबै निर्वाचितहरुलाई|साउदी अरबका विमानस्थल प्रयोग नगर्न हुथी विद्रोहीको चेतावनी|बूढीगण्डकीमा विनाशकारी बाढीको पछिल्लो अपडेट : पाँच जना बेपत्ता, ४९ जनाको उद्धार, घरबस्ती र पुलहरू बगे, जलविद्युत् आयोजनामा ठूलो क्षति

केही बर्ष देखिको खानेपानीको समस्या समाधान भएपछि जनतामा छायो खुशी

  NepalMother.com | २७ भाद्र २०८३, शनिबार १३:५९

– टंक पन्त
काठमाडौ । केही बर्ष देखि निरन्तरजसो ट्यांकरबाट पानी किनेर खांदै गरेका काठमाडौ टोखा ६ शिवमन्दिर परिसर क्षेत्रका नागरिकका घरमा धारो बग्न थालेपछि स्थानीय नागरिकहरुमा उत्साह छाएको छ । स्थानीय नागरिकहरु आफै सक्रिय भएर नैनदेवी हरिहर गुरुकुल धार्मिक बन क्षेत्रको सीमपाखामा बोरिङवाट पानी निकाली एक लाख २० हजार लिटर बराबरको पानी संकलन गर्ने ट्यांकीवाट पानी बितरण प्रारंभ भएको छ ।
खानेपानीेको समस्यालाई ध्यानमा राखेर  शिबमन्दिर परिसर टोलसुधार समितिको भेलाले उपभोक्ता समिति बनाएर काठमाडौ टोखा नगरपालिका ६ सीमपाखावाट खानेपानी निकाल्ने र ट्यांकी निर्माण प्रक्रिया थालेको झण्डै तीन बर्षमा सम्पूर्ण काम संपन्न भएपछि त्यस क्षेत्रका करीब ६ सय परिवारमा पानी बितरण प्रारंभ भएको छ ।
नागरिकले आफना लागि आफै खानेपानी समस्याको समस्या समाधान गरेकोमा पूर्व मन्त्री एवं सोही क्षेत्रका पूर्व सांसद प्रदिप पौडेलले खुशी ब्यक्त गर्दै आफूले आफनो ठाउंवाट पहल गरेपनि शिबमन्दिर टोलका नागरिकहरु सक्रिय भएर नलागेको  भए यो काम  संभव हुने थिएन भन्दै स्थानीय नागरिकहरुको सक्रियता प्रति आभार ब्यक्त गर्देै खुशी प्रकट गर्नुभएको छ ।
नैनदेवी हरिहर गुरुकुल धार्मिक ब्यबस्थापन समितिले खानेपानी ट्यांकी निर्माण स्थलका लागि सीमपाखा बनको १० बर्षे कार्ययोजना बनाएर डिभिजन बन कार्यालय हात्तिबनवाट स्वीकृत गराएपछि  खुलेको बाटाले गर्दा  अहिले पानीको धारा घरघरमा पुग्ने भएको छ ।  हरिहर मन्दिर सन्यास आश्रम संचालक समिति काठमाडौ , शिबमन्दिर परिसर टोलसुधार समिति कार्यसमिति, टोखा ६  बडाध्यक्ष शान्ता खनाल पौडेल सहित सिंगो वडा कार्यालय , टोखा नगरपालिकाको संयोजन  एवं खानेपानी तथा सरसफाइ डिभिजन ५ भक्तपुरको आर्थिक तथा प्राबिधिक सहयोगले गर्दा स्थानीय नागरिकहरुले खानेपानी समस्याको समाधान गर्न सफलता हासिल गरेका छन ।
सीमपाखा खानेपानी उपभोक्ता समितिको निरन्तरको नेतृत्वदायी भूमिका र शिवमन्दिर परिसर कार्यसमितिका पदाधिकारी र  सल्लाहकारहरुको  हरेक समस्या समाधान गर्न गरेको सहयोग एवं नैनदेवी हरिहर गुरुकुल धार्मिक बन ब्यबस्थापन समितिको कानुनी झण्झट हुन नदिन गरेको पहलवाट प्रतिसेकेण्ड ७ लिटर पानी ट्यांकीमा जम्मा हुने गरी काम संपन्न भएको भन्दै उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष शेरसिंह साउदले सबैलाई धन्यवाद दिनुभएको छ । उहांका अनुसार प्रतिसेकेण्ड ७ लिटर आउने योजना हो तर अहिले प्रतिसेकेण्ड साढे ३  लिटर आएपनि स्थानीय नागरिकहरुलाई पानी पुगेको जानकारी दिनुभएको छ । उहांले हाल बाहिर रहनुभएका अध्यक्ष खुशीराम पाण्डेप्रति पनि आभार ब्यक्त गर्नुभएको छ । प्रारंभमा पाण्डेकै नेतृत्वमा काम अगाडि बढेको थियो ।
कतिपय घर परिवारले लामो समय देखि ट्यांकीको पानी किनेर घर चलाउदा निकै अफ्‌ट्यारो भएको थियो अहिले सीमपाखावाट पानी बितरण हुन थालेपछि  त्यस क्षेत्रमा ट्यांकरको प्रबेश रोकिएको छ । शिवमन्दिर परिसरका नागरिकहरुको पहलमा बोरिङ खन्ने र पानी ट्यांकी सहित पानी  बितरण गर्ने  सहयोगी बस्ने कोठा र बिजुली मिटरको काम संपन्न भएको भएपनि त्यस टोलमा रहेका तीन सय घरपरिवार बाहेक छिमेकी अन्य टोलमा पनि पानी बितरण हुन थालेको छ ।  जनताले आफना लागि आफै लागिपरेर काम संपन्न गरे त्यो आफैमा निकै सकारात्मक पक्ष हो तर स्थानीय नागरिकहरुले  पटक पटक ध्यानाकर्षण गराउदा पनि  भक्तपुर खानी डिभिजनले निर्माण कार्यका लागि (ठेकदार) जसलाई संयोजन गर्न दिएको थियो उसले पूर्णरुपमा सन्तोषजनक रुपमा काम नगरेको कारण  खानेपानी बितरण हुंदै  गर्दा जुनसुकै बेला समस्या आउने हो कि भन्ने आशंका स्थानीय नागरिकहरुको रहेको छ ।
खानेपानी निर्माण संपन्न भएपछि आयोजित उद्धघाटन कार्यक्रममा हरिहर मन्दिर सन्न्यास आश्रमका पीठाधीश प्रधानसंरक्षक श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले मन्दिर र स्थानीय नागरिकहरुका लागि खानेपानी समस्या समाधान गर्न स्वयं स्थानीय नागरिकहरु सक्रिय भएर सफलता हासिल गर्नु अन्य क्षेत्रका लागि उदाहरणीय अनुकरणीय  रहेको बताउनुभयो । शिबमन्दिर परिसरलाई मात्र नभई अन्य वरपर पनि पुग्ने गरी  बितरण प्रारंभ गरिएको पानीलाई फिल्टर गरेर पठाउने ब्यबस्था गरेमा निकै उपयोगी हुने सुझाब दिनुभयो । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले पानी फिल्टर गर्ने ब्यबस्था नगरपालिकाले गर्ने जानकारी दिनुभयो । टोखा ६ का वडाध्यक्ष शान्ता खनालले  जसजसले काम संपन्न गर्न अहं भुूमिका खेले उनीहरु प्रति बिशेष आभार ब्यक्त गर्र्देै स्थानीय नागरिकहरुका लागि मात्र नभएर अन्य क्षेत्रका लागि पुग्ने पानी आएको छ यसलाई ब्यबस्थित गर्देैै जान थप सचेतना आबश्यक भएको औल्याउनुभयो ।
उपभोक्ता समितिका कार्यबाहक अध्यक्ष शेरसिंह साउदले एक करोड ४२ लाख रुपियां खर्च भएको तर  स्थानीय नागरिकहरुको भूमिका त्यो भन्दा बढि रहेको भन्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहांले शिबमन्दिर टोल सुधार समितिका बर्तमान अध्यक्ष मीना शर्मा , पूर्व अध्यक्ष जलस्रोत बिज्ञ डा सन्तोष नेपाल , उपभोक्ता समितिका प्रमुख सल्लाहकार बरिष्ठ पत्रकार टंक पन्त , बन समितिका अध्यक्ष भगवान केसी , प्रदेशका पुर्व मन्त्री श्याम खडका, पूर्व मन्त्री प्रदिप पौडेल , टोखा नगरपालिका , वडा कार्यालय , हरिहर मन्दिर संचालक समितिका अध्यक्ष दिवाकरप्रसाद दाहाल लगायतको सहयोग अनुकरणीय रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा उपत्यका खानेपानी बिभाग पानीपोखरीका प्रमुख कृष्ण साहले केयुकेललाई हस्तान्तरण गर्ने प्रक्रिया  अगाडि बढेको र त्यो कार्य यथाशीघ्र संपन्न हुने आश्वासन दिनुभएको थियो । खानेपानी बितरण प्रक्रियालाई ब्यबस्थित गर्नेकाम केयुकेलको भएको हुनाले निर्माण कार्य संपन्न भएपछि उपभोक्ता समितिले केयुकेललाई हस्तान्तरण गरिसकेको छ तर हस्तान्तरणको पत्र आउन बांकी रहेको समितिले जनाएको छ । समितिले केयुकेललाई हस्तान्तरण गर्दा शिबमन्दिर परिसरका नागरिकलाई पहिलो प्राथमिकता राखेर अन्य क्षेत्रमा पानी बितरण गर्न अनुरोध गरेको छ .

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।