Washington DC, US : September 14, 2026, Monday 04:08 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

‘म्युजिक खबर तीज म्युजिक अवार्ड’ को पाँचौं संस्करण भव्यरुपमा सम्पन्न

  NepalMother.com | २७ भाद्र २०८३, शनिबार १४:०३

काठमाडौं । तीजमा संगीत संस्कृतिको प्रवद्र्धनको लागि आयोजना हुँदै आएको ‘म्युजिक खबर तीज म्युजिक अवार्ड’ को पाँचौं संस्करण भव्यरुपमा सम्पन्न भएको छ । राजधानीको बानेश्वरस्थित क्रिष्टल पार्टीभेन्युमा आयोजित समारोहका बिच २२ विधामा अवार्ड प्रदान गरियो । कार्यक्रममा गायिका प्रिति आले उत्कृष्ट तीज गीत दोहोरी गायिका बनिन् भने गायक खुमन अधिकारीले उत्कृष्ट दोहोरी गायकको अवार्ड उचाले । गायिका आले र गायक अधिकारीले खाडी जानेलाई बोलको गीतबाट उत्कृष्ट तीज दोहोरी गीत गायक गायिका घोषित भएका हुन् । यस्तै गायिका पुजन काफ्ले तीजको लहर आउँदा बरिलै गीतबाट उत्कृष्ट मौलिक तिज गीत गायिकाको अवार्ड चुम्न सफल भइन् ।

अवार्डमा रानीहार र तीन बहिनी गीतले ह्याट्रिक गर्न सफल भए । रानीहार गीतबाट किशोर थापाले सर्वोत्कृष्ट मिक्सिङ, शंकर थापा स्माइलले सर्वोत्कृष्ट संगीतकार र संगीता भण्डारीले सर्वोत्कृष्ट तीज गीत गायिका जुरीतर्फको अवार्ड चुम्न सफल भए । त्यस्तै तीन बहिनी गीतबाट सर्वोत्कृष्ट तीज दोहोरी संगीतमा तीन बहिनी गीतबाट रामकृष्ण बममल्ल, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक विष्णु शर्मा र इन्करेजमेन्ट अवार्डतर्फ आरती परियार, तनुजा शाही, पार्वती आचार्यले चुम्न सफल भए ।

आर्टिष्ट अफ नेपालको प्रस्तुति एवं शुभकामना मिडिया सोलुसनको आयोजनामा सम्पन्न सोहि समारोहमा समाजका विभिन्न क्षेत्रमा योगदान पू¥याउने सशक्त नारीलाई सम्मान समेत अर्पण गरिएको थियो । समारोहकी प्रमुख अतिथि प्रतिष्ठित गायिका मिरा राणा, अवार्डका अध्यक्ष सबिता पोखरेल चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दिनेश डिसी, साहित्यिक पत्रकार संघ नेपालका अध्यक्ष राधेश्याम लेकालीले आ–आफ्नो क्षेत्रमा योगदान दिएका नारीलाई सम्मान अर्पण गरे । कार्यक्रममा बरिष्ठ गायिकाद्वय यशोदा पराजुली र टिका पुनलाई ‘आर्टिस्ट अफ नेपाल नारी रत्न सम्मान’ अर्पण गरिएको थियो भने कमला रिसाललाई ‘आर्टिस्ट अफ नेपाल साहित्य सम्मान’, अभिनेत्री न्यान्सी खड्कालाई ‘आर्टिस्ट अफ नेपाल चलचित्रकर्मी सम्मान’ र सोजना लोहारलाई ‘आर्टिस्ट अफ नेपाल कला पत्रकारिता सम्मान’द्वारा सम्मानित भए । समारोहमा चर्चित फेसन डिजाइनर काजल शर्मा ‘आर्टिस्ट अफ नेपाल फेसन सम्मान’, शितल शर्मा र अनिता कुवँर ‘आर्टिस्ट अफ नेपाल राष्ट्रिय गायन सम्मान’ बाट सम्मानित भए । सृष्टि घिमिरेलाई ‘आर्टिस्ट अफ नेपाल कोरियोग्राफी सम्मान’, अभिनेत्री तथा पर्वतारोही छिरिङ शेर्पालाई ‘आर्टिस्ट अफ नेपाल कला सम्मान’ जयन्ता अधिकारी र अन्जु परियार ‘आर्टिस्ट अफ नेपाल सामाजिक सेवा सम्मानबाट सम्मानित भए । कानुनविद कमलावली ‘आर्टिस्ट अफ नेपाल राष्ट्रिय सेवा सम्मान’ बाट सम्मानित भइन् ।

सर्वोत्कृष्ट तीज गीत संगीत संयोजक कृष्ण केसी, सर्वोत्कृष्ट कोरियोग्राफर जेरी भण्डारी घोषित भए । छेक्यो बरै बादलुले गीतबाट सर्वोत्कृष्ट तीज गीत नवप्रतिभा अन्जिता विश्वकर्मा घोषित भइन् कर्णाली सलल बोलको गीतबाट नारायणी खत्री तीज गीत भिडियो मोडल महिलातर्फ नारायणी खत्री कर्णाली सलल गीतबाट, पुरुषतर्फ भुवन के. पोखरेल कम्मरु भाचौंला गीतबाट उत्कृष्ट ठहरिए । सर्वोत्कृष्ट तीज गीत संयुक्त मोडलमा झरना रिसाल र दिप्सा कार्कीले माइतीघरको आँगन गीतबाट अवार्ड हात पारे । बुलेट बाइक नवमोडल विधाको अवार्ड पूर्णिमा आचार्यले चुमिन् । कर्मै खोटी छ गीतबाट सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक विधाको अवार्ड निशान बानियाँले उचाले । सर्वोत्कृष्ट तीज गीत भिडियो छायाँकार देवराज आचार्य –साउने झरीबाट चुम्न सफल भए । म्वाइँ खाँदै गीतबाट जेरी भण्डारीले सर्वोत्कृष्ट कोरियोग्राफरको अवार्ड चुम्न सफल भए ।

गीता वि.कले यो तीजमा बोलको गीतबाट अवार्ड हात पार्दा नाच छमछम गीतबाट सर्वोत्कृष्ट गीत संयुक्त गायन रिता बुर्लाकोटी÷समिक्षा अधिकारी घोषित भए । सर्वोत्कृष्ट तीज दोहोरी शब्द तर्फ यो तीजमा गीतबाट कृष्ण लामिछानेले अवार्ड उचाले । यस्तै सर्वोत्कृष्ट मौलिक तीज गीत शब्द सरिता घिमिरे (नाचौं न छमछमी), सर्वोत्कृष्ट मौलिक तीज गीत शब्द विपिन किरणले (नाच छमछम) अवार्ड चुमे भने तीज आयो गीतबाट सर्वोत्कृष्ट तीज गीत गायिका चाँदनी शाक्यले अवार्ड चुम्न सफल भइन् । त्यसैगरी सर्वोत्कृष्ट तीज गीत डायस्पोरा गीतकार डा.अनितारा रञ्जितकारले ‘नाचौं न संगीनी’ गीतबाट अवार्ड चुम्न सफल भइन् भने डायस्पोरा गीतबाट शारदादेवी अधिकारीले ‘छक्कै परियो’ गीतबाट जुरी अवार्ड चुम्न सफल भइन् ।

सर्वोत्कृष्ट तीज गीत उषा मलाहको ‘चट्टै परेर’ गीतले चुम्न सफल भइन् भने सर्वोत्कृष्ट म्युजिक कम्पनी ‘छेक्यो बरै बादलुले’ गीतबाट हमाल म्युजिक बन्न सफल भयो । ‘नौरती फूली’ गीतबाट दिपक शर्मा पपुलर संगीतकार अफ इयर बन्न सफल भए ।
जुरी अवार्डतर्फ मौलिक तीज गीत शब्द ‘कर्मै खोटी छ’ गीतबाट सुनिल केसी, ‘चरि भए त’ गीतबाट राधा हमाल बानियाँले तीज गीत दोहोरी गायिका, ‘नाचौं न छमछमी’ गीतबाट विपिन आचार्यले म्युजिक एरेन्जरको अवार्ड चुम्न सफल भए । त्यस्तै गायिका आशा बुढाले ‘बुलेट बाइक’ गीतबाट पब्लिक च्वाइस अवार्ड चुम्न सफल भइन् ।

त्यस्तै इन्करेजमेन्ट अवार्ड नवगायिका ‘रातो सारी’ गीतबाट उमा श्रेष्ठ र इन्करेजमेन्ट अवार्ड संगीतकारतर्फ ‘रेलिमै घुमौंला फिरौंला’ गीतबाट रमेशराज भण्डारी उत्कृष्ट बन्न सफल भए ।

नेपाली सांगीतिक जगतकी धरोहर प्रतिष्ठित गायिका मिरा राणाको प्रमुख आतिथ्यता र अवार्ड आयोजक समितिकी अध्यक्ष सबिता पोखरेलको सभापतीत्व रहेको थियो । कार्यक्रममा प्रतिष्ठित कलाकारहरु मोहन निरौला, मदनदास श्रेष्ठ, गीतकार संघ नेपाल अध्यक्ष बसन्त बित्यासी थापा, रोयल्टी संकलन समाजका महासचिव चन्द्र शर्मा, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम, बरिष्ठ गायिका देबिका बन्दना, बरिष्ठ पत्रकार एवं गीतकार – शान्तिप्रिय, डब्बु क्षेत्री, बरिष्ठ संगीतकार गणेश पराजुली, बरिष्ठ संगीतकार सन्तोष श्रेष्ठ, बरिष्ठ गीतकार भरत बमजन, समाजसेवी तथा व्यवसायी ब्युटी सराफ, बरिष्ठ सौन्दर्यविद सोनी कारन्जित, लगायतका कलाकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा गायिका प्रिती आले र गायक खुमन अधिकारीले गायन प्रस्तुति दिएका थिए ।

    

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor