Washington DC, US : September 15, 2025, Monday 03:57 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)
                                                                  Old Archive > 

ताजा समाचार

गजल प्रवर्द्धन केन्द्रको घोषणा संयुक्त गजलसङ्ग्रह साधनाको विमोचन सम्पन्न

  NepalMother.com | १ असार २०८२, आईतवार १५:३१

मिति २०८२ जेष्ठ ३१ गते शनिबार । नेपाली गजललाई अन्तर्राष्ट्रिय स्तरमा पुउर्‍याउने अठोटका साथ हालै स्थापना भएको गजल प्रवर्द्धन केन्द्र, नेपालको एक समारोहका बिच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री भूपाल राईज्यूबाट औपचारिक रूपमा घोषणा गरिएको छ ।

सोही अवसरमा नेपाली भाषा र व्याकरणको शुद्धतालाई पालना गर्दै ७५ जना गजलकारहरूद्वारा लेखिएको संयुक्त गजलसङ्ग्रह “साधना”को विमोचन समेत गरिएको थियो ।

समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले मन्तव्य दिँदै स्रष्टालाई गजल लेखनको प्रशिक्षण सहित कृति प्रकाशन र सङ्गीतबद्ध गर्ने सम्मको सहयोग गर्ने उद्देश्य राखेको गजल प्रवर्द्धन केन्द्र अरूभन्दा पृथक रहेकोले यसले उच्च सफलता पाउनेमा आफू आशावादी रहेको विचार व्यक्त गर्नु भयो । साथै नेपाली भाषाका प्रथम गजलकार युवा कवि मोतीराम भट्टको नामबाट मोती गजल पुरस्कार स्थापना होस् भन्ने केन्द्रको मागलाई सम्बोधन गर्दै वहाँले यसको निम्ति आफूले प्रयास गर्ने प्रतिबद्धता प्रकट गर्नु भयो ।

सो अवसरमा कुलपतिज्यूले गजल प्रवर्द्धन केन्द्रले गजलको विकास र प्रवर्द्धनको लागि ल्याउने उपयुक्त योजना तथा कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानले भरपुर सहयोग गर्ने वचन दिनु भयो ।

केन्द्रका संरक्षक तथा वर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने परिश्रमीले समारोहमा शुभकामना मन्तव्य दिँदै आफूले बीस वर्ष अघि देखेको सपना गजल प्रवर्द्धन केन्द्रको माध्यमबाट पूरा हुने आशा व्यक्त गर्दै अब संस्थागत रूपमा नै नेपालभित्रका विभिन्न भाषामा गजलको विस्तार र प्रवर्द्धनमा सबैको सहयोग प्राप्त हुने विचार व्यक्त गर्नु भयो ।

राष्ट्रिय वाणिज्य बैंकको दरबारमार्ग स्थित सभा कक्षमा सञ्चालन भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष डा. ठाकुर मोहन श्रेष्ठले गर्नु भएको थियो भने महासचिव एल.पी. पराजुलीले गजल प्रवर्द्धन केन्द्रको उद्देश्य र कार्ययोजना बारे प्रष्ट पार्नु भएको थियो । त्यसै गरि सल्लाहकार डा. देवी पन्थीले साहित्यमा धेर्यपूर्वक लाग्नेले सफलता पाउने विचार व्यक्त गर्नु भयो ।

संरक्षक डा. घनश्याम परिश्रमीज्यूले नेपाली गजलमा गर्नु भएको योगदानको कदरगर्दै सम्पूर्ण गजलकारहरूले वहाँलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो भने साधना संयुक्त गजल सङ्ग्रहमा सम्पादक भएर योगदान पुर्‍याए वापत विमुन्स पौडेल र ध्रुव प्रसाद गजुरेललाई कदर पत्र सहित सम्मानित गरिएको थियो ।

सो कार्यक्रममा कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ , गायिका पूजन मिश्र, किशोर कोइराला, टीका सुदिस निरौला , अरुण खड्का, शर्मिला तिमल्सिना, सुधिर थापा, उत्तम विचार, वासुदेव ठकुरी, कल्पना भट्टराई , संगीता खरेल , राजेन्द्रकुमार बज्राचार्य लगायतले तरन्नुममा गजल सुनाउनु भएको थियो ।

उक्त कार्यक्रमको सभापति गजल प्रवर्द्धन केन्द्र, नेपालका अध्यक्ष अरुणकुमार श्रेष्ठ हुनुहुन्थ्यो भने केन्द्रका कोषाध्यक्ष विमुन्स पौडेलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । – स्पन्दन बिनोदबाट

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।