Pictures show damage in Tel Aviv from Iranian strikes
Image source,Reuters
Image source,Reuters
Image source,Reuters
इजरायल र इरान बीचको युद्ध झन चर्किंदै, दुवै देशमा धनजनको ठुलो क्षति, अमेरिका र UN के भन्छन ? अब के हुन्छ ? भिडियोका लागि तल कम्मेन्ट बक्सको लिंकमा जानुहोला ।
Updated ….
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र इरान दुबै पक्षलाई शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेका छन्।
उनले X (ट्विटर) मा लेखे: “इजरायली बमबारीले इरानी आणविक केन्द्र ध्वस्त पार्ने प्रयास, इरानको मिसाइलले तेल अविव लक्षित गर्दै जवाफ… अब धेरै भयो। रोक्नुपर्छ। शान्ति र कूटनीति नै जित्नुपर्छ।”
गुटेरेसले यसअघि गाजा युद्धको सन्दर्भमा इजरायलको आलोचना गर्दै आएका छन्, जुन युद्ध हामासले अक्टोबर ७, २०२३ मा सुरु गरेको हमलाबाट शुरू भएको थियो।
इजरायली सरकारले संयुक्त राष्ट्रसंघको आलोचना गर्दै गुटेरेसप्रति असन्तोष जनाएको छ, विशेष गरी UN ले हामासको आतंककारी आक्रमणप्रति स्पष्ट र कठोर विरोध नगरेको आरोप लगाउँदै।
संयुक्त राष्ट्रसंघले तत्काल युद्ध रोक्न र कूटनीतिक माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ। तर दुबै पक्षले हालसम्म आक्रमण जारी राखेकाले स्थिति अझ गम्भीर बन्दै गएको देखिन्छ।
इरानले शुक्रबार राति इजरायलमाथि मिसाइल आक्रमण गर्दा ५० भन्दा बढी व्यक्ति घाइते र १ जनाको मृत्यु भएको पुष्टि।
तेल अविभको किर्यात सैन्य मुख्यालय नजिकको क्षेत्रमा ठूलो क्षति।
भवनभित्र आगलागी, विस्फोट, भत्किएको संरचना, पानी भरिएको तल्ला र सडकभरि काँचको टुक्रा देखिएको थियो।
“पूरै भवन हल्लियो, विस्फोटले जलायो र बगायो,” भवनभित्र रहेकी एक महिला नोयाले भनिन्।
Fox News का संवाददाता Trey Yingst ले घटनास्थलबाट रिपोर्टिङ गर्दै “एक तल्ला बग्यो, अर्को पूर्णरूपमा विस्फोट भयो” भने।
३४ जना घाइते —
१ जना ६० वर्षकी महिला गम्भीर अवस्थामा
१ जना ६० वर्षका पुरुष गम्भीर घाइते
५० वर्षका पुरुष र महिला मध्यम घाइते
अन्य ३० जना सामान्य घाइते
१३ जना मानसिक तनाव (anxiety) बाट पीडित
MDA का उद्धारकर्मीहरूले भग्नावशेषबाट घाइतेहरू निकाल्दै सीपीआर र उपचार गरेका छन्।
७० वर्षकी महिला भग्नावशेषभित्र भेटिइन्, उनको अवस्था गम्भीर।
केही व्यक्तिहरूको शरीरमा छर्राबाट चोट लागेको छ।
इजरायली प्रहरीका अनुसार १ जनाको मृत्यु र २० जना घाइते भएका छन्।
४५% अमेरिकी नागरिकहरू: यदि कूटनीतिक वार्ता असफल भएमा इजरायलले इरानमाथि हवाई हमला गर्नुपर्छ भन्ने पक्षमा।
३७% विपक्षमा; १८% अनिश्चित।
रिपब्लिकन: ६०% समर्थन
स्वतन्त्र: ३५% समर्थन
डेमोक्र्याट: ३२% समर्थन (तर आधा बढी विपक्षमा)
सर्वेक्षण अनुसार अधिकांश अमेरिकीले इजरायलको सुरक्षालाई अमेरिका लागि महत्वपूर्ण ठान्छन्, तर समर्थनको तरिका (सैन्य बनाम कूटनीतिक) मा मतभेद देखिन्छ।
सर्वेक्षण मिति: २२ मे देखि २ जुन २०२५ – इजरायली हमला हुनु अगाडि
इरानले इजरायलमाथि ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ, त्यहाँका सर्वोच्च नेता खामेनेईले इजरायली आक्रमणको प्रतिशोधस्वरूप “गम्भीर प्रहार गर्ने” चेतावनी दिएका छन्।
इजरायलमाथिको इरानी जवाफी कारबाहीपछि ४० जना घाइतेहरू उपचाररत छन्, जसमा २ जनाको अवस्था गम्भीर रहेको इजरायली अस्पतालहरूले जनाएका छन्।
यसअघि इजरायली सेनाले भन्यो कि इरानी सेनाका ३ जना कमाण्डर राति भएको आक्रमणमा मारिए, भने तेहरानले ६ जना वैज्ञानिकको मृत्यु भएको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता गर्न आग्रह गरेका छन् र चेतावनी दिएका छन् कि “अझ कडा” इजरायली हमला हुन सक्छ।
तेहरानको मेहराबाद विमानस्थल क्षेत्रमा ठूलो आगो र बाक्लो धुँवा देखिएको छ।
AFP का अनुसार विस्फोटपछि धुँवाको मुस्लो आकाशतिर उठेको पुष्टि भएको छ।
मेहर समाचार एजेन्सीका अनुसार विमानस्थल क्षेत्रमै विस्फोट भएको थियो।
इजरायली सेनाले मिसाइल हमला प्रतिकार गर्न डिफेन्स सिस्टम सक्रिय गरेको जनाएको छ।
IDF ले नागरिकलाई सुरक्षित आश्रयस्थानमै बस्न निर्देशन दिएको छ।
केही मिसाइलहरू इरानबाट इजरायलतर्फ प्रक्षेपण गरिएको पुष्टि गरिएको छ।
बीबीसी संवाददाता आइओन वेल्स अनुसार यरुशलममा पुनः साइरन बजेको, र आकाशमा ड्रोन उडेको र ठूलो आवाजका साथ विस्फोट भएको देखिएको हो।
उनले भने, “सजिलै छुट्याउन सकिने अवस्था छैन कि यो हमला हो वा इजरायली डिफेन्सद्वारा मिसाइल प्रतिरोध।”
Eilat र Arava क्षेत्रमा तीन वटा अज्ञात ड्रोन वा हवाई वस्तुहरू रोकिएको जानकारी दिएको छ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा इजरायली राजदूत ड्यानी ड्यानोनले बोले:
“इरानले कहिल्यै लुकाएको छैन—उनीहरू हामीलाई नष्ट गर्न चाहन्छन्। हामीले आफ्ना बालबालिका बाँचून् भनेर आक्रमण गरेका हौं।”
उनले इरानले युरेनियम संवर्धन, आणविक वैज्ञानिक भर्ती र हतियार निर्माणको तयारी गरिरहेको बताए।
इरानी राजदूतले यसअघि इजरायली आक्रमणलाई “क्रूर र आपराधिक” भनेका थिए।
इरान र इजरायलबीचको आक्रमण–प्रत्याक्रमण अहिले पूर्ण युद्धको रूप लिँदैछ। एकातर्फ इजरायलले आफ्नो अस्तित्व बचाउन हमला गरिरहेको दाबी गरिरहेको छ भने अर्कोतर्फ इरानले गम्भीर बदला लिने चेतावनी दिइरहेको छ। दुबै पक्षबाट हवाई आक्रमण, डिफेन्स सिस्टम प्रयोग, र अन्तर्राष्ट्रिय कूटनीतिक अभिव्यक्तिहरू जारी छन्।
इरानले इजरायलमाथि मिसाइल वर्षा, इजरायली आक्रमणको जवाफमा कारबाही सुरु
इरानको मिसाइल आक्रमण
इरानले शुक्रबार राति तीन चरणमा सयौँ ब्यालिस्टिक मिसाइलहरू इजरायलमाथि प्रहार गर्यो।
इरानी सञ्चारमाध्यम अनुसार दर्जनौँ सैन्य लक्ष्य, एयरबेस र अन्य ठाँउहरूमा प्रहार गरिएको हो।
इजरायलमा विस्फोट र क्षति
तेल अविव र यरुशलममा ठूलो विस्फोट सुनिएको छ।
तेल अविवको एउटा अपार्टमेन्ट भवनमा सीधै मिसाइल लाग्दा आगलागी भयो।
कम्तीमा ४० जना घाइते भएको पुष्टि इजरायली संचारमाध्यम Haaretz ले गरेको छ।
अमेरिकी हस्तक्षेप
अमेरिकी सेनाले पनि इरानी मिसाइलहरू रोक्न इजरायललाई सहयोग गरेको रोयटर्स र एपीले जनाएको छ।
इजरायली सेनाको दाबी अनुसार इरानले १०० भन्दा कम मिसाइल चलाएको र धेरैजसोलाई रोकिएको छ।
इरानको कडा चेतावनी
आयतोल्ला अली खामेनेईले भने, “यो युद्धको थालनी हो, जवाफ कमजोर हुनेछैन।”
IRGC प्रमुख हुसैन सलामीको मृत्यु पछि मेजर जनरल मोहम्मद पाकोपुरलाई नया प्रमुखमा नियुक्त गरिएको छ।
पूर्व सशस्त्र प्रमुखको मृत्यु
इजरायली हवाई आक्रमणमा ईरानका उच्च सैन्य अधिकारी—जनरल मोहम्मद बाघेरी, हुसैन सलामीलगायत ७८ जनाको मृत्यु भएको इरानी राजदूतले संयुक्त राष्ट्रसंघमा बताए।
इजरायली हमला र उद्देश्य
इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले भने, “हाम्रो लक्ष्य इस्लामिक शासनको आणविक तथा मिसाइल क्षमता रोक्नु हो।”
उनले इरानी जनतालाई सम्बोधन गर्दै भने, “यो तपाईंको स्वतन्त्रताको अवसर हो।”
इरानको आणविक स्थलमा क्षति
इजरायलले इस्फहान, फोर्डो र नातान्ज आणविक केन्द्रमा हमला गरेको पुष्टि।
IAEA प्रमुख राफेल ग्रोसीले भने, “नातान्जमा रेडियोलोजिकल र केमिकल प्रदूषण भएको छ तर नियन्त्रणयोग्य छ।”
सामान्य जनजीवन प्रभावित
तेहरानको आकाशमा एयर डिफेन्स सक्रिय गरिएको छ।
इरानले आफ्नो हवाई क्षेत्र शनिबार दिउँसो २ बजेसम्मका लागि बन्द गरेको छ।
इजरायली जनतालाई “सुरक्षित स्थानमा बस्न” भनिएको छ।
इरान र इजरायलबीचको तनाव अब प्रत्यक्ष युद्धको रूप लिइसकेको छ। इजरायली आक्रमणबाट इरानका शीर्ष सैन्य नेता मारिएपछि इरानको जवाफी आक्रमणले इजरायली शहरमा विनाश निम्त्याएको छ।
अबको अवस्था यति संवेदनशील छ कि “नयाँ मध्यपूर्व युद्ध” सुरु हुने खतरा गहिरिँदै गएको छ।
Image source,IsraeliPM/ YouTubeIsraeli PM Benjamin Netanyahu has just posted a statement on ‘Operation Rising Lion’ and says the objective of his country’s recent attacks on Iran is to “thwart the Islamic regime’s nuclear and ballistic missile threat to us”.
We’ll bring you more on this statement in our next posts. Stick with us.
Image source,AFP via Getty ImagesIsraeli soldiers and first responders have been searching for survivors and assessing the damage to a building hit by an Iranian missile in the town of Ramat Gan, just east of Tel Aviv
Image source,ReutersThis injured woman in a wheelchair had to be evacuated by medics
Image source,ReutersThose more seriously wounded were taken to hospital
Image source,Reuters
Image source,Reuters
Image source,ReutersThese pictures show the skies over Tel Aviv this evening.
They appear to show the Israeli missile defence system – the Iron Dome – attempting to intercept ballistic missiles fired by Iran.
Image source,Reuters
Image source,Reuters
Image source,Anadolu via Getty ImagesThese pictures came into our newsroom a short time ago, before the most recent wave of Israeli strikes.
Image source,Abedin Taherkenareh/EPA
Image source,Abedin Taherkenareh/EPA
Image source,Abedin Taherkenareh/EPA
Image source,EPA-EFE/ShutterstockShortly before Israel said it had carried out strikes on the Isfahan nuclear site, Iran’s Supreme Leader Ali Khamenei warned that Iranian forces will “act with strength” against Israel.
Writing on X, he warns they “will not escape unscathed from this crime”.
“The Iranian nation can be assured that there will be no shortcomings in this regard.”
प्रतिक्रिया