Washington DC, US : March 6, 2026, Friday 08:38 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अमेरिकी प्रतिनिधि सभामा ३७२ मतका साथ पारित भयो इरान “विश्वकै सबैभन्दा ठूलो राज्य–प्रायोजित आतंकवाद समर्थक देश” प्रस्ताव|कम्युनिष्ट सिध्याउने कलंक बने ओली !|अहंकार दम्भ र घमण्डको पहाड भत्किएपछिको जनअपेक्षा|ट्रम्प भन्छन इरानसँग वार्ताको एक मात्र विकल्प भनेको “निःशर्त आत्मसमर्पण”, इरानले युद्धका कारण ठूलो मानवीय क्षति भएको दाबी|प्रतिनिधिसभा सदस्य निर्वाचन : पछिल्लो परिणाम यस्तो छ !|तितो सत्य : खड्ग प्रसाद शर्मा ओलीलाई नेपालको इतिहासले सधै सम्झिरहने छ तर नायकका रुपमा होइन !|ट्रम्पले बर्खास्त गरे गृहमन्त्री क्रिस्टी, मुलिन नयाँ गृहमन्त्री प्रस्ताब|अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको “अपरेशन एपिक फ्युरी” सातौँ दिनमा प्रवेश गर्दा मध्यपूर्वको सुरक्षा अवस्था झन् तनावपूर्ण|इरान युद्ध छैटौँ दिनमा प्रवेश, आक्रमण अझ तीव्र, क्षेत्रीय तनाव फैलिँदै|प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार देशभर भएको मतदान अधिकांश स्थानमा शान्तिपूर्ण, व्यवस्थित र उत्साहपूर्ण वातावरणमा सम्पन्न

प्रचण्डले रंग बदले पछि आज संसदमा यस्तो पनि देखियो !

  NepalMother.com | ३१ जेष्ठ २०८२, शुक्रबार १०:२३

May be an image of text

शरद राज पाठक लेख्छन – “भिजिट भिषा प्रकरणमा छानवीन समिति पनि नबन्ने, गृहमन्त्रीले राजीनामा पनि दिन नपर्ने गरी माओवादीले काँग्रेस र एमालेसँग सहमति गरेछ। संसदका दुई ठूला दल सरकारमा गएर अनौठो अस्वाभाविक अभ्यास गरेकै थिए। प्रमुख प्रतिपक्षी माओवादी पनि अब उनिहरूसँगै। गृहमन्त्री रमेश लेखकको पद जोगियो। आलम सर छुट्नुभो। अग्नि सरको पनि संकट टऱ्यो। गिरिबन्धु, टिकापुर, नक्कली शरणार्थी जस्ता ठूला काण्ड पनि फासफुस। यति भएपछि माओवादीले पनि भन्न पायो: कालो बादल हटाएर प्रचण्डको नेतृत्वमा ल्याएको गणतन्त्रको रक्षा भयो। हेरिराख्नुस्, आउने चुनावमा यी तीन दल मिलेर तालमेल गर्नेछन्।” पाठकले लेखे जस्तै देखिएको छ अहिलेको राजनीतिका लेनदेन र ब्यापार पनि।

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफू कुनै रूपमा संलग्न नरहेको दाबी गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले आफूमाथि सामाजिक सञ्जाल र मिडियामा चलाइएको प्रचारमा कुनै सत्यता नरहेको स्पष्ट पारे। उनले भने, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको विषयमा मेरो संलग्नता भएको भन्ने हल्लामा कुनै सत्यता छैन। म सम्मानित सदनलाई स्पष्ट रूपमा भन्न चाहन्छु—त्यो कार्यमा मेरो संलग्नता छैन, हुनै सक्दैन।”

गृहमन्त्री लेखकले आफ्नो राजनीतिक जीवन र व्यक्तिगत चरित्र हत्या गर्ने नियतसहित यस्तो आरोप लगाइएको दाबी गरे। उनले भिजिट भिसाको नाममा हुने मानव तस्करीबारे उठेका आरोपहरूमा आफूमाथि लगाइएका टिप्पणीहरू निराधार भएको बताए।

सांसदहरू विरोधमा वेल घेर्न थालेका बेला गृहमन्त्री लेखक सम्बोधन गरिरहेका थिए। उनले अख्तियारमा डीआईजी सरुवाको विषयलाई लिएर पनि अनावश्यक विवाद गरिएको बताए। “एक डीआईजीको सरुवा भयो, यसलाई लिएर अनुसन्धान प्रभावित भयो भन्ने आरोप लगाइयो, जुन खेदजनक छ,” उनले भने।

आफूमाथि अनावश्यक आरोप लगाउन राजनीतिक दलका कार्यालयहरू प्रयोग भइरहेको आरोप पनि उनले लगाए। कीर्ते उजुरी दिने र नक्कली पीडित प्रस्तुत गर्नेहरूलाई कानुनी कारबाही हुने चेतावनी दिए।

प्रतिनिधिसभाको बैठक लामो समयदेखि अवरुद्ध हुँदै आएको थियो। भिजिट भिसा प्रकरणमा कडाइका साथ छानबिनको माग गर्दै रास्वपा, माओवादी केन्द्र, राप्रपा लगायत दलले निरन्तर विरोध गर्दै आएका थिए। तर शुक्रबार नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीच सहमति भएपछि बैठक सञ्चालनको बाटो खुलेको हो।

बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाए। सभामुख देवराज घिमिरेले उनीहरूलाई बस्न आग्रह गरे पनि उनीहरूले टेबल बजाउँदै अवरोध कायमै राखे। त्यसपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिइयो। उनले भिजिट भिसा प्रकरणमा माओवादीले आवाज उठाएको र सहमतिका आधारमा संसद् सुचारु गर्न तयार भएको बताएका थिए।

पाण्डे बोलिरहँदा रास्वपाका सांसदहरूले टेबल बजाएर विरोध जनाइरहेका थिए। तर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन बोल्न थालेपछि रास्वपा भने मौन रह्यो। लिङ्देनले माओवादी केन्द्रले आत्मसमर्पण गरेको आरोप लगाए। “प्रमुख प्रतिपक्षका नेताले वीरताको साथ आत्मसमर्पण गरेको सुन्न पाइयो। गणतन्त्रको होइन, गुटतन्त्रको रक्षाका लागि हो यो,” उनले भने।

उनले भिजिट भिसाको नाममा हुने तस्करीमा उच्च तहसम्मको संलग्नता रहेको दाबी गर्दै गम्भीर छानबिनको माग दोहोर्‍याए। साथै उनले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि हस्तक्षेप गरेको आरोप पनि लगाए।

रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले पनि सरकारसँग उधारो सम्झौता गर्न नसकिने भन्दै आलोचना गरे। उनले सरकार र माओवादी केन्द्रबीच भएको सहमतिमा न समयसीमा छ, न त स्पष्ट कार्यादेश (TOR)। त्यसैले रास्वपा त्यसमा सहभागी हुन नसकेको उनको भनाइ थियो। “हाम्रो पार्टी राजनीतिमा नयाँ होला, तर बेकुफ छैन,” वाग्लेले भने।

उनले समस्या समाधानका लागि संसदीय छानबिन समिति वा न्यायिक आयोग गठन हुनुपर्ने अडान दोहोर्‍याए। सरकार गम्भीर नदेखिएको भन्दै आन्दोलन जारी रहने बताए।

रास्वपाका सांसद मनीष झाले पनि संसद्मा बोल्दै संसदीय उच्चस्तरीय छानबिन समिति नबनेसम्म आन्दोलन नरोकिने चेतावनी दिए। उनले भिजिट भिसा प्रकरणमा १८ दिनभित्र ११ वटा बैठक अवरुद्ध भएको उल्लेख गर्दै मन्त्रालय, मन्त्री र कर्मचारीसम्म संलग्न रहेको पर्याप्त प्रमाण रहेको दाबी गरे।

उनले अख्तियारले गृहमन्त्रालयलाई नौपटक पत्र पठाएको जानकारी दिँदै मन्त्री लेखकले त्यसलाई बेवास्ता गरेको आरोप लगाए। जब अख्तियारले अनुसन्धान थाले, त्यसपछि कर्मचारीहरूलाई किन तानियो भन्ने प्रश्न पनि उठाए।

संसद् बैठक अवरुद्ध भइरहँदा सभामुखले रास्वपाका मनीष झालेलाई तीन मिनेट समय दिए। उनले बोलिसकेपछि गृहमन्त्री लेखक पुनः सम्बोधन गर्न उठे। त्योबेला रास्वपाका सांसदहरू फेरि वेल घेर्न थाले।

यद्यपि गृहमन्त्रीले सम्बोधन सकेपछि संसद् नियमित प्रक्रियामा फर्कियो। त्यसपछि रास्वपाका सांसदहरू आंशिक रूपमा कार्यसूचीमा सहभागी भए। बैठक सकिएपछि एउटा रोचक दृश्य पनि देखियो—एकछिन अघि गृहमन्त्रीविरुद्ध नाराबाजी गरिरहेका केही रास्वपाका सांसदहरू अन्ततः लेखकको छेउ पुगेर नमस्कार गरेर बाहिरिए।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।