Washington DC, US : March 9, 2026, Monday 02:43 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|युद्ध लम्बिँदै जाँदा त्यसको असर विश्व अर्थतन्त्रमा गम्भीर हुन सक्ने|Even if the Rastriya Swatantra Party (RSP) secures a two-thirds majority, all of these institutions will become “bones stuck in its throat.”|दुई तिहाइनै ल्याएपनि रास्वपालाई यी सबै घाँटीमा अड्केका हड्डी बन्नेछन|भारतले क्रिकेट इतिहासमा नयाँ सफलता हासिल|Breaking News : युद्ध सुरु भएयता ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या सात, मोज्तबा खामेनेई नयाँ सर्वोच्च नेता बनाउने निर्णय|तत्कालीन प्रधानमन्त्री केपी ओली, तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ सहित उच्च तहका अधिकारीमाथि फौजदारी दायित्व निर्धारण गर्दै कानुनी कारबाही गर्न सुझाव|इरानका राष्ट्रपतिले गल्फ क्षेत्रका देशहरूसँग माफी माग्दै “पहिले हमला नभएसम्म इरानले उनीहरूलाई निशाना नबनाउने” बताए|खड्ग ओली हराउने झापाली जनतामा नमन र सम्मान !|Cartoon|प्रतिनिधिसभा सदस्य निर्वाचन : पछिल्लो परिणाम यस्तो छ !

“रविले होइन राज्यले संगठित अपराध गरिरहेको छ” - रास्वपा

  NepalMother.com | १३ जेष्ठ २०८२, सोमबार ०७:३२

“रवि लामिछानेले संगठित अपराध गरेको नभई राज्यले नै लामिछानेमाथि संगठित अपराध गरिरहेको अभिमत आमजनतामा गड्दै गएको निष्कर्ष पार्टीको छ”

“दलतन्त्रको दोहन, राज्यसंयन्त्रको अस्त्रीकरणलगायतका बेथिति एवं ‘प्रतिशोधविरुद्ध न्यायका लागि बृहत् अभियान’को अवधारणापत्र अनुमोदन गर्दै अबका राजनीतिक मुद्दा देश–विदेशमा रहेका आमनेपालीहरूमाझ नै स्थापित गर्ने गरी अघि बढ्न रास्वपा केन्द्रीय समिति दृढ संकल्पित छ ।” – – रास्वपा

  • रास्वपाका केन्द्रीय सदस्य गणेश कार्की लेख्छन् – गृह मन्त्रालयले भन्यो, गृहमन्त्री दोषी छैनन् । अरु कसैको भर नपरी संसदीय समितिबाट यसको छानबिन हुन पर्छ भन्ने पुष्टि गर्ने सबै भन्दा बलियो आधार यही हो । कहिले नक्कली भुटानी शरणार्थी बनाएर त कहिले भिजिट भिषामा नागरिक बेचेका छन् । यदि एमाले र स्वयम् प्रधानमन्त्रीको अंश छैन भने गृहमन्त्रीलाई बर्खास्त गरियोस् । संसदीय समिति बनाइयोस् । रमेश लेखक म केही दिनमा बोल्छु भन्दैछन्, उनलाई संसदमा हैन, संसदीय छानविन समितिमा बोल्न दिइयोस्, आरोपीकोरूपमा ।

तनाव, अनिद्रा र रुवाइ…! जिन्दगीकै अत्यन्तै कठिन दिन ।

No photo description available.

यसै बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पत्नी निकिता पौडेलले प्रमाण नहुँदा पनि रविविरुद्ध मुद्दा चलाइएको बताएकी छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत निकिताले नियत नै राखेर रविलाई थुनिएको बताएकी छन् । “केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमान्‌विरुद्ध मुद्दा लगाइयो । नियत नै राखेर थुनियो । गैरकानुनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन । अब, न्याय माग्न म कहाँ जाऊँ ? मनको डर मेटाउन कसलाई गुहारौँ ?,” निकिताले लेखेकी छन् । उनले गत शुक्रबार (जेठ ९ गते) सर्वोच्च अदालतले सुनाएको आदेशपछि आफूले भोगेको विषयमा सविस्तार लेखेकी छन् । उनले गणतान्त्रिक राज्यमा न्याय र मानवीयता ‘मृत’ भेटेपछि आफ्नो आस्था र विश्वासको जग हल्लिएको उल्लेख गरेकी छन् । “थाहा छैन, फेरि स्थिर हुन्छ कि सदाका लागि ढल्छ,” उनले भनेकी छन् ।

उनले लेखेकी छन् : त्रास अझै बाँकी छ…!

जेठ ९ गते शुक्रबार, सर्वोच्च अदालतमा सुनुवाइको अन्तिम दिन । न्यायालय, न्यायकर्ता र न्यायप्रतिको दृढ विश्वास लिएर तेस्रो दिन पनि अदालत पुगेँ । बहस सकिएर आदेश आउने दिन, सुनाउनेले जे–जे सुनाए पनि अदालतप्रतिकै आश मर्न दिएन मनले । अन्याय हुँदैन भन्ने लागिरह्यो ।

हाम्रो तर्फबाट बहस राम्रो भयो । बेन्चका हरेक प्रश्नको कानुन व्यवसायीको तथ्यपूर्ण जवाफ । बहसले तथ्य पक्रेर आदेश गर्न बेन्चलाई प्रशस्तै आधार दिएको ठानेँ । न्यायप्रतिको विश्वास झनै बढ्यो ।

करिब २ बजेतिर बहस सकिएपछि आदेशको प्रतीक्षामा यताउति गरिरहे । केहीपछि सहरजिस्ट्रार (प्रवक्ता)को कार्यकक्षमा बस्न भनियो । केही सञ्चारकर्मी पनि थिए । आदेश कुर्दाकुर्दै करिब ७ घण्टा बित्यो ।

‘एकैछिन है…’ भन्दै कार्यकक्षबाट निस्किएका प्रवक्ता फर्किएनन् । आदेश ल्याएर सुनाउनुपर्ने मान्छे नै हराए ।

‘श्रीमान् त निस्किनुभयो’ भनेर एकजना पत्रकार भाइले जानकारी दिए । त्यसको आधा घण्टासम्म पनि आदेश लिएर कार्यकक्ष फर्किएनन् प्रवक्ता । बाहिर निस्किँदा एकजना आफन्तले फोनमा ‘नेगेटिभ समाचार छ, मैले कान्तिपुरको अनलाइनम पढेँ’ भन्नुभयो । म अदालतमै छु । केही घण्टादेखि आदेशबारे आधिकारिक जानकारी दिने प्रवक्ताको कार्यकक्षमै छु । म निवेदक, मेरो श्रीमान्‌बारे आएको आदेश बाहिरबाट सुन्नुपर्ने, अदालतले आधिकारिकरूपमा नसुनाउने । अदालत प्रशासन कतिसम्म गैरजिम्मेवार । अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन । मानवता हराएको देश ! झमझम पानी परिरहेको थियो, अदालतबाट निस्किएँ ।

शुक्रबारको तनाव, अनिद्रा र रुवाइ…! जिन्दगीकै अत्यन्तै कठिन दिन ।

भोलिपल्ट (शनिबार) भैरहवा जानु नै थियो, गएँ । अन्यायको शिकार भएकी म, कसरी तंग्रिएर हिँडे होला । कसरी उहाँको अगाडि पुगेँ, थाहा छैन । सायद जिउँदो लास भएर हिँडेछु । उहाँको अगाडि पुगेपछि मात्रै होस् खुलेजस्तो भयो । साँझ काठमाडौं फर्किएँ ।

केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमान्‌विरुद्ध मुद्दा लगाइयो । नियत नै राखेर थुनियो । गैरकानुनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन । अब, न्याय माग्न म कहाँ जाऊँ ? मनको डर मेटाउन कसलाई गुहारौँ ?

गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको छ । थाहा छैन, फेरि स्थिर हुन्छ कि सदाका लागि ढल्छ !

प्रधानमन्त्री केपी ओली बिरुद्ध प्रहरीमा यस्तो जाहेरी / निबेदन दिनु पर्ने दिन पनि आएछ। यस्तो किन भएको होला ? तपाइलाई के लाग्छ ?

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।