मानव सभ्यताको विकासका क्रममा अनेकौ किसिमका द्वन्द्व र हिंसात्मक घटनाहरु समाजमा दोहोरिदै आएको पाइन्छ । यस प्रकारका द्वन्द्व र हिंसाका घटनाहरुको न्यूनीकरणका लागि प्राचीन, वैदिक, पौराणिक र आधुनिक समाजमा समेत प्रयासहरु निरन्तर भएको पनि पाइन्छ । अनेकौ दर्शन, सिद्धान्त, नीति र कार्यक्रमहरु पनि शान्तिका खातिर विकसित र प्रयोगमा आएको पाइन्छ तापनि समाजमा दीगो शान्ति स्थापना हुन सकेको देखिदैन ।
यस सन्दर्भमा समाजमा कसरी शान्ति स्थापना हुन सक्दछ ? भन्ने प्रश्नमा गौतमबुद्धका विचारको प्रभावकारी सञ्चार र प्रभाव मानव समाजमा पार्न सक्दा नै विश्वशान्ति स्थापना हुन सक्ने विस्वासिलो आधार भेटिन्छ । बौद्ध दर्शनका मुख्य आधार चार आर्यसत्य, अष्टाङ्ग मार्ग र पञ्चशीलको मर्म बुझ्दै यिनको कार्यान्वयन गर्न सक्दा व्यवहारिक रुपमा शान्ति स्थापना हुने देखिन्छ । बुद्धका ती विचारको प्रभावकारी सञ्चार, सही बुझाई, त्यसलाई व्यवहारिक रूपमा कार्यान्वयन गरी संस्कारमा रूपान्तरण ल्याउन आवश्यक देखिन्छ ।
नेपालको लुम्बिनीमा आजभन्दा २६ सय वर्ष अघि अर्थात् २६४९ मा जन्म र २५६९ मा महापरिनिर्वाण भएका गौतमबुद्धले २९ वर्षको युवा अवस्थामा ज्ञानको खोजीमा राजगृह त्याग गरी ६ वर्षसम्म नेपाल हुँदै भारतका विभिन्न स्थलमा ध्यान र तपस्या गर्नुभयो । उहाँले बुद्धत्व प्राप्त गर्नुभएपछिका ४६ वर्ष मानव कल्याण र विश्वशान्तिका लागि आफ्नो जीवन अर्पित गर्नुभयो ।
उहाँकै जीवनकालमा उहाँका विचारले नेपाल र भारतमा मात्र होइन, विश्वलाई नै तरङ्गित ग¥यो । उहाँका शिष्य र अनुयायीहरुले बुद्धका विचारलाई सुरक्षित गर्दै जनजनमा पु¥याउन निरन्तर कोशिस गरे । गौतमबुद्धले आफ्नो कठोर जीवनयात्राको ८० वर्ष पूरा गरी महापरिनिर्वाण भएपछि इसापूर्व २४९ तिर भारतका सम्राट् अशोकले विशेष गरी दक्षिणपूर्व एसियाका मुलुकहरूमा मध्यपूर्व एसिया र दक्षिण युरोपसम्म धर्मदूतहरू पठाई बौद्ध धर्मदर्शनको प्रचार गरेको पाइन्छ ।
सम्राट् अशोकले आफ्नै छोरा महेन्द्र र छोरी सङ्घमित्रलाई भिक्षु र भिक्षुणी बनाई धर्मप्रचारार्थ श्रीलङ्कामा पठाएपछि त्यस क्षेत्रमा बौैद्ध धर्मदर्शनको प्रभाव विस्तार भएको पाइन्छ । त्यसपछि विश्वका बौद्ध भिक्षु, भिक्षुणी, उपासक, उपासिका, बौद्ध विद्वानहरू, बौद्ध सङ्घ—संस्थाहरू एवम् अनुयायीहरू र सञ्चारका विभिन्न माध्यमहरूले खेलेको भूमिकाले बौद्ध धर्म-दर्शनको प्रभाव बढेको पाइन्छ । दक्षिणपूर्वी एसियाका बर्मा अर्थात् म्यानमार, थाइल्याण्ड, श्रीलङ्का, लाओस्, कम्बोडिया, भियतनाम आदिमा बौद्ध धर्म–दर्शनको प्रभाव विस्तार भएपछि क्रमशः यसले विश्वव्यापी प्रभाव दिन सकेको पाइन्छ ।
ती देशहरूमा थेरवाद सम्प्रदायको प्रभाव बढी देखिन्छ । त्यस्तैगरी जापान, चीन, मंगोलिया, रुस, ताइवान, भुटान, सिक्किम आदि मुलुकहरूमा महायानी सम्प्रदायको प्रभाव देखिन्छ । नेपाललगायतका विश्वका विभिन्न स्थानमा हीनयान (थेरवाद), महायान र बज्रयान सम्प्रदायको प्रभाव पाइन्छ ।
नेपालका विभिन्न भागमा जातजाति, भाषा–भाषी र संस्कृति आदिमा गौैतम बुद्धका विचारहरूको प्रभाव विभिन्न रूपमा रहेको पाइन्छ तापनि बुद्धको जन्मभूमि नेपालबाट जुन रूपमा विश्वव्यापी प्रचारमा नेपाल सरकार र जनस्तरबाट प्रयास हुनुपर्ने हो त्यसमा अझै कमी देखिएकोले योजनाबद्ध रूपमा प्रभावकारी सञ्चारको आवश्यकता देखिन्छ ।
नेपाल सरकारबाट लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना हुनु, सरकारी एवम् गैरसरकारी सङ्घ—संस्थामार्फत् विभिन्न कोशिसहरू गरिनु र विश्वका विभिन्न स्थानका निवासी बौद्ध विद्वान् एवम् अनुयायीबाट भएका रचनात्मक प्रयासहरूले बौद्ध धर्म–दर्शनको प्रचार–प्रसारमा योगदान पुगेको देखिन्छ । बुद्धका विचारहरूलाई आम जनमानसमा पु¥याउनका लागि सञ्चारको ठूलो भूमिका हुन्छ । आधुनिक विश्वमा विकसित भएका सञ्चारका विभिन्न माध्यमहरूको सुविचारित प्रयोगले बौद्ध दर्शनको प्रभाव विस्तारमा योगदान पुग्न सक्ने देखिन्छ ।
समाजमा शान्ति स्थापना गर्नमा बुद्धका विचारले वैज्ञानिक दृष्टिकोण दिएको छ । ती विचारलाई सञ्चार क्षेत्रले आत्मसात् गरी विश्वमा बढ्दै गएको हिंसाका घटनाहरूको न्यूनीकरण गर्नमा महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिन्छ । पछिल्लो समयमा भएको सूचना प्रविधिको चमत्कारिक विकासले विश्वलाई नै एउटा गाउँमा परिणत गरेको परिवेशमा नयाँ सञ्चारका माध्यम मार्फत् बुद्धका विचारको प्रभावकारी सम्प्रेषण गर्न सकेमा बौद्ध धर्मदर्शनको प्रभाव विस्तार हुन गई समाजमा शान्ति स्थापना हुन सक्ने देखिन्छ ।
विश्व–राजनीतिमा विभिन्न दर्शन र सिद्धान्तको प्रभाव देखिन्छ । राजनीतिक प्रणालीका आधारमा सञ्चार क्षेत्र पनि प्रभावित र निर्देशित भएको पाइन्छ । त्यसको आधारमा सञ्चारका विभिन्न सिद्धान्तहरू बनेको पाइन्छ । गौतमबुद्धका विचारले विश्वराजनीति, द्वन्द्व व्यवस्थापन र शान्तिका लागि पारेको प्रभाव बारे अनेकौँ कोणबाट चर्चा र विवेचना गरिएको छ । विश्व–शान्तिका लागि यसअघि विभिन्न सिद्धान्तहरूको सामान्य चर्चा, व्याख्या र विवेचना भए तापनि बौद्ध दर्शनको आलोकमा शान्तिका लागि सञ्चारले खेल्ने भूमिकालाई उच्च महत्व दिई तार्किक निष्कर्षका साथ औचित्य पुष्टि गर्दै ‘सञ्चारमा शान्ति सिद्धान्त’ को औचित्य र मान्यतालाई स्थापित गरिएको छ ।
बौद्ध धर्म–दर्शनको प्रभाव–विस्तार एवम् प्रचार–प्रसारका लागि स मय–समयमा आयोजना गरिने भेला, सम्मेलन आदिको योगदान पनि महत्वपूर्ण रहेको छ । वि.संं. २०५५ मंसिर १५ र १६ गते लुम्बिनीमा आयोजित विश्व बौद्ध शिखर सम्मेलन र त्यस यता २०८१ सम्म भएका बौद्ध सम्मेलनहरू र ती सम्मेलनहरूमा विश्वका सरकारी एवम् गैर सरकारी निकायका विशिष्ट व्यक्तिहरूको सहभागिताले पनि लुम्बिनी क्षेत्रलाई विश्वका समस्त बौद्ध मार्गी तथा शान्तिप्रेमी नागरिकहरूको तीर्थस्थलको रूपमा विकास र प्रवद्र्धनका लागि सकारात्मक भूमिका खेलेको पाइन्छ ।
नेपालको लुम्बिनीमा गौतमबुद्ध जन्मेका थिए भन्ने कुरा सन् १८९५ मा जर्मन पुरात्वविद् फ्युहरर नेपाल आई वैज्ञानिक विधिद्वारा अनुसन्धान गर्दा गौतम बुद्धको जन्मस्थल लुम्बिनी नै भएको निश्चित गरे । उनले शाक्यवंशीय राजा शुद्धोदनको दरबार कपिलवस्तुको तौलिहवादेखि तीन किलोमिटर उत्तर तिलौराकोट भएको पत्ता लगाए । बुद्धकालमा मूलतः मौखिक सञ्चार नै सूचना, समाचार र विचार सम्प्रेषणको प्रमुख आधार रहेको पाइन्छ । यसका अतिरिक्त स्वर्णपत्र, ताम्रपत्र, शिलालेख आदि माध्यमको प्रयोग पनि भएको पाइन्छ ।
सञ्चारको विकास क्रममा छापा माध्यम, पत्र–पत्रिका, रेडियो, टेलिभिजन, इमेल–इन्टरनेट र अनलाइन जस्ता आधुनिक एवम् व्यावसायिक सञ्चारमाध्यमहरूको विकास भइसकेपछि बौद्धदर्शन विश्वव्यापी हुँदै गएको पाइन्छ । गौतम बुद्धको जन्मकालमा आधुनिक सञ्चारमाध्यमहरूको विकास भएको थिएन तापनि सूचना, समाचार र विचार सम्प्रेषण गर्ने विभिन्न तरिकाहरू थिए । ती तरिकाहरूलाई गौतम बुद्धले प्रयोग गरेका थिए । पहिलो त उनले अन्तर्मुखी सञ्चार नै प्रयोग गरे । दोस्रो उनले अन्तर्वैयत्तिक सञ्चारलाई उपयोग गरे ।
त्यस्तैगरी तेस्रोमा समूह सञ्चार पद्धतिको उपयोग गरे । असीमित समुदायमा सञ्चारित गरिने विषय आमसञ्चारको परिभाषा भित्र पर्ने हुँदा बुद्धकालमा भएका धर्मसभाहरूलाई प्राचीन आमसञ्चारको रूपमा लिन सकिन्छ । बुद्धकालमा मूलतः मौखिक सञ्चार नै सूचना, समाचार र विचार सम्प्रेषणको प्रमुख आधार रहेको पाइन्छ । यसका अतिरिक्त स्वर्णपत्र, ताम्रपत्र, शिलालेख आदि माध्यमको प्रयोग पनि भएको पाइन्छ । सञ्चारको विकास क्रममा छापा माध्यम, पत्र–पत्रिका, रेडियो, टेलिभिजन हुँदै पछिल्लो समयमा इमेल–इन्टरनेट र अनलाइन जस्ता आधुनिक एवम् व्यावसायिक सञ्चारमाध्यमहरूको विकास भइसकेपछि बौद्धदर्शन विश्वव्यापी प्रचारमा तीब्रता आएको पाइन्छ ।
संयुक्त राष्ट्र सङ्घको स्थापना यता विश्व–शान्तिका लागि विभिन्न ढङ्गले प्रयत्न गरिदै आएको भए तापनि विश्वमा हिंसा र अशान्ति हट्न सकेको छैन । मानिसको मनलाई सत्कर्मको अभ्यासबाट शान्ति मार्गमा ल्याउने भन्दा आणविक हातहतियारको प्रयोग गरी हिंसा र युद्धबाट शान्ति खोज्ने प्रवृत्ति विशेषगरी शक्ति राष्ट्रहरूबाट भएको पाइन्छ । यसले समाजमा शान्ति भन्दा अशान्ति निम्त्याईरहेको अवस्था छ । यस परिवेशमा सर्वसम्मत शान्ति मार्ग के हो त ? भन्ने कुरानै अहिलेको गम्भीर प्रश्न बनेको छ । विश्वशान्तिको व्यावहारिक मार्ग गौतम बुद्धका विचारमा भेटिन्छ ।
हिंसा र द्वन्दग्रस्त आधुनिक विश्वमा आणविक हातहतियारको प्रयोग गरी खोजिने शान्ति असफल भइरहेको अवस्था छ । यस अवस्थामा बौद्ध–दर्शनको औचित्य र उपयोगिता झनै बढ्दै गएको छ । त्यसैले यसको व्यापक प्रचार–प्रसार आवश्यक देखिन्छ । विश्व–शान्तिका लागि बौद्ध–दर्शन र सञ्चार परिपूरकको रूपमा रहेका छन् । यसलाई सँगै जोडेर समान रूपमा अगाडि बढाउन आवश्यक देखिन्छ ।
बुद्धका विचारको प्रभावकारी सञ्चार हुँदा समाजमा शान्ति स्थापना हुन्छ भन्ने विश्वास, मान्यता रहेकोेले बौद्ध धर्म–दर्शनले देखाएको शान्ति–मार्गलाई आधार मानी यसअघि स्थापित एवम् व्याख्या गरिएका शान्ति सम्बन्धी विभिन्न सिद्धान्तहरूमा रहेका कमीलाई दृष्टिगत गरी लुम्बिनी बौद्ध विश्वविद्यालयले प्राज्ञिक अनुसन्धान गराई सञ्चारको पाँचौ सिद्धान्तका रूपमा “सञ्चारमा शान्ति सिद्धान्त” प्रतिपादन गराएकोले पछिल्लो समयमा यो सिद्धान्त विश्वमा लोकप्रिय बन्दै गएको पाइएको छ । भवतु सब्ब मंगलम् ।
अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !
हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
नेपाल मदर डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ ।
नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ । Email: nepalmotheramerica@gmail.com rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)
Our Team:
हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका
(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)
नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********
कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया