** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपालीभाषी समुदायमा समर्पित ** ( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका ) Old Archive >
हेमसरिता पाठक फाउन्डेसनले काठमाडौँमा यस्तो कार्यक्रम सम्पन्न गर्यो पत्रकार तथा गीत र कविताका गरि ५ सर्जकलाई ४ लाख नगद सहित सम्मान
NepalMother.com | २१ बैशाख २०८२, आईतवार ११:२३
काठमाडौं / नेपालमा भ्रस्टाचारका बिरुद्ध आवाज बुलन्द गर्दै आएको संस्था हेम-सरिता पाठक फाउन्डेसन ले काठमाडौँ मा एउटा कार्यक्रम सम्पन्न गरेको छ । सो अबसरमा हेम-सरिता पाठक फाउन्डेसन (Hem-Sarita Pathak Foundation) ले हिजो प्रज्ञाभवनमा पत्रकार तथा गीत र कविताका गरि ५ सर्जकलाई ४ लाख नगद राशिसहित सम्मान गर्यो ।
फाउन्डेसनका अध्यक्ष जेनी पाठकको सभापतित्वमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि माननीय डा. अमरेशकुमार सिंहले सो पुरस्कारहरु प्रदान गर्नु भयो ।
कार्यक्रममा २ लाख राशिको टंकप्रसाद– रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट पत्रकारहरु मातृका दाहाल र दीपा दाहाल संयुक्त पुरस्कृत हुनु भयो ।
पुरस्कृत पत्रकार दाहालद्वयले खोज पत्रकारितामार्फत सत्ता संरचनामा जरा गाडेका भ्रष्टाचार उजागर गर्दै सुशासन र जबाफदेहीताका पक्षमा कलम चलाउँदै आउनु भएको छ ।
यसैगरी १ लाख राशिको “हेम–सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार” गीतकार गोपालप्रसाद थपलिया र सङ्गीतकार एवं गायक शिशिर योगी संयुक्त पुरस्कृत हुनु भयो । उहाँहरुले “जनतालाई रुवायो” गीतका लागि सो पुरस्कार पाउनु भएको हो ।
यसैगरी नगद १ लाख राशि भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कारबाट कवि तोया भट्ट पुरस्कृत हुनु भएको सो कार्यक्रममा उत्कृष्ट २५ कविहरुलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।
उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह, फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठक र अध्यक्ष जेनी पाठकले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।
सोही कार्यक्रममा “भ्रष्टाचार विरुद्धका कविता” पुस्तक पनि लोकार्पित भयो ।
कार्यक्रममा प्रमुख अतिथि डा. अमरेशकुमार सिंह, पूर्व आइजिपी सर्वेन्द्र खनाल. हेम–सरिता पाठक फाउन्डेसनकी अध्यक्ष जेनी पाठक, प्रमुख संरक्षक हेम पाठक, पूर्व सांसद नवराज सिलवाल, बाग्मती प्रदेशका पूर्व मन्त्री दीपेन्द्र श्रेष्ठ, राप्रपाका महामन्त्री शरदराज पाठक, फाउन्डेसनका प्रमुख सल्लाहकार एंव वरिष्ठ गायक प्रेमराजा महत, सामाजिक अभियन्ता टेकराज पौडेल, कलाकार लय संग्रौला, पुरस्कृत पत्रकारहरु मातृका दाहाल र दीपा दाहाल लगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो । हेम–सरिता पाठक फाउन्डेसनका महासचिव राधेश्याम लेकालीले कार्यक्रमको उदेश्य र महत्त्वमाथि प्रकाश पार्दै पुरस्कृतहरुको योगदानबारे बोल्नु भएको थियो ।
कार्यक्रममा पुरस्कृत कवि तोया भट्ट र सिस्नुपानी नेपालका अध्यक्ष लक्षमण गाम्नाङेले भ्रष्टाचारविरुद्धको कविता वाचन गर्नु भएको थियो ।
कार्यक्रम मा टङ्कप्रसाद पाठक र रमादेवी पाठकको सम्झनामा मौन धारण गरिएको सो कार्यक्रममा गायक एवं सङ्गीतकारहरु नारायण रायमाझी, वी. वी. अनुरागी, कृष्ण कडेल र नवीन पौडेलले भ्रष्टाचारविरुद्धको गीत गाउनु भएको थियो भने राष्ट्रिय लोकभजन संरक्षण प्रतिष्ठान नेपालको ओमकारेश्वर भजन समूहले भ्रष्टाचारविरुद्धको भजन प्रस्तुत गर्नु भएको थियो । चर्चित पत्रकार एवं कवि ठाकुर बेलवासेले सहजीकरण गर्नु भएको सो कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त किशोर सिलवाल, पूर्व रक्षा सचिव देवेन्द्र सिटौला, फाउन्डेसनकी संरक्षक सरिता पाठक, सल्लाहकारहरु तीर्थ कोइराला, रमेश खरेल (पूर्व डिआइजी), गीतकार एवं समाजसेवी शोभित उप्रेती, समाजसेवी राम सिवाकोटीलगायतको उपस्तिथि रहेको थियो । नेपालमा भ्रस्टाचारका बिरुद्ध आवाज बुलन्द गर्दै आएको संस्था हेम-सरिता पाठक फाउन्डेसन समस्त परिवार लाइ नेपाल मदर डट कम पनि हार्दिक बधाई र शुभकामना ब्यक्त गर्दछ ।
अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !
हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
नेपाल मदर डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ ।
नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC
का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
नेपाल आमा प्रति समर्पित, स्वतन्त्र र १७५ देशमा पढिने नेपालीहरुको साझा डिजिटल पत्रिका ।
Our Team:
हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका
(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)
प्रतिक्रिया