काठमाडौं / नेपालमा भ्रस्टाचारका बिरुद्ध आवाज बुलन्द गर्दै आएको संस्था हेम-सरिता पाठक फाउन्डेसन ले काठमाडौँ मा एउटा कार्यक्रम सम्पन्न गरेको छ । सो अबसरमा हेम-सरिता पाठक फाउन्डेसन (Hem-Sarita Pathak Foundation) ले हिजो प्रज्ञाभवनमा पत्रकार तथा गीत र कविताका गरि ५ सर्जकलाई ४ लाख नगद राशिसहित सम्मान गर्यो ।
फाउन्डेसनका अध्यक्ष जेनी पाठकको सभापतित्वमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि माननीय डा. अमरेशकुमार सिंहले सो पुरस्कारहरु प्रदान गर्नु भयो ।
कार्यक्रममा २ लाख राशिको टंकप्रसाद– रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट पत्रकारहरु मातृका दाहाल र दीपा दाहाल संयुक्त पुरस्कृत हुनु भयो ।
पुरस्कृत पत्रकार दाहालद्वयले खोज पत्रकारितामार्फत सत्ता संरचनामा जरा गाडेका भ्रष्टाचार उजागर गर्दै सुशासन र जबाफदेहीताका पक्षमा कलम चलाउँदै आउनु भएको छ ।
यसैगरी १ लाख राशिको “हेम–सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार” गीतकार गोपालप्रसाद थपलिया र सङ्गीतकार एवं गायक शिशिर योगी संयुक्त पुरस्कृत हुनु भयो । उहाँहरुले “जनतालाई रुवायो” गीतका लागि सो पुरस्कार पाउनु भएको हो ।
यसैगरी नगद १ लाख राशि भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कारबाट कवि तोया भट्ट पुरस्कृत हुनु भएको सो कार्यक्रममा उत्कृष्ट २५ कविहरुलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।
उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह, फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठक र अध्यक्ष जेनी पाठकले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।
सोही कार्यक्रममा “भ्रष्टाचार विरुद्धका कविता” पुस्तक पनि लोकार्पित भयो ।
कार्यक्रममा प्रमुख अतिथि डा. अमरेशकुमार सिंह, पूर्व आइजिपी सर्वेन्द्र खनाल. हेम–सरिता पाठक फाउन्डेसनकी अध्यक्ष जेनी पाठक, प्रमुख संरक्षक हेम पाठक, पूर्व सांसद नवराज सिलवाल, बाग्मती प्रदेशका पूर्व मन्त्री दीपेन्द्र श्रेष्ठ, राप्रपाका महामन्त्री शरदराज पाठक, फाउन्डेसनका प्रमुख सल्लाहकार एंव वरिष्ठ गायक प्रेमराजा महत, सामाजिक अभियन्ता टेकराज पौडेल, कलाकार लय संग्रौला, पुरस्कृत पत्रकारहरु मातृका दाहाल र दीपा दाहाल लगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो । हेम–सरिता पाठक फाउन्डेसनका महासचिव राधेश्याम लेकालीले कार्यक्रमको उदेश्य र महत्त्वमाथि प्रकाश पार्दै पुरस्कृतहरुको योगदानबारे बोल्नु भएको थियो ।
कार्यक्रममा पुरस्कृत कवि तोया भट्ट र सिस्नुपानी नेपालका अध्यक्ष लक्षमण गाम्नाङेले भ्रष्टाचारविरुद्धको कविता वाचन गर्नु भएको थियो ।
कार्यक्रम मा टङ्कप्रसाद पाठक र रमादेवी पाठकको सम्झनामा मौन धारण गरिएको सो कार्यक्रममा गायक एवं सङ्गीतकारहरु नारायण रायमाझी, वी. वी. अनुरागी, कृष्ण कडेल र नवीन पौडेलले भ्रष्टाचारविरुद्धको गीत गाउनु भएको थियो भने राष्ट्रिय लोकभजन संरक्षण प्रतिष्ठान नेपालको ओमकारेश्वर भजन समूहले भ्रष्टाचारविरुद्धको भजन प्रस्तुत गर्नु भएको थियो । चर्चित पत्रकार एवं कवि ठाकुर बेलवासेले सहजीकरण गर्नु भएको सो कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त किशोर सिलवाल, पूर्व रक्षा सचिव देवेन्द्र सिटौला, फाउन्डेसनकी संरक्षक सरिता पाठक, सल्लाहकारहरु तीर्थ कोइराला, रमेश खरेल (पूर्व डिआइजी), गीतकार एवं समाजसेवी शोभित उप्रेती, समाजसेवी राम सिवाकोटीलगायतको उपस्तिथि रहेको थियो । नेपालमा भ्रस्टाचारका बिरुद्ध आवाज बुलन्द गर्दै आएको संस्था हेम-सरिता पाठक फाउन्डेसन समस्त परिवार लाइ नेपाल मदर डट कम पनि हार्दिक बधाई र शुभकामना ब्यक्त गर्दछ ।



https://www.facebook.com/rlekali/videos/3949744488673896
https://www.facebook.com/rlekali/videos/2105880356598287
https://www.facebook.com/rlekali/videos/705731855320844
https://www.facebook.com/rlekali/videos/1114024680764026
https://www.facebook.com/reel/1732440984354929
https://www.facebook.com/DeepaDahal60/videos/1082832113682700
https://www.facebook.com/61561463405004/videos/3981326792127710
https://www.facebook.com/61561463405004/videos/7869620186495690
https://www.facebook.com/61557169110112/videos/pcb.122221589504238970/1428114991690247
https://www.facebook.com/rlekali/videos/3949744488673896
प्रतिक्रिया