1-
रुद्रघण्टी समातेर कसम खाइन्थ्यो
कान्छी औला जुधाएर सँगै भागिन्थ्यो
यस्तो माया तोडियो पैसाले
मलाई रोगी गरायो आफ्नै बैँशले
जब प्रेम पत्र पनि रगतले लेखिन्थ्यो
आँसु झर्थ्यो दौडिएर भेटौँ भनिन्थ्यो
अँगालो हालेर रोएको सम्झिएँ
हेर्दा हेर्दा डाडापारिको जून भएँ
यौटा कल मिस भए फकाउन गाह्रो हुन्थ्यो
दुईदिन नभेट्दाखेरी हाम्रो मन कति रुन्थ्यो
वर्षौँ भयो परदेशमा सम्झना हरायो
थाहा हुन्न मरे बाँचेको खवर आयो
……
2-
अन्यायको जरा बढ्यो देशले दुःख पायो
न्याय खोज्दै जो हिँड्छ त्यसले दुःख पायो
बालेन, हर्क, रविहरू देशका सपुत बनेपछि
आशीका, मुनाहरूको दह्रो पाइला परेपछि
समाजको कालो हट्दै नयाँ बिहानी आयो
न्याय खोज्दै जो हिँडेछ त्यसले दुःख पायो
दुःखी, गरीब असहायका दाई दिदी बनेका
अन्यायमा आवाज उठाऔँ हामी छौँ भनेका
परदेशबाट फर्केपछी देशमा नव मुहार छायो
न्याय खोज्दै जो हिँडेछ त्यसले दुःख पायो
……..
3-
साँचो मायामा धोका दिने पराय
फाँसी दिए पनि कम हुन्छ सजाय
मायाले मागे मिल्छ सर्वश्व मान्छे
लुछ्ने लुट्ने काट्ने मार्ने किन मान्छे
द्यौताकोझैँ सम्बन्ध दानवकैझैँ बनाए
फाँसी दिए पनि कम हुन्छ सजाय
जाऊँ आफ्नै दुनियामा रमाऊँ मस्तले
बिथोल्नु किन अर्काको जीवन नामर्दले
जिनँदै जलोस् इज्जत गर्न सिक्दैन भने
फाँसी दिए पनि कम हुन्छ सजाय
….
4-
मन परेको यौटै फूल बसाई सरेछ
मेरो मनमा त्यसै कारण पहिरो झरेछ
उनीसँग भेटूँला आँखा झुकाएर
अँगालोमा बेरुँला हल्का लजाएर
यस्तै यस्तै कुरा खेल्थ्यो यसै टरेछ
मेरो मनमा त्यसै कारण पहिरो झरेछ
रातदिन उनकै यादमा कतीचोटी रोएँ
सिरानीको फोटो छातीमा टाँसेर छोएँ
मेरो दुश्मन समयले मलाई घातै गरेछ
मेरो मनमा त्यसै कारण पहिरो झरेछ
….
5-
द्यौरालीको फूल सुक्यो मेरो भन्नु सास रुक्यो
कफनले छोप्यो तिम्रो मुहार मेरो छाती दुख्यो
सामुन्नेछ्यौ जस्तो लाग्छ आलिंगन गरौँ जस्तो
आँखा चिम्लि तिमीसँगै पहाडबाट झरौँ जस्तो
नजर खोली हेर्दा बेहोस् भएँ होस मात्र उड्यो
कफनले छोप्यो तिम्रो मुहार मेरो छाती दुख्यो
मैले माया गर्थेँ धेरै नदेखाए पनि बाहिर माया
रिस हुन्थ्यो झगडा पर्थ्यो मौन हुन्थ्यौँ समयमा
आज झस्का बिझ्ने याद बोकी माया कता पुग्यो
कफनले छोप्यो तिम्रो मुहार मेरो छाती दुख्यो
…..
6-
म पत्कर बनिदिनसक्छु तिमी आगो हुँदा
दुबै जलेर खरानी बनौँला सँगसँगै निभौँला
हाम्रो मायाले पागलपनको हद पार गरोस्
खोजून् सयौँ जुनी यस्तो नमुना जोडि बनोस्
तिम्रो आँखामा धूलो परे बलेसीमा म झरौला
मेरो हात थाम्यौ भने सँगै ज्युला सँगै मरौँला
यहाँसम्म भन्ने छैन यति भन्ने टुंगो छैन माया
हरेक दिन हरेक पल उही मान्छे नयाँ छ माया
तिमी फूल भए म सीत बनि झरिदिऊँला
बाँचे सँगसँगै मरे पनि सँगै भूँइमा झरौँला
-स्पन्दन विनोद
हाल- वेलायत

प्रतिक्रिया