मेरो प्यारो बा
मायामा जति लुटपुटिएपनि
बिभेदको रङ पोखिएको छ मेरो शब्द शब्दमा
किन होला?
मलाई निसंदेह उड्न मन छ
संसार नै ढाक्ने गरि ।।
छोरी मात्र नबुझिदिनु है
मलाई मेरो परिभाषानै बदल्न मन छ
बिटुलो देख्ने सिङो आँखा
बदल्न मन छ ।
मेरो
मुस्कान र लज्जा बिर्साइदिएर
परिस्थितिले बदलेको छ ।
तातोले पानी बाफ बनेझैं ,
हो
म ठूलो बिपनाको सानो विज हूँ।
म बिशालता रच्ने सूक्ष्म शक्ति हूँ।
तर किन होला ???
मलाई हिडूँ -हिडुूँ लाग्ने बाटो
अरुलाई बिल्कुल जायज नलाग्नी
अरुले भनेकै बाटो आफूलाई हिड्न रहर नलाग्ने ??
घरी आफैसङ सोध्छु
मेरै चेतनामा म चलमलाउन हुन्न र ?
के स्वतन्त्रताको लगाम चुडाल्न सकिन्न र ????
के खुशीको मूलमा आफैले उमारेका
रहरहरु फुल्न हुन्न र???
चाहे जहाँ बसू वा उँडू
निर्बाध सत्यको कुरा बोल्न हुन्न र?
मेरो पद्चाप ले अरुलाई ऐठन नगरे हुन्नर?
किन भूल्थे म
निर्बाध हाँस्न , नाच्न
संकल्पलाई बलियो पार्न
अब तिमीहरूको लागि
हुरी बनेर क्रान्ति गर्नु छ
मलाई प्रकृति झै हुनु छ
हुरिको पर्याय
बेतिथि उडाउनु हो ।
तर नभुल्नु
हुरीसँग हुरी मात्र आउदैन।।
– सुजाता घिमिरे
जर्मनी
प्रतिक्रिया