Washington DC, US : October 9, 2026, Friday 10:04 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अमेरिकाबाट धुर्मुस-सुन्तलीको शानदार पुनरागमन|मध्य अमेरिकी मुलुक पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, भवनहरू भत्किए, दर्जनौँ परकम्पले त्रास|अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध अमेरिकाको कठोर प्रतिबन्ध|Breaking News : गोप्य सूचना चुहावटमा एआईजी बर्खास्त|अमेरिकामा १३ सैनिकको हत्या गर्ने पूर्वसैनिक अधिकृतलाई गोली हानेर मृत्युदण्ड दिइने, संसारभर प्रत्यक्ष प्रसारण गर्ने सरकारको घोषणा|पद्म राज ढकालका केही रचना र उनको परिचय|अमेरिकामा चर्चित ममता काफ्ले भट्ट हत्या प्रकरण: शव अझै बेपत्ता, प्रमाण नष्ट गरिएको आशंका|Breaking News : युक्रेनमा रुसको भीषण हवाई आक्रमण|बेलायतका पूर्वराजकुमार एन्ड्र्युको घरमा प्रहरीले गरेको छापा गैरकानुनी ठहर|अब विवादित हुन के नै बाँकी रह्यो र ? यो चालाले देश कता जाला ??

आजको बिशेष सम्पादकीय : निषेध समाधान होइन है !

  NepalMother.com | २१ चैत्र २०८१, शुक्रबार १२:१९

अराजकता, तोडफोड, आगजनी, चोरी अक्षम्य अपराध हुन त्यो जो सुकैले गरेको किन नहोस्। दुर्गा प्रसाईँको अराजकता पनि अति भएकै हो चैत १५ मा त्यो लुकाएर लुक्दैन । यो पनि सत्य हो कि अराजकता, तोडफोड, आगजनी, चोरी यो सब गर्न सिकाउने यिनै माओवादी, एमाले, काङ्ग्रेस हरू नै हुन। कति निर्दोष पैदल यात्री लाई गोली हानियो, लाठी बुट बजारियो कुनै हिसाब किताब छैन।
राजावादी भन्दै डाम्दै कथित गणतन्त्रका नाममा जुन राज्य आतङ्क र माओवादी, एमाले, काङ्ग्रेस आतङ्क चलिरहेको छ यसले झन् झन् अस्थिरता तिर मुलुक लाई लैजाने काम हुँदै छ। मूलधारका मिडिया पुरै पक्षपाती र एकतर्फी बन्नु दुखद छ।
प्रहरी प्रशासन जसरी सत्ताको मात्र भरौटे बनाउने काम भएको छ घातक छ। सरकार सबै देश बासीको अभिभावक बन्नु पर्ने मा राज्य आतङ्क फैलाउन र सत्ताको खेलमा मस्त छ। जनता आफू आफूमा विभाजित छन्। यस्तै हो भने नेपाल र नेपालीले अझ धेरै गुमाउनु पर्ने निश्चित छ। सबैको चेत खुलोस्।
सबै पक्ष टेबलमा बस। हाल सम्मका सबै सरकार, सबै व्यवस्था पूर्ण फेल भएकाले देश र जनता लाई हेरेर नयाँ डिजाइनमा जाऊ, जहाँ कोही पनि पाखा पर्नु नपरोस्। माटो सुहाउँदो व्यवस्था कायम गर। नभुल हिजो तिमीहरू कसरी आएका थियौ। नभुल हिजोका व्यवस्था कसरी ढालिएका थिए। कहाँ बाट ढालिएका थिए र अहिलेका हरू कहाँ कसरी पालिएका थिए ! निषेध समाधान होइन। बार्ता गर। समस्याको समाधान खोज। बुझ्दैनौ भने भिर मा जाने गोरुलाई राम राम मात्र भन्न सकिन्छ । बुझ्ने लाई यत्ति काफी छ।

****************

हिमालखबर विशेष :
प्रहरीकै गोप्य प्रतिवेदनको खुलासा: तीनकुने प्रदर्शनमा अर्धस्वचालित हतियारबाट ११० गोली प्रहार

– मनबहादुर बस्नेत

प्रहरीकै गोप्य प्रतिवेदनको खुलासा: तीनकुने प्रदर्शनमा अर्धस्वचालित हतियारबाट ११० गोली प्रहार

पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकले हिंसात्मक प्रदर्शन, लुटपाट र आगजनी गरेको घटनामा प्रहरीले सुरक्षा रणनीति होइन, घातक हतियारको सहारा लिएको प्रहरीकै गोप्य प्रतिवेदनबाट खुलेको छ।

राजावादीले शान्तिपूर्ण भनेको प्रदर्शनमा दुई जनाको ज्यान गएको र प्रदर्शनकारीले निजी सम्पत्तिमा आगजनी तथा लुटपाट गरिएको घटनासँगै सुरक्षाकर्मीको भूमिकामाथि पनि प्रश्न उठेको छ। तीनकुने घटनामा प्रहरीको कमजोरी देखाउने एकपछि अर्को भिडिओ सार्वजनिक हुन थालेपछि प्रहरी प्रधान कार्यालयले एकाएक चैत २० गते प्रतिरक्षा गर्न पत्रकार सम्मलेन गर्‍यो।

प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले ‘प्रहरीले न्यूनतम बल प्रयोग’ गरेको बारम्बर दोहोर्‍याउँदै एउटा विवरण पनि सार्वजनिक गरे। जसअनुसार भीड नियन्त्रण गर्न ५८ राउन्ड गोली र ७४६ वटा अश्रुग्यास प्रहार गरेको थियो। ५८ राउन्डमध्ये कति जंगी राउन्ड (साँच्चिकैको गोली), कति हवाई फायर र कति रबर बुलेट हो भन्ने उनले खुलाएनन्।

तर जिल्ला प्रहरी परिसर, काठमाडौ‌ंले चैत २० गते तयार पारेको एक गोप्य रिपोर्टमा भने डीआईजी आचार्यले भनेको भन्दा दोब्बर संख्यामा त ‘जंगी राउन्ड’ नै फायर भएको उल्लेख छ। उच्च स्रोतबाट हिमालखबरलाई प्राप्त ३९ पृष्ठको रिपोर्ट अनुसार प्रहरीले सो दिन प्रहार गरेको ‘जंगी राउन्ड’ को संख्या मात्रै ९२ छ। डरलाग्दो पक्ष त के छ भने यसमध्ये सबैभन्दा बढी गोली अर्धस्वचालित हतियार ‘सेल्फ लोडिङ’ राईफल (एसएलआर) बाट भएको छ।

tinkune_police report_1.jpg

तीनकुने घटनाबारे प्रहरीको गोप्य प्रतिवेदनमा उल्लेखित विवरण।
त्यस्तै एसलआरबाट ८१ राउन्ड गोली प्रहार भएको थियो, जुन कुल ‘जंगी राउन्ड’ गोली प्रहारको ८८ प्रतिशत हो। अर्को अर्धस्वचालित हतियार इन्सासबाट ६ राउन्ड, सर्ट गनबाट तीन राउन्ड, चिनियाँ पेस्तोलबाट दुई राउन्ड गोली प्रहार भएको रिपोर्टमा उल्लेख छ। यसरी ९४ प्रतिशत गोली अर्धस्वचालित हतियार इन्सास र एसएलआरबाट प्रहार भएको हिसाब निस्कन्छ। यस्तै सशस्त्र प्रहरीले छुट्टै १८ राउन्ड गोली चलाएको प्रतिवेदनमा उल्लेख छ।

एसएलआर, इन्सास घातक प्रकृतिका हतियार हुन्, जुन भीड नियन्त्रणमा अन्तिम अवस्थामा मात्रै प्रयोग गरिन्छ। तर प्रहरीले शुरूमै यी दुई खाले घातक हतियारबाटै सबैभन्दा बढी गोली चलाएको देखिन्छ। तीनकुने क्षेत्रमा प्रहरीको २० वटा ‘कमान्ड टोली’ खटिएका थिए। रबर बुलेट भने प्रहरीले २०१ राउन्ड प्रहार गरेको थियो।

तीनकुनेमा राजसंस्था ब्युँताउने भन्दै राजावादीको समूहले चैत १५ गते प्रदर्शन गरेको थियो, जसको नेतृत्व नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) हुँदै राजवादी बनेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेका थिए। निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरको संसद् भवन र सिंहदरबार कब्जा गर्ने भन्दै अगाडि बढेको भीडले हिंसात्मक रूप लिँदा दुई जनाको ज्यान गएको थियो।

tinkune-jhadapa-1743167155.jpg

एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको भिडिओ खिचिरहँदा आन्दोलनकारीले भवनमा आगो झोसिदिएपछि जलेर मृत्यु भएको थियो भने कीर्तिपुरका सविन महर्जनको गोली लागेर मृत्यु भएको थियो। आन्दोलनकारीले भवन, सवारी साधन तोडफोड गर्नुका साथै आगजनी र लुटपाट समेत मच्चाएका थिए, जसबाट ठूलो क्षति भएको छ।

घातक प्रहार

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार २१ जनालाई गोली लागेकोमा एक जना (सविन महर्जन) को मृत्यु भएको छ भने बाँकी घाइते छन्। काठमाडौं परिसरको गोप्य दस्ताबेज अनुसार घाइते २० जनामध्ये सात जनालाई ‘जंगी राउन्ड’ गोली लागेको छ। बाँकी १३ जनालाई रबरको गोली लागेको हो। जंगी राउन्ड गोली लाग्नेमा बैतडीका २४ वर्षीय आशिष बोहरा, अछामका १९ वर्षीय राजेन्द्र रावल, काभ्रेका २६ वर्षीय रामहरि श्रेष्ठ, खोटाङका ३१ वर्षीय जानसोन राई, खोटाङकै १८ वर्षीय कञ्चन राई,  भोजपुरका २७ वर्षीय डिल्लीप्रसाद लुइँटेल, भोजपुरकै ३० वर्षीय शम्भु दर्जी छन्।

रबरको गोली र छर्रा लागेर घाईते हुनेमा शान्तिनगर बस्ने ५६ वर्षीय विकासकुमार गौतम, सोलुखुम्बुका २२ वर्षीय विकास निरौला, काठमाडौंका ४७ वर्षीय कुमारजंग राना र धादिङका ३० वर्षीय राजकुमार कार्की छन्। त्यस्तै स्याङ्जाका २५ वर्षीय सुमन गुरूङ, काठमाडौंका ४० वर्षीय राज हुमागाईं र भारतीय नागरिक १८ वर्षीय प्रिल्स कुमार पनि रबरको गोली र छर्रा लागेर घाइते भएका छन्।

उदयपुरकी २२ वर्षीया रेविका खत्री र उनका दाजु पर्ने २४ वर्षीय दिनेशकमार खत्री पनि रबरको गोली लागेर घाइते भएको प्रहरीको दस्तावेजमा उल्लेख छ। रेविकाको सिभिल अस्पतालमा आईसीयूमा उपचार भईरहेको छ। खत्री दाजुबहिनीलाई कोटेश्वरको भित्री सडकमा गोली हानिएको थियो। प्रहरी प्रवक्ता डीआईजी आचार्यले पत्रकार सम्मेलनमा उनीहरूलाई झुक्किएर गोली लागेको दाबी गरेका थिए। आफ्नो कोठामा पुग्नै लाग्दा उनीहरूलाई पछाडिबाट गोली हानिएको थियो।

रेविकाको अवस्था गम्भीर रहेको प्रहरीको दस्ताबेजमै उल्लेख छ। उनको दाहिने तिघ्रामा लागेको गोली वारपार भएको थियो। जसका कारण दुई वटा नसा चुँडिएको उपचार गरिरहेका डा‍. अर्जुनकृष्ण शर्मा र सम्पूर्णमान तुलाधारलाई उद्धृत गर्दै प्रहरीको दस्ताबेजमा उल्लेख छ। अपरेशन गरेर जोडिएको नसाबाट रक्त पर्वाह भने भईरहेको दस्तावेजमा छ। “बोल्न सक्ने, आफन्तसँग विस्तारै कुरा गर्न थालेको। घाउ ‘इन्फेक्सन’ हुन सक्ने,” दस्तावेजमा डाक्टरहरूको भनाइ उद्धृत गर्दै लेखिएको छ, “पूर्ण रूपमा खतरा मुक्त भन्न नसकिने। तर क्रमशः अवस्था ‘प्रोग्रेसिभ’ रहेको।”

झापाकी ४१ वर्षीया इन्द्रमाया लिम्बू, कीर्तिपुरका ३५ वर्षीय अमर थापा, भक्तपुरका ७२ वर्षीय बालकृष्ण न्यौपाने र पर्वतका ३६ वर्षीय राजन सापकोटालाई पनि रबरको गोली र छर्रा लागेर घाइते भएका छन्।

अचाक्ली अश्रुग्यास

पत्रकार सम्मेलनमा डीआईजी आचार्यले ७४६ सेल अश्रुग्यास प्रहार भएको बताएका थिए। तर काठमाडौं प्रहरीको गोप्य दस्ताबेजमा भने योभन्दा पनि बढी अश्रुग्यास प्रयोग गरिएको विवरण छ। प्रहरीले मात्रै ८६४ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। यसबाहेक सशस्त्र प्रहरीले १०४ राउन्ड अश्रुग्यास सेल हानेको थियो।

Tinkune-Protest-1743180311.jpg

एउटै घटनामा एकै दिन यति धेरै अश्रुग्यास प्रहार भएको आफूलाई कहिल्यै थाहा नभएको अवकाश प्राप्त एक पूर्व डीआईजीले बताए। “काठमाडौंको ५० ठाउँमा आन्दोलन हुँदा पनि यति धेरै अश्रुग्यास हानिंदैन,” काठमाडौं परिसरको समेत नेतृत्व गरिसकेका ती पूर्व डीआईजी भन्छन्, “म त प्रहरी प्रवक्ताले सार्वजनिक गरेको विवरण देखेर छक्क परिरहेको छु।”

सामान्यतः भीड नियन्त्रणमा खटिने प्रहरीको एउटा टोलीसँग एक जनाले अश्रुग्यास हान्ने जिम्मेवारी पाएको हुन्छ। गह्रौं हुने भएकाले बढीमा २० थान ग्याससेल बोक्न सक्छ। औसतमा १० देखि १५ वटा मात्रै बोकिएको हुन्छ। २० वटा टोलीले २० वटाकै दरले अश्रुग्यास बोकेको मान्ने हो भने पनि ४०० थान मात्रै हुन्छ। “यसले बल प्रयोग गर्ने प्रहरीको योजनै थियो किन जस्तो देखिन्छ,” ती पूर्व डीआईजी भन्छन्।

घटनाकै दिन गृह मन्त्रालयले पत्रकार सम्मेलन गरेर तीनकुनेमा तीनदेखि चार हजारको संख्यामा प्रदर्शनकारी रहेको र प्रहरी भृकुटीमण्डप र तीनकुनेको प्रदर्शनमा पाँच हजार परिचालन भएको आंकडा सार्वजनिक गरेको थियो। प्रहरी प्रवक्ता आचार्यले पनि यही आँकडा दोहोर्‍याएका थिए।

समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा भृकुटीमण्डपमा गरेको प्रदर्शनीमा एक हजार प्रहरी खटिएको मान्ने हो भने पनि तीनकुनेमा लगभग एक आन्दोलनकारीलाई नियन्त्रण गर्न एक प्रहरी परिचालन भएको आँकडा निस्कन्छ। यसबाहेक सशस्त्र प्रहरी पनि प्रहरीको ‘ब्याकअप’का लागि खटिएको थियो।

तर सुरक्षा निकायले आन्दोलनकारीलाई नियन्त्रणमै लिन सकेन। प्रदर्शनस्थलमा खटिएका एक प्रहरीका अनुसार फिल्डमा खटिएका कमान्डरले आदेश माग्दा परिसर प्रमुखले मेट्रो (उपत्यका प्रहरी कार्यालय, रानीपोखरी) र हेडक्वार्टर (नक्साल)को आदेश अनुसार गर्न भन्ने गर्थे। जबकि आन्दोलन, भीड नियन्त्रणमा खटिएका कमान्डरलाई ठाउँको ठाउँ आदेश चाहिने हुन्छ। यस्तोमा कहिलेकाहीँ फिल्ड कमान्डरले आफैं निर्णय लिएर तालुक कमान्डरलाई रिपोर्ट पनि गर्न सक्छ। “न हामीलाई अवस्था हेरेर निर्णय लिनु भनियो न त अवस्था जाहेर गर्दा तत्कालन आदेश आयो,” ती प्रहरी भन्छन्।

तीनकुने घटनाले प्रहरीको सुरक्षा रणनीतिमा थुप्रै चुक भएको छरपस्ट भएको छ। भीड नियन्त्रणका लागि खटिएको प्रहरीले प्लान ‘ए’, प्लान ‘बी’ जस्ता वैकल्पिक सुरक्षा रणनीति बनाउनै सकेको देखिएन। “फिल्डमा प्रहरीको डिप्लाइमेन्ट देखिने सुरक्षा योजना हो,” एक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भन्छन्, “यसबाहेक रणनीतिक सुरक्षा योजना पनि चाहिन्छ। तोडफोड, ढुंगामुढा, आगजानी गर्‍यो भने कुन टोली परिचालन हुने, त्यो टोली कहाँ बस्ने, ती टोलीले सकेन भने कुन टोलीले सघाउने आदि रणनीतिक योजना हुनुपर्छ।”

rajabadi_10-1743158478.jpg

तर तीनकुनेको आन्दोलन दबाउन प्रहरीको सुरक्षा रणनीति नै नबनेको देखियो, जसलाई प्रहरी प्रवक्ता डीआईजी आचार्यले नै स्विकारे। पत्रकार सम्मेलनमा उनले भनेका थिए, “आयोजकले राजनीतिक प्रकृतिको शान्तिपूर्ण कार्यक्रम भनेका थिए। तर समूह समूह बनाएर आपराधिक गतिविधि गरे।”

यस्ता आन्दोलनमा प्रशासनको अनुमति लिन कार्यक्रम शान्तिपूर्ण, संयमित हुने भन्नु अनौठो होइन। यस्तो नभने अनुमति पाइँदैन। तर हिंसात्मक बन्न खोज्यो भने कसरी नियन्त्रण गर्ने मूलभूत दायित्व प्रहरीकै हो। “यही दायित्व निर्वाह गर्ने सुरक्षा रणनीति समेत प्रहरीले बनाउने नसकेको देखियो,” काठमाडौं उपत्यका कार्यालयका एक प्रहरी अधिकृत भन्छन्, “यसको जवाफ नेपाल प्रहरीले लामो कालखण्डसम्म दिईराख्नुपर्ने लज्जाजनक अवस्था आएको छ।”

हुन पनि घाइतेलाई अस्पताल पुर्‍याउने एम्बुलेन्स, आगलागी नियन्त्रण गर्ने दमकल, पानीको फोहरा हानेर भीड तितरबितर पार्ने ‘वाटर क्यानन’ कुन ठाउँमा राख्दा चाँडो उपयोगमा ल्याउन सकिन्छ भन्ने आधारभूत कुरा समेत प्रहरीले बेवास्ता गरेको देखिन्छ। भवनहरूमा आगो लागेको लामो समयसम्म दमकल नै आउन सकेन। “झण्डै तीन घण्टा आन्दोलनकारीले प्रहरीलाई राइँदाईँ गरेको छ,” एक प्रहरी अधिकृत भन्छन्, “देशको राजधानी, महानगरमा यति फितलो प्रहरी कहिल्यै देखिएको थिएन।”

पत्रकार रजक राजावादी आगलागी गरेको भवनबाट निस्कनु नसक्नुको एउटा कारण खबर पाउँदासमेत प्रहरीले उद्धारमा तदरूक्ता नदेखाउनु रहेको परिवारको आरोप छ। यसबाहेक प्रहरीको विपरीत दिशातिर गईरहेको आन्दोलनकारीको सानो समूहलाई सामान्य अवस्थामा समेत प्रहरीले गोली हानेको भिडिओ सार्वजनिक भएको छ, जसले प्रहरीले गैरन्यायिक हत्या तर्फ इंकित गर्छ। भीडभाड, ढुंगामुढा नभएको अवस्थामै प्रहरीले गोली हानेको भिडिओमा देखिन्छ। यसको जवाफ प्रहरीले समेत दिन सकेको छैन।

साथै कार्यक्रम गर्ने भनिएको मञ्चमा प्रहरीले पहिल्यै अश्रुग्यास हानेर प्रदर्शनकारीलाई उत्तेजित तुल्याएको राजावादीले आरोप लगाउँदै आएको छ। यद्यपि प्रहरीले भने ढुंगामुढा हुन थालेपछि भीडलाई हानेको अश्रुग्यास मञ्चमा समेत पुगेको हुनसक्ने जवाफ दिएको छ। घातक हतियारको घनीभूत प्रयोगले भने प्रहरीले प्रदर्शन दबाउन बल प्रयोग गरेको संकेत गर्छ। न्यायिक छानबिनको आवाज उठे पनि यसबारे प्रधानमन्त्री र गृहमन्त्रीको धारणा सार्वजनिक भएको छैन।

 

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।