Washington DC, US : April 20, 2026, Monday 10:29 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|होर्मुज बन्द भएपछि सयौँ व्यावसायिक तेल ट्यांकरहरू दुवै किनारमा अलपत्र|Breaking News : अमेरिकाको लुइसियानामा एक व्यक्तिले आठ बालबालिकाको गोली हानी हत्या गरे|अमेरिकाबाट कति नेपाली डिपोर्ट भए ? कुन जिल्लाका कति ? कस्तो छ अवस्था ?|नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले वर्तमान सभापति गगनकुमार थापा को नेतृत्वलाई वैध ठहर|इरानका विदेशमन्त्रीले होर्मुज  “पूर्ण रूपमा खुला” रहेको घोषणा गरे|इरानले अमेरिकाद्वारा लगाइएको समुद्री नाकाबन्दी जारी रहेमा खाडी क्षेत्रका प्रमुख जलमार्गहरूमा अन्तर्राष्ट्रिय जहाज आवतजावत अवरुद्ध गर्न सक्ने चेतावनी|Breaking News : ट्रम्पले सिधै बेइजिङसँग कूटनीतिक संवाद अघि बढाए|Breaking News : सम्पत्ति जाँचबुझ, छानबिन आयोग गठन|अमेरिका इजरायल र इरानबीच जारी द्वन्द्व लम्बिँदै गएमा र ऊर्जा मूल्य उच्च नै रहिरहेमा सन् १९८० पछि चौथोपटक विश्वव्यापी मन्दी नजिक पुग्ने स्थिति सिर्जना हुने|बिशेष सम्पादकीय : सुन, चाँदी, नगद, घर, गाडी वा धन सम्पत्ति आर्जनका कुरा र हाम्रो समाजको धारणा

प्रधानमन्त्री खड्ग प्रसाद ओली माथि छानबिन र कारवाहीको माग संयुक्त जनआन्दोलन परिचालन समिति भन्छ - "प्रधानमन्त्रीको निर्देशनात्मक अभिव्यक्तिले अशान्ति भएको हो", "हामी अझै पनि शान्तिपूर्ण आन्दोलन, संवाद र वार्ताको पक्षमा छौं"

  NepalMother.com | १७ चैत्र २०८१, सोमबार ०९:३१

May be an image of text

देशभित्रकै सुरक्षा संयन्त्र मात्र होइन विश्व मानवअधिकार समुदायले पनि छानबिन गरोस्

प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई देशभक्तमाथि बाघले झम्टिएजस्तो झम्टिन निर्देशन दिएको, संसदबाट शान्ति भड्काएको, राष्ट्रगान गाइरहेको समूहमाथि अश्रुगोलीवर्षा गराएको सम्बन्धमा अनुसन्धान र कारवाही होस् भन्दै संयुक्त जनआन्दोलन परिचालन समितिले माग गरेको छ। संयुक्त जनआन्दोलन परिचालन समितिका तर्फबाट प्रबक्ता स्वागत नेपालले एक जारि गर्दै भनेका छन् – : सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद ओलीले संसदमा अप्रजातान्त्रिक र अराजनीतिक ढंगले श्री ५ महाराजाधिराज ज्ञानेन्द्र विरविक्रम शाहदेव सरकारका सम्बन्धमा गरेको टिप्पणीका सम्बन्धमा यस संयुक्त जनआन्दोलन समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।

एमसीसी समेतमा देशको स्वाधीनता त्यागेर इनइक्वायल फुटिङ्गमा नेपालमा विदेशीले चाहेका बेला हामीसँग कुनै परामर्श नै नगरी रोक्न र पुनः चाहेका बेला लागू गर्न सक्नेजस्ता शर्त स्वीकार गरेर सार्वभौमसत्ताविरुद्ध गरेका देशघाती विदेशी चङ्गुलहरुबाट देश र जनतालाई बचाउन साथ दिनुस् भनी जनता मात्र होइन दलहरुलाई समेत भनिएकोमा शान्ति भड्काउन खोजिएको अर्थ लगाई यो व्यवस्था र यसका व्यवस्थापकहरुले आफूले गरेका देशघाती, जनघाती तथा राष्ट्रिय स्वाधीनता विरुद्धका गतिविधि जनताका आँखाबाट छोप्न खोजे पनि अब त्यो दुष्प्रयत्न सफल हुने छैन । प्रजातन्त्रमा नेताहरुले मलाई सहयोग गर्नुस्, म सक्छु मुलुकको समस्या समाधान गर्न भनेर आह्वान गर्न पाउने तर राजाले नपाउने भन्ने हुन सक्तैन, यो प्रजातन्त्र विरुद्धको निरंकुश सोच हो । यो तानाशाहीपन हो ।

राजाबाट शान्ति भड्काइएको होइन, बरु प्रधानमन्त्रीबाट शान्तिपूर्ण जनप्रदर्शनअघि आफ्ना पार्टीको भ्रातृसंगठनलाई सार्वजनिक कार्यक्रममा मञ्चबाट नै देशको अस्मिता विदेशी चङ्गुलबाट बचाउन देश प्राणभन्दा प्यारो छ भनेर होमिएका नागरिकहरुलाई सूधोलाई भोकाएको बाघले झम्टिएजस्तो झम्टिनु भनेर दिएको निर्देशनात्मक अभिव्यक्तिले शान्ति भड्किएको हो । संसारको कुनै पनि देशको सरकार प्रमुखले यति हिंस्रक अभिव्यक्ति दिएर शान्ति भड्काएको उदाहरण विश्वमा कतै भेटिँदैन । उहाँले सरकारले नै उपलब्ध गराएको स्थानमा राष्ट्रगान बजिरहेको बेलामा हतियार सहित सरकारी सुरक्षाकर्मीको दुरुपयोग गराएर अश्रुगोलीवर्षा गराउनु भएको छ। राष्ट्रगान बजिरहेको बेला प्रहार गर्नेलाई संसारका सबै देशले सबैभन्दा ठूलो राष्ट्रिय शत्रु मान्छन् । प्रधानमन्त्रीले दिएको सो अभिव्यक्ति र राष्ट्रगान गाइरहेको समूहमाथि भएको शक्ति प्रयोग सहितको आक्रमणका सम्बन्धमा प्रधानमन्त्री माथि सेना प्रहरी सरकारको र पार्टीको मात्र नभएको देशको सेना प्रहरी भएको हुँदा राष्ट्रगान गाइरहेको बेला आक्रमण गर्ने उक्त दुष्कृत्यका सम्बन्धमा देशभित्रकै सुरक्षा संयन्त्र मात्र होइन विश्व मानवअधिकार समुदायले पनि छानबिन गरोस् भन्ने पनि हामी आह्वान गर्दछौं ।

साथै हाल मुद्दा लगाइएका व्यक्तिहरुमाथि कुनै घटनाका सम्बन्धमा नभई आस्थाका आधारमा मुद्दा लगाइएकोले उहाँहरुलाई आस्थाका बन्दी घोषणा गर्न पनि संयुक्त राष्ट्र संघ, एमनेष्टि इन्टरनेशनल लगायत विश्वमानव अधिकार समुदायसँग आह्वान गर्दछौं । हामी अझै पनि शान्तिपूर्ण आन्दोलन, संवाद र वार्ताको पक्षमा छौं । प्रधानमन्त्रीले फेरि पनि संसदबाट अशान्तिपूर्ण मुठभेडको चेतावनी दिनुभएकोमा खेद व्यक्त गर्दछौं ।”

स्वागत नेपाल
प्रवक्ता,
संयुक्त जनआन्दोलन परिचालन समिति
१८ चैत २०८१, सोमबार

May be an image of text

 

राज्यको घुसपैठका कारण तीनकुनेको प्रदर्शन हिंसात्मक बनेको राप्रपा महामन्त्री पाठकको दाबी, स्वतन्त्र न्यायिक आयोगको माग

“राज्यले शान्तिपूर्ण सभामा योजनावद्ध आक्रमण गऱ्यो। फर्किँदै गरेका निहत्था नागरिकलाई पछाडिबाट हानेर ढालियो।  राप्रपा नेताहरूमाथि अत्यन्त प्रतिशोध साधेर नगरेको कामको अभियोग लगाउन खोजियो। स्वतन्त्र न्यायिक आयोग गठन होस्। प्रधानमन्त्री, गृहमन्त्री हुन् वा आयोजक, दोषी प्रमाणितमाथि कडा कारवाही होस्। मृतकलाई न्याय मिलोस्।”

May be an image of 1 person and smiling

यसै बीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठकले तीनकुनेको हिंसात्मक प्रदर्शन सरकारको घुसपैठबाट भएको आरोप लगाएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नै राजवादीहरुको आन्दोलनमा सशक्त प्रतिकार गर्नु भन्ने निर्देशन दिएकाले सो हिंसात्मक घटना भएको बताएका हुन् ।

‘यो घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ । प्रधानमन्त्री ओलीले जसरी निर्देशन दिनुभयो– सशक्त प्रतिकार गर्नु भनेर । प्रधानमन्त्रीको रूपमा राज्यको तलब खाएर बसेको व्यक्तिले हिंसा भड्काउने अभिव्यक्ति दिन हुन्थ्यो कि हुँदैन थियो ?’ प्रश्न गर्दै उनले भने ।

राप्रपा महामन्त्री पाठकले उक्त घटनाको छानविनका लागि स्वतन्त्र न्यायिक आयोग गठन हुनुपर्ने माग गरे । उनले उक्त घटना हुनुमा रान्यको सुरक्षा संयन्त्रको पनि दोषी रहेको बताए । ‘स्वतन्त्र न्यायिक आयोग गठन हुनुपर्छ । राज्यको घुसपैठ छ त हामीले भनिरहेका छौं । हरेक आन्दोलनका घुुुसपैठ हुने सम्भावना हुन्छ । चार÷पाँच हजार मान्छे भेला भएको भनिएको छ । चार हजारको जनमासमा उत्तेजना फैलियो भने नियन्त्रण गर्न नसक्ने राज्यको संयन्त्र त्यति निकम्मा ?’ राप्रपा महामन्त्री पाठकले प्रश्न गर्दै भने ।

राज्यले योजनावद्ध हिंसा भड्कायो, न्यायिक छानविन गरौँ, दमन गर्न खोजे नागरिक विद्रोह महंगो पर्छ

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।