Washington DC, US : April 1, 2025, Tuesday 12:29 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|सुरेश रजक रहेनन्, समवेदनाहरु पनि रहेनन् कि ?|सत्य र न्यायको खोजी अभियानद्वारा आयोग गठनको माग, आन्दोलनमा पक्राउ परेकाहरुको विवरण पनि माग|‘संसारमा यस्तो आततायी र हिँसा भड्काउने प्रधानमन्त्री अर्को छैन’|नेपालसंग जोडिएको चीनको बिकास लोभ लाग्दो, अब उड्ने ट्याक्सी !|युद्धग्रस्त म्यान्मारमा भूकम्पका कारण २,७०० जनाको ज्यान गयो, ४,००० जनाजति घाइते र २७० जना अझै सम्पर्कविहीन|कविन्द्र कायस्थको  नेतृत्वमा नेपाली सम्पर्क विभाग फ्रान्स गठन|संसद फेस गर्न नसक्ने दुइ तिहाइको तर “लुते” सरकार, संसदको चालु अधिवेशन अबरुद्ध भएपछि अन्त्य गर्ने निर्णय !|भाट भटेनीका पाउरोटी, तरकारी चोरहरु !|मारिएका पत्रकार सुरेश रजकका परिवारले प्रधानमन्त्री ओलीलाई भेटे|प्रधानमन्त्री खड्ग प्रसाद ओली माथि छानबिन र कारवाहीको माग

Breaking News : आन्दोलनमा २ जनाको ज्यान गयो, काठमाडौँका कैयौं ठाउँमा कर्फ्यु, आन्दोलनको पहिलो दिनमै काठमाडौँ अस्तव्यस्त सरकार आत्तियो, कर्फ्यु लगाएको क्षेत्रमा नेपाली सेनाको ट्यांकसहित सेना परिचालन, एकातिर गणतन्त्रको बिरोधमा, अर्कोतिर गणतन्त्रको पक्षमा आन्दोलन, ठुला भन्ने मिडियाहरु पुरै पक्षपाति देखिए, सामाजिक संजालको भर पर्नु पर्ने बाध्यता

  NepalMother.com | १४ चैत्र २०८१, शुक्रबार ०९:२५

May be a black-and-white image of 7 people and crowd

आन्दोलन शुरु भएकै पहिलो दिन आज काठमाडौंमा दुई जनाको मृत्यु भैसकेको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौँ तिनकुने क्षेत्रमा कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुबास आचार्यका अनुसार घाँटीमा गोली लागेर आएका थिए । ‘४ : ३० बजे अस्पताल ल्याउँदा अस्पताल आउँदा नै मृत्यु भएको थियो । घाँटीमा गोली लागेको रहेछ,’ आचार्यले भने ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जका प्राडा मोहनचन्द्र रेग्मीका अनुसार गोली लागेका ५ जना घाइतेको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनले ती सबैको कम्मर मुनिको भागमा गोली लागेको र अवस्था स्थिर रहेको बताए । राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक बद्री रिजालका अनुसार त्यहाँ पनि गोली लागेका दुई जना घाइतेको उपचार भइरहेको छ । तीमध्ये पेटमा गोली लागेका एक जनाको अवस्था भने चिन्ताजनक रहेको छ । उनको आकस्मिक शल्यक्रिया भइरहेको निर्देशक रिजालले बताए । ट्रमा रहेका अर्का एक जनाको भने कुममा उपचार गोली लागेको छ ।

तीनकुनेमा जलाइएको घरमा मृत भेटिएका व्यक्ति एभिन्यूजका क्यामेरा पर्सन भएको पुष्टि
तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो । राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए । एभिन्युज टेलिभिजनका अर्का एक पत्रकारले सो घरभित्र आफ्नो साथी भएको जानकारी प्रहरीलाई दिँदादिँदै पनि उद्धार नभएको बताए ।

आन्दोलनकारीहरुले आजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको निवासमा ढुङ्गामुढा गरेका छन् । अध्यक्ष नेपालको कोटेश्वरमा रहेको घरमा आन्दोलनबारीले ढुंगामुढा गरेका हुन् ।

आजको प्रदर्शनमा प्रहरीसहित दर्जनौं घाइते भएका छन् । प्रहरीले उपलब्ध गराएको अहिलेसम्मको विवरणअनुसार घाइते हुनेहरूको संख्या २२ पुगेको छ जसमा सुरक्षाकर्मी र प्रदर्शनकारी दुवैतर्फका घाइते भएका छन् । तर आन्दोलनकारीहरु भन्छन – घाइते हुने हरुको संख्या सयौं छ र राज्यले निकै दमन गरेको थियो आज। प्रदर्शनमा काठमाडौं गुहेश्वरका ४३ वर्षीय राजु श्रेष्ठ, करिना साही, पुष्कलराज जोशी, राजेश श्रेष्ठ, बद्री वन, सुमन गुरुङ, निराजन बम, ओमबहादुर श्रेष्ठ, माधव कडेल, शंकर तिवारी, निखिल कार्की, कुमार जंग राना, उद्धव श्रेष्ठ, विकासकुमार गौतम, रोजन पहरी, सुजन थापा, सन्तोष बोहोरा, विकास संगौला, रुद्र कार्की, विशाल निरौला, मनी सिंखडा घाइते भएका छन् । त्यसैगरी सशस्त्र प्रहरीका बरिष्ठ हवल्दार चन्द्र बुढा पनि घाइते भएका छन् । राजावादी प्रदर्शन उग्र बनेपछि तोडफोड र आगजनी भएको थियो । सुरक्षाकर्मीमाथि समेत आक्रमण भएको थियो ।

एमालेको कार्यालय नजिकै प्रदर्शनकारीले एउटा ट्याक्सी जलाएका छन् । प्रहरी भन्छ – तीनकुनेबाट लखेटिएका राजावादी प्रदर्शनकारीहरू अहिले उपत्यकाका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरिरहेका छन् । प्रदर्शनकारीहरूले दिउँसो पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको कार्यालय छेउमा पनि आगजनी गरेका थिए । अवस्था तनावग्रस्त बनेपछि प्रशासनले तीनकुने क्षेत्रसहितका पाँच स्थानमा कर्फयु जारी गरेको छ ।

राजसंस्था पुनर्स्थापनाका लागि बनाइएको संयुक्त जनआन्दोलन परिचालन समितिले आन्दोलनमा सरकारले घुसपैठ गराई अशान्त वातावरण सिर्जना गरेको दावी गरेको छ ।

समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गर्दै सत्ताधारीहरूले घुसपैठ गराई अशान्त वातावरण सिर्जना गरेको दावी गरेका हुन् । उनले निजी घरभित्रबाट समेत भएको दमनका कारण आक्रोशित जनसमुदायबाट समेत आत्मरक्षाका लागि प्रतिकार भएको दावी गरेका छन् ।

‘राजसंस्था पुनर्स्थापनाका लागि शुरु भएको शान्तिपूर्ण जनआन्दोलनमा भ्रष्ट, निरंकुश र प्रतिगामी सत्ताधारीहरुद्वारा घुसपैठ गराई अशान्त वातावरण सिर्जना गराइएकोमा संयुक्त जनआन्दोलन परिचालन समिति निन्दा व्यक्त गर्दछ,’ नेपालले विज्ञप्तिमा भनेका छन् ।

उनले बुधबारदेखि नै सरकार नागरिकमाथि दमनमा उत्रिएको दावीसमेत गरेका छन् । ‘हिजोदेखि नै चक्रपथ छुन समेत नदिने गरी षडयन्त्रपूर्वक बालाजु, कलंकी, बूढानीलकण्ठ चाबहिल लगायतका क्षेत्रबाट रिंगरोड नछोई र रिंगरोडबाट भित्रसमेत प्रवेश नगरी कोटेश्वर पुग्नु उर्दी जारी गरी सो स्थानबाट कोटेश्वरतर्फ आउने नागरिकहरूमाथि दमन गरिएको थियो,’ विज्ञप्तिमा भनिएको छ ।

समाजवादी मोर्चाले भृकुटीमण्डपमा गरेको सभामा भन्दा कयौं गुणा बढी सहभागी आफूहरूको प्रदर्शनमा भएको दावी गरेका प्रवक्ता नेपालले त्यसबाट आत्तिएको सत्ताधारी जत्थाका घुसपैठियाहरूले निजी घर भित्रबाट जनसमुदायमाथि प्रहार शुरु गरेको दावी गरेका छन् ।

‘कार्यक्रमस्थलमा नेतृत्वगण आइपुग्ने समय समेत नदिई भएको घुसपैठ र दमनबाट उत्पन्न अशान्त वातावरणका लागि निरंकुश सत्ताले जिम्मेवारी लिनु पर्ने हामी प्रष्ट गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘घाइते आन्दोलनकारी, प्रहरीहरूको तत्काल निःशुल्क उपचार गर्न तथा क्षति पुगेका व्यवसायीहरूका लागि क्षतिपूर्तिको तत्काल व्यवस्था गर्ने जिम्मेवारी पनि सरकारको रहेको हुँदा तत्काल सो को प्रबन्ध गर्न पनि अनुरोध गर्दछौं ।’

संयुक्त जनआन्दोलन परिचालन समितिले स्थिति थप भयावह हुने चेतावनी दिँदै तत्काल सर्वपक्षीय वार्ता र संवादमार्फत अघि बढ्न आह्वान गरेको छ ।

‘आजदेखि देश संक्रमणकालमा प्रवेश गरेको छ । गणतन्त्र कागजमा मात्र सीमित रहेको छ । यस अवस्थालाई ध्यानमा राखी पूरानो संसदीय व्यवस्थावादीहरूले नयाँ सहमतिको मार्ग प्रशस्त नगर्ने हो भने स्थिति थप भयावह हुने निश्चित रहेकोले तत्काल सर्वपक्षीय वार्ता र संवादमार्फत अघि बढ्न, राष्ट्रिय अन्तराष्ट्रिय मानव अधिकारवादी संघसंस्थाहरु समेतलाई स्थितिको गम्भीर र विवेकपूर्ण पर्यवेक्षण गरिदिन समेत आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

२०६१ भदौ १६ गतेजस्तै अराजकता मच्चाइएको गृह मन्त्रालयले दाबी गरेको छ। गृह मन्त्रालयले दिएको जानकारीअनुसार यो इराक घटनाजस्तै भएको टिप्पणी गरेको छ । गृह मन्त्रालयका सहसचिव छवि रिजालका अनुसार यो भदौ १६ जस्तै प्रकृतिको घटना हो । “भदौ १६ जस्तै प्रकृतिको घटना देखियो । २० वर्षपछि त्यस्तै देखियो । त्यसबेला अराजक समूह थियो । अहिले निश्चित उद्देश्य बोकेको समूह थियो । यो क्षतिको जिम्मेवारी आयोजकले लिनेछन्,” उनले भने । कोटेश्वरस्थित जडीबुटी प्रशोधन कम्पनीमा आगजनी भएको छ । प्रदर्शनकारीहरुले जडीबुटी प्रशोधन कम्पनीमा आगजनी गरेका, उनीहरूले त्यहाँ रहेका आठ सवारीसाधन समेत जलाएको गृह मन्त्रालयले जनाएको छ ।

प्रदर्शनकारीहरुले एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा आगजनी गरेको छ । प्रदर्शनकारीले समाजवादीको पार्टी कार्यालय तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् । आगजनीका कारण महत्त्वपूर्ण कागजात जलेर नष्ट भएको नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जानकारी दिए । भित्र रहेका सामान पनि बाहिर ल्याएर जलाइएको उनले बताए । त्यस्तै, कोटेश्वरको भाटभटेनीमा पनि तोडफोड भएको छ । त्यसक्रममा प्रदर्शनकारीले भाटभटेनीमा रहेका दर्जनभन्दा बढी गाडी तोडफोड गरेका छन् । प्रदर्शनकारीले कोटेश्वरमा रहेको भाटभटेनी सुपर स्टोरमा तोडफोड गरेर केही सामान लुटेको प्रहरीले दाबी गरेको छ ।

यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि आगजनी गर्दा ४५ मिनेट उडान प्रभावित भएको छ । राजवादी समूहले नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयअगाडि र नेपाल आयल निगम अगाडि रहेको चौरमा आगजनी गरेका थिए । आगजनीका कारण ४५ मिनेट उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए । “४५ मिनेटजति उडान प्रभवित भयो, हामीले आगो नियन्त्रणमा लिएर उडान सुचारु गरेका छौँ,” उनले भने ।

सरकारले काठमाडौंको तीनकुने क्षेत्रमा सेना परिचालन गरेको छ । कर्फ्यु लगाएको क्षेत्रमा नेपाली सेनाको ट्यांकसहित सेना परिचालन गरिएको हो । नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार अहिले अवस्था हेरेर निस्किएको बताए । “हामीले कहाँ कहाँ के गर्दैछौँ, हामीले पत्रमार्फत् जानकारी पनि गराउछौँ । अवस्था हेरेर अघि बढ्छौँ । आगजनी भएको क्षेत्रमा हामी निस्कनैपर्ने हुन्छ । किनकि आगो नियन्त्रणमा पनि लिनुपर्ने हुन्छ,” उनले भने ।

गृह मन्त्रालयले पूर्वराजाका समर्थकहरूद्वारा शुक्रबार काठमाडौंमा आयोजना गरिएको हिंसात्मक प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै प्रदर्शनको क्रममा काठमाडौंको तीनकुने क्षेत्रमा संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता र बिनाहातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रताको उपहास गर्दै भएको हिंसात्मक प्रदर्शनप्रति ध्यानाकर्षण भएको जनाएको हो । “व्यक्तिका निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीका अमानवीय एवं अमर्यादित घटनाहरू गैरकानुनी तथा घोर भर्त्सनायोग्य छन्,” मन्त्रालयले भनेको छ । यस्ता हिंसात्मक एवं आपराधिक घटना गर्ने गराउने कार्यका लागि प्रदर्शनका आयोजक स्वयं नै पूर्ण रूपमा जिम्मेवार हुने मन्त्रालयले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “संविधानले सबै वर्ग, जाति, भाषा, लिंग, क्षेत्र र धार्मिक अधिकारको संरक्षण गर्दै लोकतान्त्रिक शासन व्यवस्थाको उच्चतम उपयोग गर्ने मार्ग प्रशस्त गरेकै छ । शान्तिपूर्ण तरिकाले विचार प्रकट गर्ने लोकतान्त्रिक विधिको सट्टा हिंसापूर्ण एवं अराजनीतिक खालका गतिविधिहरूबाट कोही कसैको भलाइ हुँदैन । अतः यस प्रकारका अमानवीय र गैरकानुनी गतिविधिमा संलग्न नहुन आमनागरिकलाई हार्दिक अपिल गर्दै कानुनको उल्लंघन गर्ने जोसुकैलाई पनि कानुनको दायरामा ल्याई विधिको शासन स्थापित गर्ने कार्यमा सरकार प्रतिबद्ध रहेको व्यहोरा अनुरोध छ ।”

राष्ट्रिय मानव अधिकार आयोगले समाजवादी मोर्चा र राजतन्त्र समर्थकहरूलाई आफ्नो प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आग्रह गरेको छ । आयोगले शुक्रबार समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दलको आमसभा र राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल र संगठनको प्रदर्शनको अनुगमन गरेको थियो ।

आयोगले चारवटा उच्चस्तरीय टोली बनाई तिनको अनुगमन गरेको जनाएको छ । सो क्रममा काठमाडौंको तीनकुनेमा राजतन्त्र समर्थकको प्रदर्शन र आमसभा हिंसात्मक हुन पुगेको आयोगले जनाएको छ ।

प्रदर्शनकारीहरू तीनकुनेबाट प्रहरीको घेरा तोडी निषेधित क्षेत्र नयाँ बानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको, प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेको, व्यक्तिको घरमा ढुंगा हान्ने र आगजनी गर्ने काम गरेको पाइएको आयोगले जनाएको छ ।

झडपमा परी प्रहरी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका छन् । प्रदर्शनकारीले तीनकुने क्षेत्रमा सञ्चारमाध्यमका भवन, कलेजका भवन, तथा व्यक्तिगत घरमा आगजनी र आक्रमण गर्नुका साथै आगो निभाउन हिँडेको दमकल तथा सशस्त्र प्रहरीको गाडीमा समेत ढुंगा प्रहार गरेका छन् ।

अनुगमनका क्रममा हिँडेको राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोलीमाथि पनि प्रदर्शनकारीबाट कोटेश्वरमा सांघातिक आक्रमण गरी अनुगमन टोलीमा संलग्न कर्मचारीलाई घाइते बनाएको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रहरीले भीड नियन्त्रण गर्न पानीका फोहराको प्रयोग र हवाइ फायर गरेको तथा व्यक्तिको निजी आवास समेत प्रयोग गरी अश्रुग्यास प्रहार गरेको देखिएको आयोगले जनाएको छ ।

यसैगरी समाजवादी मोर्चाले भृकुटीमण्डपमा सडकमा मञ्च बनाउँदा आवागमनमा बाधा परेको पाइएको आयोगको ठहर छ । शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको विषय भए तापनि आफ्नो अधिकारकोे प्रयोग गर्दा अरूको अधिकारमा असर पार्नु मानव अधिकारको मूल्यमान्यता विपरीत हुन जाने आयोगले जनाएको छ ।

“कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरूको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न सकिँदैन । अतः यस प्रकारका हिंसात्मक कार्यमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, “साथै, आगामी दिनमा आफ्ना प्रदर्शन र कार्यक्रमहरूलाई शान्तिपूर्ण बनाउन, आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारमा पर्न जाने असरप्रति संवेदनशील हुन आयोग आन्दोलनरत पक्षलाई पुनः आग्रह गर्दछ ।”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारको गाडी जलेको छ । परियार शुक्रबार दिनभर संसदको कामकारबाहीमा संलग्न थिए । बेलुकी भक्तपुरस्थित घर फर्किँदै थिए । कफ्यु छल्न उनी भित्री बाटो प्रयोग गरेर भक्तपुर जाँदै थिए । बालकुमारीस्थित सिसिआरसी कलेज अगाडि पुगेपछि राजावादी प्रदर्शनमा संलग्न भएका व्यक्तिहरूले रोकेर जलाइ दिएका हुन् । परियारलाई गाडीबाट निकालेर राजावादी प्रदर्शनमा संलग्न युवाहरूले परियार चढ्दै आएको १३८२ नम्बरको गाडी जलाइ दिएका हुन् ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले सर्वदलीय बैठक राख्न सुझाएको छ ।

संसदको गतिरोध अन्त्यका लागि भएको छलफलमा माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले यस्तो सुझाव राखेका हुन् ।

‘भोलि शनिबार छ। पछिल्लो अवस्थाबारे सभामुखले वा प्रधानमन्त्रीले सर्वदलीय, सर्वपक्षीय बैठक राखेर अगाडि बढ्दा राम्रो हुन्छ’ पाण्डेले सभामुख देवराज घिमिरे उपस्थित बैठकमा भने। उक्त बैठकमा सत्तारुढ दल नेकपा एमाले, नेपाली कांग्रेस, रास्वपा लगायतका दलका प्रमुख सचेतकहरू समेत थिए ।

उता समाजवादी मोर्चाले आज काठमाडौंमा गरेको प्रदर्शनमा पचासौं हजार जनताको सहभागितामा भएको दाबी गरेको छ। समाजवादी मोर्चामा आबद्ध चार दलका अध्यक्षले विज्ञप्ति जारी गर्दै यथास्थिति र प्रतिगामी षड्यन्त्रका विरुद्ध तथा गणतन्त्रको सम्वद्र्धन र राष्ट्रिय स्वाधीनताको संरक्षणका भव्यतापूर्वक कार्यक्रम सम्पन्न भएको बताएका छन् । गृह मन्त्रालयले भने मोर्चाको कार्यक्रममा ३५ हजार सहभागी भएको दाबी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यो विशाल जनसर्मथन र सहभागिताबाट अत्तालिएका पुनरुत्थानवादी र उच्छृङ्खल प्रतिगामी तत्वहरुले अराजकता सृजना गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को केन्द्रीय, काठमाडौं जिल्ला कार्यालय, अध्यक्ष माधवकुमार नेपालका भाई सरोज नेपालको निजी निवास लगायतमा तोडभोड र आगजनी गर्न पुगेका छन् । निजी, सार्वजनिक सम्पति र कान्तिपुर एंव अन्नपूर्ण पोष्ट लगायतका सञ्चार गृहमा समेत तोडफोड तथा आगजनी गरेका छन् । यो उच्छृङ्खल र अराजक कार्यको हामी घोर भत्सना एंव निन्दा गर्दछौं ।’ अपराधिक तत्वलाई यथाशीघ्र कानुनी दायरामा ल्याइ कडा भन्दा कडा कारवाही गर्न सरकारसँग माग गरेको छ। राजनीतिक दलको कार्यालय र नागरिकको जनधनको सुरक्षा गर्न पनि सरकारसँग माग गरेको छ ।

May be an image of text

नेपाल मदर डट कमको आजको आग्रह यस्तो छ सबै पक्षसँग !  

अब देखि कुनै अप्रिय कुरा सुन्न, देख्न नपरोस्।  आफ्नै दाइ भाइ, दिदी बहिनी लडेको, भिडेको, आगजनी, तोडफोड, जनधनको क्षति भएको हेर्न नपरोस् । कोही काखा, कोही पाखा नगरी, तर भ्रष्टहरूलाई आउट गरेर, बाँकी सबै मिलेर एकता र नयाँ सहमतिमा देश अघि बढेको हेर्न पाइयोस् । देश फेरि पनि मुठभेड, अराजकता, लुटपाट, ध्वंस तिर गएको देख्न नपरोस् । सबै पक्षको आँखा खुलोस्, समयमै चेत आओस् हाम्रो कामना र भगवान सँग प्रार्थना ! राजा देखि दलहरू सम्म सबै तुरुन्त एउटै टेबलमा बस, देश र जनतालाई केन्द्रबिन्दु मा राखेर नयाँ सहमतिमा जाऊ। राष्ट्रिय एकता कायम गर। थप क्षति हुन नदेऊ।  निर्दोष जनता कोही  अनाहकमा मर्नु नपरोस। वार्ता र सहमतिका निम्ति तयार होऊ ।

३ दिन अघिको हाम्रो विशेष सम्पादकीय आज पनि पुन एक पटक यहाँ  !

https://nepalmother.com/archives/5010

******************

May be an image of text

May be an image of text

सन्तोष परियार चढेको सरकारी गाडीमा राजावादीले गरे आगजनी

May be an image of one or more people, crowd and text


Rajabadi-Protest-(27)-1743151493.jpg

Rajabadi-Protest-(28)-1743151493.jpg

Rajabadi-Protest-(25)-1743151492.jpg

Rajabadi-Protest-(26)-1743151492.jpg

Rajabadi-Protest-(22)-1743151490.jpg

Rajabadi-Protest-(23)-1743151491.jpg

Rajabadi-Protest-(24)-1743151491.jpg

Rajabadi-Protest-(19)-1743151490.jpg

Rajabadi-Protest-(21)-1743151490.jpg

Rajabadi-Protest-(17)-1743151489.jpg

Rajabadi-Protest-(15)-1743151488.jpg

Rajabadi-Protest-(16)-1743151488.jpg

Rajabadi-Protest-(14)-1743151487.jpg

Rajabadi-Protest-(13)-1743151487.jpg

Rajabadi-Protest-(11)-1743151486.jpg

Rajabadi-Protest-(12)-1743151486.jpg

Rajabadi-Protest-(7)-1743151484.jpg

Rajabadi-Protest-(8)-1743151484.jpg

Rajabadi-Protest-(6)-1743151484.jpg

Rajabadi-Protest-(5)-1743151484.jpg

Rajabadi-Protest-(10)-1743151485.jpg

Rajabadi-Protest-(9)-1743151485.jpg

Rajabadi-Protest-(4)-1743151483.jpg

Rajabadi-Protest-(1)-1743151482.jpg

Rajabadi-Protest-(2)-1743151482.jpg

Rajabadi-(7)-1743152514.jpg

Rajabadi-(8)-1743152514.jpg

Rajabadi-(4)-1743152513.jpg

Rajabadi-(6)-1743152513.jpg

Rajabadi-(1)-1743152512.jpg

Rajabadi-(2)-1743152512.jpg

Rajabadi-(3)-1743152512.jpg

fire-(2)-1743152315.jpg

May be an image of map and text

– फोटो/ समाचार श्रोत : नेपाल मदरको आफ्नै पनि र विभिन्न मिडिया एबम व्यक्तिहरु पनि।

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।