Washington DC, US : July 8, 2025, Tuesday 12:39 AM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपालीभाषी समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार

शान्ति र बुद्धत्व – डा. बालकृष्ण चापागाईं

  NepalMother.com | १८ माघ २०८१, शुक्रबार २१:३०

शील (सदाचार), समाधि (चित्त एकाग्रता) र प्रज्ञा (बुद्धि–विवेक) ले शान्ति ल्याउँछ । सम्यक दृष्टि (ठीक समझदारी), सम्यक संकल्प (ठीक नियत र सोचाइ), सम्यक वचन (ठीक बोली) ले समाजमा शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेल्छ । शान्ति भनेको कसैलाई कुनै काम गर्नका लागि अवरोध नभइकन स्वतन्त्रपूर्वक कार्य गर्न पाउने वातावरण हो । यसमा मधुरता, भाइचारा सम्बन्ध रहेको हुन्छ । जहाँ वैरभावले काम गरेको हुँदैन । संसारका सबै मानिसहरू सुख तथा शान्ति चाहन्छन् र यस संसारमा मानिसहरूले जे–जति कार्यहरू गरिरहेका छन् त्यसको एकमात्र लक्ष्य शान्ति र सुखका लागि हो भन्ने देखिन्छ । विश्वका सबै राष्ट्रहरू मिलेर पनि विश्वमा शान्ति स्थापना गर्नु पर्दछ । शान्ति समृद्धि, सिर्जना र विकास एक अर्काका परिपूरक छन् ।
मानव समाजमा सद्भाव, सहिष्णुता, न्याय, सम्मान र समझदारी शान्तिसँग अन्तर्सम्बन्धित छन् । मानवीय जीवनमा मन र विचारको अन्तद्र्वन्द्व भइरहन्छ । मनले स्वतन्त्र विचरण गर्न खोज्छ । यसलाई लगाम लगाएर हिँडाउने काम विचारले गरेको हुन्छ । मानव सभ्यताको विकास पनि विचारको सञ्चारकै कारण हुँदै आएको हो । विचार पनि विविध प्रकारका हुन्छन् र रहेका छन् । विविध विचार मध्ये समाजमा शान्ति स्थापनाका लागि गौतम बुद्धका विचार महत्वपूर्ण रहेका छन् । विश्वमा शान्तिको चर्चा गर्दा बौद्ध धर्म–दर्शनलाई निकै महत्वका साथ लिने गरिन्छ । बौद्ध दर्शनको मूल आधार समाजमा मैत्री, सद्भाव, सहिष्णुता, समझदारी र समभावका आधारमा शान्ति स्थापना गर्नु मै रहेको छ ।
मनोपुब्बंगम धम्मा, मनोसेट्टा मनोमया ।
मनसा चे पदुट्टेन, भासति वा करोति वा,
ततो नं दुक्खमन्वेति चक्कं व वहतो पदं । ।
अर्थातः मन सबै प्रवृतिको अगुवा हो । मनबाट नै विभिन्न खालका इच्छाहरू उत्पन्न हुन्छन् । कुनै दूषित मनबाट कार्य गरिन्छ भने पापकर्म भएको हुन्छ । त्यसले दुःख निम्त्याउँछ । गाडीको चक्का जसले चलाउने जिम्मा प्राप्त गरेको छ, जसले चलाउँछ उसकै आधारमा चलेको हुन्छ । यसको अर्थ हो, मन शुद्ध हुनुप¥यो, शुद्ध मनले गरेको काम मात्र कल्याणकारी हुन सक्छ । गौतम बुद्धका यी उपदेशहरू शान्तिका लागि अत्यन्तै उपयोगी देखिन्छ ।
विश्वशान्तिका लागि पनि मानिसको मन शान्तिको पक्षमा हुनु पर्छ तव मात्र शान्ति स्थापना हुन्छ । विश्वमा विभिन्न स्वार्थ, अज्ञानता र विवेकहीनताका कारणले नै हिंसा र युद्धका घटनाहरू बढ्दै गएको देखिन्छ । पछिल्लो समयमा हिंसा र युद्धलाई रोक्ने र विश्वशान्ति स्थापना गर्ने उद्देश्यले नै राष्ट्रहरू बीच आपसी सहयोगको अभिवृद्धि गर्नका लागि अन्तर्राष्ट्रिय सङ्गठनको स्थापना भएको छ । त्यसैका लागि सन् १९४५ मा संयुक्त राष्ट्र सङ्घको स्थापना र सन् १९४८ मा मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा गरिएको छ । यस्तै सन् १९५० मा संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा पारित शान्तिका लागि एकता प्रस्ताव विशेष रूपले उल्लेखनीय छ ।
विश्व–शान्तिका आधार
अहिंसात्मक जीवन पद्धतिले शान्ति स्थापनामा योगदान पु¥याउँछ । हिंसाको आरम्भ नहुनु नै शान्तिको आधार हो । शान्ति सिर्जनाको आधार शत्रुता विनाको अवस्था हो । मानिसहरू भयरहित अवस्थामा जीवनयापन गर्न पाउनु नै शान्ति हो । तनावरहित जीवन, सद्भाव, सहिष्णुता, न्याय, सम्मान र समझदारी शान्तिसँग अन्तर्सम्बन्धित छन् । प्रथमतः शान्ति मानिसको मनमा स्थापित भएको हुनु पर्छ । यही आधारमा शान्ति अङ्कुरित भई क्रमशः अगाडि बढेको हुन्छ । शान्तिले उज्यालोको सङ्केत गर्छ । यसका लागि सत्चरित्र र संस्कारको पनि आवश्यकता पर्दछ । शान्ति संस्कृतिको निर्माण,सुशासन र कानुनी शासन,मानव अधिकारको प्राप्ति, संरक्षण र सम्मान आवश्यक पर्दछ । समानता, स्वतन्त्रता, विवेक सम्मत आचरण र व्यवहार, न्याय सद्भाव र सहिष्णुता शान्तिका लागि अपरिहार्य तत्व हुन् ।
शान्तिका लागि मनुष्य र समस्त प्राणीजातिले आश्रय लिइरहेको पृथ्वी पनि सुरक्षित र शान्त रहिरहनु पर्छ । पृथ्वीसँग जोडिएका अन्य ग्रह, ब्रम्हाण्डीय चट्टान र नक्षत्रहरू बीच टकारावको स्थिति उत्पन्न हुन गयो भने पनि शान्तिका लागि गम्भीर समस्या उत्पन्न हुन्छ । मानिसको उत्पत्ति भए यता जीवनयापन, उत्पादन र विकासका नाममा पृथ्वी माथि भएको दोहन र अतिक्रमणले पारेको नकात्मक प्रभावका कारण त्यसले निम्त्याउने वातावरणीय सङ्कटले पनि शान्तिका लागि नकारात्मक असर पार्दछ ।
मानिसले पृथ्वी र वायुमण्डललाई क्षतविक्षत र प्रदूषित गर्दा शान्तिका लागि निकै ठूलो खतरा उत्पन्न भइरहेको छ । पृथ्वी, सागर र आकाशको कुनै पनि भागलाई क्षतविक्षत बनाउँदा अशान्तिको स्थिति सिर्जना हुन्छ । यसका लागि मानिस समयमै सजग हुनु आवश्यक देखिन्छ । भूकम्प लगाएतका प्रकृति प्रकोपले मानव–सभ्यतामाथि नै सङ्कट उत्पन्न हुन्छ । अझ त्यसमा पनि मानव जातिले आपसी स्वार्थका कारण आणविक युद्ध वा विनाश निम्त्याएर पृथ्वीको सुन्दरता र विविधतालाई नष्ट गर्ने हो भने शान्तिका लागि यो भन्दा ठूलो विडम्बना अरु केही हुन सक्दैन ।
त्यसैले प्रकृतिको विनास र क्षयीकरण हुनबाट जोगाउनु पर्दछ । प्रकृति र मानव सभ्यता माथि नै ठूलो नोक्सानी पुग्ने गरी हुने आणविक हातहतियारको प्रयोगलाई रोक्नु पर्दछ । शान्तिका लागि वाधक तत्वको रूपमा रहेका आर्थिक, राजनीतिक एवम् सामाजिक भेदभाव, शोषण, दमन र अत्याचार हुनु हुँदैन । सबैलाई मानव–अधिकार प्राप्त भएको हुनु पर्दछ । स्वतन्त्रता प्राप्त हुनु पर्दछ । जातीय भेदभाव हुनु हुँदैन । समान अवसर प्राप्त हुनु पर्दछ । चरम गरिबी, भोकमरी र अराजकताको स्थितिबाट समाजलाई मुक्त गर्न सक्नुपर्दछ । समग्रमा अन्तरिक्ष, सौर्यमण्डलका ग्रहहरू, पृथ्वी, जल थल र आकाश, अन्तराष्ट्रिय, क्षेत्रीय, देश, समाज र विभिन्न समुदाय, परिवार र व्यक्तिमा शान्ति हुनु पर्दछ । भवतु सब्ब मंगलम् ।

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....

१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com

प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं

हाम्रो बारेमा

International Media & Entertainment House US LLC

का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
नेपाल आमा प्रति समर्पित, स्वतन्त्र र १७५ देशमा पढिने नेपालीहरुको साझा डिजिटल पत्रिका ।

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

Ram Prasad Khanal
Editor in Chief and Publisher
Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com  

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।