संस्कृतबाट प्राकृत र अपभ्रंश हुँदै आधुनिक भाषाका रूपमा नेपाली भाषा आइपुगेको हो । संस्कृत विभाषणा भारोपेली परिवारअन्तर्गत पर्ने भाषा हो । यस भाषा परिवारमा ईसापूर्व १५०० वर्षभन्दा अघिदेखिका लेख्य सामग्री पाइन्छन् । भारोपेली परिवार प्रथमतः ध्वनि तत्वका आधारमा कोन्तुम र सतम् गरी दुई वर्गमा विभाजित हुन पुगेको पाइन्छ । यसमध्ये कोन्तुम वर्गमा केल्टेली, जर्मनेली, इटालेली, ग्रिसेली, तोखारेली र हिट्टेली भाषा पर्छन् । सतम् वर्गअन्तर्गत अल्बानियाली, वाल्टोस्लाभोली, आर्मेनियाली र भार इरानेली भाषा पर्छन् ।
यसरी विकसित भएका भाषामध्ये भारत–इरानेली शाखाका वक्ताहरू इ.पू. २००० तिर मेसोपोटामियाको उत्तरी भागसम्म आइपुगेको जानकारी पाइन्छ । उनीहरूको शाखा सिन्धु घाँटीतिर अघि बढेको पाइन्छ भने अर्को शाखा कास्मिर हुँदै अघि बढेको पाइन्छ । यी दुई शाखा क्रमशः वैदिक आर्य र अवैदिक आर्यका रूपमा परिचित हुन पुगेको देखिन्छ । वैदिक आर्यहरू सिन्धु घाँटी आइपुग्दा संस्कृत भाषा बोल्थे । त्यही संस्कृत भाषाबाट प्राकृत र अपभ्रंश हुँदै नेपाली भाषाको जन्म भएको हो । नेपाली भाषा शौरसेनी, पैशाची र खस प्राकृतमध्ये कुनैबाट जन्मेको मानिन्छ ।
नेपाली भाषाको उद्भव प्रक्रियामा शौरसेनी, अपभ्रंश, खस अपभ्रंश, खपतलीय अपभ्रंश आदि मत पाइन्छ । तीमध्ये स्वीकृत मत खस प्राकृत नै मानिँदै आएको छ । यसअन्तर्गत पश्चिमी पहाडी भाषाहरू, गढवाली, कुमाउ र नेपाली पर्छन् ।
यसरी संस्कृत भाषाबाट प्राकृत भाषा हुँदै अपभ्रंशबाट जन्मिएको भारोपेली भाषा परिवारको आधुनिक आर्यभाषा विकासक्रममा आम नेपालीको साझा भाषा बनेको छ । यो भाषाको लिपि देवनागरी रहेको छ । पहिले भाषा जन्म्यो र विकासक्रममा कैयौँ शताब्दीपछि लिपिको आविष्कार भएको हो ।
नेपाली भाषाको उत्पत्ति र विकासको खोज तथा अनुसन्धान खासगरी विक्रम सम्वत्को दसौँ शताब्दीबाट आरम्भ भएको पाइन्छ । यसको प्रारम्भिक अवस्थादेखि चरणबद्ध विकासक्रमलाई विश्लेषण गर्दा नेपाली भाषाले अभिलेख र वाङ्मय युग पार गर्दै १९औं शताब्दीको आरम्भबाट शिष्ट लेख्य रूपतर्फ फड्को मारेको देखिन्छ । वि.सं. १०३८ को दामुपालको अभिलेखलाई नेपाली भाषाको सर्वप्राचीन लेख्य भाषिक नमुना मानेको पाइन्छ । यसको आधिकारिकता पुष्टि भइनसकेकाले अशोक चल्लको हुम्लामा प्राप्त ताम्रपात्र वि.सं. १३१२ को भाषा नै हालसम्मको नेपाली भाषाको प्राचीन भाषिक रूप हो । बाइसे, चौबिसे राज्यको उदयपछि नेपाली भाषाको स्वरूपमा परिवर्तन आएको पाइन्छ । प्रारम्भमा सिँजा क्षेत्र नेपाली भाषाको केन्द्रविन्दुका रूपमा रहेको पाइन्छ । बाइसे र चौबिसे राज्यको स्थापनापश्चात् राजकीय प्रयोजनको भाषा बनेपछि नेपाली भाषाले सम्पर्क भाषाको रूप ग्रहण ग¥यो । विक्रमको सोह्रौं शताब्दीपछि नेपाली भाषामा वाङ्मय ग्रन्थहरूको रचना हुन थालेको देखिन्छ । जस्तै वि.सं. १६३८ को विन्दुदास गोथीको अभिलेख, १६७७ को कत्याल राजा र रास्कोटी राजाको सीमारोवसम्बन्धी भाषिक नमुना, प्रताप मल्लको १७२७ को रानीपोखरी अभिलेख, नरभूपाल शाहको १७९६ को अभिलेख, आदित्य मल्लको १३७३ को ताम्रपत्र, १३७८ को ताम्रपत्र, पुण्य मल्लको १३९३ को कनकपत्र, पुण्य मल्लको १३९४ को कनकपत्र, पृथ्वी मल्लको १४०६ को ताम्रपत्र, पृथ्वी मल्लको १४१३ को कनकपत्र, १४१५ को ताम्रपत्र, सूर्य मल्लको १४२४ को ताम्रपत्र, अभय मल्लको १४३३ को ताम्रपत्र, नाग मल्लको १४४४ को ताम्रपत्र, मलय बर्माको १४४६ को ताम्रपत्र आदि ताम्रपत्र, कनकपत्र आदिलाई लिन सकिन्छ ।
जब नेपाली भाषाले अभिलेख युग पार गरी क्रमशः लेखनमा प्रवेश ग¥यो त्यसपछि नेपाली भाषाका विभिन्न ग्रन्थ देखिन थाले । वि.सं. १४५७ को संस्कृत भाषामा लेखिएको भास्वती – गणित ज्योतिष ) ब्रहमाण्ड का तारामण्डलहरुको चक्रीय प्रणालीलाई बैज्ञानिक रुपमा पुष्टी गरिएको पहिलो पुस्तक मानिन्छ । त्यसपछि संस्कृत भाषा सरलीकृत हुँदै जनभाषाको रुपमा विकास हुनुपर्नेमा छापा पुस्तक र कहीकतै राजकीय भाषाको प्रयोग तथा धार्मिक अनुष्ठानहरुमा पण्डित र यजमानहरुद्वारा प्रयोग गरिने भाषाको रुपमा सीमित हुँदै जान थाल्यो । विद्यालय, महाविद्यालय, विश्वविद्यालयहरुमा पठनपाठनका रुपमा रहे तापनि जनबोलीका रुपमा स्थापित हुन सकेन । यद्यपि पूर्वीय दर्शन, भाषा,व्याकरण, ज्ञानविज्ञान, इतिहास, संस्कार, संस्कृति र नैतिक शिक्षा जस्ता विषयहरुलाई संस्कृत भाषामै लेखिएका ग्रन्थहरुमा खोज्नुपर्ने हुन्छ ।
संस्कृतबाट क्रमशः रुपान्तरित हुँदै विकास भएको नेपाली भाषा साहित्य लेखनका माध्यमबाट अगाडि बढेको पाइन्छ । नेपाली भाषाले वि.सं. १९५८ मा गोरखापत्रको प्रकाशन सुरु भएपछि सञ्चार क्षेत्रमा प्रवेश ग¥यो र तीव्र गतिमा विकसित हुँदै आयो । आमसञ्चारका माध्यम छापा, टेलिभिजन, इमेल, इन्टरनेटको प्रवेश र विकाससँगै नेपाली भाषाको पनि तीब्र विकास भयो ।
पाणिनि व्याकरणलाई भाषिक सञ्चारको पहिलो आधार मान्न सकिन्छ ।संस्कृत व्याकरणका बैज्ञानिक सूत्रहरुको ग्रन्थका रुपमा रहेका लघु तथा सिद्धान्त कौमुदीलगायतले भाषिक शब्द संरचनाको निर्माण र अर्थबोधको साङ्गो पाङ्गो रुपलाई उजागर गरेको पाइन्छ । संसारमा भाषा व्याकरण र शब्द निर्माण प्रक्रियालाई बैज्ञानिकरुपमा पुष्टी गर्ने ग्रन्थ पाणिनि व्याकरण नै हो । यसलाई विश्वले नै स्वीकार गरेको छ । पाणिनि व्याकरणको आधारमा शब्द संरचना, निर्माण र अर्थबोध सहितको भाषिक सञ्चारमा त्रुटी हुन गएमा भाषिक विचलन हुन पुग्छ । अर्थको अनर्थ हुन सक्छ । त्यसैले पाणिनिलाई संस्कृत व्याकरण,भाषा विज्ञान र भाषिक सञ्चारका प्रणेताका रुपमा मान्न सकिन्छ ।
विश्वका विभिन्न भाषाहरु जुनरुपमा विकास हुँदै आइरहेका छन्, यसमा विसङ्गति र गम्भीर भाषिक त्रुटि पनि देखा पर्न थालेका छन् । नेपाली भाषा को प्रयोगमा पनि गम्भीर त्रुटी देखिएका छन् । जसरी लेखे पनि हुन्छ, जसरी बोले पनि हुन्छ भन्ने गलत मानसिकता देखिँदा नेपाली भाषा समृद्ध भएर पनि अझ व्यापक हुन सकेको छैन । यसमा भाषिक विकृति र विसङ्गति प्रवेश भएको छ । यो कुरा प्रयुक्त नेपाली भाषाका स्वर, शब्द वाक्यबाट प्रस्ट देखिन्छ । भाषाको प्रयोगमा वर्णविन्यास, शब्दमा उपसर्ग–प्रत्यय, समास, सन्धिप्रक्रिया, लिङ्ग, वचन, पुरुष, व्याकरण, पदावली, वाक्य, वाक्यतत्व, स्वर र भाषिक मिश्रण आदिमा त्रुटि देखिनु प्रमुख समस्याका रूपमा रहेका छन् । कुनै पनि भाषा विशिष्टताबाट साधारणतिर र जटिलताबाट सरलतातर्फ उन्मुख भएको हुनुपर्छ । पाणिनि व्याकरण पश्चात संस्कृत भाषालाई सरलीकृत गर्दै लैजान नसक्दा यो भाषा जनबोलीमा रहन सकेन । तापनि यसको औचित्य र महत्व मानव समाज अस्तित्वमा रहँदा सम्म रहिरहनेछ ।
संस्कृत भाषामा लेखिएको पाणिनीय व्याकरणले शब्द संरचनाको निर्माण कसरी भयो ? भन्ने कुराको स्पष्ट व्याख्या गरेको छ । भाषा व्याकरणको जननीको रुपमा पाणिनीय व्याकरणलाई लिन सकिन्छ । पाणिनीय व्याकरण भाषाको मानक पत्ता लगाउने र भाषा प्रयोगमा कहाँ के कसरी त्रुटि भएको छ ? त्यसलाई पत्ता लगाउने काम पनि पाणिनीय व्याकरणबाट नै हुन्छ । यस आधारमा हेर्दा भाषाको प्रयोगमा विभिन्न त्रुटिहरु देखिएको पाइन्छ । कसरी त्रुटि हुन्छ ? भन्ने कुराको उदाहरणसहित संक्षिप्त व्याख्या प्रस्तुत गरिएको छ ।
प्रयत्नलाघव
शब्दहरू उच्चारण गर्ने क्रममा आवश्यक प्रयत्न नगर्दा भाषामा त्रुटि भएको पाइन्छ । त्यस्ता त्रुटिले आशयलाई धमिल्याउन सक्ने सम्भावना रहन्छ, जस्तैः किलिष्ट–क्लिष्ट, ग्यान–ज्ञान, पर्बन्ध–प्रबन्ध, निर्मान–निर्माण आदि । गण्डकी अञ्चलको स्याङ्जा र कास्कीतिर आम्छु -आउँछु), लगाम्छु -लगाउँछु), मगाम्छु -मगाउँछु) भन्ने चलन छ । यसलाई कपितय सन्दर्भमा उच्चारणगत दोष र कतिपय स्थानमा भएको प्रयोगलाई भाषिकाका रूपमा पनि लिन सकिन्छ । यस्ता उदाहरण अन्य क्षेत्रमा पनि पाउन सकिन्छ ।
वाक्स्खलन
बोल्दाबोल्दै वाक्य पूरा नगरी छाड्ने बानीले भाषामा विचलन र अस्पष्टता देखापर्नु स्वाभाविक हुन्छ । प्रायः उपत्यकावासीमा यस्तो किसिमले विचलित भाषाको स्वरूप देख्न सकिन्छ । सोही प्रयोग सञ्चारमाध्यममा सञ्चारकर्मीले पनि गरेको पाइन्छ । जस्तैः काँ गाÚआ ? -कहाँ गएको), के भाÚआ -के भएको) आदि । धवलागिरितिर हात धोई -धोऊ), खाना खाई -खाऊ) आदि प्रयोग भएको पाइन्छ । त्यस्तै नेपाली व्याकरणको मानक रूप नभए पनि स्थानीय तहमा प्रयोग भइरहेको र त्यहाँका बासिन्दाले सरल, सहज र मिठासरूपमा ती शब्दलाई बुझ्छन् भने त्यसलाई भाषिकाका रूपमा मान्न सकिन्छ । जस्तैः …हात धोऊÚ को ठाउँमा …हात धोईÚ गण्डकी अञ्चलतिर प्रयोग गरिने ग्रामीण शब्द हो । यसलाई पनि भाषिकाका रूपमा लिन सकिन्छ ।
श्रवणलघुता
वक्ताले के भन्छ त्यसलाई श्रोताले सुन्ने प्रयास गर्नुपर्छ । श्रोताले ठिकसँग सुन्न नसकेमा भाषामा त्रुटि देख्न सकिन्छ । त्यसलाई श्रवणलघुता भनिन्छ । …होटलमा चिया पिउँदा…Ú, भन्दा …मैले पिउँदापिउँदै त्यस केटाले गिलास उठायो भन्ने बुझिन्छ ।Ú …मैले पढ्दापढ्दै उसले बत्ती…Ú भन्दा …बत्ती निभायोÚ भन्ने बुझिन्छ । …मैले पिउँदापिउँदै दूधमा माखो…Ú भन्दा …दूधमा माखो पस्योÚ भन्ने बुझिन्छ ।
व्युत्पत्ति ज्ञानको अभाव
व्युत्पत्तिका आधारमा पुनर्±अवलोकन पुनरवलोकन हो, पुनरावलोकन होइन । Ö अति±अधिक अत्यधिक हो, अत्याधिक होइन । विद्या±आलय विद्यालय हो, विधालय होइन । वि±अवस्था व्यवस्था हो, व्यावस्था होइन । यसले पनि भाषिक विचलनलाई देखाउँछ । शब्दको निर्माण, त्यसको आदि रूप र निर्माणपछि हुने शब्दरूपको ज्ञान नहुँदा भाषामा त्रुटि देखिन्छ । जस्तैः …सौन्दर्यताÚ, …मानवीयताÚ यी शब्दमा …ताÚ प्रत्यय आवश्यकभन्दा बढी प्रयोग गरिएको छ । यो व्युत्पत्ति दोष हो । त्यस्तै …पश्चिमाञ्चलÚ शब्दलाई …पश्चिमाÚ र …अञ्चलÚ गरी उच्चारण गरेको रेडियोमा प्रायः सुन्न पाइन्छ । …सुन्दरÚ शब्दमा …ताÚ प्रत्यय गाँस्न सकिन्छ तर …सौन्दर्यÚ शब्द विशेषण शब्द हो, यसमा …ताÚ प्रत्यय गाँसेर …सौन्दर्यताÚ भनेर प्रयोग गर्न पाइँदैन ।
उच्चारणगत दोष
नेपालमा अनेक भाषा बोलिन्छन् र लेखिन्छन् । भाषाका लेख्ने लिपि र बोल्ने वा उच्चारण गर्ने तरिका भिन्नाभिन्नै छन् । त्यसैले प्रायः नेपाली भाषीबाहेक अन्य मातृभाषीले नेपाली भाषाको उच्चारणमा त्रुटि गरेको पाइन्छ । जस्तैः चाहनुहुन्नका ठाउँमा …चानुहुन्नÚ, बेलामाको सट्टा …बेलाँÚ जस्ता उच्चारणदोष पर्याप्त देखिन्छन् । गर्नका निम्तिको ठाउँमा …गर्नानिम्तिÚ, मेरोमा आउनुहोस्को ठाउँमा …मेराँ आउनुस्Ú आदि । यस्ता शब्दहरूको प्रयोग भाषिकामा भने गर्न पाइन्छ तर मानक नेपालीमा गर्न पाइँदैन । त्यसैले सञ्चारमाध्यमले भाषिकाको प्रयोग नगरेर मानक नेपाली भाषाको प्रयोग गर्नुपर्ने देखिन्छ ।
आशय स्पष्ट पार्ने क्रममा दोष
वक्ताले आशय स्पष्ट पार्दा पनि असावधानीबाट उल्टो प्रयोग भएको पाउन सकिन्छ । जस्तैः उहाँले शान्ति स्थापना गर्ने महसुस व्यक्त गर्नुभयो । यसमा महसुस गर्ने हो, व्यक्त गर्ने होइन । बोलीचालीको प्रयोगमा भात पकाउँछु, पीठो पिस्छु भन्ने गरेको पाइन्छ । यो गलत प्रयोग हो । चामल पकाएर भात बनाउने हो । चामल पिसेर पीठो बनाउने हो ।
भाषाको विकास पहिला मौखिक र समयक्रममा लिखित भएकाले मौखिकभन्दा लिखित भाषा परिमार्जित र स्तरीय मानिन्छ । आमसञ्चार भन्ने बित्तिकै सूचना, शिक्षा र अनुभूतिको सम्प्रेषण भन्ने बुझिन्छ । सञ्चारमाध्यममा प्रयोग गरिने भाषामा स्वाभाविकरूपमा मानक अथवा त्यसलाई पछ्याएको हुनुपर्ने धारणा पाइन्छ । आमसञ्चारका सबै माध्यममा भाषिक शुद्धता र स्तरीयताको खाँचो देखिन्छ । खासगरी विद्युतीय सञ्चारमाध्यम रेडियो, टेलिभिजन आदिमा प्रयुक्त भाषामा विचलनयुक्त शब्दको बढी प्रयोग, असावधानी तथा प्रशस्त स्वेच्छिक गलत प्रयोग भएको पाइन्छ । नेपाली पत्रकारितामा आमसञ्चारका माध्यमले नेपाली भाषाको मानक प्रयोगलाई स्वीकार गरे पनि भाषिक अस्पष्टता, अशुद्धि र मनपरीतन्त्र व्यापकरूपमा देखिएको पाइन्छ । भाषाको जगमा उभिएर सूचना, सन्देश, शिक्षा, अभिप्रेरणा र अनुभूतिको सम्प्रेषण गर्ने जिम्मेवारी लिएको यो व्यवसायले सरल, शुद्ध र मिठासयुक्त भाषाको प्रयोगमा अपेक्षित ध्यान पु¥याएको देखिँदैन । खासगरी विद्युतीय सञ्चारमाध्यममा प्रयोग भएका भाषिक दोषमा भाषिक अज्ञानता, अयोग्यता, असावधानी र भाषिक मिश्रण प्रमुख रूपमा रहेका देखिन्छन् ।
विज्ञापनमा प्रयुक्त भाषिक त्रुटिः
नेपाली भाषाका नाममा प्रस्तुत गरिएका विज्ञापनलाई विश्लेषण गर्दा नेपाली भाषामा रहेका मिठा र राम्रा शब्द हुँदाहुँदै अन्य भाषाको प्रयोग भएको, भाषाको मौलिक मानक रूप बिगार्ने काम भएको, आधारभूत नियम मूलतः व्याकरणगत सीमा मिचेर प्रयोग गरिएको, व्यवहारमा प्रयोग नहुने किसिमका शब्द, अर्थ र विभक्ति संयोजनको प्रयास भएको, भाषिक खिचड़ी देखिएको, विज्ञापन सम्प्रेषणीय हुनुपर्नेमा त्यसो हुन नसकेको, निश्चित उपभोक्ता समूह र क्षेत्रमा सीमित हुन पुगेको जस्ता कारणले एकातिर विज्ञापन प्रभावकारी हुन सकेको छैन भने अर्कोतिर नेपाली भाषा विकृत बन्दै गएको देखिन्छ ।
उत्पादकहरूका बिचमा बढ्दो प्रतिस्पर्धाका कारण विज्ञापनहरूको सङ्ख्या दिनानुदिन बढ्दो छ । ठुलो जनसमुदायलाई एकैपटक आफ्नो उत्पादनको जानकारी र त्यो पनि अरूको भन्दा बढी प्रभावकारी, आकर्षक ढङ्गले दिएर आफ्नो उत्पादनको बिक्री बढाउन हिजोआज सानाठुला सबै उत्पादनले नयाँनयाँ शैलीमा विज्ञापन गरेको पाइन्छ । टु.पी.एम. चाउचाउको एउटै विज्ञापनमा भनिएको छ– स्क्र्याच गर्नुहोस् र जित्नुहोस् लाखौँको पुरस्कार । यहाँ …कोट्याउनुÚ अर्थ लाग्ने अङ्ग्रेजी -स्क्र्याच) नसुहाउँदो गरी जोडिएको छ ।
विज्ञापनमा मिश्रित भाषाको प्रयोग
दिनदिनै तपाईं हामीले सुन्ने, हेर्ने अधिकांश विज्ञापनमा यति धेरै मिश्रित भाषाको प्रयोग गरिएको छ कि त्यसले नेपाली भाषालाई कमजोर बनाउने काम गरेको छ । नेपाल टेलिभिजनले दैनिक प्रसारण गर्ने एउटा मसलाको विज्ञापनमा …आसानीले बनाउनु सानले खिलाउनुÚ भनेको सुन्नु पाइन्छ । यहाँ एउटा मात्र शब्द शुद्ध नेपाली छ ।
त्यसैले यो विज्ञापन नेपाली हो कि हिन्दी ? बहुराष्ट्रिय अम्पनीहरूले आफ्नो ब्रान्डका नेपाली उत्पादनहरू वा सोझै आयात गरेका भए पनि नेपाली उपभोक्तामाझ एउटै उत्पादनका हिन्दी विज्ञापनलाई अनुवाद मात्र गरेर सञ्चारमाध्यममा प्रचारप्रसार गरेको पाइन्छ । नेपाली भाषामा रानी मुखर्जीले बोलेर फ्यान्टा खाएको देखाएर आकर्षित गर्ने गरेका छन् । मोः मोः मसलाको विज्ञापन पक्कै नेपाली होइन, मात्र अनुदित हो । अनूदित विज्ञापनमा अनुवाद गर्दा अर्थलाई ख्याल नै नराखी शब्दको मात्र अनुवाद गर्दा अनर्थ खालका विज्ञापन पनि बज्ने गरेका छन् । …क्लोजअप किन गर्दैनौ, ममा स्टार जगाउँछ, रंगौं हरपल दिल खोलेरÚ यी पनि नेपाली भाषाका नाममा प्रयोग भएका विज्ञापन हुन् ।
यी त भए विदेशमा बनेका तर नेपालीमा अनूदित विज्ञापन । विशुद्ध नेपाली विज्ञापनमा पनि प्रशस्त त्रुटि देखिन्छन् । बोजोमिन्टको विज्ञापनमा भनिएको छ– तिमी पनि मैले जस्तै बोजोमिन्टको हमेसा प्रयोग गर र परेसानीबाट छुटकारा पाऊ । एउटा नेपाली विज्ञापनमा पनि सधैँका लागि हमेसा र परेसानी जस्ता शब्दहरू प्रयोग भएका पाइन्छन् ।
अङ्ग्रेजी भाषाको प्रयोग
नेपाल टेलिभिजनलगायतका टिभी च्यानलहरूमा प्रसारण गरिने डाबरको बाटिका तेलमा अभिनय गर्ने माल्भिका सुब्बाले …मिरर, मिरर वालमा झुन्डेको के छ राज मेरो सिल्की कपालकोÚ भनेर आवाजसहित प्रस्तुत गरेकी छन् । उक्त विज्ञापनमा प्रयुक्त दस वटा शब्दमा चार वटा अङ्ग्रेजी, पाँच वटा नेपाली र एउटा हिन्दी शब्दको प्रयोग भएको छ ।
त्यस्तै कोलगेट दन्तमन्जनको विज्ञापनमा …सधैँ दाँत किन ब्रस गर्छौँ ? मजबुतीको लागि सर ।Ú नेपालीमा सफा गर्ने भन्ने अर्थमा अङ्ग्रेजी शब्द ब्रस र नेपालीमा बलियो अर्थको मजबुती हिन्दी शब्दको प्रयोग गरिएको पाइन्छ ।
नियमित नेपाली सञ्चारमाध्यमहरूमा प्रसारण भइरहने सौन्दर्यसामग्रीको विज्ञापनमा संस्कृतको त्वचा शब्द प्रयोग गरिएको छ । छालाको गोरोपनको सट्टामा त्वचाको गोरोपना भन्ने गरिन्छ । त्यस्तै कतिपय त्वचा बनाउँछ सफ्ट, सफ्ट भनेर संस्कृत, अङ्ग्रेजी र नेपालीको मिश्रित प्रयोग गरेको पाइन्छ । लक्स साबुनको नेपाली विज्ञापनमा नायिकाको कथन हुन्छ– ममा स्टार जगाउँछ । यो विज्ञापनले भन्न खोजेको के हो ? यसमा नेपाली र अङ्ग्रेजी भाषाको संयोजनमा एउटा वाक्य बनेको छ । यसलाई कुन भाषाको विज्ञापन भन्ने छुट्याउन गाह्रो देखिन्छ । त्यस्तै नेपाल टेलिभिजनलगायतका विभिन्न सञ्चारमाध्यममा प्रसारित …साकालाका बुमÚ चाउचाउको विज्ञापनमा पनि बजार शब्दलाई अङ्ग्रेजी मिसाई …बबश्ब्ब्च्Ú बनाइएको छ । यसरी नेपाली र अङ्ग्रेजीलाई एकै ठाउँमा मिसाएर विज्ञापन गर्दा श्रोता र पाठकले बुझ्न कठिन हुने देखिन्छ ।
माथि उदाहरणका रूपमा नेपाली भाषाका नाममा प्रस्तुत गरिएका विज्ञापनलाई विश्लेषण गर्दा नेपाली भाषामा रहेका मिठा र राम्रा शब्द हुँदाहुँदै अन्य भाषाको प्रयोग भएको, भाषाकै मौलिक मानक रूप बिगार्ने काम भएको, भाषा विज्ञापनका आधारभूत नियम मूलतः व्याकरणगत सीमा मिचेर प्रयोग गरिएको, व्यवहारमा प्रयोग नहुने किसिमका शब्द, अर्थ र विभक्ति संयोजनको प्रयास भएको, भाषिक खिचडीपन देखिएको, विज्ञापन सम्प्रेषणीय हुनुपर्नेमा त्यसो हुन नसकेको, निश्चित उपभोक्ता समूह र क्षेत्रमा सीमित हुन पुगेको आदि कारणले एकातिर विज्ञापन प्रभावकारी हुन सकेको छैन भने अर्कोतिर नेपाली भाषा विकृत बन्दै गएको देखिन्छ । भवतु सब्ब मंगलम् ।
प्रतिक्रिया