Washington DC, US : April 1, 2025, Tuesday 01:17 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|सुरेश रजक रहेनन्, समवेदनाहरु पनि रहेनन् कि ?|सत्य र न्यायको खोजी अभियानद्वारा आयोग गठनको माग, आन्दोलनमा पक्राउ परेकाहरुको विवरण पनि माग|‘संसारमा यस्तो आततायी र हिँसा भड्काउने प्रधानमन्त्री अर्को छैन’|नेपालसंग जोडिएको चीनको बिकास लोभ लाग्दो, अब उड्ने ट्याक्सी !|युद्धग्रस्त म्यान्मारमा भूकम्पका कारण २,७०० जनाको ज्यान गयो, ४,००० जनाजति घाइते र २७० जना अझै सम्पर्कविहीन|कविन्द्र कायस्थको  नेतृत्वमा नेपाली सम्पर्क विभाग फ्रान्स गठन|संसद फेस गर्न नसक्ने दुइ तिहाइको तर “लुते” सरकार, संसदको चालु अधिवेशन अबरुद्ध भएपछि अन्त्य गर्ने निर्णय !|भाट भटेनीका पाउरोटी, तरकारी चोरहरु !|मारिएका पत्रकार सुरेश रजकका परिवारले प्रधानमन्त्री ओलीलाई भेटे|प्रधानमन्त्री खड्ग प्रसाद ओली माथि छानबिन र कारवाहीको माग

विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २३ देखि पोखरामा हुने

  NepalMother.com | ४ माघ २०८१, शुक्रबार १०:५८

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २३ देखि पोखरामा हुने भएको छ । विश्वविद्यालय अनुदान आयोगको सह–आयोजना तथा गण्डकी विश्वविद्यालयको समन्वयमा हुने प्रतियोगितामा विभिन्न ४ खेलमा प्रतिस्पर्धा हुनेछ । भलिबल, एथलेटिक्स, टेबलटेनिस र ब्याडमिन्टनमा १७ स्वर्णका लागि प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक तथा राखेप सदस्य मधुसुदन सुवेदीले जनाएका छन् ।
भलिबलमा ब्वाइजतर्फ खेल हुनेछ । व्बाइज र गर्ल्स एथलेटिक्समा ४–४ तथा टेबलटेनिस र ब्याडमिन्टनमा २–२ स्पर्धामा खेल हुनेछ । प्रतियोगितामा १० विश्वविद्यालयका २ सय ६० खेलाडी सहभागी हुने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जानकारी गराए । दुईदिने प्रतियोगिताका सम्पूर्ण खेल पोखरा रंगशाला हातामा खेलाइने छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा संयोजक सुवेदीको अध्यक्षतामा शुक्रबार राखेपमा बसेको बैठकमा छलफल भएको थियो ।

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।