Washington DC, US : November 21, 2026, Saturday 09:45 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|‘सिन्दुरे जात्रा’ मंसिर १८ देखि प्रदर्शनमा, दर्शकमाझ बढ्दो उत्साह|म त मर्छु कि क्या हो ? Episode – 11|दैलेखमा हृदयविदारक घटना : आफ्नै परिवारमाथि बन्चरो प्रहार, श्रीमती र दुई सन्तानको मृत्यु, ६ वर्षीय छोरा जीवनमरणको संघर्षमा|ट्रम्पले स्टिफन मिलरलाई सोधे ‘राष्ट्रपति चुनाव लड्ने हो ?’|ट्रम्पद्वारा राष्ट्रिय साइबर सुरक्षा निर्देशक बर्खास्त, हवाई सेवा, बैंकिङ र सरकारी प्रणाली प्रभावित|अमेरिकाले इरानमाथि लगाएको समुद्री नाकाबन्दीका कारण विश्वव्यापी व्यापार र ढुवानी खर्च प्रभावित, युद्धमा अमेरिकाको करिब ४८ अर्ब डलर खर्च|चीनमा ट्रम्प, पुटिन र सी चिनफिङबीच ऐतिहासिक त्रिपक्षीय वार्ता सम्पन्न, विश्वशान्ति र आणविक सुरक्षामा संयुक्त घोषणा|काठमाडौंलाई २४ सै घण्टा खुला गर्ने तयारी|चीनमा एकै ठाउँमा ट्रम्प, पुटिन र सी चिनफिङ, ऐतिहासिक त्रिपक्षीय वार्तामा विश्वको ध्यान|प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण र द्विपक्षीय सम्बन्धका आधार

‘सिन्दुरे जात्रा’ मंसिर १८ देखि प्रदर्शनमा, दर्शकमाझ बढ्दो उत्साह ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको परिकल्पना, कथा र निर्देशन रहेको ‘सिन्दुरे जात्रा’ मंसिर १८ देखि प्रदर्शनमा, दर्शकमाझ बढ्दो उत्साह

  NepalMother.com | ६ मंसिर २०८३, शनिबार ०९:४३

काठमाडौं, मंसिर ५। ऐतिहासिक कथावस्तु, नेपाली मौलिकता र चर्चित कलाकारहरूको सशक्त अभिनय समेटिएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘सिन्दुरे जात्रा’ यतिबेला चर्चामा छ। ऐतिहासिक सफलता हासिल गरेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको निर्देशनमा बनेको यो चलचित्र आगामी मंसिर १८ गते अर्थात् डिसेम्बर ४, २०२६ देखि नेपालसहित विदेशका विभिन्न स्थानमा प्रदर्शन हुने तयारीमा छ।

नेम महर्जनको निर्माणमा तयार भएको चलचित्रमा कार्यकारी निर्माताका दिनेश खड्का, सहनिर्माता राकेश खड्का, श्याम मगर, सुमन रञ्जित रहेका छन्। अनिश अधिकारी लाइन प्रोड्युसर रहेको चलचित्रको लेखन सबिन अधिकारी र वसन्त न्यौपानेले गरेका हुन्।

चलचित्रमा ‘पूर्णबहादुरको सारङ्गी’बाट व्यापक चर्चा कमाएका अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइलीसँगै लोकप्रिय कलाकारहरु विनोद न्यौपाने, रामप्रसाद खनाल, देशभक्त खनाल, राकेश खडका, अनिता गिरी, रजनी गुरुङ, युना खड्का, उषा खड्गी, कमलमणि नेपाल, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, विकास जोशी, हिउँवाला गौतम, विनोद परियार र विजय बस्याललगायत कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रको प्राविधिक तथा सिर्जनात्मक पक्षमा पनि अनुभवी व्यक्तिहरूको सहभागिता छ। विशाल घिमिरे क्रिएटिभ निर्देशक, शैलेश खत्री क्रिएटिभ प्रोड्युसर, बाबु श्रेष्ठ छायाकार, सुरेन्द्र पौडेल सम्पादक, प्रशान्त सिवाकोटी सङ्गीतकार र साहस शाक्य पार्श्व सङ्गीतकारका रूपमा रहेका छन्। त्यसैगरी गणेश अछामी, रिचवेद, सन्ध्या राना, सन्तोष मल्ल, कुशल खड्का, समर चौलागाईं, सुप्रिम पराजुली, नकुल खड्का, नारायण गैरे, उत्तम न्यौपाने, तौवा स्टुडियो र सुरक्षा भट्टराईलगायतको पनि चलचित्र निर्माणका विभिन्न पक्षमा योगदान रहेको छ।

यसैबीच चलचित्रको गीत ‘बांसैको सुप्लाके’ सार्वजनिक भएसँगै चर्चित बनेको छ। गीतको आकर्षक नृत्य निर्देशन चर्चित कोरियोग्राफर स्मृति तिमिल्सिनाले गरेकी छन्। गीतले चलचित्रप्रति दर्शकको चासो र उत्सुकता अझ बढाएको निर्माण पक्षको विश्वास छ।

नेपाली समाजको इतिहास, संस्कृति, परम्परा र मौलिक परिवेशलाई कथाको केन्द्रमा राखिएको ‘सिन्दुरे जात्रा’ उत्कृष्ट चलचित्र बनेको निर्माण पक्षको दाबी छ। सफल निर्देशक, अनुभवी निर्माण टोली, लोकप्रिय कलाकारहरूको उपस्थिति र चर्चित गीतका कारण यस चलचित्रलाई दर्शकले उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन्।

मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने ‘सिन्दुरे जात्रा’ले नेपाली चलचित्र क्षेत्रमा कस्तो प्रभाव छोड्ला भन्ने विषय अहिले चलचित्रप्रेमीहरूको चासोको केन्द्रमा छ।

May be an image of text

May be an image of one or more people, television and text

May be an image of one or more people and text

No photo description available.

May be an image of text

No photo description available.

May be an image of text

May be an image of text

No photo description available.

May be an image of text

May be an image of text

May be an image of smiling and text

 

भगवान श्री कृष्णको भजन सुनौं, हेरौं, मनन गरौँ !

https://www.youtube.com/@RamPrasadKhanal

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।