नेपालमा कति सम्म गरिँदो रहेछ ? कति सम्म न्याय को उपहास हुँदो रहेछ ? त्यो पनि प्रहरी प्रधान कार्यालय र सर्बोच्च अदालतको यति कम दुरी मा ? प्रहरी महानिरीक्षकको मुद्दामा, यति संबेदनशील मुद्दामा त यस्तो भने पछि सर्ब साधारण को हक मा कस्तो सम्म हुन्छ होला अनुमान गर्नुस यो अदालतको आदेश पढेर !!

बजारमा व्यापक चर्चा, परिचर्चा र आलोचना भएपछि यसैबीच नेपाल प्रहरीका महानिरीक्षक डा. मनोज केसीले सर्वोच्च अदालतबाट जारी भएको म्याद सोमबार बुझेका छन्। यसअघि प्रहरी प्रधान कार्यालयले म्याद बुझ्न अस्वीकार गरेको भन्दै सर्वोच्चका तामेलदारले प्रतिवेदन बुझाएपछि यो विषय चर्चामा आएको थियो। सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले पुनः म्याद जारी गर्न आदेश दिएको थियो। प्रहरी प्रधान कार्यालयका कानुनी सल्लाहकार अधिवक्ता करुणाकर मल्लिकका अनुसार केसीले स्वयं म्याद बुझेर भर्पाईसमेत सर्वोच्चमा पठाएका छन्। तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएर केसीलाई नियुक्त गरिएको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले मंसिर ९ गते प्राथमिकताका साथ सुनुवाइ गर्ने आदेश दिएको छ। उक्त सुनुवाइमा कार्कीलाई प्रहरी महानिरीक्षक पदमा पुनर्स्थापना गर्ने अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा छलफल हुनेछ।
प्रतिक्रिया