जिब्रो स्वाद लिने छ साथ सयनै वर्षौँ बडो तन्मय
आँखा मात्र असी प्रकाशमय छन् पक्रेर आफ्नो लय
पापी पेट छ जन्मदै सँगसँगै यो मृत्यु पर्यन्तक
यौटै सकृय धेर नित्य मन यो झन् झन् बनी संविद
चल्छन् कान दिमाग जन्म नलिँदै हुन्छन् नमर्दा तक
गोडाको सय आयु हो करहरू चल्छन् कमाएतक
नब्बेसम्म छ सम्झना उदरको आगो ननिभ्दातक
मात्रै एक रहेछ भित्र मनको सत्चेतना संविद
छन् सौन्दर्य र सौर्य चालिस कटे ओझेल देखावटी
भोगेको जति मात्र हो धन निको पार्ने भए ओखती
खाना होइन स्वादिलो अति मिठो पक्वान्न हो भोकले
मान्छेको मन जन्ड हो चिज अरू उस्तै प्रकारान्तले
जान्छन् दाँत झरेर पर्दछ मुजा गाला र छाला मिही
आफ्नै आँगन दूर हुन्छ बलको दुर्भिक्ष्यले घेरिई
सिद्दिन्छन् मद माद घ्राण प्रतिभा श्री प्राण धी यौवन
कैल्यै हुन्न बुढो न थाक्छ कहिल्यै बढ्दो छ झन् झन् मन
प्रतिक्रिया