Washington DC, US : June 29, 2026, Monday 05:12 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Cartoon|सत्तामा पुग्न जे पनि गर्ने, पुगे पछि देश लुट्न थाल्ने, आफु आफु मै कुकुर बिराला झैं लड्ने, फेरि फुट्ने कम्युनिस्टहरु फेरि एक हुने रे !|१३औँ म्युजिकखबर म्युजिक अवार्ड सम्पन्न, ३३ विधामा उत्कृष्ट घोषणा|प्राकृतिक चिकित्सक डा. चेतना पौडेलको पक्राउ पछि….|वरिष्ठ लोक गायक एबम पत्रकार रामप्रसाद खनालको नयाँ कृष्ण भजन ‘के लिएर आएका थ्यौ सोंच त’ विश्वव्यापी रूपमा सार्वजनिक|भेनेजुएलामा महाभूकम्प : मृत्यु संख्या ९२० नाघ्यो, ३ हजारभन्दा बढी घाइते|अमेरिकाले इरानमाथि फेरि गर्‍यो सैन्य आक्रमण|Breaking News : राजाले आफूले तिरेको कर (ट्याक्स) सार्वजनिक गरे||ट्रम्पले भूकम्पबाट “अत्यन्तै विनाशकारी मानवीय क्षति” भएको उल्लेख गर्दै संयुक्त राज्य अमेरिका उद्धार तथा राहत सहयोगका लागि पूर्ण रूपमा तयार रहेको बताए

१३औँ म्युजिकखबर म्युजिक अवार्ड सम्पन्न, ३३ विधामा उत्कृष्ट घोषणा

  NepalMother.com | १४ असार २०८३, आईतवार २३:३७

काठमाडौं । नेपाली गीत–संगीत क्षेत्रमा क्रियाशील स्रष्टा, कलाकार, प्राविधिक तथा संगीतकर्मीहरूको योगदानको सम्मान गर्दै आयोजित ‘१३औँ म्युजिकखबर म्युजिक अवार्ड–२०८२’ भव्य रूपमा सम्पन्न भएको छ। विगत १३ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको अवार्ड समारोह यस वर्ष काठमाडौंको बालुवाटारमा सम्पन्न भएको हो। ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा वर्षभर उत्कृष्ट योगदान दिएका कलाकार तथा स्रष्टालाई विभिन्न ३३ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो।

May be an image of one or more people and text

म्युजिकखबरको प्रस्तुति तथा शुभकामना मिडिया सोलुसन्सको आयोजनामा सम्पन्न कार्यक्रममा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। अवार्ड सल्लाहकार राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, वरिष्ठ कवि तथा पूर्वमन्त्री एसपी कोइराला, वरिष्ठ कलाकार निर्देशक मोहन निरौला, अन्तराष्ट्रिय कलाकार मंच अमेरिका का अध्यक्ष एबम वरिष्ठ लोक दोहोरी गायक, कलाकार तथा अग्रज पत्रकार राम प्रसाद खनाल, वरिष्ठ संगीतकार शक्तिबल्लभ, गीतकार चूडामणि देवकोटा, गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ लोक गायक प्रेम राजा महत लगायत चलचित्र, साहित्य तथा संगीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

यस वर्षको ‘म्युजिकखबर दीर्घ साधना सम्मान–२०८२’ नेपाली संगीतका वरिष्ठ संगीतकार शम्भुजीत बासकोटालाई प्रदान गरिएको छ। नेपाली संगीत क्षेत्रमा दशकौँदेखि पुर्‍याएको अतुलनीय योगदानको कदरस्वरूप उहाँलाई दोसल्ला, सम्मानपत्र तथा नगद रु. ५१ हजार सहित सम्मान गरिएको हो। सम्मान समारोहमा गायिका टीका प्रसाईंले शम्भुजीत बासकोटाका चर्चित सिर्जनाहरू प्रस्तुत गर्दै विशेष सांगीतिक श्रद्धाञ्जली अर्पण गरेकी थिइन्।

त्यसैगरी ३५ वर्षभन्दा लामो समयदेखि गीत–संगीत र साहित्य क्षेत्रमा सक्रिय रहेकी गीतकार उन्नती शीला बोहरालाई ‘म्युजिकखबर शब्दशीला विशिष्ट सम्मान’ प्रदान गरिएको छ। नेपाली गीत–संगीतमा दुई दशकभन्दा बढी समयदेखि निरन्तर योगदान पुर्‍याएका वरिष्ठ गीतकार विजय शिवाकोटीलाई ‘म्युजिकखबर रजत संगीत सम्मान’ अर्पण गरिएको थियो।

May be an image of one or more people, dais and text that says 'BADRITHAPA BADRI rHAPA PHOTOGRAPHY อส 13 MUSICKHABAR KHABAR MUSICIHA MUSIC owARne 日・ん SPDI ABAR SuryaJyo म्यूजिक खबर चलचित्रकर्मी तथा संगीतकर्मी सम्मा समारोह-શ શ0८३ૂ BUC3 असहार बते আ.ল Voting Prenctedby 。 AVTHION +POEPITA spansoredby စ်တါ Fonel আন Suryadyoti ग्यूजिक शर्वबर สุ้ทย์ साधठा राम्मार्ज ২० artner रधजा TODAY GMiN មមណ"'

हरेक वर्ष प्रदान गरिने ‘म्युजिकखबर दशक संगीत सम्मान’ यस वर्ष लोकप्रिय गायक शिव परियार र गायिका कालिका रोका मगरलाई प्रदान गरिएको छ। युवा पुस्ताका स्रष्टालाई प्रोत्साहन गर्ने उद्देश्यले गीतकार पुरुषोत्तम सानु र सुशिला पौडेललाई युवा संगीत सम्मान प्रदान गरियो।

प्रवासमा बसेर पनि नेपाली गीत–संगीतको सिर्जनामा निरन्तर सक्रिय रहेकी अमेरिकावासी गीतकार पुष्पा खनाललाई डायस्पोरा संगीत सम्मान प्रदान गरिएको छ। त्यसैगरी प्रवासमै रहेर गायन क्षेत्रमा योगदान पुर्‍याउँदै आएकी गायिका नीता आचार्यलाई डायस्पोरा गायन सम्मान प्रदान गरियो।

संगीत पत्रकारितामा उल्लेखनीय योगदान पुर्‍याएका पत्रकार कुवेर गिरी र गोपीकृष्ण चापागाईंलाई जनही रु. ५,५५५ सहित म्युजिकखबर संगीत पत्रकारिता सम्मान प्रदान गरिएको थियो। प्रतिभाशाली बाल कलाकार युनिश घिमिरेलाई बाल प्रतिभा सम्मान, डा. रणजित झालाई संगीतकर्मी सम्मान तथा सञ्चार प्राविधिक क्षेत्रमा योगदान पुर्‍याएका उदयराज शर्मालाई सञ्चारकर्मी सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

लोकप्रिय गीतकार लोकराज अधिकारीको संयोजकत्वमा वरिष्ठ गीतकार तथा संगीतकार कस्तुप पन्त र लोकप्रिय गायिका देवी घर्ती सम्मिलित निर्णायक मण्डलले विभिन्न ३३ विधाका उत्कृष्ट विजेता छनोट गरेको थियो।

सुगम संगीततर्फ ‘हृदयमा’ गीतबाट प्रविन बेडवाल उत्कृष्ट गायक तथा ‘गुन भुल्यौ’ गीतबाट सारिका घिमिरे उत्कृष्ट गायिका घोषित भए। डम्बर याक्सो ‘मुस्कान छैन आज’ गीतबाट उत्कृष्ट गीतकार तथा शंकर थापा ‘स्माइल’ ‘मेरा सुरहरू’ गीतबाट उत्कृष्ट संगीतकार घोषित भए। सरला श्रेष्ठ उत्कृष्ट महिला गीतकार तथा मनोज खड्का उत्कृष्ट डायस्पोरा गीतकार बने।

May be an image of dais and text

संगीत संयोजनतर्फ नरेन्द्र वियोगी, महिला भिडियो मोडलतर्फ झरना रिसाल, पुरुष भिडियो मोडलतर्फ सुरेश कोह्ली, छायांकनतर्फ अजय रेग्मी, सम्पादनतर्फ पदम सुवेदी, निर्देशनतर्फ राहुल शाह तथा ध्वनि सम्पादनतर्फ नरेश बीबीसी उत्कृष्ट घोषित भए।

युगल गायनतर्फ कर्णराज गिरी र कमला रेग्मी विजेता बने भने राष्ट्रिय भावको गीततर्फ सुरेन्द्र खड्का सम्मानित भए। पप संगीततर्फ विनय कार्की क्षेत्री, रविन श्रेष्ठ र आश्रा कुँवर क्रमशः उत्कृष्ट संगीतकार, गायक र गायिका घोषित भए।

चलचित्र संगीततर्फ ‘लाज शरणम्’ चलचित्रको गीतबाट सुरज पण्डित उत्कृष्ट पार्श्वगायक तथा ‘ऊनको स्वीटर’ चलचित्रको ‘फकाउँछ काफ्ले’ गीतबाट झुमा लिम्बु उत्कृष्ट पार्श्वगायिका घोषित भइन्। चलचित्र संगीतकारतर्फ थानेश्वर गौतम तथा चलचित्र गीतकारतर्फ युवराज काफ्ले सम्मानित भए।

लोकदोहोरीतर्फ अर्जुन सापकोटा उत्कृष्ट गायक तथा लक्ष्मी आचार्य उत्कृष्ट गायिका घोषित भए। भाकातर्फ नवीन परियार, शब्दतर्फ प्रसाद लामिछाने, भिडियो मोडलतर्फ पल शाह र नारायणी खत्री, निर्देशनतर्फ दीप गुरुङ, नवप्रतिभातर्फ रेखा पोख्रेल र मनोहर शर्मा, तथा कल्चरल गायनतर्फ सुशीला गौतम उत्कृष्ट घोषित भए।

यसैगरी जुरी अवार्ड गीतकारतर्फ कल्याण श्रेष्ठ, राष्ट्रिय भाव गीतकारतर्फ पारसमणि बराल, आधुनिक गीतकारतर्फ केशव भट्टराई, गायकतर्फ छिरिङ भुटिया, संगीतकारतर्फ बीबी अनुरागी तथा क्रिटिक्स अवार्ड पप गायनतर्फ सुनिल उप्रेती सम्मानित भए।

लोकप्रिय उद्घोषक मञ्जु पौडेल र निराजन भण्डारीले सञ्चालन गरेको समारोहमा टीका प्रसाईं, धिरज राई, देवान खनाल, पल शाह, नारायणी खत्री, युनिश घिमिरे लगायतका कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए।

विगत १३ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको म्युजिकखबर म्युजिक अवार्डले नेपाली गीत–संगीत क्षेत्रमा योगदान पुर्‍याएका स्रष्टा, कलाकार, प्राविधिक, पत्रकार तथा प्रवासी नेपाली प्रतिभाहरूलाई सम्मान गर्दै नयाँ पुस्तालाई सिर्जनात्मक यात्रामा प्रेरित गर्ने आफ्नो उद्देश्यलाई निरन्तरता दिएको आयोजकले जनाएको छ।

May be an image of one or more people, newsroom and text

May be an image of text

May be an image of one or more people, people smiling, dais and text that says 'BADRITHAPA OPHOTOGRAPHY 13 th MUSIC MUSICKHABAR KHABAR MUSIC EOWARDS ARDS ま一在 S ared redby th 13 KHABA K33nKИ teni yoti aparedb by yИKA BEVERAGE ng Partner A AVENTOZII HAISE 5'

May be an image of one or more people, dais and text

May be an image of one or more people

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor