राजसंस्था फाल्नका लागि राजसंस्थाकै बेइज्जत गर्न आवश्यक थियो। राजा वीरेन्द्र रहेसम्म राजसंस्थाको बेइज्जत गर्न सम्भव थिएन। त्यसैले देश भित्र र बाहिरका आतंकवादीहरूले ज्ञानेन्द्र र पारसलाई बिस्तारै बदनाम गर्दै गए। त्यसै बीच राजा वीरेन्द्रको हत्या गराएर त्यसको दोष राजा ज्ञानेन्द्र र पारसको थाप्लोमा राखिदिए। पहिलेदेखि नै चरित्र हत्या गरिँदै आएका राजा ज्ञानेन्द्र र पारसलाई हत्याको दोष लगाइयो। जनताले पनि हो भन्दै साथ दिए। राजसंस्था सधैँका लागि फाल्ने यिनीहरूको योजना अनुसार दोष ज्ञानेन्द्रलाई दिएर उनीहरू उम्किए र त्योभन्दा पनि लामो समयसम्म जनतालाई भ्रममा राख्न सफल भए।
जसकी श्रीमती मारिएकी छिन्, जसका लोग्ने, बहिनी र ज्वाइँ मारिएका छन्, त्यस दिन प्रत्यक्ष देख्नेहरूले समेत कसले मारेको हो भनेर भनिसकेका छन्; तर पनि केही जनतालाई राजा ज्ञानेन्द्रले नै मारेको हो भनिदिनुपर्ने स्थिति छ। ! कुनै पनि घटनामा प्रत्यक्ष देख्नेहरूको प्रमाण कसैले पत्याउने हैन। आफ्नी आमा मारिएकी श्रुतिका छोरीहरू र उनको लोग्नेले केही नबोल्ने र कस्ले मारेको भनिसकेका छन्, तर यी उचालिएर उचाल्लिने नेताका भरौटेहरूका लागि भने ज्ञानेन्द्रले नै मारेको भनिदिनुपर्ने छ।
अहिले आएर बिदेसी मिडियामा कूटनीतिज्ञहरू र एजेन्टहरूले फलानो बिदेशीले नै मारेको कुरा गरिरहेका छन्। माओवादीको सहायतामा यो हत्या भएको कुरा मिडियामा एजेन्टहरूले भनिरहेका छन्, तर पनि मानिसहरू मान्न तयार छैनन्।आफ्नो दाजुको सम्पूर्ण परिवार मार्ने क्रूर, तानाशाह, निर्दयी राजाले जनताका १६ जना छोरा मर्दा २५० वर्ष पुरानो राजसंस्थाको गद्दी छोड्न तयार हुने, कहिल्यै कसैलाई दुर्वचन गरेर नबोल्ने मानिस कसरी त्यस्तो हत्यारा हुन सक्छन् कसैले प्रश्न गर्दैनन्।
अहिले कस्तो प्रस्ट देखिएको छ। राजतन्त्र फालेपछि उनीहरूकै सुरक्षामा खतरा देखेर एजेन्टहरू बौलाएका छन् र छरपस्ट गल्ती गरियो भनेझैँ अभिव्यक्तिहरू आउन थालेका छन्। अचम्म लाग्छ, केही नेपालीहरू हत्याको दोष पीडितलाई नै लगाएर केही कुण्ठित राजनीतिक दलकै विभेदपूर्ण भाषा बोल्न छोड्दैनन्।देख्नेहरूले राजा दीपेन्द्रले मारेको देखेकै हुन् भनेका छन्। हामीले देख्नेको कुरा मान्ने कि प्रचण्ड र बाबुरामका कुरा मान्ने, त्यो हो प्रश्न। दीपेन्द्रले मारेको देख्नु गलत होइन, तर मार्ने दीपेन्द्र नहुन सक्छन् कि भनेर त्यो भने खोजिनुपर्थ्यो।
नेपालको राजनीतिमा प्रचण्ड र बाबुराम जस्तो बेइमानी राजनीति गर्ने अरू कुनै पात्र छैनन्। राजा ज्ञानेन्द्रको नाममा दोष दिएपछि आफ्नो राजनीतिक अभीष्ट पूरा गर्नकै लागि सहज बाटो खुल्दथ्यो, उनीहरूले त्यसै गरे। हामीले पत्यायौँ, आफ्नो विवेक प्रयोग गरेनौँ। सुनेको र हल्ला फिँजाइएकै कुरा फैलाउँदै यो देशलाई सबैभन्दा बढी माया गर्ने, एकताको प्रतीक, सबैका साझा र सबैभन्दा राष्ट्रवादी शक्तिलाई तिरस्कार गर्दै राजसंस्थालाई घृणा गरेर बहिष्कार गर्यौँ।
गणतन्त्र आएको यो समयावधिमा राजाले कसैलाई पनि गाली गरेनन्, देश छोडेर कहिल्यै बाहिर गएनन्, कहिल्यै देशबाहिर उपचार गरेनन्। त्यत्रो दरबार छोडेर जाँदा आफ्नी श्रीमतीलाई छेउमा राखेर एक्लै खाली हात दरबार छोडेर गए, कहिल्यै निराश र दुःखी देखिएनन्। कहिल्यै जनताको माझमा जान छोडेनन्। हरेक नेताले उनलाई हरेक समय गाली गरे, तर पनि ‘मिलेर जाऔँ’ भनिरहे। पछिल्लो समय रवि लामिछाने जस्ता आफ्नो स्वार्थमा नागरिकता फेरिरहने मान्छेले समेत सधै देश कुरेर बसेका राजालाई ‘रोडबाट भए रोडबाट नभए भोटबाट’ भनेर चुनौती दिए। आफ्नो अगाडि केही सय भीड देखेर उत्तेजक बनेर राजालाई चुनौती दिने रवि लामिछानेलाई लाज, सरम र घीन केही लागेन। राजाको स्वागतमा उनको पछि लागेको त्यो भीडको आडमा राजाले जे पनि गर्न सक्थे तर राजाले कसैलाई गाली गरेनन् होच्चाएर बोलेनन्।जेन्जी आन्दोलन पछि फिर्ता भईसकेको राजगद्दी जनताले नदिए सम्म लिन्न भनेर त्याग गरे। उनले आफ्नो पछाडिको भीडलाई अराजक बन्न दिएनन्।मिलेर जाउ भनिरहें। आफ्नो अगाडि थोरै भीड देखे पछि राजालाई समेत होच्याउन तयार अबसरबादी रबी तिरै हेरेर हामीले फेरि ताली ठोक्यौँ र ताली ठोक्नेको औकात आफैँलाई देखायौँ।
प्रतिक्रिया