Washington DC, US : July 25, 2026, Saturday 07:03 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको सङ्ख्या थप गर्ने विषयलाई लिएर ‘राष्ट्रिय जेन–जी नागरिक अभियान’ को बिरोध प्रदर्शन|विकास कि विस्थापन ? राज्य किन मानव अधिकार उल्लङ्घनतर्फ उन्मुख हुँदैछ ?|गीत : प्रेम नशा रहेछ भुल्न सक्दिनँ|भूमिकाको पीडा !|इरान समर्थित यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको दक्षिणी सहर जिजानमा मिसाइल आक्रमण|प्रश्नपत्र लिक विवादपछि भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा|के के भइरहेको छ भारतको आन्दोलनमा ? अब के हुन्छ ?|अमेरिका साउदी आणविक सम्झौता सार्वजनिक हुने तयारी|भूमिगत गिरोह बालेन युगमा भने साँच्चिकै सक्रिय !|ट्रम्पको नयाँ व्यापारिक प्रहार : क्यानडाका अधिकांश वस्तुमा ५० प्रतिशत आयात शुल्क

रास्वपाको संगठन विस्तारमै संकट : जिल्ला अधिवेशन विवादले पार्टीभित्र बढायो असन्तुष्टि जिल्ला अधिवेशनमार्फत तल्लो तहका संरचनालाई वैधानिक र निर्वाचित नेतृत्वमा रूपान्तरण गर्ने अभियान सुरु भए पनि विभिन्न जिल्लामा देखिएको विवाद, गुटीय प्रतिस्पर्धा र केन्द्रीय तहको हस्तक्षेपका आरोपले अधिवेशन प्रक्रिया नै प्रभावित बनेको छ।

  NepalMother.com | २४ जेष्ठ २०८३, आईतवार २१:००

काठमाडौं । पहिलो राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले आफ्नै संगठन निर्माण प्रक्रियाभित्र उत्पन्न विवादका कारण दबाबमा परेको छ । जिल्ला अधिवेशनमार्फत तल्लो तहका संरचनालाई वैधानिक र निर्वाचित नेतृत्वमा रूपान्तरण गर्ने अभियान सुरु भए पनि विभिन्न जिल्लामा देखिएको विवाद, गुटीय प्रतिस्पर्धा र केन्द्रीय तहको हस्तक्षेपका आरोपले अधिवेशन प्रक्रिया नै प्रभावित बनेको छ।

पार्टीले जेठ २३ र २४ गते अधिकांश जिल्लामा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर मधेस प्रदेशका धेरै जिल्लामा सहमति जुट्न नसकेपछि अधिवेशन नै स्थगित गरी जेठ २५ र २६ गतेका लागि सारिएको छ।

कोसी प्रदेशमा भने नेतृत्व चयनको प्रक्रिया तुलनात्मक रूपमा सहज देखिएको छ । झापा, मोरङ, सुनसरी, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, ओखलढुंगा, पाँचथर र संखुवासभामा नयाँ जिल्ला नेतृत्व चयन भइसकेको छ । तर धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा अझै नेतृत्व चयनको प्रक्रिया टुंगोमा पुग्न सकेको छैन।

मधेस प्रदेशमा भने विवाद झनै चर्किएको देखिएको छ। बारा जिल्लाका असन्तुष्ट कार्यकर्ताहरूको एक समूह आइतबार पार्टीको केन्द्रीय कार्यालय पुगेर धर्ना बसेका छन्। करिब सय जनाको समूहले नेतृत्वको निर्णयप्रति असन्तुष्टि जनाउँदै पार्टी कार्यालय घेराउ गरेको थियो।

यो विवादको केन्द्रमा बाराका पूर्व जिल्ला अध्यक्ष चन्दन स्वर्णकारमाथि गरिएको कारबाही रहेको बताइएको छ। पार्टीको केन्द्रीय समितिले अनुशासन आयोगको सिफारिसका आधारमा उनको सदस्यता खारेज गर्ने निर्णय गरेको थियो। उक्त निर्णय सार्वजनिक भएपछि बारामा पार्टीभित्र दुई धार स्पष्ट रूपमा देखिएको छ। स्वर्णकार पक्षले उक्त निर्णयलाई ‘राजनीतिक रूपमा समाप्त पार्ने प्रयास’ भन्दै विरोध जनाउँदै आएको छ।

यही विवादको प्रभाव महोत्तरी र धनुषासम्म पुगेको छ। महोत्तरीमा अधिवेशन स्थगित भएको छ भने धनुषा जिल्ला कार्यालयमा तालाबन्दीसमेत गरिएको छ।

बागमती प्रदेशका अधिकांश जिल्लामा भने नेतृत्व चयन सम्पन्न भएको छ। काठमाडौं, नुवाकोट, धादिङ, दोलखा, भक्तपुर र सिन्धुलीमा नयाँ नेतृत्व निर्वाचित भएको छ भने काभ्रेपलाञ्चोक र मकवानपुरमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ।

लुम्बिनी प्रदेशका दाङ, पाल्पा, रोल्पा, गुल्मी, बाँके र रुपन्देहीमा पनि जिल्ला नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। गण्डकी प्रदेशका कास्की, गोरखा, बाग्लुङलगायत जिल्लामा अधिवेशन जारी छ भने कर्णालीका हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत र कालीकोटमा प्रक्रिया सम्पन्न भइसकेको छ। सुदूरपश्चिम प्रदेशमा पनि केही जिल्लामा मात्रै नेतृत्व चयन भएको अवस्था छ।

पार्टीभित्रका नेताहरूका अनुसार रास्वपाले पछिल्लो समय विभिन्न राजनीतिक समूह, अभियान र संगठनलाई समेट्दै गएको कारण संगठनात्मक एकरूपता कायम गर्न कठिनाइ भइरहेको छ। विभिन्न पृष्ठभूमिबाट आएका नेताकार्यकर्ताबीच नेतृत्वको प्रतिस्पर्धा बढ्दा जिल्ला अधिवेशनहरू विवादित बन्न पुगेका हुन्।

पार्टी स्रोतका अनुसार समस्या केवल स्थानीय स्तरमा मात्र सीमित छैन। संगठन विभागको अपर्याप्त तयारी, निर्वाचन व्यवस्थापनमा देखिएको कमजोरी तथा केन्द्रबाट हुने भनिएको प्रत्यक्ष निर्देशनले समेत अवस्था जटिल बनाएको आरोप लागिरहेको छ। कतिपय जिल्लामा आवश्यक निर्णय र निर्देशन समयमै नपुग्दा अन्योल बढेको नेताहरू बताउँछन्।

समायोजन प्रक्रियामाथि पनि प्रश्न उठ्न थालेका छन्। विभिन्न राजनीतिक समूहबाट आएका व्यक्तिहरूको प्रभाव र शक्ति सन्तुलन मिलाउन खोज्दा अधिवेशनहरूमा अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै पार्टीभित्रै चिन्ता व्यक्त हुन थालेको छ।

गत प्रतिनिधिसभा निर्वाचनअघि विवेकशील साझा पार्टीका नेता–कार्यकर्ता, वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) निकट समूह, हाम्रो पार्टी नेपाल, थरुहट/थारुवान आन्दोलनका अगुवा तथा विभिन्न युवा अभियानमा सक्रिय व्यक्तिहरू रास्वपामा समाहित भएका थिए। यही व्यापक समायोजनको प्रभाव अहिले संगठन निर्माण प्रक्रियामा देखिएको विश्लेषण गरिएको छ।

रास्वपाले जिल्ला अधिवेशनपछि प्रदेश अधिवेशन सम्पन्न गर्ने योजना बनाएको छ। जेठ २६ देखि असार १ गतेसम्म सातवटै प्रदेशको अधिवेशन आयोजना गर्ने कार्यतालिका तय गरिएको छ। त्यसपछि चितवनमा पार्टीको केन्द्रीय महाधिवेशन आयोजना गरिनेछ।

पार्टी नेतृत्वले तदर्थ संरचनाबाट निर्वाचित, वैधानिक र जनआधारित संगठन निर्माण गर्ने लक्ष्य राखेको भए पनि अहिले देखिएको आन्तरिक असन्तुष्टि, गुटीय प्रतिस्पर्धा र व्यवस्थापकीय कमजोरीले उक्त लक्ष्य हासिल गर्न चुनौती थपिएको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor