Washington DC, US : June 27, 2026, Saturday 07:00 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|भेनेजुएलामा महाभूकम्प : मृत्यु संख्या ९२० नाघ्यो, ३ हजारभन्दा बढी घाइते|अमेरिकाले इरानमाथि फेरि गर्‍यो सैन्य आक्रमण|Breaking News : राजाले आफूले तिरेको कर (ट्याक्स) सार्वजनिक गरे||ट्रम्पले भूकम्पबाट “अत्यन्तै विनाशकारी मानवीय क्षति” भएको उल्लेख गर्दै संयुक्त राज्य अमेरिका उद्धार तथा राहत सहयोगका लागि पूर्ण रूपमा तयार रहेको बताए|नेपालमा बर्डफ्लुको संक्रमण पुनः तीव्र रूपमा फैलिन थालेपछि पशुपन्छी क्षेत्र गम्भीर संकटमा|पहिलो ७.२ र त्यसलगत्तै दोस्रो ७.५ म्याग्निच्युडको भूकम्प आएपछि देशभर राष्ट्रिय आपत्काल घोषणा|प्रधानमन्त्री तथा लेबर नेता सर कीर स्टार्मरले पार्टी नेतृत्वबाट राजीनामा दिने घोषणा गरेपछि….|अन्तर्राष्ट्रिय निगरानीमा नेपाल फेल, ‘ग्रे लिस्ट’ बाट हट्न सकेन, चेतावनी सहित एक बर्ष अर्को मौका|मेस्सी कीर्तिमानको खोजीमा हिँडिरहेका छैनन्, बरु कीर्तिमानहरू नै उनको प्रतीक्षामा बसेका छन

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको खबरदारी सभा, माफी माग्न माग प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा “नेपालले पनि भारतको भूमि मिचेको रहेछ” भन्ने आशयको अभिव्यक्ति दिएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ। उक्त भनाइ राष्ट्रिय हित र नेपालको आधिकारिक अडानविपरीत भएको दाबी गर्दै विभिन्न राजनीतिक दल, राष्ट्रवादी समूह तथा नागरिकस्तरबाट विरोध हुँदै आएको छ।

  NepalMother.com | २३ जेष्ठ २०८३, शनिबार १२:५९

काठमाडौं । नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्तिको विरोधमा श्रम संस्कृति पार्टीले शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। पार्टीले आयोजना गरेको खबरदारी सभामार्फत प्रधानमन्त्रीले दिएको अभिव्यक्ति फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न माग गरेको हो।

प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा “नेपालले पनि भारतको भूमि मिचेको रहेछ” भन्ने आशयको अभिव्यक्ति दिएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ। उक्त भनाइ राष्ट्रिय हित र नेपालको आधिकारिक अडानविपरीत भएको दाबी गर्दै विभिन्न राजनीतिक दल, राष्ट्रवादी समूह तथा नागरिकस्तरबाट विरोध हुँदै आएको छ।

शनिबारको प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्रीको भनाइलाई तथ्यहीन, गैरजिम्मेवार र राष्ट्रिय स्वाभिमानमाथिको प्रहारको रूपमा व्याख्या गरेका थिए। प्रदर्शनकारीहरूले नेपालको भूभाग कसैले मिच्न नपाउने र नेपालले पनि कुनै विदेशी भूमि अतिक्रमण नगरेको भन्दै प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका छन्।

प्रदर्शनमा सहभागी दलबहादुर गुरुङले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने बताए। उनले प्रधानमन्त्रीले सार्वजनिक रूपमा आफ्नो भनाइ गलत भएको स्वीकार गरी माफी नमागेसम्म आन्दोलन जारी रहने चेतावनी दिए।

उनले भने, “नेपालको भूमि कसैले मिच्न नपाओस् भन्ने हाम्रो अडान हो। नेपालले अरूको भूमि मिचेको भन्ने अभिव्यक्ति पूर्ण रूपमा असत्य र भ्रामक छ। प्रधानमन्त्रीले त्यसबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ।”

माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए। प्रदर्शनका क्रममा “संसदमा प्रधानमन्त्रीले दिएको तथ्यहीन अभिव्यक्ति फिर्ता गर”, “नेपाली माटोको रक्षा गर”, “राष्ट्रको सम्मान जोगाऔँ”, “लम्पसार कूटनीति होइन, स्वाभिमानको अडान राख”, “सिंहदरबारको कुर्सीमा बस्दा नेपालीको भरोसा बन” लगायतका नारा लगाइएको थियो।

प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको सीमा, राष्ट्रियता र सार्वभौमिकतासम्बन्धी संवेदनशील विषयमा अनावश्यक विवाद सिर्जना गरेको आरोप लगाएका छन्। उनीहरूले सीमा सम्बन्धी विषयमा सरकारको धारणा स्पष्ट हुनुपर्ने र प्रधानमन्त्रीले संसद्मा व्यक्त गरेको भनाइ सच्याउनुपर्ने माग दोहोर्‍याएका छन्।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा बहस तीव्र बन्दै गएको छ। विपक्षी दलहरू, विभिन्न सामाजिक संगठन तथा नागरिक अगुवाहरूले पनि यस विषयमा सरकारको स्पष्ट धारणा सार्वजनिक हुनुपर्ने माग गरिरहेका छन्।

यसबीच प्रधानमन्त्री कार्यालयबाट भने उक्त अभिव्यक्तिबारे औपचारिक स्पष्टीकरण वा प्रतिक्रिया सार्वजनिक गरिएको छैन। प्रधानमन्त्रीले आफ्नो भनाइबारे थप स्पष्टता दिने वा नदिने भन्ने विषय अहिले राजनीतिक चासोको केन्द्र बनेको छ।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor