नेपाली डायस्पोराको प्रस्तुति रहेको नयाँ गीत ‘लोभी नजर’ सार्वजनिक भएको छ । गीतकार सतीश चापागाईको शब्द रचना रहेको ‘लोभी नजर’ मा गायिका तथा संगीतकार बबिना भट्टराईको स्वर तथा संगीत समावेश छ ।
गीतको एरेञ्ज र गिटार वादन विश्व अधिकारीले गरेका छन् । मादलमा पोशन घर्ती मगर, बाँसुरीमा गोपाल देव र सारङ्गीमा हेमन्त कान्छा रसाईलीको योगदान रहेको छ । गीतको रेकर्डिङ शंकर लिम्बुले ओपल स्टुडियोमा गरेका हुन् भने मिक्सिङ र मास्टरिङको जिम्मेवारी पनि विश्व अधिकारीले नै सम्हालेका छन् ।
भिडियोतर्फ श्रृङ्गार यमुना पाण्डेले गरेकी छिन् भने पोशाक भैरभा बुटिकले उपलब्ध गराएको छ । रिमा फिल्मस्को पोस्ट–प्रोडक्सनमा तयार भएको भिडियोमा छायांकन दिनेश बिष्टले गरेका छन् । भिडियोको सम्पादन, कलर र निर्देशन मिराज अर्यालले गरेका हुन् ।
भिडियोमा कलाकारका रूपमा बबिना भट्टराई, आशिष अर्याल, शान्ति भट्ट, दिक्षा चौधरी र आशिष खतिवडा फिचर्ड छन् । बाल कलाकारका रूपमा आलोक अर्याल र आरुसी अर्यालको अभिनय देख्न सकिन्छ । नेपाली डायस्पोराको सहकार्यमा तयार भएको यस गीतले शब्द, संगीत र दृश्य संयोजनमार्फत समकालीन नेपाली गीत–संगीतलाई नयाँ प्रस्तुति दिएको निर्माण पक्षको भनाइ छ ।
प्रतिक्रिया