धन्न थियो सेना, पुलिस, बँचायो है भगाएर
पाँच मिनेट अघि मात्रै, हेलिकोप्टर मगाएर
त्यही सेना पुलिसलाई, तिनै ले नै गाली गर्छन्
थाहा छैन यस्ता मान्छे, कहाँ कस्तो मरण मर्छन् ?
ओहो तिनको भाषण सुन्नुस्, कसरी ती बोल्न सक्छन्
बर्बराहट उल्टै उनको, झुटका भण्डार खोल्न सक्छन्
अपमान भयो अरे एयरपोर्टमा चेक जाँच गर्दा
आन्दोलनका धम्की दिन्छन् गुन्डुहरु दाहिने पर्दा
अहङ्कार, घमन्डको खानी रहेछन् नमेटिने
यस्ता नेता नेपाल बाहेक अन्त कतै नभेटिने
उखान टुक्का छेडखानीमै जाने भयो यिनको जीवन
बिचरा ती पछि लाग्ने धिक्कार छ तिनको जीवन
जनता हो बुझ अहिले, भोट दिँदा बिचार गर
बाँच्नु पर्छ जिउँदो भएर, राम्रा छान भर पर
एउटा भोटले हार जित हुन सक्छ ध्यान देऊ
यही हो बेला परिवर्तन गर्ने समय मनमा लेउ
धन्न थियो सेना, पुलिस, बँचायो है भगाएर
पाँच मिनेट अघि मात्रै, हेलिकोप्टर मगाएर
त्यही सेना पुलिसलाई, तिनै ले नै गाली गर्छन्
थाहा छैन यस्ता मान्छे, कहाँ कस्तो मरण मर्छन् ?
#ramprasadkhanal
Lyrics, Music, Arrange: Ram Prasad Khanal,
Recording, Singing: AI
© Ram Prasad Khanal, २०२६
प्रतिक्रिया