Washington DC, US : January 22, 2026, Thursday 07:59 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|डाभोसबाट ट्रम्पको सन्देश : ‘हामीलाई चाहिएको सबै कुरा समेटिएको छ’|दूर्जेय चेतनाको ” मन मुटु साटेर “|प्रतिनिधिसभा निर्वाचनमा खडा भएका उमेदवारहरुको नामावली हेर्नुस !|Breaking News: एक वर्षमै ५८३ नेपाली अमेरिकाबाट निष्कासित|‘३० वर्ष प्रहरी सेवामा रहँदा अत्याचार विरुद्ध लडेँ, अब संसद्‌मा गएर भ्रष्टाचार विरुद्ध लड्ने योजना छ ।’|१६५ सिटका लागि ३ हजार ४ सय ८४ जनाले उम्मेदवारी दर्ता गराए|ल्होछार अमेरिकाको क्यालिफोर्निया राज्यमा साताव्यापी !|साउदी अरेबिया मा सोनाम ल्होछार तथा बृहत् सांस्कृतिक कार्यक्रम|योगेश भट्टराईलाई खुलापत्र !|डेनमार्कले ग्रिनल्याण्डमा सैन्य उपस्थिति उल्लेखनीय रूपमा विस्तार

अल्पायुमा छोडी जाने मेरो मुटुका दुई पाटा दिवंगत छोराहरु

  NepalMother.com | १० पुष २०८२, बिहीबार १०:१६

मलाई अल्पायुमा छोडी जाने मेरो मुटुका दुई पाटा दिवंगत छोराहरु’
आशा त थियो तिमीहरु मेरै साथमा सदैव हुनेछौ तर मेरो दुर्भाग्य! तिमीहरु मेरो कोखबाट जन्मेपनि हुर्केपनि मेरो भाग्यमा त्यो दिन देख्न लेखेको रहेनछ! जेष्ट सुपुत्रको रुपमा कुमार जन्मियौ, खुसीको सिमा रहेन असारको महिना थियो। भारि जीउले गाईगोठको हिलो छोप्न हिलाम्यै भुइमा पल्टेकी सुत्केरी गाईको स्याहार गरेर एउटी सुत्केरीको आशिस थाप्न सोतरको बढेमा डोको बिसाएकै केहिछिनमा तिम्रो यस पृथ्वीमा आगमन भएको थियो। जतिसुकै प्रशवपीडा भएपनि आफ्नो भविष्य आफ्नो कोखको मोती हेर्दा आनन्द विभोर भएकी थिएँ। कमजोरीले र तिम्रो आगमनले गर्दा गदगदले धेरै बेर कम्पन भएथ्यो स-शरीर।

खुशीको उत्कर्ष थियो हाम्रो घरमा! यसरि दिनहरु बित्दै गए। ३ बर्षपछी पुष ५ गते धान्यपुर्णिमाको दिन बलरामको पनि आगमन भएथ्यो। ज्योतिषले तिमीहरुको चिना लाउदै भन्नुभयो, “कुमारले सम्पूर्ण परिवारको पालनपोषण गर्नेछ, सबैलाई मान गर्नेछ। अरुको मुनि कामगर्न रुचाउदैन। हरेक कामको नेतृत्व आफैले गर्न रुचाउछ। यो बाबु सिंह राशिको हो र स्वभाव पनि सिंहको जस्तै हुनेछ।” बललाई झन् यो केटो यस घरको कुलदीप हुनेछ र देशबिदेशमा नाम राख्नेछ। अत्यन्तै हर्ष लग्यो। तिमीहरु दाजुभाइ आँगनमा नाँच्दा हामी सबै हर्षले बिभोर हुन्थ्यौं अनि तिमीहरुको झूमाईको तालमा हास्थ्यौ। कहिलेकाही तिमीहरुलाई सानो चोट लाग्दा छाती चिरिन्थ्यो, त्यसैले हेरचाह गरी रहन्थ्यौं। दिन प्रति दिन समय बित्दैगयो। तिमीहरुको उचाई अनि आकार बढे स्कुल जान थाल्यौ। मेरो आँखाले तिमीहरुकै बाटो हेरिरहन्थ्यो। ४ बजेसम्म घरघरी तिमीहरु आउने बाटो नियालिरहन्थे। जब तिमीहरु देखिन्थ्यौ तव मेरो शरीरमा एकप्रकारको खुशीको तरङ्ग संचारित हुनेगर्थ्यो। पालैपालो झ्याम्म अंगालो मार्दै तिमीहरुलाई चुमी रहन्थें।

 

सुखमा पनि दु:खमा पनि तिमीहरुमा नै भविष्य हेर्दै रमाई रह्यौं। पछी भाइबहिनी पनि जन्मिय। तिमीहरुको भन्दा उनीहरुको उमेर फरक भएकाले ति साना भाइबहिनीहरुलाई सदैव तिमीहरु नुहाई दिने, कपडा लाईदिने, कपाल कोर्ने, खाना खुवाउने गर्दथ्यौ। आफैले पालैपालो भाइबहिनी बोकी स्कुल लग्ने गर्दा हामीलाई संसारको कुनै दु:खले छोलाजस्तो लागेन। आफुमात्र यस संसारको सुखी मानिस रहेछु भन्ने लाग्थ्यो। झन पछी तिमीहरुले स्कुल जानुअघि र उताबाट फर्केपछि स्कुल ड्रेस नै नफुकाली बाबालाई पसलामा सघाउथ्यौ। म गदगद हुन्थे खुशीले! भोकले चुरभई आएका तिमीहरु मैले दिउसो देखि बनाएको खाजा पनि नखाई जिम्मेवारी निभाउंदा पुन:हर्षले बिभोर हुन्थे। जेजेसो भएपनि समय रोकिएन। तिमि दुई ठुला भयौ। उच्चा शिक्षाको लागी गर्वसाथ दाजुभाइ आ-आफ्ना कलेज जाँदा र आउदा हे भगवान! संसारमा सबैजना मजस्तै सुखि हुन भन्दै अकासतिर हेर्दै बिधातालाई नमन गरी हात जोड्थें। अध्ययन पछी कुमार पर्यटन ब्यबसायमा लाग्यौ। तिमीले पहिलोपटक आफ्नो इमान्दारीसाथ कमाएको रकम १ हप्ताको रु २५००० बाबालाई दिएको देख्दा मेरो देस कति सम्पन्न रहेछ भन्ने लाग्यो। तैपनि यँहा हाम्रा भाइ छोराहरु किन बेरोजगार भएका होलान भन्ने लाग्यो। तिमीलाई पर्यटन व्यवसायमा त्यसबेला प्रवेश गराउने श्री सुरेश महर्जनलाई र उनीहरु कार्यरत सुर्य ट्राभलको म सदैव आभारी रहनेछु।

 

प्यारो छोरा बलराम तिमि सन २००४ को जुलाई ३० मा अमेरिका जाँदा बाबाले र दादाले तिमीलाई काकाको कारमा एरपोर्ट लग्दा विह्वल भएको म तिम्रा साथीहरुका आँखामा आसुँ देख्दा तिमीलाई टाढा पठाउदा रोहिरहेको म यत्रो मान्छेहरुको मायाँ पाउन सफल छोराकी आमाले आँशु झार्नु हुन्न भन्ने लाग्यो र आफुलाई नियन्त्रण गरें। सकेसम्म तिम्रा साथीहरुलाई पनि आफैले नरोउ कान्छु बल छिट्टै आउछ भन्दै उनीहरुको आँशु पुछेर उनीहरुको निधारमा पालैपालो चुमेको थिएँ। झन बलु तिम्रा साथीहरुले मामु भन्दै मलाई अगालोमा भर्दा मेरो साथमा धेरै बलराम छन् भन्ने लग्यो। तिमीलाई एरपोर्टमा छोडेर अँध्यारो अनुहार लगाएर फर्केका तिम्रा बाबा र कुमारलाई ए लाहुरेहरु किन निराश हँ! भनेको हिजो मात्रै जस्तो लाग्छ। तिमि टाढा भएकोमा निराश भैरहदा र समय बित्दै जाँदा कहिले बलले उप-राष्ट्रपती सम्मान पायो रे! कहिले राष्ट्रपति सम्मान पायो रे! कहिले अमेरिकाको युनिभर्सिटी टप गर्‍यो रे! भन्दा म आमाको खुट्टा भुईमा हुन्थेन। गर्वले कुमार, स्वती, कान्छु र तिम्रा बाबालाई चुमीरहन्थे। छोरा कुमार! तिमीले हाम्रो घर अगाडिको बाटो पर्यटकहरुको लर्को ल्याइरहदा अनि “माई मम एंड पापा” भनेर सबै पर्यटकहरुलाई भन्दा सबैजनाले हामी छेउ बस्दै हामीलाई अंगालो मार्दै फोटो खिज्दा कुन आमा खुशीले पागल हुन्नन र! झनै तिमीले हजुरबा हजुरमालाई जो (८४ र ७८ बर्षका हुनुहुन्थ्यो) के छ ठिटाठिटी तपाईंहरुको बिबाह गरिदिउ भन्दै दुबैको गाला मुसार्थेयौ।

 

हजुरबुवा र हजुरआमाले “नक्कले बजिया” भन्दै तिम्रो कान समाउनुहुन्थ्यो। कहिलेकाँही तिमि बाहिरबाट घर अउना ढिला हुँदा तिम्रा भाइबहिनी टोलाईरहन्थे मानौं यिनीहरु पानी बिनाका माछा हुन। हामी भन्दा पनि उनीहरुको मानसपटलमा तिमिनै तिमि छाएका हुन्थ्यौ। अचानक!!! सन् २००८ डिसेम्बर २९ को औंशीको कालोरात्री बिनाग्रहण हाम्रो संसारको कालोग्रहण भयो। त्यो दिन रातिको सवा दस बजे संचारग्राम अगाडी तिम्रो मोटरसाईकल दुर्घटनामा परि मृत्यु भयो। उफ! कहिलेकहिँ जवान युवायुवतीको मृत्यु देखेर आर्यघाट वारी घन्टौं बसी रहने म। आज मेरो मुटूको यो दुर्दशा!!! मेरो बाबा, मेरो मुटु अब तिमि कहाँ छौ!! किन म जन्मदिने आमालाई र घरका सबैलाई टुहुरो बनाई गएको मेरो सर्वात्मा!! भनन तिमि काँहा छौ? काँहा?? काँहा??? प्यारो छोरा! तिमि मलाई छोडी गयौ तर मेरो ज्ञानीपुत्र तिम्रो स्वर्ग मै बास होस!! बिपतमा परेको म र मेरो परिवार। भताभुङ्ग भएको सपना! सबैको सहारा बलु! दादा गए पछी मलाई पाल्छु भन्ने मेरो कालु!! सदैव शान्त रही हाँसी रहने, मेरो बुद्ध !! परोपकारी भावना बोकेको महान आत्मा, मेरो सपना बिदेशमा शिक्षाको माध्यमले मेरो दुधको इज्जत राखी रहेको मेरो छोरा !! २००९ अक्टुबर ३ कोजाग्रत पुर्णिमाको मध्यरातले पराईमुलुकको मैदानमा तिम्रो ज्यान गयो ?? हे!पापी दैव!!! मैले के बिराएँ, मेरो मुटु पटक पटक चिरिस?? किन?? किन? चिरिस!

 

अहिले तिमीहरुलाई श्रद्दान्जली स्वरूप स्थापना गरिएको “लक्ष्मी प्रतिष्ठान” ले सत्रबर्ष पुरागरेको छ । तिमीहरुलाई सम्झि जीवन र जगतको यथार्थ बुझेर मनन गर्दा जन्म पछिको मृत्युको अस्तित्व स्वीकार्नुको विकल्प नहुने रहेछ। जतीसुकै पीडा भएपनि सहनै पर्ने रहेछ! तर तिमीहरुसँग सुखद दिन बिताउन मैले गरेको कल्पना अधुरो छ। त्यसैले तिमीहरुको यादमा यस पृथ्वीका अन्य भाइबहिनीहरुको,दिदिदाजुहरुको र आमाबुबाहरुको अनुहारमा तिमीहरुको बिम्ब खोज्दै छौं। कमजोर बर्गलाई सक्षम बनाई तिमीहरुले छोडिगएका बाँकी काम पुरागर्न कोसिस गर्दैछौं। जीवनभर खासै दु:ख नगरेका तिमीहरुका बाबा मलाई समेत आफ्नो साधनमा बोकेर गाउँ-गाउँका कुना-कुनासम्म पुग्दै तिमीहरुको बिम्ब हजारौमा खोज्दै हुनुहुन्छ, जसमा तिम्रा दाजु अर्जुन, तिम्रा भाइबहिनीहरु अनि तिमीहरुका सच्चा साथीहरुले सघाई रहेकाछन। कामना गर्छे ,हामी यो अभियान पुरागर्न सफल हुन सकौ! आशा छ तिमिहरु दुवैजना स्वर्गमा रही भगवान भयौ होला!!”लक्ष्मी प्रतिष्ठान” ले तिमीहरुले छोडेका बाँकि कामहरु गर्न सकोस! हामीलाई आशिर्वाद दिनु। सृष्टिको अर्को चक्रमा मिलेछ भने फेरी मेरै कोखमा जन्म लिन आउनु। यो जन्ममा त तिमीहरुसँग दिन विताई तिमीहरुको काखमा देह त्याग सम्भव भएन अर्को जन्ममा पुरा गर्नुछ। धेरै-धेरै तृष्णा बाँकिनै छ!! अनि सबैजना तिमीहरुले देखेको नेपाल सुन्दर, शान्त र समुन्नत बनाऊला अनि यहि देशका कुना कन्दरा दर्शन गर्न जाउला!! पुन: मेरै कोखमा जन्म लिन आउनु है !!
तिमीहरुको यादमा
आमा
लक्ष्मी गौतम

 

 

 

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

 

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।