Washington DC, US : July 18, 2026, Saturday 08:46 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|क्यानडाको डढेलोको धुवाँ अमेरिकामा फैलिँदा ….|इरानमाथि अमेरिकाको लगातार सातौँ रात हवाई आक्रमण|आज साँझदेखि देशभर मुसलधारे वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम उच्च, ६ प्रमुख राजमार्ग प्रभावित|साउनदेखि बैंक ब्याजदर थप घट्यो : निक्षेपकर्तालाई झट्का, ऋणीका लागि भने अवसर|माओवादीका पूर्वलडाकु रहेका एक व्यक्तिमाथि वैदेशिक रोजगारीका नाममा करोडौं रुपैयाँ ठगी गरेको आरोप|न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा|अविरल वर्षाले देशभर जनजीवन प्रभावित, कम्तीमा ६ जनाको मृत्यु, २१ घाइते|ट्रम्पको चेतावनी : ‘आज राति इरानमाथि फेरि ठूलो आक्रमण हुन्छ’|संयुक्त अरब इमिरेट्स (यूएई) ले सोमबार आफ्ना दुईवटा तेल ट्यांकरमाथि इरानले क्रुज मिसाइल आक्रमण गरेको आरोप|आधुनिक कतारका निर्माता तथा विश्व राजनीतिमा सानो खाडी राष्ट्रलाई प्रभावशाली शक्ति बनाउने कतारका पूर्व अमिर (फादर अमिर) शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन

“हामीले भेनेजुएलाको तटमा एउटा विशाल ट्यांकर जफत गरेका छौँ, यो अहिलेसम्मकै सबैभन्दा ठूलो हो” : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

  NepalMother.com | २५ मंसिर २०८२, बुधबार १९:०५

वासिङ्टन/ संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको तट नजिकबाट एउटा विशाल तेल ट्यांकर नियन्त्रणमा लिएको दाबी गरेको छ। ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त ट्यांकर हालसम्म अमेरिका द्वारा जफत गरिएको सबैभन्दा ठूलो जहाज भएको बताएका छन्। उनका अनुसार अमेरिकी सुरक्षाफौजले भेनेजुएलाको तट क्षेत्रमा ठूलो स्तरको सैन्य कारबाही गर्दै उक्त ट्यांकर नियन्त्रणमा लिएको हो। “हामीले भेनेजुएलाको तटमा एउटा विशाल ट्यांकर जफत गरेका छौँ, यो अहिलेसम्मकै सबैभन्दा ठूलो हो,” ट्रम्पले पत्रकारहरूसँग भने।

अमेरिकाकी महान्यायाधिवक्ता पाम बोन्डीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोमा हेलिकप्टरबाट अमेरिकी सैनिकहरू उक्त जहाजमा उत्रँदै गरेको दृश्य देखिएको छ। उनले उक्त जहाज लामो समयदेखि प्रतिबन्धमा रहेको र “विदेशी आतङ्कवादी सङ्गठनलाई सहयोग गर्ने अवैध तेल ढुवानी सञ्जालमा संलग्न” रहेको आरोप लगाएकी छन्। सीबीएस न्युजलाई अमेरिकी सेनाका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार ‘द स्किपर’ नाम दिइएको उक्त ट्यांकर नियन्त्रणमा लिने अपरेसनमा दुईवटा हेलिकप्टर, कोस्ट गार्डका १० सदस्य, १० जना मरीन र विशेष फौज सहभागी थिए। अपरेसन अमेरिकी युद्धपोतबाट सञ्चालन गरिएको बताइएको छ। स्रोतका अनुसार रक्षा सचिव पिट हेगसेथ यस कारबाहीबारे पूर्ण रूपमा जानकार थिए र ट्रम्प प्रशासनले यस्तै थप कारबाहीबारे पनि विचार गरिरहेको छ।

यो घटना अमेरिका पछिल्ला हप्ताहरूमा क्यारिबियन क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाइरहेको सन्दर्भमा भएको हो। अमेरिकाले यो तैनाथी लागूऔषध तस्करीविरुद्धको अभियानको हिस्सा भएको बताउँदै आएको छ।

यस घटनापछि अन्तर्राष्ट्रिय तेल बजारमा असर देखिएको छ। बुधबार तेल आपूर्ति छोटो अवधिमा प्रभावित हुन सक्ने आशङ्काले ब्रेन्ट क्रुडको मूल्य ०.४ प्रतिशतले बढेर प्रतिब्यारेल ६२.२१ अमेरिकी डलरमा बन्द भएको छ। यद्यपि अमेरिकामा पेट्रोल मूल्य अझै बहुवर्षीय न्यूनतम तहमै रहेको जनाइएको छ।

यता भेनेजुएलाले भने अमेरिकाले आफ्ना राष्ट्रपति निकोलस मादुरोलाई सत्ताच्युत गर्ने प्रयास गरिरहेको आरोप लगाएको छ। ट्यांकर नियन्त्रणमा लिइएको समाचार सार्वजनिक हुनुअघि नै आयोजित एक सम्बोधनमा राष्ट्रपति मादुरोले अमेरिका–भेनेजुएला सम्बन्धमा बढ्दो तनावबारे प्रतिक्रिया दिएका थिए।

उक्त कार्यक्रममा मादुरोले अमेरिकी हस्तक्षेपको आलोचना गर्दै भेनेजुएला फेरि कहिल्यै “तेल उपनिवेश” नबन्ने घोषणा गरे। उनले युद्धको विरोध गर्ने अमेरिकी नागरिकलाई सन्देश दिंदै सन् १९८८ को चर्चित गीत गाएर “युद्ध होइन, शान्ति” को आह्वानसमेत गरे।

मादुरोले अमेरिका भेनेजुएलाको तेल चाहन्छ भने अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्नुपर्ने स्पष्ट पारे। यद्यपि उनले आफूले भाषण गर्दा ट्यांकर जफतको जानकारी पाएका थिए वा थिएनन् भन्ने अझै स्पष्ट छैन।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफूले मादुरोसँग गत महिना यता कुनै संवाद नगरेको पनि स्वीकार गरेका छन्। क्यारिबियन क्षेत्रमा अमेरिकी सैन्य गतिविधि बढ्दै जाँदा दुवै देशबीचको सम्बन्ध झनै चिसिँदै गएको देखिन्छ।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor