Washington DC, US : November 10, 2025, Monday 06:01 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Breaking News : नयाँ दिल्लीको लालकिल्ला मेट्रो स्टेसन नजिक कार विस्फोट : ८ जनाको मृत्यु, २४ घाइते|नेपालका आजका ३ समाचार : नेपाली कांग्रेसभित्र फेरि ठूलो विवाद, मधेश प्रदेशकी प्रदेश प्रमुख पदमुक्त, कर्मचारीमाथि कुटपिट|“टेरिफको विरोध गर्नेहरू मूर्ख हुन् ! प्रति व्यक्ति कम्तीमा २,००० डलर (धेरै उच्च आय भएका बाहेक) सबैलाई दिइनेछ।” – राष्ट्रपति डोनाल्ड ट्रम्प|Breaking News : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसी विरुद्ध कानुनी कारबाही गर्ने चेतावनी, बीबीसीका न्यूज विभाग प्रमुख डेबराह टर्नेस र महानिर्देशक टिम डेवीले पदबाट राजीनामा|सरकारका ७ प्रमुख निर्णयहरू यस्ता, नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की नियुक्त|अमेरिकी संघीय सरकार बन्द (शटडाउन) अन्त्य हुने संकेत, ८ जना डेमोक्रेट सिनेटरहरूले पार्टी लाइन तोडेर रिपब्लिकनको पक्षमा मतदान गरे|ट्रम्पले आफ्ना सहयोगीहरू रुडी जुलिआनी, मार्क मेडोज, सिड्नी पॉवेल लगायतलाई “पूर्ण, सम्पूर्ण र बिना कुनै शर्त” क्षमादान दिए|के हाम्रो नेपाली समाज अहिले देखिएको वा देखाइएको जस्तो छ, त्यही नै हाम्रो वास्तविक अनुहार हो त ?|“अपराधी जहाँ भए पनि, कति शक्तिशाली भए पनि, अन्त्यमा सजाय पाउनेछन्।”|अनमोल मौलिक चित्रकला र पुस्तकहरूको विशाल संग्रह नष्ट

माइकी शेरेल न्युजर्सीको गभर्नर, डेमोक्र्याटको पकड पुनः सुदृढ शेरेलले आफ्नो चुनावी अभियानमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिहरूको कडा विरोधलाई प्रमुख सन्देशका रूपमा प्रस्तुत गरिन्

  NepalMother.com | २० कार्तिक २०८२, बुधबार ०७:५७

डेमोक्र्याट माइकी शेरेल न्युजर्सीको गभर्नर चुनीएकी छन्। यससँगै न्युजर्सीमा डेमोक्र्याट पार्टीले सत्ताको निरन्तरता कायम राखेको छ त्यो पनि ५० वर्षपछि पहिलोपटक दुई कार्यकालभन्दा धेरै समयसम्म एकै पार्टीले गभर्नर पद सम्हाल्ने गरी।  ५३ वर्षीया शेरेल राज्यको इतिहासमा पहिलो महिला डेमोक्र्याट गभर्नर बन्ने भएकी छन्। उनले रिपब्लिकन उम्मेदवार तथा ट्रम्प समर्थक ज्याक सियाटरेलीलाई पराजित गरिन्, जो गभर्नरका लागि तेस्रो पटक प्रतिस्पर्धामा उत्रिएका थिए।

शेरेलले आफ्नो चुनावी अभियानमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिहरूको कडा विरोधलाई प्रमुख सन्देशका रूपमा प्रस्तुत गरिन्। उनले लगातार सियाटरेलीको अभियानलाई ट्रम्पसँग जोड्दै उनले सहर र राज्यको प्राथमिक मुद्दा — जिवनयापन खर्च, बिद्युत तथा सेवा शुल्कको महंगी  बेवास्ता गरेको आरोप लगाइन्।

अमेरिकामा २०२५ को ‘अफ–इयर’ चुनाव सम्पन्न भएसँगै विभिन्न राज्य र सहरमा भएका निकालाहरूले आगामी राजनीतिक वातावरणको संकेत दिइरहेका छन्। न्यूयोर्क सहरमा जोह्रान ममदानी मेयर निर्वाचित भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिक्रियाहरू आउन थालेका छन्। ममदानी सहरका पहिला मुस्लिम मेयर तथा एक शताब्दीभन्दा बढी समयपछि सहरको सबैभन्दा युवा नेतृत्वका रूपमा अघि आएका हुन्।

न्यूजर्सीमा, डेमोक्र्याट मिकी शेरेल गभर्नरमा निर्वाचित भइन्। उनले रिपब्लिकन उम्मेदवार ज्याक सियाटरेलीलाई पराजित गर्दै राज्यमा डेमोक्र्याटको पकड पुनः सुदृढ बनाइन्।

क्यालिफोर्नियामा प्रपोजिशन ५० पारित भएको छ, जसलाई “चुनाव धाँधली प्रतिक्रिया ऐन” नाम दिइएको छ। यस प्रस्तावका समर्थकहरूले यसलाई रिपब्लिकनद्वारा अन्य राज्यमा गरिएको निर्वाचन क्षेत्र पुनर्सीमानांकन (gerrymandering) को प्रतिरोधका लागि आवश्यक कदम भनेका छन्।

यसैबीच, पेन्सिलभेनियाको सर्वोच्च अदालतमा पनि डेमोक्र्याटमै निरन्तरता रहने भएको छ। न्यायाधीश क्रिस्टिन डोनोह्यू, केभिन डफर्टीडेभिड वेच्ट पुनःपुष्टि चुनावमा विजयी भए।

यो निर्वाचनमा अमेरिकी मतदाताहरू सामान्य वर्षभन्दा निकै ठूलो संख्यामा मतदान केन्द्र पुगेका देखिन्थे। मतदाता सहभागिताबाट स्थानीय मुद्दाहरू, जीवनयापन खर्च, सार्वजनिक सेवासम्बन्धी सुधार र संघीय सरकारसँगको सम्बन्ध जस्ता विषयमा नागरिकको उच्च चासो प्रस्ट देखियो।

यता, वाशिङ्टनमा भने विवाद सुरु भइसकेको छ। ह्वाइट हाउस प्रेस सेक्रेटरी क्यारोलाइन लेभिटले प्रेस ब्रीफिङमा क्यालिफोर्नियामा मेल–इन मतपत्रहरू अवैध आप्रवासी र अन्य व्यक्तिका नाममा भरिँदै गरेको दाबी गरिन्।
राज्य अधिकारीहरूले भने यो आरोपलाई राजनीतिक उद्देश्यपूर्ण र प्रमाणविहीन भन्दै अस्वीकार गरेका छन्।

अमेरिकामा २०२५ को निर्वाचन परिणामले डेमोक्र्याटहरूले शहरी र प्रगतिशील क्षेत्रहरूमा बलियो समर्थन पाउन थालेको संकेत गरेको छ।
उता, रिपब्लिकनहरू संघीय स्तरमा सत्तामा रहेको कारण आगामी संघीय–राज्य सम्बन्ध, बजेट वितरण र नीति कार्यान्वयनमा तीव्र राजनीतिक रस्साकस्सी हुने आकलन गरिँदैछ।

न्यूयोर्कमा ममदानीको मेयर कार्यकालले विशेषगरी आवास संकट, धनी–गरिब विभाजन, संघीय प्रशासनसँगको टकराव र सहरको आर्थिक पुनर्सन्तुलनमा कसरी प्रगति गर्छ — अब यही कुराले राष्ट्रव्यापी ध्यान तान्नेछ।

हिलारी क्लिन्टनले ममदानीको जित र डेमोक्र्याटहरूको विजयी रातलाई ‘ऐतिहासिक’ भन्दै बधाई दिइन्

अमेरिकाकी पूर्व प्रथम महिला, पूर्व सिनेटर, पूर्व विदेश मन्त्री तथा डेमोक्र्याटिक पार्टीकी प्रभावशाली नेतृ हिलारी क्लिन्टनले मंगलबार भएको निर्वाचनमा डेमोक्र्याट उम्मेदवारहरूले दर्जनौँ महत्वपूर्ण जित दर्ज गरेपछि सामाजिक सञ्जालमार्फत खुशी प्रकट गरेकी छिन्। क्लिन्टनले भनेकी छन्, “आजको रात डेमोक्र्याटिक महिलाहरूले इतिहास रचेका छन्।
अबिगेल स्पानबर्गर भर्जिनियाकी पहिलो महिला गभर्नर हुनेछिन्।
मिकी शेर्ल न्युजर्सीकी पहिलो डेमोक्र्याट महिला गभर्नर निर्वाचित भएकी छिन्।
म यी समर्पित र सक्षम नेतृहरूले आफ्ना राज्यका लागि कसरी नेतृत्व दिन्छन् भन्ने हेर्न उत्साहित छु।” उनको शुभकामना सन्देश उत्सवको इमोजीसहित थियो।

भर्जिनियामा स्पानबर्गरले रिपब्लिकन लफ्टेनन्ट गभर्नर विनसम एर्ल–सीअर्सलाई पराजित गरिन्। न्युजर्सीमा मिकी शेर्लले रिपब्लिकन ज्याक सियाटरेलीलाई हराइन्।

यसैबीच न्यूयोर्क सहरमा जोह्रान ममदानी ऐतिहासिक विजय हासिल गर्दै सहरका पहिला मुस्लिम मेयरएक शताब्दीपछि सबैभन्दा युवा मेयर बने।
ममदानीले पूर्व गभर्नर एन्ड्र्यू क्यूमो (स्वतन्त्र) र रिपब्लिकन कर्टिस स्लिवालाई पराजित गरे।

क्लिन्टनले ममदानीको अभियानलाई ‘प्रेरणादायी’ भन्दै भनेकी छन्—
“न्यूयोर्क सहरमा यो वर्ष विगत ५० वर्षभन्दा बढी मतदाताहरूले सहभागी भएर मतदान गरे।
यो लोकतन्त्रको जित हो, र @ZohranKMamdani को अभियानले सहरका जनतालाई उर्जावान बनाएको प्रमाण हो। विश्वकै महान् सहरको अर्को मेयर हुनुभएकोमा बधाई।” उनले सन्देशको अन्त्यमा स्ट्याचु अफ लिबर्टी इमोजी समेत राखिन्।


रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।