Washington DC, US : June 13, 2026, Saturday 07:51 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Breaking News : अमेरिका इरानबीच युद्ध अन्त्यको ऐतिहासिक सहमति नजिक|भीषण बस दुर्घटना : कारण पत्ता लगाउन नेपाल प्रहरीले उच्चस्तरीय छानबिन समिति गठन|किरण बाबु पुनको नेतृत्वमा सांस्कृतिक संस्थानको ऐतिहासिक फड्को|इरान अमेरिका तनावमा नयाँ मोड : ट्रम्पले आक्रमण रोकेको दाबी गर्दै युद्ध अन्त्य सम्झौता नजिक पुगेको घोषणा|२०२६ फिफा विश्वकप : तीन देशमा फैलिएको विश्व फुटबलको महासंग्राम|अमेरिकाको मेरील्याण्ड राज्यमा नेपाली मूलका सतीश चापागाईं आफ्नै पार्टीभित्र प्राईमरी निर्वाचनका लागि उम्मेदवार|भीडको भरमा रबी लामिछानेले गरेको गल्ती|Breaking News : अमेरिका इरान तनाव फेरि चर्कियो, खाडी क्षेत्रमा सैन्य भिडन्त, तेल बजारमा नयाँ झट्का|अमेरिकामा मुद्रास्फीति तीन वर्षयताकै उच्च स्तरमा, इरान युद्धको असरले मूल्यवृद्धि तीव्र, मे महिनामा वार्षिक मुद्रास्फीति दर ४.२ प्रतिशत|अमेरिका–इरान तनाव फेरि चर्कियो : ट्रम्पको चेतावनी, तेहरानको प्रतिउत्तर, मध्यपूर्वमा युद्धको जोखिम अझ गहिरिँदै

संसद् विघटनलाई “पूर्ण रूपमा असंवैधानिक” भन्दै अदालत खुल्ने बित्तिकै पुनर्स्थापनाका लागि मुद्दा दायर गर्ने एमाले निर्णय

  NepalMother.com | २६ आश्विन २०८२, आईतवार १२:५२

राजनीतिक संकटले चर्किएको नेकपा (एमाले) अहिले दुई ठूला निर्णयका कारण केन्द्रमा आएको छ संसद् विघटनको विरोधमा अदालत जाने र नेतृत्वको पुनर्गठन माग उठ्ने। भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकले संसद् विघटनलाई “पूर्ण रूपमा असंवैधानिक” भन्दै अदालत खुल्नेबित्तिकै पुनर्स्थापनाका लागि मुद्दा दायर गर्ने निर्णय गरेको छ।

उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि सञ्चारकर्मीहरूलाई बताए,

“वर्तमान सरकारको गतिविधि निर्वाचनमुखी छैन। संसद् विघटन संविधानविपरीत भएकाले त्यसको पुनर्स्थापना हुनुपर्छ भन्ने हाम्रो माग हो। अदालत खुलेपछि हामी मुद्दा हाल्नेछौं।”

तर बैठकमा केवल कानुनी कदमको निर्णय मात्र भएन, पार्टीभित्रै नेतृत्व परिवर्तनको आवाज पनि उठ्यो। सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अब “सम्मानजनक निकास” लिनुपर्ने स्पष्ट सन्देश दिए।

बैठक स्रोतका अनुसार दुबै नेताले भने,

“जेन–जी आन्दोलनपछि बनेको परिस्थितिमा तपाईंले नेतृत्व जिम्मेवारी हस्तान्तरण गर्नुभयो भने त्यो तपाईंको र पार्टीको दुवै हितमा हुनेछ।”

गोकर्ण विष्टले हालको राजनीतिक संकटलाई बाह्य शक्ति वा षड्यन्त्रको नाममा पन्छाउने प्रवृत्तिलाई अस्वीकार गर्दै भने,

“विदेशी शक्तिहरू हाम्रा कमजोरी देखेर खेल्न खोज्छन्, तर त्यसको रोकथाम सरकारको जिम्मेवारी हो। त्यो नेतृत्व असफल भयो।”

त्यस्तै योगेश भट्टराईले ओलीलाई “लिडर अफ रिकन्सिलिएसन” बन्न आग्रह गर्दै भने,

“तपाईंले राष्ट्रियता, ठूला पूर्वाधार र अन्तर्राष्ट्रिय पहिचानमा केही मानक स्थापित गर्नुभएको छ। अब इतिहासमा सकारात्मक मोड लिनुहोस् र नयाँ पुस्तालाई मार्ग दिनुहोस्।”

उनले थपे,

“पार्टीको दैनिक नेतृत्व हामीले सम्हाल्न तयार छौं, तपाईंको अनुभव र सल्लाहमा अघि बढ्नेछौं।”

तर ओलीले दुबै नेताको सुझाव अस्वीकार गर्दै आफूले कुनै गल्ती नगरेकाले पद नछोड्ने अडान दोहोर्याए।

“दुई जनाले मागे भनेर म किन राजीनामा दिने? पार्टीको निर्णय महाधिवेशनबाट हुन्छ, मैले कुनै कमजोरी गरेको छैन,” ओलीको भनाइ बैठकमा उद्धृत गरिएको छ।

बैठकका अन्य सदस्यहरूले पनि तत्काल राजीनामाको सट्टा पार्टी पुनर्गठन महाधिवेशनबाटै गर्ने प्रस्तावमा सहमति जनाएका छन्।

उपमहासचिव ज्ञवालीका अनुसार बैठकले एमालेको ११औं महाधिवेशन मंसिरको अन्तिम साता आयोजना गर्ने निर्णय गरेको छ। उनले भने,

“स्थान र मिति केन्द्रीय कमिटी बैठकबाट टुंगो लगाइनेछ। केन्द्रीय कमिटीको बैठक आगामी २९ गते बस्नेछ।”

यसरी, एकै बैठकमा एमालेले राजनीतिक रूपमा दुई ठूला मोर्चा खोलेको छ—एकतर्फ अदालतमार्फत संसद् पुनर्स्थापनाको कानुनी लडाइँ, अर्कातर्फ नेतृत्व पुनर्गठनको आन्तरिक चुनौती। पार्टीभित्र अहिले गहिरो समीक्षा र सम्भावित शक्ति–परिवर्तनको संकेत देखिन थालेको छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor