Washington DC, US : September 15, 2025, Monday 03:51 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)
                                                                  Old Archive > 

ताजा समाचार

ओलीको अभिव्यक्ति कति खतरनाक छ र यसले भविष्यमा के आमन्त्रण गर्छ, कसैले सोचेको छ ? - बिनोद त्रिपाठी

  NepalMother.com | २९ भाद्र २०८२, आईतवार ०८:२९

२०८२ साल भदौ २१ गते विहान । टोलभरिका घरघरमा केटाकेटी खेलिरहेका छन् । कोही सडकमा यताउता गरिरहेका छन् । ११ वर्षीया बालिका उषा मगर सुनुवार पनि बाल–चञ्चलतासँगै सडक पार गर्न खोज्छिन् । एउटा गाडी आउँछ । ड्याम्म, ती बालिकालाई ठक्कर दिन्छ र भाग्छ । उनी सडकमा लड्छिन्, छटपटाउँछिन् । उनलाई स्थानीयले तुरुन्तै अस्पताल पुर्याउँछन् ।

यो घटना ललितपुर–२८ हरिसिद्धी माविको ठीक सामुन्ने हो । बालिकालाई ठक्कर दिने गाडी अरु कोही नभई कोशी प्रदेशका मन्त्री राम मगरको थियो । अघिल्लो दिन अर्थात् भदौ २० गतेदेखि एमालेको विधान महाधिवेशन चलिरहेको थियो । यही बाटो हुँदै ती मन्त्री हुँकिएर त्यही महाधिवेशन गोदावरी जाँदै थिए ।

घटनाको जानकारी एमाले अध्यक्ष खड्ग प्रसाद (केपी) शर्मा ओलीको कानमा पुग्छ । उनी पुरै तयारीसहित महाधिवेशनमा बोल्छन्, ‘घटना सामान्य हो, राजनीतिकरण नगरौँ ।’ ओलीको यो अभिव्यक्ति कति खतरनाक छ र यसले भविष्यमा के आमन्त्रण गर्छ, कसैले सोचेको छ ? यसले ओलीको स्वभाव विश्वको नम्बर वान आतंककारी भन्दा कम संकेत गर्छ ?

नेपालमा केही दिनदेखि सामाजिक सञ्जाल बन्द थियो । युवाहरू आक्रोशित थिए नै । यही युवा समूहले ‘जेन–जी’ नामक समूह खडा गर्यो । भदौ २२ गतेको कुरा हो । एमाले महाधिवेशनमा प्रधानमन्त्री ओली दिनभर बोलिरहे । उनले भने, ‘जेन–जीले आन्दोलन गर्ने रे, चार जनाको रोजगारको लागि सामाजिक सञ्जाल खुल्दैन ।’

भदौ २३ गते । काठमाडौँको माइतिघरमा स्कुल, कलेजका जेन–जी विद्यार्थी जम्मा भए । यो क्रम देशका विभिन्न शहरमा पनि चल्न थाल्यो । हेर्दा–हेर्दै भीड यति धेरै बढ्यो कि नयाँबानेश्वरमा सुरक्षाकर्मीलाई नै धकेल्न थाल्यो । हेर्दा–हेर्दै गोली चल्यो । साँझसम्म १९ जना जेन–जीको निधन भएको खबर आयो । दुई सयभन्दा बढी घाइते भए ।

उपत्यकासहित देशभर जेन–जीको आन्दोलन सल्किसकेको थियो । साँझसम्म सरकार मस्तसँग बसिरहेको थियो । प्रधानमन्त्री खड्ग ओली त झन् के कुरा गर्नु, उनी त आन्दोलनलाई मजाक गरिरहेका थिए ।

साँझ अबेर मात्र मन्त्रीपरिषद् बैठक बस्यो । गृहमन्त्री रमेश लेखकले त राजीनामा दिए । तर प्रधानमन्त्री ओली टसकोमस भएनन् । झन् उल्टै भनिदिए, ‘सामाजिक सञ्जाल खुल्दैन, जेसुकै गरुन् ।’

भदौ २२ गते अर्थात् जेन–जीले आन्दोलनको तयारीका सूचना बाहिर आइरहेका थिए । आन्दोलनलाई कलाकार, समाजसेवी, कन्टेन्ट क्रियटर, साहित्यकार, पत्रकार, सञ्चारकर्मी, सबै राजनीतिक दल, विभिन्न नेता र साधारण नागरिक सबैले समर्थन जनाएका थिए । केबल एमाले र उसको अध्यक्ष खड्ग ओली बाहेक । एमालेभित्र विद्या भण्डारी पक्षका केही नेताहरू जेन–जीको पक्षमा खुलेका थिए । तर समग्रमा ओलीपक्षधर एमाले बाहेक सारा देश एकातिर थियो । तर अँह, खड्ग ओलीको मनमा विवेक पलाएन । २३ गते साँझसम्म १९ जना कर्णधार मारिँदा पनि उनको मन पग्लिएन ।

कयौं मिडियाले भोलिपल्ट सम्पादकीय लेखेर ओलीको राजनीति समाप्त भएको घोषणा गरे । चौतर्फी खड्ग ओलीको आलोचना होइन, घृणाजन्य तवरबाट आपराधिक करार गरियो । तर, उनको अहंकारको पारो घटेन । विश्व इतिहासमा यति कठोर र निर्दयी सायदै कोही मानिस होला ।

माथि उल्लेखित दुई उदाहरण, एउटा बालिका गाडीको ठक्करबाट पछारिँदा र अर्को १९ जना जेन–जीको गोलीबाट मृत्यु हुँदासम्म प्रधानमन्त्री पदमा बसेका खड्गको नियत सम्झौँ त । हो, यहीबाट सुरु हुन्छ—अब ओलीले नै आमन्त्रण गरेको विध्वंसको सुरुवात ।

ओलीले देश खरानी बनाउन सुरु गरेको योजना

‘हजार जनता खराब भएपनि खास फरक पर्देन, तर एउटा शासक मुर्ख भयो भने देश डुबाउँछ–अब्राहम लिंकन’ ।

अमेरिकाका १६ औं राष्ट्रपतिले भनेको यो कुरामा कति सत्यता छ । विश्वका विकसित मुलुकले आज यही सुत्रलाई पछ्याइरहेका हुन्छन् । तर, नेपालमा भने ठीक यसको विपरीत हुन्छ । झन, खड्ग ओलीको सवालमा त शतप्रतिशत लागु हुन्छ । एउटा खराब र निर्दयी शासकका रुपमा ।
२०८१ साल साउन १२ गते । अचानक खाद्यान्त्र सामग्रीमा मूल्य बढ्यो ।  करीब दुई वर्षदेखि स्थिर रहेको मूल्य किन बढ्यो ? सबै चकित परेका थिए । मूल्य बढ्नु केही कारण थिएन । न नाकावन्दी र आयातनिर्यातमा प्रभाव ।
खड्ग ओली प्रधानमन्त्री बनेको बल्ल १३ दिन पनि पुगेको थिएन । खुद्रा तथा थोक व्यापारीसँग बुझ्ने काम भयो । त्यहीबेला हामीले सम्पादकीय पनि लेखेको थियौं । व्यापारीहरु यति हैरान रहेछन् कि, एमाले निकटका बिचौलियाले सामान आयातमा पकड जमाउन सुरु गरेछन् । अनि बिचौलियाको दुइतीन तह पार गरेर आउँदा त्यसको मूल्य अस्वभाविक रुपमा बढेको रहेछ ।
चामल लगायतका खाद्यान्नमा अचाक्ली भाउ बढिरहेको थियो । तर, राष्ट्र बैंकबाट मूल्य नबढेको प्रतिवेदन सार्वजनिक गरियो । एकातिर उपभोक्ता मारमा परिरहेका थिए । अर्कातिर सरकारले अर्को विवरण सार्वजनिक भएपछि त नागरिको कस्तो मनोदशा भयो होला । किनकी, नेपाल राष्ट्र बैंकमा ओलीले यस्तो निकटको पात्रलाई प्रमूख बनाएका थिए, जस्ले ओलीको आदेश शिरोपर गर्ने बाहेक केही गर्देनथ्यो ।
त्यसपछि भदौ आयो अनि चाडपर्वको मौसम सुरु भयो । उपभोक्ताको भान्सामा हरेक सामानको भाउ सुन्नै नसकिने बढिरहेको थियो । तर, ओलीको दबाबमा फेरि राष्ट्र बैंकको त्यस्तै भ्रामक विवरण बाहिर ल्याइयो र भनियो, मूल्य बढेकै छैन ।
अब चाडपर्व सकियो । के गर्ने त ? प्रधानमन्त्री खड्ग ओलीले उर्जामन्त्री दीपक खड्कालाई बोलाए । अनि भने,‘त्यो कुलमानको नाम निकै लोकप्रिय भयो, तपाईंले बर्खास्त गर्न पहल गर्नुस ।’ त्यसपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मंसिरको पहिलो साता उर्जामन्त्री खड्काले पहिलो स्पष्टीकरण सोधे । यो गत वर्षको कुरा हो । त्यसपछि लगातार कुलमानलाई उर्जा मन्त्रीले टर्चर गरिरहे ।
त्यसपछि पुस सकियो । ०८१ माघ । कुलमानलाई फेरि स्पष्टीकरण सोधियो । यो काम खड्ग ओलीले दीपक खड्कालाई अरहयाएका थिए भन्ने घाम जतिकै छर्लग छ । देशभर विजुली बलिरहेको थियो । प्राधिकरण पुरैमा नाफामा गइरहेको थियो । कुलमान पनि उक्त पदबाट अवकास हुन चार महिना मात्र बाँकी थियो । तर, ओली चैनले बस्न सकेनन् ।
एकदिनको कुरा हो । कुलमान केही प्राविधिक सहित मकवानपूरको दुर्गम गाउँमा रहेकी चेपाङ बुढीआमाको घरमा आँफैमा पुगेका थिए । जसै विजुलीको स्वीच थिचेर उनले बत्ती बाल्दै थिए, यता भने खड्ग ओलीले कुलमानलाई बर्खास्त गरिसकेका थिए ।
कुलमान चार महिनापछि स्वत पदबाट बाहिरिंदै थिए । बर्खास्त गर्न परेपनि राजधानीमै भएको बेला वा तथ्यसत्य कारण सहित पनि गर्न सकिन्थ्यो होला । तर, ओलीलाई अरुको आत्मामा ठुलो चोट नपु्याएसम्म उनी राम्रोसँग निदाउन सक्दैनन् भन्ने यो एउटा उदाहरण थियो ।
त्यसपछि समय वित्दै थियो । सरकारले त नागरिकको पक्षमा ००००० दशमलब ० प्रतिशतले काम गरेको उदाहरण त कतै थिएन । नियमित प्रशासनिक काम बाहेक केही गरेको जनतालाई कुनै अनुभुति भएकै थिएन । यो काम त यी प्रधानमन्त्री र मन्त्रीहरु नभएपनि आँफै हुने प्रक्रिया हुन् । तर, खड्ग ओली अझै चैनले बस्न सकेनन् । के गर्ने त अब ? उनको मनमा प्रश्न उब्जियो । एकदिन शेरबहादुर देउवालाई बोलाएर भने,‘त्यो उपसभामुख इन्दिरा रानामगरलाई हटाउनुपर्यो, तपाईंकै पार्टीका कुनैलाई बनाउँला, सहयोग गर्नुपर्यो ।’ अनि अनेक खेल थाले यो बिचमा ओलीले । देशका सारा समस्या एकातिर चटक्कै छोडेर पूर्वाग्रहपूर्ण काम गर्न बाहेक ओलीलाई केही आएन । यो सबै दृष्य देशभरका नागरिकले मूल्यांकन गरिरहेका थिए । मनमनमा राखेका थिए । अलिअलि सामाजिक सञ्जालमा पनि पोखिरहेका थिए । तर, सडकमा आएका थिएनन् ।

ओलीले निम्त्याएका केही विध्वंसका दृश्य

फेरि भदौ २२ गते फर्कौँ । जेन–जीले आन्दोलन गर्ने कुरा सारा नेपालभरि फैलिरहेको थियो । यो कुरा सरकारलाई थाहा नहुने कुरै थिएन । माइतिघरमा पत्रकारले ठूलो भेला आयोजना गरे । तुरुन्त सामाजिक सञ्जाल खोल्न खड्ग ओली सरकार समक्ष माग राखे । नत्र, मुलुकमा अकल्पनीय समस्या आउन सक्ने संकेत गरेका थिए । त्यो संकेत, डिजिटल माध्यमका व्यवसाय र स्टार्टअप बिजनेसमा पर्ने प्रभाव थियो । किनकि वर्तमान पुस्ताका लागि सामाजिक सञ्जाल लाइफलाइन बनिसकेको छ । बेबी बुमर (बुढा पुस्ता) लाई त युट्युबबाट गीत हेरेर दिन बित्छ भने वर्तमान नयाँ पुस्ताको हरेक सेकेण्ड यसैमा अडिएको छ ।

तर, खड्ग ओलीले अँह, यी सबैको वेवास्ता गर्दै भनिदिए, ‘कुनै हालतमा खोल्दैनौँ ।’ उता, एक्स (पूर्व ट्वीटर) ले सोझै भनिदियो, ‘भ्रष्टाचार हुने मुलुकमा हामी दर्ता गर्न आउँदैनौँ ।’ हुन पनि, अन्य प्रधानमन्त्रीभन्दा खड्ग ओलीका चार प्रधानमन्त्री कार्यकाल भ्रष्टाचारमा विश्वमै उच्च हुने गर्छ । ओली र उनका पछ्यौटे झोले यो स्वीकार गर्दैनन् । किनकि गणतन्त्र आएपछि राज्य दोहन गरेर खानेमा एमाले पहिलो पंक्तिमा पर्छ । अनि विश्वका शक्तिशाली सामाजिक सञ्जाल कम्पनी दर्ता गर्न आउने कुरै भएन । तर, ओलीले सरकारको भ्रष्ट चरित्र उदांगो हुँदै गएपछि सामाजिक सञ्जाल बन्द गरेका हुन् भन्ने दुनियाँलाई घाम जतिकै छर्लंग थियो ।

हामीले यो कुरा पटक–पटक सरकारलाई अवगत गराएका थियौँ । तर, ओली र उनको जुठोपुरो खाएर हुर्केका भातृ संगठन, उनी निकटका कथित पत्रकार, नेता र उनका कार्यकर्ताले सही कुरा के सुन्थे ? सुनेर पनि स्वयं खड्ग ओली अरूको सुझाव के मान्थे ? यो उनको बाल्यकालको एउटा अस्वाभाविक चरित्र हो, जुन कुरा उनकै राजनीतिक सहकर्मी राधाकृष्ण मैनालीका पुस्तकमा पढ्न पाइन्छ ।

भदौ २३ गतेको विहानी सुरु भयो । माइतिघरमा जेन–जीका किशोर–किशोरी भेला भइसकेका थिए । प्रधानमन्त्री ओलीले कुनै मतलब गरेनन् । कुनै पनि विकसित मुलुकमा आफ्ना नागरिक सडकमा उत्रनु त के, सानो विरोधका दुई शब्द बाहिर आउनेबित्तिकै सम्बन्धित व्यक्तिलाई बोलाएर समाधानको उपाय खोज्छन् । अनि पो त्यहाँ नागरिक आवाज सुनिन्छ ।

तर, नेपालमा भने आफ्ना माग र मुद्दा सुनाउन ठूलो आवाज गर्नुपर्छ । नभए सडकमा उत्रनुपर्छ । यति मात्रले पुग्दैन, तोडफोड हुनुपर्छ । तर, खड्ग ओलीले त यी सबै प्रक्रिया पार गर्दा पनि सुन्दैनन् ।

यसको एउटा उदाहरण यिनै खड्ग ओलीको कार्यकालमै छ । गत वर्ष देशभरका सबै शैक्षिक संस्था, स्कुल बन्द गरेर शिक्षक आन्दोलनमा राजधानी आए । लाखौँ विद्यार्थीको पढाइ रोकिएको छ । हजारौँ शिक्षक राजधानीका सडकमा पछारिएका छन् । एक दिन होइन, दुई दिन होइन, पुरै साढे दुई महिना भन्दा बढी । तर, ओलीले टेर–पुच्छर लगाएनन् । उल्टै शिक्षामन्त्री विद्या भट्टराईलाई हटाएर एक गुलामी मन्त्री रघु पन्तलाई भर्ति गरिदिए । शिक्षकको त्यो माग अहिलेसम्म पूरा भएको छैन ।

फेरि जेन–जीले आन्दोलन गरेको भदौ २३ गतेमा फर्कौँ । जब माइतिघरमा किशोर–किशोरी, युवा–युवतीको जुलुस सुरु भयो, देशभरका विभिन्न क्षेत्रका व्यक्तिले समर्थनमा आवाज उठाए । कयौँ त फिल्डमै उत्रिए । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले त वर्तमान सरकारको भ्रष्ट आचरण झल्काएर सामाजिक सञ्जालमा पोष्ट गरेर समर्थन गरेका थिए ।

नेपाली कांग्रेसका शेखर कोइरालादेखि वैज्ञानिक महावीर पुनसम्म सबैले जेन–जीको आन्दोलनमा समर्थन जनाएका थिए । अर्थात् सिंगो देश ओली सरकार विरुद्ध र जेन–जीको पक्षमा थियो । तर, खड्ग ओलीले यी कसैको कुरा सुनेनन् । दिउँसो पनि उनी मस्त थिए । जब २३ गते बेलुका आफ्नै दम्भ झल्किने वक्तव्य जारी गरे । वक्तव्यमा न माफी मागे, न प्रायश्चितबोध गरे । थोरे भएपनि आत्मग्लानी वा प्रायश्चित गरेको भए, भोलिपल्ट जेन–जीको आक्रमण मत्थर हुन सक्थ्यो । एउटा साथीलाई सानो घाउ लाग्दा पनि पुरै हुल जाइलाग्ने युवा आक्रोश, १९ जना साथी गुमाउनुको पीडा र सयौँ घाइते भएको दर्दले आहत थियो । अनि उनीहरूको आवेग रोकिने सम्भावना थिएन । बाहिर बसेर हेर्ने जो–कोहीले त यो कुरा बुझिरहेका थिए, तर देशको शक्ति सम्हालेको खड्ग ओलीले यो सबै बुझेर पनि मजाक बनाइदिए । यहीबाट सुरु भएको हो, सिंगो देशको खरानी यात्रा ।

भोलिपल्ट अर्थात् भदौ २४ गते । विहानैदेखि जेन–जीसहित अदृश्य समूह देशभरका सडकमा उत्रियो । जताततै आगजनी र तोडफोडका खबर आउन थाले । तर, प्रधानमन्त्री ओली एकरति पनि गम्भीर बनेनन् । दिउँसो २ बजेसम्म देशभर आगो बलिरहेको थियो । सकेसम्म राजीनामा दिन नपरोस्, एक मिनेट बढी भएपनि कुर्सीमा बस्न पाइयोस् भन्ने मात्र उद्देश्य थियो खड्ग ओलीमा । देश जलिरहेको थियो, ओलीमा पश्चातापबोध रतिभर थिएन । बरु, दुई शब्दको राजीनामाको टुक्रा राष्ट्रपतिलाई बुझाएर सुट्क्क सेनाको ब्यारेकतिर गएर बसे ।

खड्गप्रसाद यदि एउटा जिम्मेवार प्रधानमन्त्री हुन्थे भने नैतिकताको आधारमा पदमा बस्न सकिँदैन तर सरकारी र निजी सम्पत्ति जोगाउनु है, आततायी प्रवृत्ति रोक्नु भनेर सुरक्षा अंगलाई आदेश दिनुपर्थ्यो । किनकि उनी नै कामचलाउ प्रधानमन्त्री छँदै थिए र छन् । एउटा सामान्य नागरिकले त सरकारी वा निजी सम्पत्ति जोगाउनु है भनेर अनुरोध गर्छ, भन्छ । तर, ओलीले एक शब्द भनेनन् । उनलाई पद प्यारो थियो । पद छैन भने यो देश र जनता जेसुकै गरुन् भन्ने हाउभाउका साथ खड्ग ओली हेलिकप्टर चढेर भागेका थिए ।

यस्ता एक निकृष्ट, नालायक, पथभ्रष्ट, दम्भी, घमण्डी, मूर्ख, अहंकारी र सकुनी प्रवृत्तिका खड्ग ओली सरकार प्रमुख हुनु नै नेपालको दुर्भाग्य थियो ।

भदौ २३ मा होइन, २४ गते हो घुसपैठ

देशका भौतिक संरचना नष्ट हुनु निकै दुख लाग्ने घटना हो । सरकारी र निजी धेरै सम्पतिको लेखाजोखा अझै हुन सकेको छैन । यो खर्बौंको छ । आगलागी, तोडफोड र लुटपाटमा भदौ २४ गते निस्किएका असली जेन–जी थिएनन् । यो तथ्यगत कुरा दुबै दिन सडकमा उत्रिएका अनुहारहरू हेरेर बुझ्न सकिन्छ । असली जेन–जीले सामाजिक सञ्जाल सूचारु गर्न, भ्रष्टाचार अन्त्य गर्न र अकुत सम्पत्ति कमाउने नेतालाई कारबाहीको माग मात्र राखेका थिए ।

भोलिपल्ट खासगरी दिउँसो २ बजेपछि भने सडकमा नयाँ खाले समूहहरू देखा परे । यस्तै खाले दृश्य गत चैत १५ गते तिनकुने घटनामा पनि देखिएका थिए । उस्तै शैली, उस्तै अनुहार र हाउभाउ । लुटपाट गर्ने त्यस्तै प्रकारका गिरोह सक्रिय हुन थाले । नयाँ–नयाँ अनुहार, असली नेपाली जस्ता नभएका व्यक्तिहरू आपराधिक क्रियाकलापमा संलग्न भएका दृश्यका भिडियोहरू बाहिरिन थाले । त्यही बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहानुभूति दिएर विज्ञप्ति पनि जारी गरेका थिए । यहाँ धेरै कोणबाट सही–सत्य शंका गर्न सकिन्छ ।

भदौ २४ गते गते जेन–जीका नाममा जुन–जुन तत्व र समूह सक्रिय भयो, आउने सरकारले छानबिन गर्नुपर्छ । भविष्यमा कुनै पनि आन्दोलनमा यस्तो विनाश हुन नदिन अहिलेदेखि नै गम्भीर तयारी थाल्नुपर्छ । नत्र, यसले भोलिका दिनमा नेपालको भविष्य नै खतरामा पार्ने निश्चित छ । आउने दिनहरूमा हरेक पेशा र दलका आन्दोलन हुनेछन्, यस्तै समूह प्रवेश गरेर विध्वंस मच्चाए भने त्यसको जिम्मा कसले लिने ? नेपाल–भारत खुला सिमाना छ । नेपालमा करीब ६० लाख भारतीय बस्छन् । आउने सरकारले यो यथार्थ बिर्सन हुँदैन ।

साधारण नागरिकले कहिल्यै सेवा नपाएका अड्डा

सरकारी होस् वा निजी सम्पत्ति नोक्सान पुर्याउनु अपराध हो । यसले अन्ततः देशलाई घाटा पुर्याउँछ र झन् देश गरिब बन्छ । तर, योसँगै नेपालका सरकारी अड्डा कति नागरिकमैत्री छन् भन्ने प्रश्न जन्माएको छ ।

स्वास्थ्य मन्त्रालयले यो पुस्ता त के अघिल्लो पुस्तालाई पनि कुनै सुविधा दिएको प्रमाण छैन । एउटा गरीब परिवारको सदस्यलाई रोग लाग्यो भने भाग्यले बाँच्छ भने बाँच्छ, नत्र उपचार नपाएर मर्नुको विकल्प छैन । अहिले पनि देशभरका सरकारी अस्पतालमा कुनै निरीह नागरिकले पालो पाउँदैन । अस्पतालको सेवा–सुविधा त कुरै छोडौँ, सामान्य खर्चमा व्यवस्थापन मिलाउन सकिने शौचालय पनि हेरिनसक्नु फोहोर छन् ।

अर्थात्, स्वास्थ्य मन्त्रालय नामक एउटा भौतिक वस्तु ठडिनु मात्र नागरिकलाई के फाइदा हुने हो र ?

आज कुनै उद्योग, कलकारखाना, होटल, उत्पादन आदि दर्ता र कानुनी प्रक्रियामा कति झन्झट छ । नागरिकलाई दर्ता गरेर पनि सुख छैन, राज्यका पाइला–पाइलाका गौंडा पार गर्नुपर्छ । संसारमा यस्तो कहीँ हुन्छ ? न लगानी सुरक्षित छ, न राज्यले कुनै अनुदान दिन्छ । तोडफोड र आगजनी गर्न २०४८ सालदेखि यहाँसम्मको हिसाब गरौँ त, के एमाले पहिलो हुँदैन ? चाहे विभिन्न अराजकता होस् वा साइबर सेना गठन गरेर विध्वंस निम्त्याउने काम, खड्ग ओलीको विगतको भूमिका स्मरण गरौँ त ।

सिंहदरबार । एउटा सामान्य मानिसले सिंहदरबारबाट सेवा लिन सक्ने त परै जाओस्, हेर्न पनि पाउँदैन । उसका लागि सिंहदरबार छ भन्ने मात्र हो, तर अनुभूति गर्न पाएको छैन । जबसम्म यी संरचनामा साधारण नागरिकले अपनत्व महसुस गर्न पाउँदैन, तबसम्म यी निर्जीव वस्तु उसका लागि हुनु र नहुनुमा खासै अन्तर हुँदैन ।

सर्वोच्च अदालत । के एउटा गरीब नागरिकले सजिलै न्याय पाउँछ ? उसको सबै जिन्दगी मात्र होइन, सबै परिवार तहसनहस हुँदा पनि उसले न्याय पाउँदैन । अर्थात्, नेपालमा न्याय क्षेत्रजस्तो नागरिकको पहुँच बाहिर भएको क्षेत्र कुन होला ? यी अदालतका न्यायमूर्तिहरूको अनुहार यसो हेरौँ त । एमालेकी पूर्वसांसद सपना मल्ल हुन् वा कांग्रेसका नेता कुमार रेग्मी, अहिले यहाँ न्यायमूर्ति बनेका छन् । यस्तो दृश्य त सडकमा नाटक मञ्चनमा पनि हुँदैन । अनि यस्तो छ हाम्रा न्यायालयको अवस्था । जनताको आक्रोश र घृणा यसै पैदा भएको होइन । हामीले गरेका कुकर्मकै कारण हो भन्ने कुरा यी दलहरूले आत्मबोध गर्न नसक्दा साधारण नागरिकले यी अड्डालाई आफ्नो न्यायघर कहिल्यै देखेनन् ।

राष्ट्रपति भवन । संविधान अनुसार एउटा सेरेमोनियल पदको व्यक्ति हो राष्ट्रपति । त्यति ठूलो भवन, संरचना, आसेपासे सचिवालय किन चाहिन्छ ? विकसित मुलुकको जस्तै नक्कल गरिएको हो भने विकास र नागरिकलाई सुविधा पनि ती मुलुकको जस्तै किन नक्कल नगरेको ? यी राष्ट्रपति भवन र यहाँ हुने खर्च नेपालको लागि अनुत्पादक भएको जनताले देखिरहेका छन् । निकै कम खर्चमा साधारण भवनमा सानो सचिवालय र राज्यलाई ठूलो भार नपर्ने प्रणाली विकास गर्न नसक्दा आज साधारण नागरिकलाई यस्ता संरचना देख्दा दिनप्रतिदिन घृणा पैदा भइरहेको छ । के यी दलहरूले यस्तो नागरिकलाई आकर्षित गर्ने सदाचार प्रणाली सुरुवात गर्ने सोच त गरेका छन् ? हो, यही बिलासी शैलीका हाम्रा शासकीय स्वरूपकै कारण सारा साधारण नागरिकमा आक्रोश पैदा भइरहेको थियो ।

आज पनि कुनै पनि सरकारी कार्यालयमा गयो भने सामान्य नागरिकले सजिलै सेवा पाउँदैन । कि आफ्नो मान्छे हुनुपर्छ, कि घुस खुवाउनुपर्छ । यस्तै भोग्दै आएका छन् नागरिकले । अनि नागरिकको आत्मा जलिरहेको आगो सडकमा पोखिने नै भयो । नागरिकको आक्रोशले कुनै दिन देश खरानी बनाउनेछ भन्ने गम्भीर बन्न सकेनन् खड्ग ओलीहरू । यहीँबाट सुरु भएको छ विध्वंसको सुरुवात ।

ओली पक्षधरलाई लाग्न सक्छ, ‘यो कतैबाट उचालिएको हो र सरकार ढलेको हो ।’ ओली पक्षको यस्तो सोच एक दुषित विचार मात्र हो । अहिलेको जेन–जी र अल्फा पुस्ता यस्तो हो कि जसले धेरै प्रकारका निर्णय स्वतःस्फूर्त गर्छ । ऊ डिजिटल दुनियाँमा जन्मिएर डिजिटलकै संसारमा हुर्किएको हुन्छ । सामाजिक सञ्जाल अहिले उसको लाइफलाइन हो । ऊसँग निर्णय गर्ने क्षमता विकास भएको हुन्छ ।

आज एउटा प्रधानमन्त्री हुन लायक नै नभएको निम्नस्तरको व्यक्तिको पछि लाग्दा नेपाली कांग्रेस पनि ठूलो घानमा मुछियो । खड्गले गरेका गल्तीको भागीदार पनि कांग्रेस भयो । देश त खरानी बनिसक्यो ।अतः खड्ग ओलीको फोहोर विचारसँग अझै एमालेका कोही नेता–कार्यकर्ता सती जान्छन् भने, त्यसले अन्ततः एमाले नै सम्पूर्ण रूपमा समाप्त हुनु हो । जुन दिशामा अहिले अघि बढिरहेको छ ।

र अन्तमा यो भूल गर्न हुँदैन…

अब यो वा त्यो बहानामा सबैलाई समेट्ने नाममा पुराना दललाई वार्तामा होस् वा सरकारमा सहभागी गर्ने भूल गर्न हुँदैन । अहिले नेपाल प्रसव पीडामा छ । भौतिक रूपमा खरानी छ । सजीव दृष्टिले हेर्दा नेपालमा अहिले पीडा मात्र छ । यो नोक्सानीको भरपाई गर्न पुरै नयाँ ढंगले मात्र सम्भव छ । यही संविधान तुरुन्त संशोधन गर्नुपर्छ । तर, प्रत्यक्ष कार्यकारी प्रमुख हुनुहुँदैन । किनकि आज जुन समुदाय नेपालभित्र प्रवेश गरेको छ, त्यो समूहको बहुमत पुग्ने वित्तिकै नेपाल स्वतः भारतमा गाभिन सक्छ । असली नेपालीले यो सोच्नु अनिवार्य छ ।

पहिलो सिक्नुपर्ने पाठ भनेको, एउटा खड्ग ओलीको सन्काहा प्रवृत्ति र अहंकारले मुलुक कसरी खरानी भयो भन्ने कुरा वर्षौँ वर्षसम्म सबै नेपालीले मनन गर्नुपर्छ । अब बन्ने नयाँ सरकारमा कुनै पनि पुरानो शक्तिका व्यक्ति संलग्न गर्न हुँदैन । यो गम्भीर गल्ती हुनेछ ।

यदि पुरानै नेता सहभागी गराइने हो भने यति ठूलो नोक्सानीको कुन अर्थ रह्यो ? अब खरानीबाट नयाँ पालुवा पलाउनका लागि राजनीतिक शक्तिदेखि कर्मचारीतन्त्रसम्म सम्पूर्ण नयाँ मात्र हुनुपर्छ । न्यायिक संरचना र कर्मचारी प्रणाली नयाँ पद्धतिमा लैजानुपर्छ । विकसित मुलुकबाट यो सिक्नुपर्छ ।

यत्रो विध्वंस हुँदा अहिले पनि केही नेताहरूका विज्ञप्ति आउन थालेका छन् । यी लाज र नैतिकता नभएका नेताहरूका कुरा सुन्न थालियो भने झन् अर्को महाविपत्ति सुरु हुनेछ । यति महाविनाश हुँदा पनि अब सरकार प्रमुखदेखि वडातहसम्मै पुरै नयाँ व्यक्ति, नयाँ प्रणाली र नयाँ सेवासुविधाको सुरुवात गर्न सकिएन भने देश अर्को अन्धकारमा प्रवेश गर्नेछ ।

जब खड्गप्रसाद ओली २०७२ साल असोज २४ गते पहिलो पटक प्रधानमन्त्री भए, सुरुकै सातामा उनले महंगी बढाएका थिए । त्यो यति रफ्तारमा बढ्यो कि उनको कार्यकाल अवधिमा सामान्य एक बोरा चामलको मूल्य दोब्बर पुग्यो । तर, उनले नाकाबन्दी आदि कारण देखाइदिए । भारतले नाकाबन्दी साउनबाट लगाएको थियो । जतिबेला सुशील कोइराला प्रधानमन्त्री हुँदा महंगी बढेको थिएन । ओलीका वरपर यस्ता विचौलिया थिए कि अहिले देश खरानी भएको क्षतिभन्दा कयौँ गुणा बढी ती विचौलियालाई नोक्सान पुर्‍याउन ओलीले सुविधा दिन्थे ।

अहिले जुन क्षति देशले व्यहोरेको छ, यो क्षति नागरिकको मूल्यभन्दा माथि हुँदैन । राष्ट्रपति साधारण घरबाट सञ्चालन गर्न सकिन्छ । तर सुशासन र नागरिकलाई सुविधा दिने आमूल परिवर्तनको थालनी भयो भने देश जुरुक्कै माथि उठ्नेछ । त्यसपछि कहिल्यै यस्ता विद्रोह हुने छैनन् । नत्र, ओलीजस्ता खलपात्र जन्माइरहने र देश लुटिरहने हो भने आउने पुस्ता झन् आक्रमक भएर तयारी अवस्थामा छ भन्ने कुरा पनि नबिर्सौं ।

एउटा तानाशाह र खतरनाक सनकाहा खड्ग ओलीको अहंकारले ल्याएको यो खरानी परिणामलाई बेलैमा सबै पक्षले गम्भीर रूपमा लिनुपर्छ । माथि भनिएका एक–एक तथ्यगत प्रश्न र विषयमा खड्ग ओलीका मतियारसँग यो युगसम्म कहिल्यै जवाफ हुने छैन । किनकि दम्भी शासकले देश र जनताका लागि योभन्दा ठूलो नोक्सान पुर्‍याएको इतिहासमा कहिँ कतै छैन । – रास्ट्रिय समाचार

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।