Washington DC, US : September 15, 2025, Monday 03:49 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)
                                                                  Old Archive > 

ताजा समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिए, राजीनामा स्वीकृत श्रीलंका र बंगलादेशलाई माथ गर्दै दुइ दिनमै ढाले नेपाली जनताले निरङ्कुश र भ्रस्ट ओली देउबाको दुइ तिहाइ गठबन्धन सरकार

  NepalMother.com | २४ भाद्र २०८२, मंगलवार ०५:२१

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरेर सोमबार प्रस्तुत गरिएको राजीनामा पत्रमार्फत उनले पद छाडेको घोषणा गरेका हुन्।

संविधानको धारा ७७ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएका ओलीले हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै राजनीतिक समाधान र समस्या समाधानका लागि थप पहल गर्न आवश्यक ठानेका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएको पत्रमा उल्लेख छ।

राजीनामा पत्रमा उनले भनेका छन्, “संविधान र जनताको विश्वासलाई मध्यनजर गर्दै यस कठीन घडीमा समाधान खोज्ने बाटो संवाद र सहकार्य मात्रै हो भन्ने विश्वासमा, म प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु।”

देशभर चर्किएको जेनजी आन्दोलन, हिंसात्मक झडप र २१ जनाभन्दा बढीको ज्यान गएको घटनापछि प्रधानमन्त्री ओलीमाथि तीव्र दबाब परेको थियो। प्रमुख विपक्षी दल नेपाली कांग्रेस र विभिन्न मानव अधिकार संस्थाले उनको राजीनामाको माग गर्दै निरन्तर दबाब दिइरहेका थिए।

ओलीले २०७४ सालमा पहिलो पटक प्रधानमन्त्री बनेदेखि अहिलेसम्म तीनपटक मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। हालै उनले नेतृत्व गरेको सरकार सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्टाचार र आन्दोलन दमनको कारण कठोर आलोचनामा परेको थियो।

अब संविधान बमोजिम नयाँ सरकार गठन प्रक्रियाबारे राष्ट्रपति पौडेलले दलहरूसँग परामर्श सुरु गर्ने बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका छन्। मंगलबार दिउँसो ओलीले पदबाट राजीनामा घोषणा गरेपछि सोही दिन राष्ट्रपतिबाट औपचारिक रूपमा स्वीकृति भएको राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

ओलीले मंगलबार दिउँसो राष्ट्रपतिलाई सम्बोधन गर्दै पदबाट राजीनामा पत्र बुझाएका थिए। पत्रमा उनले हाल मुलुकमा उत्पन्न असामान्य राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै समाधान खोज्ने मार्ग संवाद र सहकार्य मात्रै भएकाले पदबाट हट्ने निर्णय गरेको उल्लेख गरेका थिए।

यससँगै ओलीको प्रधानमन्त्री पदको कार्यकाल औपचारिक रूपमा समाप्त भएको छ। अब संविधान बमोजिम नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।

राजनीतिक वृत्तमा विपक्षी दलहरूको पहलमा नयाँ सत्ता समीकरण बन्ने संकेत देखिएको छ भने राष्ट्रपति पौडेलले दलहरूसँग छलफल सुरु गर्ने तयारी गरेका छन्।

फाइल

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।