Washington DC, US : September 15, 2025, Monday 05:39 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)
                                                                  Old Archive > 

ताजा समाचार
|भ्लादिमिर पुटिन र भोलोदिमिर जेलेन्स्कीबीचको गहिरो दुश्मनी नै रुस–युक्रेन वार्ता सम्भावनाको मुख्य अवरोध : ट्रम्प|अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाद्वारा पत्रकार र सञ्चार माध्यममाथि भइरहेका धम्की र आक्रमणको कडा निन्दा|जेनजी आन्दोलनका शहीद परिवारलाई १५ लाख क्षतिपूर्ति|म : सुदीपभद्र खनाल|पेरिसमा सहिदहरूको सम्झनामा दीप प्रज्वलन|जेनजी पुस्ताको आव्हानमा भएको आन्दोलन, संयुक्त राष्ट्रसंघ र नेपाल|अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई एक परदेशीको खुल्ला पत्र|Cartoon|Breaking News : मन्त्रिपरिषद् विस्तार, ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनाल मन्त्री|युवाको रगतले लत्पतिएको नेपालमा बिद्रोहको आगो सल्केको त्यो दिन

अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिकाले माग्यो सरकारको राजीनामा नेपालमा भएको हत्या र दमनबारे राष्ट्रपति ट्रम्प, संयुक्त राष्ट्र महासचिव, एम्नेस्टी इन्टरनेशनल, यूएनएचसीआर र अन्तर्राष्ट्रिय समुदायलाई अपिल

  NepalMother.com | २३ भाद्र २०८२, सोमबार २०:०८

अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिका (FIJA-USA) ले नेपालमा हालै भएको जेन–जी आन्दोलनमाथि सरकारले गरेको दमनप्रति गहिरो दुःख, आक्रोश र चिन्ता प्रकट गरेको छ। वाशिङटन डिसीबाट जारी गरिएको विज्ञप्तिमा सरकारले शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनलाई रोक्न बल प्रयोग गर्दै अश्रुग्यास, गोली प्रहार र गिरफ्तारीसम्म गरेको तथ्यलाई गम्भीर मानवअधिकार उल्लंघनको रूपमा व्याख्या गरिएको छ। यस घटनामा कम्तीमा १९ जनाको मृत्यु र ३४७ जना घाइते भएको तथ्य सार्वजनिक भएपछि संघले यसलाई लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो आक्रमणको रूपमा चित्रण गरेको छ।

यस घटनामा अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिका (FIJA-USA) ले सरकारको राजीनामा र जिम्मेवार सबैलाई न्यायको कठघरामा उभ्याउन पनि माग गरेको छ।

FIJA-USA का संस्थापक अध्यक्ष राम प्रसाद खनाल र महासचिव टंक दाहालले संयुक्त रूपमा नेपालको वर्तमान अवस्थाले लोकतान्त्रिक मूल्य र स्वतन्त्रतामा प्रत्यक्ष प्रहार गरेको भन्दै सरकारको व्यवहारप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार, पत्रकार, विद्यार्थी र युवा नागरिकहरूको आवाज दबाउने, स्वतन्त्र अभिव्यक्ति खुम्च्याउने र नागरिक अधिकार सीमित गर्ने प्रयासले मुलुकलाई अझ अस्थिरतामा धकेल्ने खतरा बढेको छ।

महासंघले नेपाल सरकारलाई तुरुन्तै दमनकारी नीति अन्त्य गर्न, आन्दोलनकारीहरूमाथि लगाइएका अनुचित कारबाही फिर्ता लिन, घाइतेहरूको उचित उपचार व्यवस्था गर्न र मृतक परिवारलाई न्याय दिलाउन आग्रह गरेको छ। साथै, अन्तर्राष्ट्रिय समुदाय, मानवअधिकार संस्था र प्रेस स्वतन्त्रता पक्षधर निकायलाई नेपालको घटनाप्रति चासो देखाउन र सरकारलाई सचेत गराउन अपिल गरेको छ।

विज्ञप्तिमा भनिएको छ, प्रेस स्वतन्त्रता र नागरिक अधिकारलाई दबाउने अभ्यास लोकतन्त्रको आधार खल्बल्याउने कार्य हो। कुनै पनि सरकार आलोचनालाई स्वीकार्न नसक्दा देश झन् अस्थिरतामा फस्ने चेतावनी दिइएको छ। FIJA-USA ले युवा पुस्ताको शान्तिपूर्ण आवाजलाई दमन गर्ने कुनै पनि गतिविधिलाई अस्वीकार्य बताउँदै, प्रेस स्वतन्त्रता र नागरिक अधिकारलाई सम्मान गर्न नेपाल सरकारलाई सचेत गराएको छ।

संस्थापक अध्यक्ष राम प्रसाद खनाल र महासचिव टंक दाहालले संयुक्त रूपमा हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, शान्तिपूर्ण आन्दोलन दबाएर होइन, संवाद र सहमतिबाट मात्र समस्याको समाधान सम्भव छ।

May be an image of 1 person and text that says 'မ जुत्ता भेटियो छोरा भेटिएन d@dp अझै कती आमाले सन्तान गुमाउनुप्ने हो rest in peace beautiful soul'

नेपालमा भएको हत्या र दमनबारे राष्ट्रपति ट्रम्प, संयुक्त राष्ट्र महासचिव, एम्नेस्टी इन्टरनेशनल, यूएनएचसीआर र अन्तर्राष्ट्रिय समुदायलाई अपिल

हाल संयुक्त राज्य अमेरिकामा स्थायी बसोबास गर्दै आएका अन्तर्राष्ट्रिय कलाकार मञ्च (IAF) र फेडेरेसन अफ इन्टरनेशनल जर्नालिस्ट्स, अमेरिका (FIJA-USA) का अध्यक्ष रामप्रसाद खनालले नेपालमा भएको राज्य दमन, हत्या र मानवअधिकार उल्लंघनको घटनाबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेस, एम्नेस्टी इन्टरनेशनल, यूएनएचसीआर र सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई औपचारिक पत्र पठाउँदै तुरुन्तै हस्तक्षेप गर्न आग्रह गरेका छन्।

खनालले पठाएको अपिल पत्रमा भदौ २२ गते (सेप्टेम्बर ७, २०२५) काठमाडौंसहित विभिन्न शहरमा युवाहरूले सुरु गरेको शान्तिपूर्ण “GenZ आन्दोलन” माथि सरकारले गरेको हिंसात्मक दमनलाई कडा शब्दमा विरोध गरिएको छ।

पत्रमा उल्लेख भएअनुसार, सरकारको नेतृत्वमा रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवाको गठबन्धन सरकारले सामाजिक सञ्जाल नियन्त्रण र व्यापक भ्रष्टाचारविरुद्ध उठेको आवाजलाई चुप गराउन गोली, अश्रुग्याँस र बल प्रयोग गरी आन्दोलनकारीलाई दमन गरेको छ।

प्रमाणित विवरण अनुसार:

कम्तीमा १९ नागरिकको मृत्यु भएको छ, जसमा विद्यार्थी र युवा पेशेवरहरू पनि रहेका छन्।

३०० भन्दा बढी नागरिक र पत्रकारहरू गम्भीर घाइते भई देशभरका अस्पतालमा उपचाररत छन्।

काठमाडौं, विराटनगर र अन्य प्रमुख शहरका अस्पतालहरू घाइते र मृतकले भरिएका छन्।

खनालले यी घटनाहरूलाई मानवअधिकार र लोकतान्त्रिक स्वतन्त्रताको गम्भीर उल्लंघन भन्दै अन्तर्राष्ट्रिय समुदायलाई चुप बस्न नहुने प्रष्ट पारेका छन्।

उनले राष्ट्रपति ट्रम्पलाई पठाएको पत्रमा व्हाइट हाउसमार्फत आधिकारिक वक्तव्य जारी गरी नेपाल सरकारको दमनलाई निन्दा गर्न आग्रह गरेका छन्। त्यस्तै, संयुक्त राष्ट्र महासचिव गुटेरेसलाई तत्काल विशेष प्रतिवेदक वा फ्याक्ट–फाइन्डिङ टोली पठाई सत्यतथ्य संकलन गर्न अनुरोध गरिएको छ। एम्नेस्टी इन्टरनेशनललाई भने अन्तर्राष्ट्रिय अभियान सञ्चालन गरी नेपाल सरकारलाई जवाफदेही बनाउन आग्रह गरिएको छ।

खनालले भनेका छन्,
“नेपालमा निर्दोष नागरिकको रगत बगिरहेको छ। यो केवल नेपालकै मुद्दा होइन, यो मानवताको मुद्दा हो। अन्तर्राष्ट्रिय समुदाय, विशेषगरी अमेरिका र संयुक्त राष्ट्रजस्ता निकायले तुरुन्तै आवाज उठाउनु आवश्यक छ। एम्नेस्टी इन्टरनेशनल र यूएनएचसीआरजस्ता संस्थाले समयमै हस्तक्षेप नगरे नेपाली जनताको पीडा अझ बढ्नेछ।”

उनले थप आग्रह गरेका छन् कि, लोकतन्त्र, स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रताका मूल्यमा विश्वास गर्ने वैश्विक समाजले नेपालप्रति ऐक्यबद्धता देखाउनु पर्ने बेला आएको छ।

May be an image of 1 person

Appeal Regarding Human Rights Violations and Killings in Nepal

Date: September 8, 2025
To:
H.E. António Guterres
Secretary-General
United Nations Headquarters
New York, NY, USA
CC:
Office of the United Nations High Commissioner for Human Rights (OHCHR)
UN Human Rights Council, Geneva
Permanent Mission of Nepal to the United Nations, New York
Amnesty International

Subject: Urgent Appeal Regarding Human Rights Violations and Killings in Nepal

Your Excellency Secretary-General,
With the highest respect, I write to you as a permanent resident of the United States, originally from Nepal, and as President of the International Artists Forum (IAF) and the Federation of International Journalists, America (FIJA-USA). I am compelled to appeal to your esteemed office on behalf of the innocent citizens of Nepal, who are enduring violent suppression by the coalition government led by NCP (UML) President K.P. Sharma Oli and Nepali Congress President Sher Bahadur Deuba.
On September 8, 2025, the Government of Nepal brutally cracked down on a peaceful youth-led “GenZ Movement” that had emerged to protest against corruption and the imposition of heavy restrictions on social media and digital freedoms. Security forces used live bullets, excessive force, and tear gas against unarmed demonstrators, converting a peaceful movement into a national tragedy.
According to verified reports:
At least 19 citizens were killed, including students and young professionals.
Over 300 people, including journalists, were severely injured and remain hospitalized.
Hospitals in Kathmandu, Biratnagar, and other major cities are overwhelmed with casualties.
These acts constitute egregious violations of human rights and democratic freedoms. They exemplify authoritarian state violence against citizens whose only demand was for accountability, freedom, and dignity.
Your Excellency, the United Nations has historically stood as a guardian of human rights and the rule of law. At this critical juncture, Nepal’s citizens look to the UN for urgent intervention and moral leadership.
I therefore humbly appeal to you to:
Condemn the killings and violent repression in Nepal through an official statement from the United Nations.
Deploy an independent UN fact-finding mission or special rapporteur to investigate the violations and ensure accountability.
Engage the Government of Nepal diplomatically to halt repression, release detainees, and respect freedoms of expression, press, and peaceful assembly.
Place Nepal’s crisis on the agenda of the Human Rights Council for urgent debate and monitoring.
Your timely voice and action would give hope to millions of Nepalis struggling for democracy and human rights, while reaffirming the United Nations’ indispensable role as the world’s beacon of peace, justice, and accountability.
I sincerely thank you for your attention and consideration. The people of Nepal, the global Nepali diaspora, and defenders of democracy worldwide will remember the UN’s support during this painful chapter in Nepal’s history.

Respectfully yours,
Ram Prasad Khanal
President – International Artists Forum, USA (IAF)
President – Federation of International Journalists, America (FIJA-USA)
Winchester, Virginia, उस

*****

May be an image of 1 person

Appeal Regarding Human Rights Violations and Killings in Nepal
Date: September 8, 2025
To:
Mr. Donald J. Trump
President of the United States of America (USA)
The White House
Washington, D.C.
CC:
Mr. Marco Rubio – U.S. Secretary of State
Mr. Ambassador – U.S. Embassy, Nepal
Office of the High Commissioner – UN Human Rights
Subject: Appeal Regarding Human Rights Violations and Killings in Nepal
Mr. President,
With my highest respect, I am writing to you as a permanent resident of the United States, a citizen originally from Nepal, and as the President of the International Artists Forum (IAF) and the Federation of International Journalists, America (FIJA-USA). I am compelled to appeal to your esteemed office on behalf of the innocent citizens of Nepal, who are now facing violent suppression at the hands of the current coalition government led by so called communist leader and NCP UML president K.P. Sharma Oli and NC President Sher Bahadur Deuba.
On September 8, 2025, the Government of Nepal brutally cracked down on a peaceful youth-led “GenZ Movement” that had emerged to protest against corruption and the government’s decision to impose heavy restrictions on social media and digital freedoms. What began as a peaceful demonstration ended in tragedy when security forces used excessive force, live bullets, and tear gas against unarmed citizens.
According to verified reports:
At least 19 people were killed, including students and young professionals.
Over 450 people and Journalists were severely injured and remain hospitalized across the country.
Hospitals in Kathmandu, Biratnagar, and other major cities have been overwhelmed with casualties.
These actions represent not only a violation of human rights and democratic freedoms but also a shocking example of state violence against its own people. The current regime in Nepal is acting in a manner that can only be described as authoritarian and fascist—silencing dissent and murdering its citizens rather than listening to their democratic demands.
As a proud resident of the United States of America, I believe deeply in the values of liberty, justice, free press, freedom of speech, and democracy that your leadership has long championed on the global stage. The people of Nepal urgently need the moral and diplomatic voice of America.
I therefore humbly appeal to you, Mr. President, to:
Condemn the killings and violence in Nepal through an official statement from the White House.
Urge the Government of Nepal to immediately halt repression, release detained protesters, and allow freedom of speech and assembly.
Encourage international monitoring of Nepal’s human rights situation through U.S. diplomatic channels, including the State Department and international organizations.
Your strong voice at this critical moment would give hope to millions of Nepalis struggling for democracy and freedom, and it would reaffirm America’s historic role as a beacon of human rights and justice.
I sincerely thank you for your time and consideration. The people of Nepal, the Nepali diaspora, and global defenders of democracy will remember your support during this difficult hour.
Respectfully yours,
Ram Prasad Khanal
President – International Artists Forum, USA (IAF)
President – Federation of International Journalists, America (FIJA-USA)
Winchester, Virginia, USA

****

To:
श्री डोनाल्ड जे. ट्रम्प
संयुक्त राज्य अमेरिका (यूएसए) का राष्ट्रपति
द व्हाइट हाउस
वाशिंगटन, डी.सी.
CC:
Mr. Marco Rubio – U.S. Secretary of State
Mr. Ambassador – U.S. Embassy, Nepal
Office of the High Commissioner – UN Human Rights

विषय: नेपालमा मानवअधिकार उल्लंघन र हत्यासम्बन्धमा ध्यानाकर्षण तथा अपिल

राष्ट्रपति ट्रम्पज्यू,
उच्च सम्मानसहित म यो पत्र लेख्दैछु। म संयुक्त राज्य अमेरिकाको स्थायी बासिन्दा, नेपालबाट मूलतः आएको नागरिक, साथै इन्टरनेशनल आर्टिस्ट्स फोरम (IAF) र फेडरेसन अफ इन्टरनेशनल जर्नालिस्ट्स, अमेरिका (FIJA-USA) को अध्यक्षका हैसियतले तपाईँको सम्मानित कार्यालयमा यो अपिल पेस गर्न बाध्य भएको छु।
नेपालका निर्दोष नागरिकहरू, पत्रकारहरु अहिले कथित नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको वर्तमान गठबन्धन सरकारले गरेको हिंसात्मक दमनको सामना गरिरहेका छन्।
September 8, 2025 मा, नेपाल सरकारले भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल तथा डिजिटल स्वतन्त्रतामा सरकारले लगाउन खोजेको कडा नियन्त्रणविरुद्ध सुरु भएको शान्तिपूर्ण युवा–नियन्त्रित “GenZ आन्दोलन” माथि क्रुर आक्रमण गर्यो। यो शान्तिपूर्ण प्रदर्शन सुरक्षाकर्मीहरूले अत्यधिक बल प्रयोग, ज्यानमार्ने गोली प्रहार र अश्रुग्याँस प्रयोग गरेपछि ठूलो त्रासदीमा परिणत भयो। प्राप्त प्रमाणित प्रतिवेदनअनुसार :
कम्तीमा १९ जना भन्दा बढी नागरिकको मृत्यु भएको छ, जसमा विद्यार्थी र युवा पेशेवरहरू समेत रहेका छन्।
कैयौं पत्रकारहरुलाई गोली लागेको छ र घाइते छन्
४५० भन्दा बढी नागरिक गम्भीर घाइते भएका छन् र देशभरका अस्पतालहरूमा उपचाररत छन्।
काठमाडौं, विराटनगर र अन्य शहरका अस्पतालहरू घाइतेहरूले भरिएका छन्।
यी घटनाहरू मानवअधिकार र लोकतान्त्रिक स्वतन्त्रताको मात्र उल्लंघन नभई, आफ्नै जनतामाथि गरिएको राज्य–आतंकको भयावह उदाहरण हुन्। नेपाल सरकार अहिले अधिनायकवादी र फासिस्ट शैलीमा काम गर्दैछ—जनताको आवाजलाई दबाउँदै, हत्या गर्दै, लोकतान्त्रिक मागलाई सुन्न अस्वीकार गर्दै।
संयुक्त राज्य अमेरिकाको बासिन्दा, पत्रकार र कलाकारको हैसियतमा म स्वतन्त्रता, न्याय, स्वतन्त्र प्रेस, अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रका मूल्यहरूमा गहिरो विश्वास राख्छु, जसको विश्वव्यापी नेतृत्व अहिले तपाईँले गर्नुभएको छ। आज नेपालका जनतालाई तत्काल अमेरिकाको नैतिक र कूटनीतिक आवाज आवश्यक छ। त्यसैले म राष्ट्रपति ट्रम्पज्यू समक्ष निम्न अनुरोध गर्दछु :
१. नेपालमा भएको हत्या र हिंसात्मक कार्यलाई द व्हाइट हाउसबाट आधिकारिक वक्तव्यद्वारा निन्दा गर्नुहोस्।
२. नेपाल सरकारलाई तुरुन्तै दमन रोक्न, पक्राउ परेका प्रदर्शनकारीलाई मुक्त गर्न र अभिव्यक्ति तथा सभासम्मेलनको स्वतन्त्रता सुनिश्चित गर्न आग्रह गर्नुहोस्।
३. नेपालमा मानवअधिकारको अवस्थामाथि अमेरिकी कूटनीतिक माध्यमहरू ( राजदुताबास र स्टेट डिपार्टमेन्ट) र अन्तर्राष्ट्रिय संस्थाहरूमार्फत निगरानी गर्न प्रोत्साहित गर्नुहोस्।
यस गम्भीर क्षणमा तपाईँको दृढ आवाजले लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि संघर्षरत लाखौं नेपालीहरूलाई आशा दिनेछ, र मानवअधिकार तथा न्यायको विश्वव्यापी दीपशिखा रूपमा अमेरिकाको ऐतिहासिक भूमिकालाई पुनः पुष्टि गर्नेछ।
तपाईँले दिनुभएको समय र विचारका लागि म हृदयदेखि आभारी छु। नेपालका जनता, विश्वभरका नेपाली प्रवासी समुदाय र लोकतन्त्रका समर्थकहरूले यस कठिन घडीमा तपाईँको समर्थनलाई सधैँ सम्झनेछन्।
आदरपूर्वक,
रामप्रसाद खनाल
अध्यक्ष – इन्टरनेशनल आर्टिस्ट्स फोरम, अमेरिका (IAF)
अध्यक्ष – फेडरेसन अफ इन्टरनेशनल जर्नालिस्ट्स, अमेरिका (FIJA-USA)
विन्चेस्टर, भर्जिनिया, अमेरिका

 

 

May be an image of text

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।