Washington DC, US : March 17, 2026, Tuesday 02:40 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले इरानबाट हुन सक्ने मिसाइल र ड्रोन आक्रमणको खतरालाई मध्यनजर गर्दै हवाई क्षेत्र बन्द|भीषण हवाई आक्रमणले अफगानिस्तान र पाकिस्तानबीच तनाव|एक रातमा नायक, अर्को रातमा खलनायक बनाउने प्रबृत्ति !|इरानमाथि हवाई आक्रमण तीव्र, राजधानी तेहरान, ऐतिहासिक शहर इस्फहान र हमदान लगायतका स्थानमा लगातार बमबारी|अहिले इरान युद्धमा के के भइरहेको छ ? हेर्नुस ताजा अपडेटहरु|NRN को १२औँ महाधिवेशन तथा वार्षिक साधारणसभामा देशको आर्थिक भविष्य, लगानी र प्रवासी नेपालीको भूमिकाबारे व्यापक छलफल|Breaking News : इरानले प्रतिशोधात्मक आक्रमण, होर्मुज हुँदै जाने तेल आपूर्ति अवरुद्ध हुन थालेपछि विश्वव्यापी ऊर्जा संकट उत्पन्न|प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँट|Breaking News : इरानमा विरोध प्रदर्शन रोक्न गुप्तचर इकाइले कडा चेतावनी जारी, नयाँ सर्वोच्च नेता “घाइते तर सम्भवत जीवित”|अमेरिकी सेनाको इन्धन भर्ने सैन्य विमान KC-135 इराकमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार छ जनामध्ये चार जना सैनिकको मृत्यु

एमाले भित्र नेताका वरिपरि घुम्ने ‘गणेश प्रवृत्ति’, गुटगत गतिविधि, अपारदर्शी आर्थिक व्यवहार र अराजक संगठन सञ्चालन मौलाएको ठहर आयोगले आचारसंहिता कडाइका साथ पालना नगरेसम्म पार्टीभित्रका विसंगति नियन्त्रण नहुने ठहर

  NepalMother.com | २१ भाद्र २०८२, शनिबार २३:५३

नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगले विधान महाधिवेशनमा पेस गरेको प्रतिवेदनमा पार्टीभित्र विचार र आचरण दुबै पक्षमा गम्भीर समस्या पहिचान गर्दै तत्काल सुधारका कडा सुझावहरू अघि सारेको छ। आयोगका अध्यक्ष केशव वडालले पेश गरेको प्रतिवेदनमा पछिल्ला वर्षमा पार्टीभित्र नेताका वरिपरि घुम्ने ‘गणेश प्रवृत्ति’, गुटगत गतिविधि, अपारदर्शी आर्थिक व्यवहारअराजक संगठन सञ्चालन मौलाएको ठहर गरिएको छ।


प्रतिवेदनले औंल्याएका मुख्य समस्याहरू

  • गणेश प्रवृत्ति र व्यक्तिवाद: केही नेताहरू उच्च तहका नेतालाई प्रभावित गर्दै पद–प्रभावको खोजीमा केन्द्रित, पार्टीकामभन्दा व्यक्तिकेन्द्रित व्यवहार बढ्दो।

  • गुट–अराजकता: वैचारिक दृढता कमजोर हुँदै, संगठनात्मक निर्णय नमान्ने, बैठकहरू निरस र औपचारिकतामा सीमित, परस्पर अविश्वास र गुटबन्दी दह्रो।

  • कुण्ठा र अतृप्त महत्वाकांक्षा: अपेक्षित पद/सुविधा नपर्दा बैठक अवरुद्ध गर्ने, व्यक्तिगत लाञ्छना गर्ने, असहिष्णु र आक्रामक आचरण देखिने।

  • वैयक्तिक स्वार्थ र लोभ: सार्वजनिक पद/मनोनयन, आर्थिक लाभ, मञ्चमा देखिनु/मिडियाको दुरुपयोग जस्ता प्रवृत्ति बढ्नु।

  • आर्थिक अपारदर्शिता: केही नेताको आयस्रोत नदेखिने तर खर्चालु जीवनशैली; आर्थिक संकलन र खर्चमा स्पष्टता अभाव।

  • यौनजन्य अनुचित आचरण: कतिपय संगठन/जनसंगठनमा यस्ता व्यवहार देखिन थालेको प्रति आयोगको चिन्ता।


कारण र पृष्ठभूमि

आयोगका अनुसार पार्टी एकता–विघटनको चरणदेखि थालिएको कुण्ठानिहित स्वार्थ आज पनि विभिन्न रूपमै देखिन्छ। दक्षिणपन्थी अवसरवाद, वर्गीय विसंगतिका प्रभाव, कमजोर चेतनानैतिकता क्षय मिलेर पार्टीभित्र समस्या जरा गाड्दै गएको निष्कर्ष प्रतिवेदनमा छ।


विधान र संरचनामा सुधारका सुझाव

  • विधान संशोधनलाई स्पष्ट, सरल र त्रुटिरहित बनाउने; नेतृत्व र निर्णय–प्रक्रियामा अनिश्चितता/दुविधा समाप्त हुने व्यवस्था।

  • तोकेबमोजिम कार्यविधि: तजबीजी व्याख्या बन्द; संगठन निर्माण/सञ्चालनका विधि सुस्पष्ट पार्ने।

  • कारबाही प्रक्रिया सुधार: तथ्य–प्रमाणमा आधारित, गुट–पक्षधरता र पूर्वाग्रहबाट मुक्त; कार्यकारी निकायको कारबाहीमा स्वतन्त्र पुनरावलोकनको प्रबन्ध।

  • नियुक्तिमा मापदण्ड: सार्वजनिक पदमा मनोनीत हुने व्यक्तिमा अनुशासन कारबाही नभएको स्पष्ट शर्त।

  • वैचारिक काम प्राथमिकता: विषयगत प्रशिक्षण, कार्यशाला, अभ्यास र निरन्तर बहस–पैरवीलाई संस्थागत गर्नु।


आयोगको चेतावनी र आह्वान

आयोगले आचारसंहिता कडाइका साथ पालना नगरेसम्म पार्टीभित्रका विसंगति नियन्त्रण नहुने ठहर गर्दै, “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा साकार पार्न नैतिक आचरण, पारदर्शिता र संगठनात्मक शुशासन अनिवार्य भएको जोड दिएको छ।


महाधिवेशनको कार्यसूची र बहस

दोस्रो दिन आयोगका साथै केन्द्रीय निर्वाचन आयोग (डा. विजय सुब्बा)लेखा आयोग (डा. पुष्प कँडेल) का प्रतिवेदन पनि पेश भए। पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमा समूहगत बहस चलेको थियो।
कूल २,३४१ सहभागीमध्ये प्रदेश, उपत्यका विशेष, जनसंगठन, प्रवास र केन्द्रीय संरचनाका प्रतिनिधिहरू १० समूहमा विभाजित भएर छलफलमा छन्।


फरक मत

स्थायी समिति सदस्य कर्णबहादुर थापाले सुदूरपश्चिम समूहमा विद्या भण्डारीको सदस्यतासम्बन्धी विषयमा फरक मत सार्वजनिक गरेका छन्। अध्यक्ष ओलीले मूल प्रतिवेदनमा फरक मत नरहेको बताउँदै उक्त विषय समूहगत छलफलमार्फत टुंग्याउने बताएका छन्।

के–के हुँदै छ आज एमाले विधान महाधिवेशनमा ?

समूहगत छलफलमा टोली नेता विवाद : ...अनि भट्टराईले नै अघि सारे ढुंगेल

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।