Washington DC, US : May 30, 2026, Saturday 07:03 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|बजेट २०८३/८४ : सुधारको संकेत कि महत्वाकांक्षी सपना ? अर्थविद्हरूको मिश्रित प्रतिक्रिया|ट्रम्प–इरान सम्झौता अझै अनिश्चित, ह्वाइट हाउसमा उच्चस्तरीय बैठकपछि पनि अन्तिम निष्कर्ष निस्किएन|ट्रम्पको निर्णायक घडी : इरानसँग सम्झौता कि थप तनाव ?|बजेट २०८३/८४ मा गैरआवासीय नेपालीलाई ऐतिहासिक सम्बोधन, एनआरएनएको स्वागत : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ नाराले पायो नीतिगत आधार|आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट समग्र रूपमा हेर्दा|नयाँ सोचसहित स्वर्णिमको बजेटः कर सुधारदेखि एआई फ्याक्ट्रीसम्म, ‘टेक हब’ नेपाल बनाउने महत्वाकांक्षी घोषणा|Breaking News : २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट, आगामी आर्थिक वर्षको बजेट – पूर्णपाठ|सरकारले बजेटमार्फत निजामतीसहित सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको आधारभूत तलब १० प्रतिशतले बढाउने घोषणा|Breaking News : इरान र अमेरिकाबीच फेरि तनाव|अमेरिकी सेनाले तेहरानविरुद्ध थप “आत्मरक्षात्मक” सैन्य कारबाही

निजी विद्यालयहरूले प्रस्तावित विद्यालय शिक्षा विधेयकको केही प्रावधान अस्वीकार गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरे साउन २९ गतेदेखि भदौ ७ गतेसम्म देशव्यापी कार्यक्रम सञ्चालन हुने, समयसीमा भित्र सहमति नजुटे विद्यालय बन्दसम्मको कार्यक्रम गरिने चेतावनी पनि दिइएको छ : प्याब्सनका अध्यक्ष कृष्ण अधिकारी

  NepalMother.com | ३० श्रावण २०८२, बिहीबार १२:३२

निजी विद्यालयहरूले प्रस्तावित विद्यालय शिक्षा विधेयकको केही प्रावधानलाई अस्वीकार गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट आएको विधेयकमा रहेका चार बुँदा संशोधन नभएसम्म आन्दोलन गर्ने चेतावनी दिँदै आएका निजी विद्यालय सञ्चालकहरूले अब चरणबद्ध कार्यक्रम सार्वजनिक गरेका हुन्।

प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीका अनुसार, सरकारले विधेयकमा रहेको “निजी विद्यालयहरूलाई क्रमशः गैर नाफामूलक बनाइने” भन्ने वाक्यांश हटाउनुपर्ने, “पूर्ण छात्रवृत्ति” भन्ने शब्द संशोधन गर्नुपर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थीको १०% छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने र छात्रवृत्तिमा भर्ना शुल्क, वार्षिक शुल्क तथा मासिक पढाइ शुल्क कायम गर्नुपर्ने व्यवस्था गर्नुपर्ने माग राखिएको छ।

उनका अनुसार, यी मागहरू स्वीकार नभए साउन २९ गतेदेखि भदौ ७ गतेसम्म देशव्यापी कार्यक्रम सञ्चालन हुनेछन्। यस अवधिमा ज्ञापनपत्र बुझाउने, सरोकारवालासँग अन्तरक्रिया गर्ने र आन्दोलन तयारी बैठकहरू सञ्चालन गर्ने योजना छ। समयसीमा भित्र सहमति नजुटे विद्यालय बन्दसम्मको कार्यक्रम गरिने चेतावनी पनि दिइएको छ।

घोषित कार्यक्रमअनुसार साउन २९ गते पालिकास्तरमा मेयर र शिक्षा शाखा सदस्यहरूलाई ज्ञापनपत्र बुझाइनेछ। साउन ३० गते जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय समितिमा ज्ञापनपत्र बुझाइनेछ। भदौ १ गते मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयलाई, भदौ २ गते आ–आफ्नो क्षेत्रका संघीय सांसदहरूलाई ज्ञापनपत्र बुझाइनेछ।

भदौ ३ गते पालिकास्तरीय, भदौ ४ गते जिल्लास्तरीय, भदौ ५ गते प्रदेशस्तरीय आन्दोलन तयारी बैठक बस्नेछन्। भदौ ६ र ७ गते केन्द्र तथा प्रदेशस्तरमा सरोकारवालासँग अन्तरक्रिया हुनेछ। प्याब्सनले सबै तहका समितिलाई यी कार्यक्रम सफल पार्न आवश्यक तयारी गर्न निर्देशन दिएको छ।

यस्ता छन् आन्दोलनका कार्यक्रम:

१. साउन २९ गते बिहान ११ बजे पत्रकारहरूको उपस्थितिमा अध्यक्ष : मेयर र पालिका शिक्षा शाखा सदस्यहरूको व्यापक उपस्थितिमा ज्ञापन पत्र बुझाउने ।

२. साउन ३० गते ११ बजे प्याब्सन सदस्यहरूको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथ समन्वय इकाई र जिल्ला समन्वय समितिको कार्यालयमा ज्ञापन पत्र बुझाउने ।

३. भाद्र १ गते ११ बजे प्रदेशमा मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयलाई ज्ञापन पत्र बुझाउने ।

४. भादौँ २ गते आआफ्नो निर्वाचन क्षेत्रका सङ्घीय (प्रतिनिधि सभा/राष्ट्रिय सभा सांसदहरूलाई ज्ञापन पत्र बुझाउने ।

५. भदौँ ३ गते हरेक पालिकामा पालिकास्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने ।

६. भदौँ ४ प्रत्येक जिल्लामा जिल्लास्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने ।

७. भदौँ ५ गते सातै प्रदेशमा प्रदेशस्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने ।

८. भदौँ ६ र ७ केन्द्र/प्रदेश स्तरमा सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने ।

९. उक्त समय सीमाभित्र भद्र रूपमा गरिएको आन्दोलन, सचेतना, ज्ञापन पत्र बुझाउने, अन्तरक्रिया र छलफलबाट निकास ननिस्किए विद्यालय बन्दसम्मको कार्यक्रम गर्ने निर्देशन दिँदै त्यसलाई मध्यनजर गर्दै सबै तहका समितिहरूले आवश्यक तयारी

निजी विद्यालय संचालकले दिए अल्टिमेटम, शिक्षा विधेयकमा समेट्नुपर्ने चार ‍माग यस्ता

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।