Washington DC, US : January 30, 2026, Friday 11:34 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

गीतकार तामाङको ‘सांगीतिक साँझ’ सम्पन्न

  NepalMother.com | १७ असार २०८२, मंगलवार ११:५२

गीतकार टेक तामाङको ‘सांगीतिक साँझ – २०८२’ काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा भव्यरूपमा सम्पन्न भएको छ। गीतकार संघ नेपालको आयोजनामा भएको कार्यक्रममा २५ जना वाद्यवादकसहित डेढ दर्जन गायक–गायिकाले प्रत्यक्ष प्रस्तुतिमा तामाङका लोकप्रिय गीतहरू गाएका थिए।

कार्यक्रमको सभापतित्व गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाले गरेका थिए भने प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँला थिए। भीड अत्यधिक भएकाले प्रेक्षालयको बाहिर एलइडी राखेर पनि कार्यक्रम प्रत्यक्ष देखाइएको थियो।

गीतकार तामाङद्वारा रचना गरिएका १७ ओटा नयाँ–पुराना लोकप्रिय गीतहरू गायक–गायिकाहरूले प्रत्यक्ष प्रस्तुत गरे। प्रस्तुत गीतहरूमा ‘नेपाल मेरो घर’ (किरण प्रधान), ‘आमा’ (शिव परियार), ‘स्वर्ग सुख’ (डेबिट शंकर), ‘मीठा मीठा बोली’ (रुपक चौधरी), ‘जित्नेहरुको पनि’ (सत्यराज आचार्य), ‘आफ्नै धड्कन’ (स्वरुपराज आचार्य), ‘मन पर्छ’ (संगीता राना प्रधान), ‘अल्झिरह्यो याद’ (प्रदीपराज पाण्डे), ‘तिमी सागर’ (सञ्जय तुम्रोक र सुमिना लो), ‘तिमीलाई पराईको’ र ‘अँगालोमा बेरिरहुँ’ (अन्जु पन्त) लगायत थिए।

प्रत्येक गीत प्रस्तुतिमा दर्शकदीर्घामा ‘वान्स मोर’ को आवाज गुन्जिरहन्थ्यो। वाद्यवादनमा संगीतकार अशोक कुमार राईको संयोजनमा २५ सदस्यीय टोलीले साथ दिएको थियो। भ्वायलिन, बाँसुरी, तालवाद्य, गिटार, सितार, सारङ्गी, ड्रम्म, ब्रासलगायत सबै वाद्ययन्त्रमा अनुभवी कलाकारहरूको सहभागीता थियो।

गीतकार टेक तामाङले आफ्नो सांगीतिक यात्राको सुरुवात २०५० सालदेखि गरे पनि यस सांगीतिक साँझले त्यो यात्रालाई पूर्णता दिएको बताए। उनले संगीतप्रेमीको व्यापक उपस्थिति र मायाले यो साँझ ऐतिहासिक बनेको अनुभव सुनाए।

पूर्व कुलपति बैरागी काइँलाले तामाङलाई बधाई दिँदै गीतमार्फत मातृभूमिप्रतिको प्रेम सन्देश प्रवाह गर्न सफल भएको बताए। कार्यक्रम संयोजक थापाले एकल र सामूहिक साँझहरू सर्जकको हकअधिकार स्थापना, प्रोत्साहन र सम्मानका लागि निरन्तर भइरहने बताए।

कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू—राजनीति, साहित्य, संगीत, न्याय, प्रशासन, शिक्षा, सुरक्षा—को बाक्लो उपस्थिति थियो। कार्यक्रममा तामाङद्वारा रचित ‘सोल्टिनी’ र ‘माथि माथि लेकमा’ गीतका म्युजिक भिडियो पनि सार्वजनिक गरियो।

कार्यक्रम संचालन दिनेश डिसीले गरेका थिए भने सगरमाथा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। व्यवस्थापन समितिको संयोजक थापासहित अशोककुमार राई, सुमन पण्डित ‘बैरागी’, टिका राई ‘शिव’, कन्काइष्ट राई, शशी लुमम्बु, सुशील केसी, अर्जुन बहादुर घलान र गोपालचन्द्र राई सदस्य थिए।

कार्यक्रमलाई एनस्लेक्स नेपाल, रेन एजुकेशन, देवर्सी एजुकेशन, सिताराम दूध, सिजी मोटर्स, टाइगो इभी, ग्लोबल आइएमई बैंक, जिपिएन सेक्युरिटी, लुलु इन्टरनेशनल, मोडल मल्टिपल कलेज, केबिएन मिटसप, आश्री ज्वेलर्स, एक्टिभ प्रेस आदि संस्थाहरूले प्रायोजन गरेका थिए।

गीतकार संघ नेपाल र भीमबहादुर फूलमाया स्मृति पुस्तकालयको सहयोगार्थ आयोजना गरिएको यो साँझ सांस्कृतिक चेतना, सामाजिक सशक्तीकरण र सिर्जनात्मक उत्साह जगाउने उदाहरणीय कार्यको रूपमा रहेको छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured


अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।