वाशिङ्टन डिसी, जुन ५, २०२५ / अमेरिकी गृह सुरक्षा विभाग (Department of Homeland Security – DHS) अन्तर्गतको अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (USCIS) ले नेपाली नागरिकका लागि लागू गरिएको अस्थायी संरक्षण स्टाटस (TPS) अन्त्य गर्ने औपचारिक सूचना सार्वजनिक गरेको छ।
यस सूचना अनुसार, नेपाललाई दिइएको TPS को म्याद आगामी जुन २४, २०२५ मा समाप्त हुँदैछ। सो पश्चात उक्त म्याद नवीकरण नहुने निर्णय गरिएको छ। विभागका अनुसार नेपालको हालको परिस्थिति र अमेरिकाका सम्बन्धित सरकारी निकायसँगको परामर्शपछि नेपाल अब TPS पाउन योग्य मुलुक नरहेको ठहर गरिएको हो।
TPS (Temporary Protected Status) अमेरिकी सरकारले त्यस्ता देशका नागरिकलाई प्रदान गर्ने विशेष आप्रवासी सुरक्षात्मक मान्यता हो, जसले युद्ध, प्राकृतिक विपत्ति वा अस्थिरता झेलेका देशका व्यक्तिहरूलाई अस्थायी रूपमा अमेरिका बस्न र काम गर्न अनुमति दिन्छ।
सूचनामा भनिएको छ कि नेपालको वर्तमान अवस्था अब TPS प्रदान गर्नुपर्ने अवस्थाभन्दा बाहिर पुगेको निष्कर्षमा DHS पुगेको छ। यसैले संघीय कानुन बमोजिम नेपालका लागि TPS अन्त्य गर्ने निर्णय भएको हो।
यो अन्त्य संघीय रजिस्टरमा प्रकाशन भएको मितिबाट ६० दिनपछि प्रभावकारी हुनेछ। सो मितिबाट नेपाली TPS धारकहरूलाई सो सुविधा कायम रहने छैन।
नेपालमा habitual residence गरेका (सधैं बसोबास गरेका) TPS प्राप्त नेपाली नागरिकहरू र अन्य राष्ट्रविहीनहरू अब TPS अन्तर्गतको सुरक्षा गुमाउने छन्। यस निर्णयले हजारौं नेपाली आप्रवासी प्रभावित हुने अनुमान गरिएको छ।
![May be an image of ticket stub and text that says 'Citizenship SECURITY Immigration Services No. 2817-25; Docket No. 1615-ZB74 Designation AGENCY: U.S. Citizenship Temporary Protected Security. Services, Homeland SUMMARY: Through Department Secretary Security (DHS) Security (Secretary) expire Protected June the (TPS). conditions continues Secretary the conditions determined that TPS designation The Secretary effective [INSERT DATE required DAYS AFTER TH DATE AFTER ΓHE DATE THE FEDERAL REGISTER]. After [INSERT DATE Nepal (and aliens having DAYS been granted THE FEDERAL REGISTER], nationals nationality who last habitually resided DATES: The designation designation will Nepal) who have longer have time, Nepal TPS [INSERT DATE terminated effective DAYS AFTER DATE OF 1:59 p.m., local'](https://scontent.fshd1-1.fna.fbcdn.net/v/t39.30808-6/504315014_10233369986844886_5438849374438698195_n.jpg?_nc_cat=101&ccb=1-7&_nc_sid=833d8c&_nc_ohc=2SX_XNqPx58Q7kNvwHIh8W9&_nc_oc=AdlG7cfu3l9iPwOFizK6sq_hezPBLbJ1lfMmXZ2yErTqtdKvSK4tM-7CddDxtxF-28E&_nc_zt=23&_nc_ht=scontent.fshd1-1.fna&_nc_gid=ap5oHW5xunxJWoaze2H3NQ&oh=00_AfPCn4mSiG7DgEfEg-GU2kLpv1_jjacYlRCYU1x0Ieo4Dw&oe=6847977E)
प्रतिक्रिया