
रविन्द्र मिश्रलाई अदालतले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंले बिहीबार मिश्रलाई थप म्याद दिएर अनुसन्धान गर्न अनुमति प्रदान गरेको हो। यसअघि तीनकुने घटनापछि पक्राउ परेका मिश्रमाथि राज्यविरुद्धको कसुर र संगठित अपराधको आरोपमा मुद्दा दर्ता गरिएको थियो।
थप अनुसन्धानको लागि म्याद थप
अदालतले आपराधिक उपद्रवको आरोपमा अनुसन्धान गरिरहेका अन्य व्यक्तिहरुलाई पनि ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ। मिश्रलाई बिहीबार (आजै) म्याद थपका लागि अदालतमा प्रस्तुत गरिएको थियो।
मिश्रको आपत्ति
मिश्रमाथि आपराधिक उपद्रवको मुद्दा पुनः चलाइएकोमा उनले आपत्ति जनाएका छन्। उनका समर्थकहरुले पनि अदालतको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
पृष्ठभूमि
गत चैत १५ गते भएको तीनकुने घटनापछि मिश्र पक्राउ परेका थिए। अदालतको पछिल्लो निर्णयसँगै मिश्रलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ।
मिश्रले अदालतको निर्णयप्रति असहमति जनाउँदै कानुनी लडाइँ जारी राख्ने बताएका छन्।
रवीन्द्र मिश्रमाथि अर्को मुद्दा थपिएको छ। गत चैत १५ गते भएको तीनकुने घटनापछि पक्राउ परेका मिश्रमाथि यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरिएको थियो।
आपराधिक उपद्रवको आरोप थप
आज पुनः मिश्रमाथि आपराधिक उपद्रवको कसुरमा पनि मुद्दा चलाइएको छ। अदालतमा पेश गरिएका मिश्रले यो आरोपप्रति कडा आपत्ति जनाएका छन्।
मिश्रको प्रतिक्रिया
बिहीबार जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि पुर्याइएका मिश्रले न्यायाधीशसमक्ष आफ्नो असन्तुष्टि व्यक्त गर्दै भने, “आज ४२ औं दिन राज्यले मेरो निधारमा फेरि तेस्रो कालो टिका लगाइदिएको छ। ४१ दिनसम्म राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरको टिका बोकेर हिँडेको थिएँ। फेरि आपराधिक उपद्रवको टिका लगाइएको छ।”
मिश्रले थपे, “त्यो टिका पुछ्ने अधिकार, निष्ठा यो न्यायालय र बेञ्चमा हुन्छ भनेर केही कुरा राख्छु।”
समर्थकहरूको विरोध
मिश्रमाथि आपराधिक उपद्रवको मुद्दा थपिएकोमा उनका समर्थकहरुले पनि असन्तुष्टि जनाएका छन्। उनीहरूले न्यायालयबाट मिश्रको पक्षमा न्यायको अपेक्षा गरेका छन्।
पहिला उनीहरू समाजवादीलाई लिन आए
म बोलिन
किनकि म समाजवादी थिइन
उनीहरू ट्रेड युनियनकर्मीलाई लिन आए
म बोलिन
किनकि म ट्रेड युनियनकर्मी थिइन
उनीहरू यहुदीलाई लिन आए
म बोलिन
किनकि म यहुदी थिइन
अन्तिमा उनीहरू मलाई लिन आए
मेरो लागि बोल्दिने बाँकी कोही थिएन।

हतकडी लगाएर जेल हाल्नु पर्ने तानाशाह अपराधीहरुले उल्टै रवीन्द्र मिश्रलाई हतकडी लगाउने ?? नकचरा तानाशाहहरू हो, तिमीहरूका मुखबाट बोलिने “लोकतन्त्र र गणतन्त्र” को आवरणमा तिमीहरूले मच्चाईरहेको “लुटतन्त्र” “गलगाँड तन्त्र” र “राज्य आतङ्क” लाई म छि छि छि……. भनेर भन्न मात्र सक्छु ।
पत्रकारका रूपमा काम गर्दा होस वा लेखक साहित्यकारका रूपमा कलम चलाउँदा होस वा मानवाधिकार र समाजसेवाका क्षेत्रमा काम गर्दा होस रवीन्द्र मिश्र धेरै आवाज नहुनेहरूको आवाज बने, सहयोगी हात बने, निस्वार्थ सेवा गरे, उनी कुन पार्टीमा छन् उनको बिचार के हो त्यो मेरो चासो वा सरोकारको विषय पनि होइन, त्यो उनको स्वतन्त्रता हो । तर आज उनलाई राज्य आतङ्क मच्चाइरहेको ओली सरकारले उनकै आवाज बन्द गर्न र निकै लामो समयसम्म जेलमा थुन्न योजना बनाइरहेको छ र राज्यको प्रहरी प्रशासन उनलाई फसाउन मरी मेटेर लागेको देखिएको छ । रवीन्द्र मिश्र माथि कठोर सजाय हुने गरी झुटा मुद्दा लगाउने षड्यन्त्र राज्यले गरिरहेको छ ।
राजनीतिबाट पूर्ण रूपमा अलग, एउटा स्वतन्त्र व्यक्ति स्वतन्त्र पत्रकार र सचेत नागरिकका रूपमा म सरकार को यो जाल झेल र षडयन्त्र प्रति खेद व्यक्त गर्दै बिना सर्त मिश्रको रिहाइका लागि जोडदार माग गर्दछु । यस्तो अत्याचार हुँदा पनि नबोले कहिले बोल्ने ? भन्दै सम्बद्ध सबैलाई यस राज्य आतङ्कका विरोधमा बोल्न र रवीन्द्र मिश्रको रिहाइका लागि मुख खोल्न आह्वान पनि गर्दछु । याद रहोस् रवीन्द्र न त झापामा टाउको काटेर आएका अपराधी हुन न त सत्र हजारको नरसंहार गरेर आएर नेता बनेका तिमी अपराधीहरू जस्ता अपराधी हुन ।
– रामप्रसाद खनाल


प्रतिक्रिया