Washington DC, US : July 30, 2025, Wednesday 05:56 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपालीभाषी समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|रूसमा ८.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प, अमेरिकाको पश्चिमी तटदेखि जापान, हवाई, फिलिपिन्स, मेक्सिकोसम्मका सुनामीको असर|Breaking News : बेलायतमा नेपाली विद्यार्थीहरूको आत्महत्या र असामयिक मृत्युदर बढ्दै, साबधान अभिभाबकहरु !|तेस्रो बच्चा जन्माउनेलाई विशेष अनुदान, थप बच्चा जन्माउन प्रेरित गर्ने|प्रधानमन्त्री ओली रवि लामिछानेप्रति कडा : ‘ठगी गरेपछि त अदालतले थुन्छ, सरकारले के गर्ने ?’|अमेरिकामा बन्दुक हिंसा नियन्त्रण बाहिर, सातो जाने तथ्याङ्क|पुस्ता – टेलिसिरियलको Trailer सार्बजनिक|युक्रेनको जेलमा रुसी हवाई आक्रमण, १७ बन्दीको मृत्यु, ४२ घाइते|Breaking News : न्युयोर्कको गगनचुम्बी भवनमा आक्रमण, चार जनाको ज्यान गयो, बंगलादेशी मूलका प्रहरी अधिकारी समेत मारिए|अमेरिकाको नेभाडा क्यासिनोमा गोलीकाण्ड, थुप्रै घाइते, एक पक्राउ|सिन्धुलीबाट बेपत्ता हायू परिवार पोखरामा सकुशल फेला !

“वरिष्ठ अधिवक्ता नेपालीको संयोजकत्वमा नागरिक छानबिन आयोग” "मलाई प्रहरीले खोजिरहनु पर्दैन, म नैपालमै छु, कुनै ठाउँमा छु । मानवअधिकारीवादी र वकिलहरूको रोहवरमा सार्वजनिक हुन तयार छु," - दुर्गा प्रसाईं

  NepalMother.com | २६ चैत्र २०८१, बुधबार १०:२८

संयुक्त जनआन्दोलन परिचालन समितिले चैत १५ गते तीनकुनेमा राजसंस्था पुनःस्थापनाका लागि गरेको शान्तिपूर्ण कार्यक्रममा हिंसा भड्काएर भए/गरिएका गम्भीर मानवअधिकार हननको घटनाबारे अनुसन्धान गर्न नागरिक छानबिन आयोग गठन गरेको छ। ‘उक्त घटनाबारे राष्ट्रिय मानवअधिकार आयोग र सरकारले समेत छानबिन नगरी विश्वसामु नेपालको छवि धुमिल बनाएकाले राष्ट्रिय जीवनका विविध क्षेत्रका विशिष्ट व्यक्तित्व र संघसंस्थाको तर्फबाट अनुसन्धान गरिदिन प्रस्ताव गरिएकोमा स्वीकार गरी’ वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीको संयोजकत्वमा नागरिक छानबिन आयोग गठन गरिएको समितिले जानकारी गराएको हो।

संयुक्त जनआन्दोलन परिचालन समितिका प्रबक्ता अधिबक्ता स्वगत नेपालले एक प्रेस बिज्ञप्ति जारि गर्दै भनेका छन् ” चैत्र १५ गते तीनकुनेमा शान्तिपूर्ण कार्यक्रममा हिंसा भड्काएर भए गरिएका गम्भीर मानवअधिकार हननको घटनाका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोग र सरकारले समेतबाट छानबिन नगरी विश्वसामु नेपालको छबी धुमिल बनाएकोले राष्ट्रिय जीवनका विविध क्षेत्रका विशिष्ठ व्यक्तित्व र संघसंस्थाहरुको तर्फबाट अनुसन्धान गरिदिन प्रस्ताव गरिएकोमा स्वीकार गरी वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीको संयोजकत्वमा स्वतन्त्र र निष्पक्ष नागरिक छानबिन आयोग गठन भएको छ । ”
नेपालले अगाडी भनेका छन् “नागरिक समाजका विशिष्ठ व्यक्तित्व तथा संघसंस्थाहरुको सामूहिक प्रस्तावमा पारित नागरिक छानबिन आयोगका सदस्यहरुमा सुरक्षा क्षेत्रबाट पूर्व एआइजी रविराज थापा, चिकित्सा क्षेत्रबाट डा= रामप्रसाद उप्रेती, मानवअधिकारको क्षेत्रबाट मानवअधिकार विषयमा विद्यावारिधी डा ज्ञान बस्नेत र अधिवक्ता हरि कट्टेल रहनु भएको छ ।
उक्त आयोग गठनको प्रस्तावका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा जगमान गुरुङ्ग, सत्य र न्यायको खोजी अभियानका संस्थापक संयोजक वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ , ३६ वटा संघसंस्थाको छाता संस्था राष्ट्रिय शक्ति नेपालका संयोजक केशर बहादुर बिष्ट, पर्यटन व्यवसायी समाजसेवी भरत बस्नेत, किशोरी महतो, प्रा।डा। रत्नकमल वैद्य, अध्यात्मिक नेतृत्व आर बी बस्नेत, मानव अधिकार म्याग्नामिट, २०११ का संयोजक सुरेश आचार्य, रमा सिंह, अस्मिता भण्डारी, पूर्व प्रशासक हरि बहादुर बस्नेत, राष्ट्रिय नागरिक संघर्ष समितिका संयोजक नरेश बहादुर सिंह, ध्रुव खतिवडा, यादवराज पाण्डेय, निराकार रेग्मी, दिपक महाराज आत्रेय, नेवा एकता तथा नागरिक समाजका रञ्जिता श्रेष्ठ समेत ३९ संघसंस्था तथा प्रबुद्ध व्यक्तित्वहरुका तर्फबाट हस्ताक्षर गर्नु भएकोमा काठमाडौंमा बुधबार सम्पन्न एक भेलाले पारित गरेको हो । उक्त प्रस्तावमा समर्थन जनाउँदै देश तथा विदेशका मानवअधिकार संघ संगठन तथा प्रबुद्ध व्यक्तित्वहरुबाट समेत इमेलमार्फत समर्थनहरु समेत प्राप्त भएका छन् । ”
उनले अगाडी थापेका छन् “आयोगका संयोजक वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपाली नेपाल विद्यार्थी सङ्घका संस्थापक संयोजक र २०२६ सालमा त्रिभुवन विश्वविद्यालय विद्यार्थी युनियनका अध्यक्ष हुनुहुन्थ्यो । उहाँ संस्थापक संयोजक रहँदा कांग्रेस नेता शेर बहादुर देउवा, पूर्व सभामुख दमननाथ ढुंगाना, कांग्रेस नेता विपिन कोइराला र अर्जुननरसिंह केसीको पनि नेता हुनुहुन्छ । ”

May be an image of text

उता राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका कार्यबाहक संयोजक डा जगमान गुरुङले राजतन्त्र फर्काउने आफूहरूको अभियान सफल भएरै छाड्ने दाबी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले समर्थकहरूलाई हरेस नखान आग्रह पनि गरे । गत चैत १५ गते तीनकुनेको कार्यक्रमपछि आन्दोलन सेलाएको र राजसंस्था फर्किंदैन भनेर विरोधीहरूले हल्ला चलाएको बताउँदै अभियानमार्फत ढिलो चाँडो राजसंस्था पुनःस्थापना भएरै छाड्ने दाबी गरे । ‘लो प्रफाइलमा बसेर आन्दोलन सफल पार्नुपर्छ । हाम्रो अभियान सफल हुन्छ,’ गुरुङले भने, ‘तपाईंहरू हरेस नखानुस्, अहिलेको अहिल्यै र भरेको भरे नै भन्ने हुँदैन । सबै कुराको समय आउँछ ।’ उनले गत चैत १५ गतेको प्रदर्शनका क्रममा पक्राउ परेका नेताहरूलाई मुक्त गर्न सरकारलाई आगामी वैशाख २१ गतेसम्मको समय दिएको जानकारी गराए । आफूले ज्यानको माया मारेर भद्र अवज्ञा आन्दोलनको अगुवाइ गर्ने भन्दै रुची हुने सबैलाई आन्दोलनमा सहभागी हुन आह्वान पनि गुरुङले गरेका छन् ।

राजसंस्था पुन:स्थापनाका लागि बुधबार प्रतिवद्धता सभा भयो। काठमाडौँको स्मार्ट दरबारमा बुधबार गरिएको प्रतिवद्धता सभामा राजसंस्थाप्रति उदार रहेका व्यक्ति, संस्थाहरू सहभागि थिए।

प्रतिबद्धता सभा राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको आयोजनामा भएको हो। सभामा संयुक्त जनआन्दोलन समितिका पदाधिकारीको स्वभाविक सहभागिता रहने भयो।

सभामा विभिन्न पार्टी, संस्थाहरूका पदाधिकारीले राजसंस्था पुन:स्थापनाका लागि प्रतिवद्धता जनाए। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापादेखि कम्युनिस्ट पार्टी हुँदा अहिले राजसंस्थाको पक्षमा वकालत गरिरहेकी गंगा चौधरी (सत्गौवा) पनि कार्यक्रममा थिए।

कार्यक्रममा सम्वोधन गर्दै थापाले राजसंस्था पुन:स्थापनाका लागि अहिले माहोल बनेको र त्यसैअनुसार सबै प्रतिवद्ध भएर लाग्नुपर्ने बताए। उनले आन्दोलनको लक्ष्य प्राप्त नभएसम्म निरन्तर संघर्ष गर्न आफू तयार रहेको प्रतिवद्धता जनाए।

‘मन, वचन र कर्मले प्रतिवद्ध हुँदै यो संघर्षको मैदानमा उत्रन म तयार छु। आन्दोलनले लक्ष प्राप्त नगरेसम्म सधैं रहिरहनेछु’, थापाले प्रतिवद्धता जनाउँदै भने।

अहिलेको लोकतान्त्रिक व्यवस्थाबाट जनतालाई उन्मुक्ति दिलाउन आफू राजसंस्था पुन:स्थापना अभियानमा प्रतिवद्ध भएर लाग्ने थापाले बताए। राजसंस्थाको पुन:स्थापनाका लागि महोल सिर्जना भएको भन्दै उनले चार कारण आफू यस अभियानमा लागेको बताए।

‘म चार कारणले गर्दा राजसंस्था पुन:स्थापनाका लागि संघर्षको मैदानमा आएको छु’, उनले भने ‘पहिलो कारण राजसंस्था आवश्यक भएको हुँदा, दोस्रो राजसंस्था स्थापनाका लागि महोल सृजना भएका कारण, तेस्रो कुनै पार्टी र संस्थाबाट होइन जनताबाट राजसंस्था स्थापना हुन्छ भन्ने कारण र चौथो लोकतन्त्र लुटतन्त्रमा परिनत भएका कारण।’

प्रतिवद्धता व्यक्त गर्ने कार्यक्रममा नेकपा एमालेकी पूर्व सांसद गंगा चौधरी (सत्गौवा)ले पनि देशमा राजसंस्था आवश्यक भइसकेको भन्दै आफू आन्दोलनमा होमिन तयार रहेको बताइन्।

२०७२ सालमा संविधान बनाउन नेपालका बहुसंख्यक नागरिकको इच्छाविपरीत हिन्दुराष्ट्रलाई हटाएको भन्दै अब हिन्दुराष्ट्रसहित राजसंस्थाको आवश्यक्ता रहेको चौधरीको भनाइ छ।

चर्को भाषण गरेकी उनले के बोल्दैछु भन्नेसमेत बिर्सिरहेकी उनले लैंगिक अल्पसंख्यक समुदायमाथि भने धावा बोलेकी थिइन्। उनले राजाको समयमा विदेशमा देशको सम्मान रहेको र अहिले त्यो सम्मान गुमेको भन्दै भनिन्, ‘अहिले नेपालका नेताहरुलाई तेस्रोलिङ्गीहरूले विदेशमा स्वागत गरेको देख्दा लाज लागेर आउँछ।’

चौधरीले लैंगिक अल्पसंख्यकमाथि विभेदको शब्दप्रयोग गरेकोप्रति हलमा उपस्थितलेसमेत अचम्म मानेका थिए। कतिपटक उनले बोल्दै गर्दा ताली बजाइरहेका प्रतिवद्धता सभामा उपस्थितहरूले लैंगिक अल्पसंख्यकमाथि गरेको विभेदकाविरुद्धमा मौन रहे।

राप्रपालाई आरोप: ढाडमा टेकेर टाउकोमा हान्न सिक्यो

प्रतिवद्धतासभामा राष्ट्रिय शक्ति नेपालका संयोजक केशरबहादुर बिष्ट पनि सहभागी थिए। यसअघि राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठनमा सहभागी नभएका उनी अहिले राजसंस्था पुन:स्थापनाका लागि आफू प्रतिवद्ध रहेको बताए।

तर उनी राजसंस्था पुन:स्थापनाका लागि अभियानमा रहेका व्यक्ति संस्थादेखि गणतन्त्रका पक्षमा रहेका नेताहरूमाथि चर्कोरुपमा खनिए। माओवादीलाई पार्टीलाई त उनले आतंककारी भनिरहे।

 

बिष्टले राजसंस्था सहज फर्किन सम्भव नरहेको बताउँदै संविधान च्यात्न तयार रहन सबैलाई आह्वान गरे। राजगद्दी त्यागेका ज्ञानेन्द्र शाहले आफू फर्किन तयार रहेको संकेत गरेको उनको भनाइ थियो।

यति भनिहरँदा बिष्टले अब कुनै पार्टी र संगठनबाट मात्र राजसंस्था फर्काउने अभायन सफल नहुने राजसंस्था फर्काउनका लागि सबै राष्ट्रिय झण्डामुनी गोलबद्ध हुनुपर्ने बताएका थिए।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीमाथि ढाडमा टेकेर टाउकोमा हान्न सिकेको आरोप लगाएका थिए। संघीयता चाहिन्न भन्ने, त्यही संघीयताको प्रदेशमा सांसद भएर बस्ने, यसले भएन’, उनले भने ‘राप्रपा पनि ढाडमा टेकेर टाउकोमा हान्न सिकेको छ।’

बिष्टले साँच्चिकै राजसंस्था फर्काउन चाहेको हो भने राप्रपाले सांसद पद त्यागेर सडकमा आउनुपर्ने बताए। बिष्टले यति भनिरहँदा सभामा उपस्थित राप्रपा केही समर्थकले असहज महसुस गर्दै प्रतिवादसम्म गर्न खोजेका थिए।

राजेन्द्र लिङ्देनले ‘पत्याएनन्’

राजसंस्था पुन:स्थापनाका लागि राजसंस्थाप्रति उदार रहेका शक्तिहरूले प्रतिबद्धता जनाउने कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन भने उपस्थित भएनन्। राप्रपाका अन्य केही नेताहरूको उपस्थिति रहेको भए पनि महत्वपूर्ण भनिएको प्रतिवद्धता सभामै लिङ्देन भने पुगेनन्।

याद रहोस्, लिङ्देन राजसंस्था पुन:स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिको कुनै पनि कार्यक्रममा सहभागि भएका छैनन्।

३६ वटा संघसंस्थाको छाता संस्थाको राष्ट्रिय शक्ति नेपाल बनाएर त्यसको संयोजक बनेका केशरबहादुर बिष्टले राप्रपामाथि लगाएको आरोपको सभामै खण्डन भएको थियो।

प्रतिवद्धतासभामा सहभागी भएका राप्रपाका पूर्व अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले संसद्‌मा राप्रपा त्यसै नगएको बताए। ‘राप्रपाले संसद्‌मा त्यसै गएको होइन। देश संचार का अनुसार जनताबाट निर्वाचित भएर पठाएका हुन्’, उनले बिष्टको आरोपको खण्डन गर्दै भने।

राप्रपा संसद्‌मा भएकै कारण अहिले संसद्‌ प्रतिपक्षीबिहीन नभएको उनको भनाइ छ। ‘संसद्‌मा कोही प्रतिपक्ष छ भने त्यो राप्रपा हो। संसद्‌मा कोही राजसंस्था, हिन्दुराष्ट्र चाहिन्छ भन्दै छाति पिट्छ भने त्यो हो राप्रपा’, उनले भने, ‘राप्रपालाई केही भन्नु छ भने केही सोचेर भन्नुहोला।’

उनले राप्रपा राजसंस्था पुन:स्थापनाका लागि संघर्ष गर्न प्रतिवद्ध रहेको बताए।

यता दुर्गा प्रसाईंले आफू भागेको नभइ जोगिएको बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो राख्दै प्रसाईंले भने, “म भागेको होइन, अघिल्लो दुईवटा घटनामा भोगेको थिइनँ । यो घटनामा जोगिएको मात्रै हुँ ।” प्रसाईंले थप भनेका छन्, “म रहे भने यो अभियान, जनविद्रोह सफल हुन्छ, म नै रहेन भने यो जनविद्रोह दबाएर जान्छ ।” उनले आफूले नेपाल र नेपालीलाई बचाउन चाहेको उल्लेख गरे । चैत १५ गते तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका सविन महर्जन र सुरेश सजकको परिवारलाई पाँच–पाँच लाख दिने घोषणा समेत गरेका छन् ।

आफू मानवअधिकारवादीको रोहबारमा सार्वजनिक हुन तयार रहेको भिडियोमार्फत बताएका छन् । “मलाई प्रहरीले खोजिरहनु पर्दैन, म नैपालमै छु, कुनै ठाउँमा छु । मानवअधिकारीवादी र वकिलहरूको रोहवरमा सार्वजनिक हुन तयार छु,” उनले भनेका छन् ।

यसै बीच गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका घाइतेसँग भेट गरेका छन् । उनले घटनाको १२ दिनपछि नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर घाइतेका परिवारसँग भेट गरेका हुन् । सो क्रममा गृहमन्त्री लेखकले प्रहरीको गोली लागेकी उदयपुरकी २२ वर्षीया रेविका खत्रीसँग पनि भेट गरे । सो दिन प्रहरीले प्रदर्शनकारीलाई चलाएको गोली लागेर कोटेश्वर नजिकै खत्री गम्भीर घाइते भएकी थिइन् । उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार दिउँसो आफूलाई भेटेका गृहमन्त्री लेखकलाई रेविकाले आफ्नो भविष्य सुनिश्चित गरिदिन आग्रह गरेकी छिन् । ‘मेरो फ्युचर सेक्युयर गरिदिनुस्,’ भेट्न पुगेका गृहमन्त्री लेखकलाई रेविकाले भनिन् । गृहमन्त्री लेखकले सरकारको तर्फबाट आवश्यक कदम चाल्ने आश्वासन दिए । साथै, उनले घाइतेको उपचार सबै सरकारले गरिरहेको बताउँदै अस्पतालको सबै बिल उपलब्ध गराउन पनि आग्रह गरेका छन् ।

 

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !



May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....

१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com

प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं

हाम्रो बारेमा

International Media & Entertainment House US LLC

का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
नेपाल आमा प्रति समर्पित, स्वतन्त्र र १७५ देशमा पढिने नेपालीहरुको साझा डिजिटल पत्रिका ।

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

Ram Prasad Khanal
Editor in Chief and Publisher
Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com  

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।