Washington DC, US : November 11, 2025, Tuesday 12:22 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|नाइजेरिया भीषण भिडन्तमा करिब २०० लडाकु मारिए|Breaking News : नयाँ दिल्लीको लालकिल्ला मेट्रो स्टेसन नजिक कार विस्फोट : ८ जनाको मृत्यु, २४ घाइते|नेपालका आजका ३ समाचार : नेपाली कांग्रेसभित्र फेरि ठूलो विवाद, मधेश प्रदेशकी प्रदेश प्रमुख पदमुक्त, कर्मचारीमाथि कुटपिट|“टेरिफको विरोध गर्नेहरू मूर्ख हुन् ! प्रति व्यक्ति कम्तीमा २,००० डलर (धेरै उच्च आय भएका बाहेक) सबैलाई दिइनेछ।” – राष्ट्रपति डोनाल्ड ट्रम्प|Breaking News : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसी विरुद्ध कानुनी कारबाही गर्ने चेतावनी, बीबीसीका न्यूज विभाग प्रमुख डेबराह टर्नेस र महानिर्देशक टिम डेवीले पदबाट राजीनामा|सरकारका ७ प्रमुख निर्णयहरू यस्ता, नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की नियुक्त|अमेरिकी संघीय सरकार बन्द (शटडाउन) अन्त्य हुने संकेत, ८ जना डेमोक्रेट सिनेटरहरूले पार्टी लाइन तोडेर रिपब्लिकनको पक्षमा मतदान गरे|ट्रम्पले आफ्ना सहयोगीहरू रुडी जुलिआनी, मार्क मेडोज, सिड्नी पॉवेल लगायतलाई “पूर्ण, सम्पूर्ण र बिना कुनै शर्त” क्षमादान दिए|के हाम्रो नेपाली समाज अहिले देखिएको वा देखाइएको जस्तो छ, त्यही नै हाम्रो वास्तविक अनुहार हो त ?|“अपराधी जहाँ भए पनि, कति शक्तिशाली भए पनि, अन्त्यमा सजाय पाउनेछन्।”

मारिएका पत्रकार सुरेश रजकका परिवारले प्रधानमन्त्री ओलीलाई भेटे रवि लामिछानेलाई आफ्नै चिन्ता , दुर्गा प्रसाईंका सहयोगीहरु पक्राउ, प्रहरी भित्रै ‘प्रहरीको असफलता’ भन्दै चर्को बहस, तिनकुनेमा एमाले मोटोरसाइकल र्‍याली

  NepalMother.com | १७ चैत्र २०८१, सोमबार १०:२०

चैत १५ गतेको तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । बालुवाटारमा सोमबार भएको भेटमा प्रधानमन्त्री ओलीले अकालमा ज्यान गुमाउन पुगेका पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दैै परिवारमा समवेदना व्यक्त गरे । ओलीले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गरिने प्रक्रिया सुरु भएको बताए । प्रधानमन्त्री ओलीले मृतकको दाहसंस्कार गर्न परिवारजनलाई आग्रह गरे । उनले सुरेशकी श्रीमती सुजन रजकलाई रोजगारीलगायत आवश्यक पर्ने अन्य व्यवस्थाका लागि सरकारले ध्यान दिनेसमेत बताए ।

 

यसै बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का का सभापति रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धन सरकारले आफूविरुद्ध अर्को प्रहार गर्न सक्ने बताएका छन् । सभापतिको जिम्मेवारीमा फर्किएपछि बसेको केन्द्रीय समिति बैठकमा उनले सहकारी प्रकरणमा पक्राउ परेपछिको अवस्था पीडादायक रहेको बताए ।

“हामीले राणा शासन देखेका छैनौँ, पञ्चायत झेल्न परेन तर मलाई यो दौरान राज्यले गर्ने राजनीतिक प्रतिशोध र यातना कस्तो हुन्छ भन्ने पीडादायक अनुभूति गरायो,” रविको भनाइबारे कार्यवाहक प्रवक्ता मनीष झाले भने, “यो दौरानको समय कति पीडादायक थियो भन्ने सम्झिँदा पनि पीडादायक छ ।”

पीडा र सबै संघर्षहरू केवल राजनीतिक प्रतिशोधको उपज हो भन्ने भाष्य स्थापित भइसकेको बताए । उनले चितवनबाट मध्यरातमा त्रिशूलीको तिरैतिर लैजाँदा आफ्नो ज्यानको खतरा महसुस गरेको सुनाए । “चितवनबाट मध्यरातमा त्रिशूलीको तिरैतिर लग्दै गर्दा मलाई मार्न खोज्दैन भन्ने लागेको थियो र मेरो ज्यानको खतरा थियो,” उनले बैठकमा भनेका छन्, “मेरो डायरी खोसियो र कहाँ जलाइदियो थाहा छैन ।”

उनले गठबन्धनले अर्को प्रहार गर्न सक्ने भन्दै पार्टीको संरचना सबल बनाउनुपर्नेमा जोड दिए । “यो गठबन्धनले अब अर्को प्रहार गर्न सक्छ । तसर्थ अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक छ,” उनले बैठकमा भने ।

गणतन्त्र जनताको तन्त्र हो भन्ने झन्डा आफूहरूले बोक्ने पनि बताएका छन् । “गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र हैन । गणतन्त्र भनेको जनताको तन्त्र हो र त्यो झन्डा हामीले बोक्छौँ,” लामिछानेले बैठकमा भनेका छन् । बाह्रखरिका अनुसार उनले गणतन्त्रमा पनि सुधार आवश्यक रहेको बताए ।

उता नेकपा (एमाले)ले काठमाडौंमा मोटोरसाइकल र्‍याली निकालेको छ । सोमबार अपराह्नतिर पार्टी महासचिव शंखर पोखरेलको नेतृत्वमा एमालेले काठमाडौंको तीनकुने क्षेत्रबाट र्‍याली निकालेको हो ।

र्‍यालीमा सहभागीहरूले ‘गणतन्त्र – जिन्दावाद’, प्रतिगमन – मुर्दावाद,’ ‘हिंसा, हत्या र लुटपाट – मुर्दावाद,’ ‘जन्मसिद्ध श्रेष्ठता – अस्वीकार गरौँ,’ ‘नेकपा (एमाले) – जिन्दावाद,’सहितका नारा लगाएका थिए ।

यस्तै, उनीहरूले ‘दास र रैती बन्न – मन्जुर छैन,’ हत्यारालाई – कारबाही गर,’ शान्ति सुव्यवस्था – कायम गर,’ ‘सामाजिक अराजकता – मुर्दावाद,’ ‘जनताको बहुदलीय जनवाद – जिन्दावाद,’सहितका नारा पनि लगाएका थिए ।

पछिल्लो समय राजावादी सक्रिय भएसँगै राजनीतिक दलहरूले गणतन्त्रको पक्षमा नाराबाजी र जुलसका कार्यक्रम गर्दै आएका छन् ।

यता दुर्गा प्रसाईंका सहयोगी देवी संग्रौला र विष्णुजंग बस्नेत पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले साेमबार उनीहरूलाई पक्राउ गरेको हो । संग्रौलालाई ललितपुरको भैँसेपाटी र बस्नेतलाई बालकुमारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौंको तीनकुनेमा हिंसा भड्काएको आरोपमा प्रहरीले उनीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुने घटनामा आपराधिक गतिविधि गरेको आरोपमा आइतबार ४१ जनाविरुद्ध अनुसन्धान अगाडि बढाएको छ ।

बाह्रखरीकै अनुसार राजसंस्था पुनःस्थापनाको माग गर्दै काठमाडौंको तीनकुनेमा ‘अराजक प्रदर्शन’ भयो ।

त्यस दिन तीनकुनेमा हिंसा मच्चियो । दुई जनाको ज्यान गयो । एकजना पत्रकारलाई घरभित्रै आगो लगाएर ज्यान लिइयो । यसको नेतृत्वमा थिए विवादित व्यवसायी दुर्गा प्रसाईं । उनै प्रसाईं आक्रोशित भएर प्रहरीमाथि नै गाडी चलाउने प्रयास गरे ।

तीनकुने प्रदर्शन नियन्त्रणका लागि करिब हजारको हाराहारीमा प्रहरी खटिएको थियो । प्रहरीमाथि नै गाडी चलाउने प्रयास गरेर अघि बढेका प्रसाईंलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर फेरि प्रदर्शन भइरहेको क्षेत्रतर्फ नै छाडिदियो ।

प्रहरीभित्र यो घटनालाई लिएर ‘प्रहरीको असफलता’ भन्दै चर्को बहस भइरहेको छ ।

नियन्त्रणमा लिइसकेका प्रसाईंलाई किन छाडियो ? नियन्त्रणमा लिन आदेश माग्दा माथिबाट किन दिइएन ? फिल्डमा खटिएका प्रहरीको मनोबल गिराउने काम किन भयो ?लगायतका प्रश्न अहिले प्रहरी संगठनभित्र उठिरहेको छ ।

एक प्रहरी अधिकारीले बाह्रखरीसँगको कुराकानीमा भने, “काठमाडौंको तीनकुनेमा यो खालको अराजक अवस्था आउँदैछ भन्ने प्रहरी संगठनले आकलन नगरेको होइन, तर आदेश दिने बेलामा केही कमजोरी भयो ।”

गाडीसहित नियन्त्रणमा लिइएको केहीबेरमा प्रसाईं फेरि तीनकुने पुगेका थिए । केहीबेर उनका समर्थकहरूसँग एउटा पसलको सटरमा बसे । त्यहाँसम्म पनि प्रहरी अधिकारी सँगसँगै थिए ।

त्यसपछि प्रसाईं कसरी बाहिरिए ? कहाँ पुगे अहिलेसम्म प्रहरीले पत्तो पाउन सकेको छैन । त्यहाँबाट बेलुका प्रसाईं आफ्ना गुरू पुस्कर खतिवडाको निवासमा पुगेर फलफूल खाएर हिँडेका थिए ।

त्यहाँबाट उनी ‘मोबाइल अफ गरेर भागेको’ प्रहरीका एक अधिकारीले जानकारी गराए ।

“हामीलाई पक्राउ गर्नू भन्ने आदेश नै बेलुका ६ बजेपछि आएको हो,” फिल्डमा खटिएका एक प्रहरी अधिकारीले टिप्पणी गर्दै भने, “त्यसबेला उनी काठमाडौं कट्ने तरखरमा थिए ।”

उनका अनुसार प्रसाईंले काठमाडौंकै एक मन्दिरमा लुकेर बसेको छु भने पनि उनी भागेर भारत पुगिसकेको अनुमान गरिएको छ ।

“उनले काठमाडौंको एक मन्दिरमा छु भनेर भनेका छन्, तर उनी रातारात मोटरसाइकलमा भारत पुगिसकेको खबर छ,” उनले भने । मोटरसाइकलमा चढेर रातारात हेटौंडा हुँदै भारत पुगेको र नेपालकै मन्दिरमा छु भनेर बनाएको भिडियो पनि भारतकै एक मन्दिर भएको ती प्रहरी अधिकारीको भनाइ छ ।

 

मुख खोले पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले पनि

No description available.


रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।