Washington DC, US : April 1, 2025, Tuesday 07:22 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|सुरेश रजक रहेनन्, समवेदनाहरु पनि रहेनन् कि ?|सत्य र न्यायको खोजी अभियानद्वारा आयोग गठनको माग, आन्दोलनमा पक्राउ परेकाहरुको विवरण पनि माग|‘संसारमा यस्तो आततायी र हिँसा भड्काउने प्रधानमन्त्री अर्को छैन’|नेपालसंग जोडिएको चीनको बिकास लोभ लाग्दो, अब उड्ने ट्याक्सी !|युद्धग्रस्त म्यान्मारमा भूकम्पका कारण २,७०० जनाको ज्यान गयो, ४,००० जनाजति घाइते र २७० जना अझै सम्पर्कविहीन|कविन्द्र कायस्थको  नेतृत्वमा नेपाली सम्पर्क विभाग फ्रान्स गठन|संसद फेस गर्न नसक्ने दुइ तिहाइको तर “लुते” सरकार, संसदको चालु अधिवेशन अबरुद्ध भएपछि अन्त्य गर्ने निर्णय !|भाट भटेनीका पाउरोटी, तरकारी चोरहरु !|मारिएका पत्रकार सुरेश रजकका परिवारले प्रधानमन्त्री ओलीलाई भेटे|प्रधानमन्त्री खड्ग प्रसाद ओली माथि छानबिन र कारवाहीको माग

मानव अधिकार आयोगले राजावादी र गणतन्त्रवादीको प्रदर्शनमा शान्ति सुरक्षा कायमका लागि गम्भीर हुन सुरक्षा निकायलाई ध्यानाकर्षण

  NepalMother.com | १३ चैत्र २०८१, बिहीबार १०:५०

राजावादी र गणतन्त्रवादी आन्दोलनमा गम्भीर हुनू : मानव अधिकार आयोग 

मानव अधिकार आयोगले शुक्रबार हुने राजावादी र गणतन्त्रवादीको प्रदर्शनमा शान्ति सुरक्षा कायमका लागि गम्भीर हुन सुरक्षा निकायलाई ध्यानाकर्षण गराएको छ । आज एक विज्ञप्ति जारी गर्दै आयोगले यस्तो बताएको हो ।

समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दल र राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल र संगठनले भोलि चैत्र १५ गते उपत्यकामा आफ्नो शक्ति प्रदर्शनको तयारी गरेको भनी विभिन्न समाचार माध्यममा आएका समाचारप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रदर्शनका क्रममा दुवै पक्ष आमनेसामने हुने स्थिति सिर्जना भएमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिले शान्तिसुरक्षामा समेत चुनौती थप्न सक्ने अवस्थाप्रति आयोगले चासो व्यक्त गरेको हो ।

आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनमा उल्लेखित प्रावधानहरूको पालनामा संवेदनशील हुँदै अरूको अधिकारमा बाधा पर्नेतर्फ सचेत रहन र आफ्ना प्रदर्शनका कार्यलाई शान्तिपूर्ण बनाउन आयोग प्रदर्शनरत पक्षलाई आयोगले अपिल गरेको छ ।

भोलिको प्रदर्शनलाई लिएर आयोगले काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग छलफल पनि गरेको जनाएको छ ।

आयोगले विभिन्न टोलीहरु बनाई भोलि हुने प्रदर्शनीको अनुगमन समेत गर्नेछ ।

राजावादी र गणतन्त्रवादीको प्रदर्शनले भोलि बिहानैदेखि काठमाडौंका यी ठाउँमा हुनेछ सवारी जाम

काठमाडौंको तीनकुनेमा राजावादी र भृकुटीमण्डपमा गणतन्त्रवादीहरू भोलि (चैत १५ गते) प्रदर्शनमा उत्रिँदै छन् । प्रदर्शनका कारण बिहानैदेखि काठमाडौंका सडकमा सवारी जाम हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले बिहानैदेखि सवारी जाम हुन सक्ने बताए । उनका अनुसार, भोलि एकहजार ८०० ट्राफिक प्रहरी खटाउने तयारी छ ।

“भृकुटीमण्डपमा गणतन्त्रवादीहरूले राति १२ बजेदेखि नै स्टेज बनाउन थाल्ने भनेका छन् । त्यस्तै, तीनकुनमा पनि राजावादीहरूको प्रदर्शन छ । विभिन्न ठाउँबाट र्‍याली निकाल्ने हुँदा सवारी आवागमन असहज हुन्छ,” उनले भने ।

समाजवादी मोर्चामा रहेका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहितले भृकुटीमण्डपमा पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताविरुद्ध प्रदर्शन गर्दै छन् ।

दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ले काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्दै छ । राजावादीको प्रदर्शनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पनि समर्थन छ ।

भृकुटीमण्डपमा ११ बजेदेखि र १ बजेदेखि तीनकुनेमा प्रदर्शन हुने तय भएको छ ।

ट्राफिक प्रहरीका अनुसार, रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार क्षेत्रमा बिहानैदेखि सवारी आवागमन असहज हुनेछ ।

त्यस्तै, एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर, बानेश्वर क्षेत्रका सडकमा पनि सवारी आवागमन अस्तव्यस्त बन्न सक्ने ट्राफिक प्रहरीको अनुमान छ ।

“भोलिका लागि तयारी गरेका छौँ । आवश्यकताअनुसार विभिन्न सडकबाट सवारी डाइभर्सन हुन्छ । त्यसका लागि हामीसँग भएको सबै ट्राफिक पालैपालो गरी खटिन्छौँ,” गिरीले भने ।

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।