Washington DC, US : April 1, 2025, Tuesday 11:09 AM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|सुरेश रजक रहेनन्, समवेदनाहरु पनि रहेनन् कि ?|सत्य र न्यायको खोजी अभियानद्वारा आयोग गठनको माग, आन्दोलनमा पक्राउ परेकाहरुको विवरण पनि माग|‘संसारमा यस्तो आततायी र हिँसा भड्काउने प्रधानमन्त्री अर्को छैन’|नेपालसंग जोडिएको चीनको बिकास लोभ लाग्दो, अब उड्ने ट्याक्सी !|युद्धग्रस्त म्यान्मारमा भूकम्पका कारण २,७०० जनाको ज्यान गयो, ४,००० जनाजति घाइते र २७० जना अझै सम्पर्कविहीन|कविन्द्र कायस्थको  नेतृत्वमा नेपाली सम्पर्क विभाग फ्रान्स गठन|संसद फेस गर्न नसक्ने दुइ तिहाइको तर “लुते” सरकार, संसदको चालु अधिवेशन अबरुद्ध भएपछि अन्त्य गर्ने निर्णय !|भाट भटेनीका पाउरोटी, तरकारी चोरहरु !|मारिएका पत्रकार सुरेश रजकका परिवारले प्रधानमन्त्री ओलीलाई भेटे|प्रधानमन्त्री खड्ग प्रसाद ओली माथि छानबिन र कारवाहीको माग

संयुक्त जनआन्दोलन समितिले एकहप्ता भित्र आफ्ना शान्तीपूर्ण आग्रहलाई स्वीकार गर्न अल्टिमेटम, देउवा भन्छन ‘राजतन्त्र पुनःस्थापित हुँदैन’ ०४७ सालको संविधानमा टेकेर नवीन समझदारीमा आउन गणतन्त्रवादी दलहरुलाई आह्वान

  NepalMother.com | १३ चैत्र २०८१, बिहीबार १०:३२

राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले गणतन्त्रवादी दलहरूलाई एक हप्ताको अल्टिमेटम दिएको छ ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संयुक्त जनआन्दोलन समितिले आजको मितिले एकहप्ता भित्र आफ्ना शान्तीपूर्ण आग्रहलाई स्वीकार गर्न अल्टिमेटम दिएको हो । पत्रकार सम्मेलनमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक हप्ताभित्र सरकारले आफ्नो शान्तीपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा आन्दोलनलाई चैत २१ गतेदेखि थप सशक्त बनाउँदै लैजाने घोषणा गर्नुभयो । उहाँले ०४७ सालको संविधानमा टेकेर नवीन समझदारीमा आउन गणतन्त्रवादी दलहरुलाई आह्वान गर्नुभयो । २०७२ सालको संविधानमा रहेका सकारात्मक प्रावधानहरुलाई समेट्दै ०४७ को संविधानलाई आधार मानेर प्रमुख राजनीतिक पक्षहरुबीच सहमति बन्नुपर्ने आफूहरुको चाहाना रहेको उहाँको भनाइ छ । राजावादी समूहले शुक्रवारदेखि गर्ने आन्दोलनमा कमाण्डरको जिम्मेवारी व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको छ । प्रसाईं नेतृत्वको अभियानले ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ गठन गर्नुपूर्व नै घोषणा गरेको चैत १५ गतदेखि शुरु हुने आन्दोलनलाई उपनत्व लिएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नवगठित संयुक्त जनआन्दोलन समितिमा जनकमाण्डरको जिम्म दुर्गा प्रसाईंलाई दिइएको छ । उहाँको नेतृत्वको महाअभियानले राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गर्नुपूर्व नै भोलि चैत १५ गतेदेखि सुरु हुने गरी घोषणा गरेको आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले अपनत्व लिएको छ । त्यसलाई पूर्णरुपमा सफल बनाउन हामीले आफ्नो दायित्व सम्झिएका छौं । आजको मितिले एकहप्ताभित्र सरकारले हाम्रो शान्तीपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा हामी हाम्रो आन्दोलनलाई चैत २१ गतेदेखि थप सशक्त बनाउँदै लैजान बाध्य हुनेछौं । त्यसबाट सृजित नतिजाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्नेछ ।’
उहाँले संयुक्त जनआन्दोलन समितिलाई आवश्यक सुझाव दिनको लागि डा.जगमान गुरुङको संयोजकत्वमा सल्लाहकार समिति र राप्रपा सांसद धवल समशेर जबराको संयोजकत्वमा आन्दोलन परिचालन समिति बनाइएको समेत जानकारी दिनुभयो ।

यता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै रहर गरेर राजतन्त्र पुनःस्थापित नहुने बताउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा पार्टीको मानव अधिकार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विपी कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोईराला लगायतका धेरै नेपालीहरुले लडेर नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको भन्दै अब यो व्यवस्था हट्न नसक्ने दाबी गर्नुभयो ।

उहाँले सम्पूर्ण नेपाली जनताले संविधान सभामार्फत जनताको इच्छाअनुसार गणतन्त्र आएको भन्दै कसैले रहर नगर्न आग्रह गर्नुभयो । उहाँले गणतन्त्र नेपाली जनताले मानिसकेको भन्दै पूर्वराजा शाहलाई राजतन्त्र फर्किने आस नगर्न आग्रह गर्नुभयो ।

उहाँले देशमा प्राप्त समावेशी, समानुपातिक प्रतिनिधित्व भएको र हिमाल, पहाड, तराईका सबै अटाउने गणतन्त्रात्मक संविधान बनेको उल्लेख गर्दै अब देशमा कुनै किसिमको डर नरहेको बताउनु भयो । कुनै हालतमा पनि प्रजातन्त्र हट्न नसक्ने दाबी गर्दै प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रलाई स्थायी गराउने काममा लाग्न आग्रह गर्नुभयो ।

सभापति देउवाले भन्नुभयो, ‘विपी कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोईराला लगायतका सबै साथी भाइहरु लडेर हामीले नेपालमा अहिलेको व्यवस्था ल्याएका छौँ । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याएका छौँ । कसैले रहर गरेर हुनेकुरा छैन । यो सम्पूर्ण नेपाली जनताले संविधान सभामार्फत जनताको इच्छाअनुसार गणतन्त्र आएको हो । यो हट्नेवाला छैन, हट्नेकुरा पनि छैन । नेपाली जनताले मानिसकेको हुनाले कसैले आशा नगरे हुन्छ । मैले भनिसकेको छु, धेरै कुरा भन्नेकुरा छैन । हाम्रो देशमा प्राप्त समावेशी, समानुपातिक प्रतिनिधित्व भएको संविधान छ । हिमाल, पहाड, तराईका सबै अटाउने गणतन्त्रात्मक संविधान बनेको छ । हाम्रो देशमा कुनै किसिमको डर, त्रास छैन । राजाले कु गर्छन् भने जस्तो हाम्रो राष्ट्रपतिले कु गर्न सक्दैन । कुनै हालतमा पनि प्रजातन्त्र हट्ने कुरा छैन । यो आएको प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र छ, यसलाई स्थायी गराउने काममा लाग्नुपर्छ ।’

सभापति देउवाले नेपालको संविधानमा सबैको प्रतिनिधित्व रहेको बताउनु भयो । संविधान प्रदत्त अधिकारहरुमा पनि सबैलाई सहभागी गराइएको बताउनु भयो ।

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।