Washington DC, US : April 1, 2025, Tuesday 07:22 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|सुरेश रजक रहेनन्, समवेदनाहरु पनि रहेनन् कि ?|सत्य र न्यायको खोजी अभियानद्वारा आयोग गठनको माग, आन्दोलनमा पक्राउ परेकाहरुको विवरण पनि माग|‘संसारमा यस्तो आततायी र हिँसा भड्काउने प्रधानमन्त्री अर्को छैन’|नेपालसंग जोडिएको चीनको बिकास लोभ लाग्दो, अब उड्ने ट्याक्सी !|युद्धग्रस्त म्यान्मारमा भूकम्पका कारण २,७०० जनाको ज्यान गयो, ४,००० जनाजति घाइते र २७० जना अझै सम्पर्कविहीन|कविन्द्र कायस्थको  नेतृत्वमा नेपाली सम्पर्क विभाग फ्रान्स गठन|संसद फेस गर्न नसक्ने दुइ तिहाइको तर “लुते” सरकार, संसदको चालु अधिवेशन अबरुद्ध भएपछि अन्त्य गर्ने निर्णय !|भाट भटेनीका पाउरोटी, तरकारी चोरहरु !|मारिएका पत्रकार सुरेश रजकका परिवारले प्रधानमन्त्री ओलीलाई भेटे|प्रधानमन्त्री खड्ग प्रसाद ओली माथि छानबिन र कारवाहीको माग

बिशेष सम्पादकीय : देश र जनताका लागि एउटा नयाँ मोडेल, नयाँ डिजाइनमा जाऊ ! देश र जनता विस्फोटनको सँघारमा छन् । कसैले कसैलाई पाखा लगाएर, आरोप प्रत्यारोप गरेर, खेदेर होइन एउटै टेबलमा बस र निष्कर्ष निकाल, निकास देऊ, देश बँचाऊ ! पानी माथिको ओभानो बन्ने दुष्प्रयास कसैले नगर । यो भन्दा अब बिग्रिन भत्किन केही बाँकी छैन मनन गर ।

  NepalMother.com | १० चैत्र २०८१, सोमबार ०९:१८

देश र जनता विस्फोटनको सँघारमा छन् । कसैले कसैलाई पाखा लगाएर, आरोप प्रत्यारोप गरेर, खेदेर होइन एउटै टेबलमा बस र निष्कर्ष निकाल, निकास देऊ, देश बँचाऊ ! पानी माथिको ओभानो बन्ने दुष्प्रयास कसैले नगर । यो भन्दा अब बिग्रिन भत्किन केही बाँकी छैन मनन गर ।
२०४६ साल पछिका हरेक सरकार, हरेक दल, हरेक नेतृत्व, चाहे काँग्रेस, एमाले, माओवादी, रा.प्र.पा, मधेसवादी देखी अहिलेका नयाँ जोगीहरू सम्म र राजाकै अध्यक्षताको सरकार समेत पूर्ण रूपमा असफल भएकै हुन, कोही चोखा छैनन्, कोही सफल पनि छैनन्, भएनन् ।

देश काल परिस्थिति हेर, माटो हेर, आ आफ्ना गल्ती कमजोरीहरू स्वीकार गर । जनता सामु आत्मालोचना गर । देश र जनताका लागि एउटा नयाँ मोडेल, नयाँ डिजाइनमा जाऊ, कसैलाई पाखा नलगाऊ । प्रतिसोध नराख । देशलाई प्रयोगशाला मात्र नबनाऊ ।

देश र जनताले अब पनि तितो विगत र तिता प्रयोगहरू दोहोर्‍याउँदै र प्रयोग गर्दै थेग्न सक्ने अवस्था नै छैन । नेपाल भन्ने देश विदेशीको क्रिडास्थल बनिसकेको छ । कुशासन, अन्याय, अत्याचार, भ्रस्टाचारले बदनाम भैसकेको छ ।

विदेशीहरूले रिन र अनुदान पत्याउन छाडिसकेको अवस्था छ । देशको अर्थतन्त्र ध्वस्त छ । जनशक्ति पलायन तीव्र छ । देशमा आकर्षण होइन विकर्षण बढ्दो छ त्यो जुन सुकै क्षेत्रमा हेरौँ । राजा देखी दल, नेता, सेना, पुलिस, कर्मचारी यन्त्र, स्वयम जनता पनि, छातीमा हात राख र सोंच – नेपाली हामी रहौँला कहाँ नेपालै नरहे !

समय बलवान हुन्छ । समयसँग खेलबाड नगर । जन्मभूमि र माटोलाई सम्झ । राष्ट्रिय एकता कायम गर । नत्र नसोचेको क्षति बेहोर्न सबै तयार होऊ । यो उकुस मुकुस अब धेरै रहला जस्तो लाग्दैन । विस्फोट हुनु पूर्व सबैको चेत खुलोस् । आगो सल्किसकेको छ, आगो नियन्त्रण गर, आफू पनि बाँच र देश पनि बँचाऊ । भिरमा जाने गोरुलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिन्न चेतना भया । आगे जो मर्जी !

– सम्पादकीय, नेपाल मदर डट कम

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।