Washington DC, US : April 1, 2025, Tuesday 07:22 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|सुरेश रजक रहेनन्, समवेदनाहरु पनि रहेनन् कि ?|सत्य र न्यायको खोजी अभियानद्वारा आयोग गठनको माग, आन्दोलनमा पक्राउ परेकाहरुको विवरण पनि माग|‘संसारमा यस्तो आततायी र हिँसा भड्काउने प्रधानमन्त्री अर्को छैन’|नेपालसंग जोडिएको चीनको बिकास लोभ लाग्दो, अब उड्ने ट्याक्सी !|युद्धग्रस्त म्यान्मारमा भूकम्पका कारण २,७०० जनाको ज्यान गयो, ४,००० जनाजति घाइते र २७० जना अझै सम्पर्कविहीन|कविन्द्र कायस्थको  नेतृत्वमा नेपाली सम्पर्क विभाग फ्रान्स गठन|संसद फेस गर्न नसक्ने दुइ तिहाइको तर “लुते” सरकार, संसदको चालु अधिवेशन अबरुद्ध भएपछि अन्त्य गर्ने निर्णय !|भाट भटेनीका पाउरोटी, तरकारी चोरहरु !|मारिएका पत्रकार सुरेश रजकका परिवारले प्रधानमन्त्री ओलीलाई भेटे|प्रधानमन्त्री खड्ग प्रसाद ओली माथि छानबिन र कारवाहीको माग

हामीले न्यायपालिकामा निर्मम पुनर्संरचना गरिनु पर्छ त्यसै भनेका होइनौँ

  NepalMother.com | २ चैत्र २०८१, आईतवार ११:३८

– बरिस्ठ अधिबक्ता ध्रुबलाल श्रेष्ठ

May be an image of text that says 'बैक तथा बितिय संस्थाको र्जा असुली र अदालती दृष्कलोण अन्तरक्रिया कार्यत्रम Holiday Inn Resort बुढानीलकण्ठ काठमाडो २०८৭ बैत्र गते शानिवार आयोजक सरवोंच्च अदालत बार एशोसिएशन'

ब्यानर आफै वोल्छ कि वित्तीय संस्थाहरूको कर्जा असुली र अदालती दृष्टिकोण शीर्षकमा एउटा कार्यक्रम सर्वोच्च वारले आयोजन गरेको रहेछ।
बैकहरूले निक्षेपकर्ताहरुको पैसाबाट जग्गा वा अन्य व्यापारमा लगानी गरी अकुत सम्पत्ति आर्जन गर्ने गरेको कुरा सबैलाई विदितै छ । यस्तोमा नागरिकहरूले राख्ने धितो वा लिने गरेका ऋणहरूको लिलामी र असुलिका विषयमानै मुद्दा मामिलाहरू पर्ने विषय पनि सबैलाई थाहा हुने नै विषय हो ।
उद्यमी र ऋणी नागरिकहरू र वैकंहरु को बिच चल्ने मुद्दाहरूमा अदालतको दृष्टिकोण कानुन बमोजिम फैसला आदेशहरूमै देखिने हो , तर त्यस्तो दृष्टिकोण ट्याग गरिएको ब्यानरले भोज भतेर र मदिरा पान गर्ने गराइने कार्यक्रमको आयोजनामा आपत्तिजनक ढङ्गबाट न्यायाधीशहरू सँग गरिएको छ।
सूचनाअनुसार वैंकर्स र बैङ्ककै सचिवहरूको सक्रिय संलग्नतामा बैङ्कहरूबाट रु २००००० उठाई कार्यक्रम आयोजन भएको र प्रधान न्यायाधीशहरू समेतका अधिकांश न्यायाधीशहरू सरकारी सवारी साधनमा लावा लस्कर लागेर कार्यक्रममा सहभागी हुन गएको भन्ने जानकारी हामीलाई प्राप्त भएको छ। प्राप्त सूचनाको प्रमाणिक सङ्कलन गर्ने काम भई रहेको छ । यदि प्रमाणले पुष्टि भएमा वारका पदाधिकारी र संलग्न वकिलहरू र प्रधान न्यायाधीश लगायतका सबै न्यायाधीशहरूको नैतिकतामा प्रश्न उठ्ने मात्र होइन , हामीहरू वारका पदाधिकारी करुलाई पद वाट र प्रधान न्यायाधीश लगायत अन्य न्यायाधीशहरुलाई सम्मान र गरिमामय दैविय पद वाट राजीनामा गरी न्यायपालिकाको गरिमा जोगाउन र साथै यसको पुनर्संरचना गर्न हामीबाट भई रहेको लडाइँमा सहयोग गर्नुहुन सूचित गर्दछौँ ।
न्यायालयको मान मर्दन हुने यी र यस्ता खाले क्रियाकलापहरूका विषयमा उठे उठाइएका प्रश्न र चासोहरूमा बेवास्ता गरिन्छ भने यस कार्यक्रमको विषय र यस्तै अन्य विषयहरू सम्बद्ध अडिओ भिडिओ लगायतका लिखित फैसला आदेशका प्रमाणहरू सहित हामी आम नागरिकहरू माझ सार्वजनिक स्थानहरूमा कार्यक्रमहरू सञ्चालन गर्न बाध्य हुने कुरा सूचित गर्दछौँ ।
-सत्य र न्यायको खोजी अभियान ।

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।