Washington DC, US : April 1, 2025, Tuesday 07:26 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|सुरेश रजक रहेनन्, समवेदनाहरु पनि रहेनन् कि ?|सत्य र न्यायको खोजी अभियानद्वारा आयोग गठनको माग, आन्दोलनमा पक्राउ परेकाहरुको विवरण पनि माग|‘संसारमा यस्तो आततायी र हिँसा भड्काउने प्रधानमन्त्री अर्को छैन’|नेपालसंग जोडिएको चीनको बिकास लोभ लाग्दो, अब उड्ने ट्याक्सी !|युद्धग्रस्त म्यान्मारमा भूकम्पका कारण २,७०० जनाको ज्यान गयो, ४,००० जनाजति घाइते र २७० जना अझै सम्पर्कविहीन|कविन्द्र कायस्थको  नेतृत्वमा नेपाली सम्पर्क विभाग फ्रान्स गठन|संसद फेस गर्न नसक्ने दुइ तिहाइको तर “लुते” सरकार, संसदको चालु अधिवेशन अबरुद्ध भएपछि अन्त्य गर्ने निर्णय !|भाट भटेनीका पाउरोटी, तरकारी चोरहरु !|मारिएका पत्रकार सुरेश रजकका परिवारले प्रधानमन्त्री ओलीलाई भेटे|प्रधानमन्त्री खड्ग प्रसाद ओली माथि छानबिन र कारवाहीको माग

निसेलढोर प्राकृतिक रूपमा जति मनमोहक छ, त्यहाँको जनजीवन उति नै कष्टकर छ !

  NepalMother.com | १ चैत्र २०८१, शनिबार २१:०१

– रामकृष्ण बोहरा

बागलुङ, चैत ३ गते । बागलुङको पश्चिमीक्षेत्र निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोर प्राकृतिक रूपमा जति मनमोहक छ, त्यहाँको जनजीवन उति नै कष्टकर छ । निसीखोलाको मध्य भाग हुँदै पुष्पलाल मध्यपहाडी लोकमार्ग विस्तार हुँदा सडक आसपासमा बजारीकरणको लहर नै चलेको छ तर अधिकांश कठिन भूगोल रहेको निसीको ग्रामीण जनजीवन अत्यासलाग्दो छ ।

निसी भल्कोटबाट करिब आठ/नौ घण्टाको पैदलयात्रापछि मात्रै पुग्न सकिने निसेलढोर सडक सञ्जालसँग अझै जोडिएको छैन । विद्यालय भवन जीर्ण छन् । निमावि तहको अध्ययन गर्न बेसीको बोबाङ झर्नु पर्छ । प्रशस्त खानेपानीका मुहान छन् तर पर्याप्त धारा छैनन् । बालविवाह बढ्दो छ, चेतना छैन । सामाजिक स्वास्थ्य एकाइ छ, जनशक्ति छैन । निसेलढोरमा गतवर्ष मात्रै फोन सेवा सञ्चालनमा आएको हो । नेपाल टेलिकमले दुर्गम र पर्यटकीय क्षेत्रमा फोरजी चलाउने अभियान चलाएपछि निसेलढोर सञ्चार सुविधासँग जोडियो तर दियालोले फोनलाई ऊर्जा मिल्दैन ।

जसोतसो सञ्चार सुविधा प्राप्त गरेका निसेलढोरबासी विद्युतीकरण नहुँदा अहिले पनि उज्यालोका लागि दियालोको सहारा लिन विवश छन् । त्यहाँ विद्युत् विस्तार गर्न पोल गाडेको झन्डै तीन वर्ष बितिसक्यो । विद्युत् आपूर्ति हुने आशामा त्यहाँका घर घरमा वायरिङसमेत गरिएको छ तर विद्युत् विस्तार नहुँदा दियालोको उज्यालोमा रात गुजार्नु परेको स्थानीय खुमा विश्वकर्माले गुनासो गर्नुभयो ।

निसेलढोरका ५५ घरपरिवारमध्ये केहीले सोलार बत्ती प्रयोग गरे पनि अधिकांशले उज्यालोका लागि लेकाली सल्लाको रुखबाट प्राप्त हुने दियालोको सहारा लिनुपरेको छ । विद्युत् नहुँदा गाउँमा जङ्गली जनावरदेखि चोरीसम्मको डर हुने गरेको विश्वकर्माको भनाइ छ । “घर घरमा वायरिङ गर्दा र पोलहरू गाड्दा गाउँमा छिट्टै विद्युत् आउने विश्वास थियो, वायरिङ बिग्रन थालिसक्यो बिजुली आउने पत्तो छैन,” विश्वकर्माले भन्नुभयो ।

निसेलढोरमा विद्युत् विस्तारका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ मा विनियोजन गरेको ३१ लाख रुपियाँ बजेटबाट पोल गाड्ने काम भए पनि ट्रान्सफर्मरलगायतका सामग्री खरिद गर्न नसक्दा बजेट फ्रिज भएको थियो ।

विद्युतीकरणका लागि गाउँपालिकाले निरन्तर प्रयास गरे पनि सफल भने हुन सकेको छैन । “ढोरपाटन भुजी लघु जलविद्युत् आयोजनाको विद्युत् जोड्ने गरी केही पोल गाड्ने काम भए पनि बजेट फ्रिज हुँदा कामै अघि बढ्न सकेन,” निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगरले भन्नुभयो । विद्युत् नपुगेको ठाउँमा सोलार जोड्ने योजना पनि सफल हुन नसकेको घर्ती मगरले सुनाउनुभयो । गण्डकी प्रदेश सरकारसँग छलफल चलिरहेकाले निसेलढोरमा छिट्टै विद्युतीकरण हुने विश्वास उहाँको छ ।

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख पवन पौडेलले प्रदेश सरकारले गाडेका पोलहरू प्राधिकरणलाई हस्तान्तरण गरे निसेलढोरमा छिट्टै विद्युत् विस्तार हुने बताउनुहुन्छ । प्रदेश सरकारले गाडेका आठ मिटर अग्ला पोलहरू ११ केभी लाइन प्रसारण गर्ने मानकका नभए पनि काम भने अघि बढाउन सकिने उहाँको भनाइ छ ।

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।